IMG-LOGO

जेन–जी आन्दोलनमा आगलागी हुँदा भवन पूर्णक्षति, तत्काल बनाउने सामर्थय छैन

 मंगल, कार्तिक १२, २०८२  शान्ति रत्न शाक्य नगर प्रमुख, बनेपा नगरपालिका

देशमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भए सँगै लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि संघीय संरचना अनुरुप स्थानीय सरकारको निर्वाचन २०७४ र २०७९ मा सम्पन्न भयो । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता शालिन भद्र स्वभावकारुपमा परिचित शान्ति रत्न शाक्य नगर प्रमुखमा निर्वाचित हुनुभयो । केन्द्र र प्रदेशमा देशकै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संयूक्त सरकार बन्यो । दोश्रो ठूलो दल एमाले पार्टी अध्यक्ष समेत रहेका केपी ओलीको नेतृत्वको सरकारलाई चुनौती दिदैं भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न, बेथितिको अन्त्यका लागि मुलुकमा साशकीय स्वरुप परिवर्तन गरी प्रमुख कार्यकारीको व्यवस्था गर्नुपर्छ भन्दै जेन–जी युवाको २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनको कारण एमाले र कांग्रेसको दुई तिहाइको सरकार सत्ताच्युद हुन पुग्यो । राजनीतिले नयाँमोड लियो । जेन–जीको आन्दोलन क्रममा हिंसात्यक गतिविधिबाट देशमा ७६ जनाले ज्यान गुमाउन पुगे । आन्दोलनकारी भित्रका हिन्संक समूहले सिंह दरवार, संसद भवन र न्यायालय सर्वोच्च अदालत समेत जलाए । त्यस्तै काभ्रेको पहिलो नगरपालिका २०३८ सालमा स्थापीत नगरपालिकाको भवन समेत गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनमा पदर्शनकारीले जलाए । बनेपाको मुख्य सेन्टरमा रहेको भवन पूर्णरुपमा क्षति भएपछि नागरिकहरुले सेवा प्राप्त गर्न निक्कै कठिन परेको छ । जेन–जी आन्दोलनको पछिल्लो प्रभाव, पछिल्लो समय नागरिकहरुलाई सेवा प्रवाहको सहजी करण गर्न के–कस्ता पहल कदमी भए, विकास निर्माणका सवाल के–कसरी अघि बढेका छन्, नेतृत्व समालेपछि नागरिकहरुले अनुभूत गर्ने गरी के के प्रमति भए भन्ने सन्दर्भमा नगर प्रमुख शान्ति रत्न शाक्यसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ः

जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीले बनेपा नगरपालिकाको भवन जलाए, मानवीय अस्थीपन्जर जस्तो मात्र बाँकी रहेको छ ः अब नागरिकहरुलाई सेवा प्रवाह कसरी दिनुहुन्छ ?

जेन–जी आन्दोलनको क्रममा ७६ जनाको ज्यान गयो, हिम्स्रक, विनाशकारी उत्श्रीङखल, बिकास विरोधीतत्वहरुले बनेपा नगरपालिकाको भवन जलाएर खरानी बनाए । देशकै न्यायालय, सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन, सुरक्षा निकायका भवनहरु समेत जलाए । यो निन्दनीय कार्यले देश रोइरहेको छ । ठूलो नोक्सानी भएको छ । देश जलाएर खुसी हुनेहरुको कदापी भलो हुने छैन । यस्ता घटना घटाउने जोसुकैलाई कानुनी कटघरामा उभ्याउनु पर्छ जसले गर्दा फेरी यस्ता घटना नदोहोरिउन, हामी निक्कै कठीन र अपठ्यारो घडीमा छौं । बनेपा नगरभित्रको विकास र समृद्धिका लागि चिन्तीत छौं । हामी सबै जनप्रतिनिधि एकताबद्ध भई बनेपाको समग्र विकास गर्दछौं । हालका लागि अस्थायीरुपमा अर्को भवन नवनाइन्जेल पुलबजारमा रहेको बनेपा वडा नं. १० को कार्यालयमा बनेपा नगरपालिकाको कार्यालय व्यवस्थापन गरी नगरवासीलाई सेवा प्रवाह गरेका छौं ।

जने–जी आन्दोलनबाट कांग्रेस र एमालेको दुई तिहाइ नजिकको सरकार सत्ताच्यूद भयो, यसलाई कसरी लिनु भएको छ ?

जेन–जी आन्दोलनका मुख्य माग देशमा भ्रस्टाचारको अन्त्य, शुसासन, शान्ति अमन चययन, युवा वर्गलाई देशमै रोजगारीको वातावरण बनाउन सक्नुपर्ने, सत्ताको छिना झम्टीमा मात्र नअल्झीइ देशमा विकास र समृद्धि ल्याउनुपर्छ, भन्ने सवाल सान्दर्भीक छ । जहाँसम्म सासकीय स्वरुपको सवाल संविधान संसोधन विना असम्भव छ । कसैकसैको लहैलहैमा लागेर देश, परिस्थिति केहि नबुझी प्रतिनिधिसभा विघटन गराउनु झन देशलाई अस्थिरता तिर धकेल्नु ठिक होइन । विध्वंस मच्चाउनेलाई चिनेर सच्चिनुको कुनै विकल्प छैन । नागरिकले विकास र समृद्धि चाहेका हुन्, सुशासन शान्ति अमन चयन हो । विध्वंस, देश जलाउने हैन, हिजोका कमीकमजोरीलाई जिम्मेवारी समालेकाले पार्टी भन्दा माथि देश र जनतालाई राखेर पार्टी भित्रका जेन–जीहरु, महिला दलीत जनजाति सबैलाई साथमा लिएर मुलुक निर्माणको लागि प्रतिवद्ध हुनुप¥यो ।

यहाँले बनेपा नगरपालिकाको नगर प्रमुखको नेतृत्व समालेको ३ वर्ष वित्यो नगरवासीले अनुभूत गर्ने गरी विकास निर्माणका ५ कार्यहरु बारे बताइदिनुस न् ?

