IMG-LOGO

शैक्षिक गन्तव्य पुरा हुन विषगत विज्ञता अनिवार्य

 मंगल, भदौ ३, २०८२  श्रीकुमार सुवाल क्याम्पस प्रमुख, इन्द्रेश्वर क्याम्पस, पनौती

     २०५८ सालमा स्थापीत इन्द्रेश्वर क्याम्पसको शैक्षिक उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?

इन्द्रेश्वर क्याम्पसमा उच्च शिक्षा सफलतापूर्वक उत्तीर्ण गरेका शैक्षिक जनशक्ति अधिकांशले रोजगारी प्राप्त गर्न सकेका छन् । व्यवसायिक फर्म, विभिन्न संघ संस्था, सरकारी तथा अर्ध सरकारी, संस्थानमा रोजगारी प्राप्त गर्न सकेका छन् । व्यवसायिक फर्म, विभिन्न संघ संस्था, सरकारी तथा अर्ध सरकारी, संस्थानमा रोजगारी प्राप्त गर्न सकेका छन् । उपयूक्त शैक्षिक वातावरण, दक्ष अनुभवी शिक्षकहरुले प्राध्यापन गरिन्छ । विद्यार्थीहरुको सृजनात्मक सिकाइलाई सिपमा बदल्न जीवनोपयोगी शिक्षा प्रदान गरिएको छ । व्यवस्थापन, शिक्षा र मानविकी कार्यक्रमहरु विद्यार्थीहरुको क्षमता, दक्षता इच्छा अनुसार विषय छनौट गरी अध्ययन गर्ने अवसर छ ।

     कक्षा १२ को नतिजा प्रकाशन सँगै भर्ना अभियान कुन रुपमा अघि पढेको छ ?

उच्च शिक्षा अध्ययनको गन्तब्य पहिल्याउन व्याचलर लेवल अनिवार्य पढ्नुपर्छ । नेतृत्व, व्यत्तित्व, सामाजिक राजनीतिक परिवेशलाई आत्मसाथ गरी चेतनाको विकास र सभ्य समाज निर्माण, जीवनलाई अग्रगतिमा लग्न समाजमा रुपान्तरणका लागि शिक्षामा लगानी बढाउन जरुरी छ । सरकारले शिक्षामा लगानी बढाउन सकेको छैन । कक्षा १२ पास हुने वित्तीकै युवा पिढीं अध्ययन र कामको खोजीमा विदेश पलायनको बाटो अगाल्दा सामुदायिक क्याम्पसमा विद्यार्थी भर्ना अभियान हरेक वर्ष कम हुँदै गएको छ । व्यवस्थापन, शिक्षा र मानवीकी कार्यक्रमहरु विद्यार्थीहरुको रोजाइ अनुसार विषय छनौट गरी अध्ययन गर्ने अवसर भएकाले क्याम्पस सञ्चालनका लागि समस्या नपर्ने गरी विगत वर्षमा भैm यस वर्ष पनि अभिभावक र विद्यार्थी वर्ग क्याम्पस भ्रमण गरी भर्ना गर्ने क्रम निरन्तर अघि बढेको छ ।

     उच्च शिक्षा अध्ययन अवसरको लागि भौतारीएका विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

काक्षा १२ मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिन चाहन्छु । व्याचलर लेवल अध्ययनका लागि कुन विषय कुन कलेज छनौट गर्नुभन्दा अघि आप्mनो शैक्षिक क्षमता, आर्थिक हैसियत, आप्mनो अध्ययनको रुचि, कुन विषयले त्यसको निक्र्यौल गर्ने, विज्ञान विषय पढ्नेले भने मेडिकल सेक्टर, प्राविधिकधार तर्पm इन्जिनियर तर्पm छदैं छ । अर्को तर्पm व्यवस्थापन कार्यक्रम, शिक्षा र मानविकी कार्यक्रमहरु जुन रुचि छ सबै कार्यक्रमको उत्तीकै महत्व छ । विद्यालय शिक्षा देखि मास्टर डिग्री सम्म गन्तव्य पुरा गर्ने गरी लगनशिल भई अनुशासित ढङ्गबाट अध्ययन पुरा गरेको खण्डमा रोजगारीबाट टाढा रहनुपर्दैन । जुन विषय लिइए पनि विषय विज्ञता हाँसिल गर्न सक्नुपर्छ । आपूmलाई पायक पर्ने स्थान शैक्षिक वातावरण स्तरीय भएको कलेज छनोट गरी शिक्षा ग्रहण गर्न म आग्रह गर्दछु ।

     सामुदायिक क्याम्पसका मुख्य चुनौती के के छन् ?

सामुुदायिक क्याम्पस सामुदायको वृहत्तर शैक्षिक हितको लागि सञ्चालन गरिएको हो । सिमित स्रोत साधनबाट शिक्षक तथा प्रशासनीक कर्मचारीको तलब, शैक्षिक  गुणस्तर वृती, शैक्षिक उपलब्धी हाँसिलका प्रमुख सवाललाई सम्बोधन गर्नुपर्ने भएकाले सञ्चालन निक्कै कठीन छ । संघ, प्रदेश र स्थानीय सरकारले अपनत्व नस्वीकारेको समुदायका अभिभावकले विद्यार्थी भर्नाबाट, त्यसैको सिमित शुल्कबाट कलेज चल्नुपर्ने अवस्था छ । क्याम्पसको भौतिक अवस्था, विद्यार्थी संख्या विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारीता महिला, दलित, जनजाती विपन्न परिवारको सहभागीता, शैक्षिक नतिजाको अवस्थालाई हेरेर सामुदायिक कलेजलाई विश्व विद्यालय अनुदान आयोगले पूर्वाधार निर्माणलाई सहयोग गर्छ । गरिब तथा विपन्न परीवारका छोरा छोरीलाई हामीले निःशुल्क पढाएका छौं । हरेक वर्ष कक्षा १२ अध्ययन सफता सक्नासाथ विदेश पलायन हुनुले सामुदायिक क्याम्पस मात्र हैन विश्वविद्यालय सञ्चालन नै कठीन भइ सक्यो । संघ प्रदेश र स्थानीय तीनै सरकारले शैक्षिक विकासको लागि हरेक वर्ष आर्थिक सहायता दिन जरुरी छ ।

     दक्ष शैक्षिक जनशक्ति पलायनले देश जेष्ठ नागरिकहरुको बस्ने थलो मात्र भयो राज्यले अब के गर्नुपर्ला ?

देशमा चरम भ्रष्टाचार बढ्नु, राजनीतिक नेतृत्वप्रति वितिस्णा हुनु, वेथिति विकृतिको चाङ्ग, राजनीतिक खिचातानी, सरकार फेरवर्दलले देश र जनताप्रति उत्तरदायी नहुनु, भएका उद्योग धन्दा विस्तार बन्द हुँदै जानु, व्यवसायी पलायन हुनुका कारण युवा पिंढी रोजगारी अवसरको खोजीको लागि विदेश जान बाध्य छन् । युवा वर्गलाई देशमा अडिन आशा र भरोसाको केन्द्र बन्ने गरी शिक्षा स्वास्थ्य निःशुल्क गर्न जरुरी छ । व्याचलर लेवल अध्ययनका लागि पढ्दै गर्दै अवधारणा ल्याई रोजगारीको सृजना गर्ने राज्य लाग्न ढिला भइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई लगानीमा प्रोत्साहीत गर्ने, योजना अघि सार्नु प¥यो अनिमात्र युवा जनशक्ति विदेश पलायन कम हुँदै जान्छ ।

     भावी शैक्षिक योजना केहि छ की ?

प्रविधिमैत्री शिक्षण सिकाईलाई अघि बढाईएृको छ । पूर्वाधारको विकास, विद्यार्थीहरुको शैक्षिक सुधारको लागि शिक्षक वर्गको लगनसिलता, मेहनतलाई थप मजबुद बनाउन एकतावद्ध हुने, देशमा करीब एकहजार १ सय भन्दा बेसी सामुदायिक कलेज मध्ये ८० वटा विद्यालय त्तब्ब् प्राप्तका लागि आवेदन परी छनोट भएका छन् । त्यस मध्य हाम्रो इन्द्रेश्वर क्याम्पस प्रक्रिया तिब्ररुपमा कार्य अघि बढेको छ । यो कार्यान्वयनपछि शैक्षिक उपलब्धी हाँसिलमा थप मजबुद हुन्छ । भौतिक पुर्वाधार विकास, उपयूक्त शैक्षिक वातावरण, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । शैक्षिक अवस्था नियाल्न अभिभावक र विद्यार्थीहरु क्याम्पस भ्रमणको लागि आहन गर्न चाहन्छु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्