स्थानीय तहको निर्वाचन २०७९ को निर्वाचनमा मलाई नगर बासीले विस्वास गरी जनमत दिएर विजयी गराउनुभयो । निर्वाचनका बखत हामीले घोषणा गरे अनुरुप हाम्रो जनप्रतिनिधिको टिमले बनेपा नगरको विकास अघि बढेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बनेपा नगरको फोहोर व्यवस्थापन, भौतिक पूर्वाधारको विकास योजनाबद्ध रुपले गर्दै आएका छौं । बनेपा बासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने योजना पुरा गर्न काभ्रे उपत्यका एकीकृत खानेपानी खुवाउने अभियानमा दत्तचित्त भइ लागेका छौं । निर्वाचित भएको ६ महिना भित्र पानी खुवायौं । गत असोज १० देखिको बाढी पहिरोले पाइप क्षतविक्षत, मुहानको क्षति भई खानेपानी अवरुद्ध भएको छ । ग्रामीण भेगका वडाहरुमा खानेपानी समस्या भएका क्षेत्रमा मुहान व्यवस्था गर्ने, डिपबोरिङबाट बनेपा वडा नं. ५, ६, १० अरु वडामा समेत डिपबोरिङ गरेर भएपनि एक घर एक धारा व्यवस्था गर्ने अभियान छ । बनेपा कोर बजार एरिया, चोकचोकमा विगतमा फोहोरको थुप्रो हुन्थ्यो, त्यसको उचित व्यवस्थापन गरियो । स्वास्थ्य सेवाको पहुँच विस्तार, नगर अस्पताल व्यवस्थित गरिएको छ । स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा विस्तार, जेष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा, रेयुकाइ आँखा अस्पताल बनेपासँग सम्झौता गरी निःशुल्क आँखा सल्यक्रिया, निःशुल्क आँखा जाँच, त्यस्तै रेडक्रस काभ्रेसँग सम्झौता गरी निःशुल्क रगत उपलब्ध गराउने अभियान जारी गरेको छ । ग्रामीण भेगको सडक सञ्जाल बाह्रै महिना निर्वाधरुपमा सञ्चालन हुने प्रबन्ध, सडक पिच, ढलान, ढल निकासको प्रबन्ध, व्यवस्थित गर्ने कार्य गरिएको छ । विकास भनेको निरन्तर चल्ने जनताको अवश्यकता र औचित्यको आधारमा हुने हो । वडाले छनौट गरेका र नगर स्तरीय साना तथा ठूला योजना हरेक वर्ष पुरा गरी विकास निर्माण कार्य, आर्थिक वित्तीय, सुसाशन, पादर्शीताका सवालमा हामी देशको चौथो र काभ्रेको पहिलो नगर हुन सफल भयौ, सामुदायिक विद्यालयको गुणस्तर सुधार, नमुना विद्यालय छनौट, प्राविधिक शिक्षा प्रदानका लागि उपयूक्त वातावरण निर्माण कार्य गरेका छौं । खेलकुदको विकास, किसानहरुको कृषि उपजको भण्डारणका लागि कोल्ड स्टोरेज निर्माण कार्य अघि बढी सकेको छ ।

जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीले बनेपा नगरपालिकाको भवन आगजनी गरी क्षति पु¥याए अभैm क्षतिको एकिन भएन र ?

जेन–जी आन्दोलनको क्रममा २०८२ भाद्र २३ र २४ गते आन्दोलनकारीको आगजनीबाट बनेपा नगरपालिकाको भवन पूर्ण रुपमा क्षति भएको छ । प्राविधिक मुल्याङ्कन अनुसार भवनको क्षति ५ करोड ४२ लाख ५४ हजार ४ सय ८७, जिन्सी समाग्री १४ लाख, अन्य ३ करोड गरी ८ करोड ३६ लाख ४९ हजार ५ सय ३१ बराबरको क्षति हुनपुगेको छ । जेन–जी आन्दोलनमा देशमा ७६ जनाको मानवीय क्षति भयो यो पनि गम्भीर प्रकृतिको अपराध हो । राष्ट्रिय सम्पदा, सिंह दरवार, सर्वोच्च अदालत, सुरक्षा निकायका देशै भरका २ सय ६३ भवनमा क्षति पुगेको छ । भविष्यमा यस्तो प्रकृतिको घटना नदोहरीन यस्ता घटनामा संम्लग्न जो सुकैलाई कानुनी कठाघरमा उभ्याउनु पर्छ । नेपाली मन भएकाले यस्ता प्रकृतिका विधंश मच्याउने कार्य गर्छ जस्तो मलाई लाग्दैन । देश निर्माण गर्न लागौं, भत्काउन हैन भन्न चाहन्छु । गोली हानी हत्या गर्ने, व्यक्तिका घर जलाउने, राष्ट्रिय सम्पदा जलाउने जो सुकै हुन सबैलाई कानुनी कठाघरमा उभ्याउनु पर्छ ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्