IMG-LOGO

स्थानीय सरकारले स्वास्थ्य सेवा घरघरमा पु¥याउनुपर्छ

 मंगल, असार ३, २०८२  डा. भुषण श्रेष्ठ सञ्चालक, कृष्णप्रसाद अस्पताल प्रा. लि., बनेपा         

 

          बनेपामा जन्मनुभएका कर्मठ भुषण श्रेष्ठ सन् १९८२ मा मेडिकल डाक्टर बन्नुभयो । विगत ४३ वर्षदेखि अनवरतरुपमा चिकित्सा क्षेत्रमा विरामीहरुको उपचार गर्दै आउनुभएका डाक्टर भुषणले पाँचथर, धनगढी जिल्लाका दुर दराजका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुभयो । टेकु सरुवारोग नियन्त्रण अस्पताल, बिर अस्पताल हुँदै बनेपाको शिर मेमोरियल अस्पतालमा समेत विरामीहरुको उपचार गर्नुभयो । कृष्णप्रसाद अस्पतालका सञ्चालक समेत रहनुभएका डा. भुषणले २०६० सालदेखि बुबाको नामबाट औपाचारीकरुपमा दर्तागरी अस्पताल सञ्चालन गर्नुभएको हो । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा तथा भक्तपुरका नागरिकहरुलाई समेत स्वास्थ्य सेवा प्रवाह गर्दै आउनुभएको छ । उहाँसँग कृष्णप्रसाद अस्पतालले उपलब्ध गराएका सेवा प्रवाह तथा स्वास्थ्य उपचारका बारेमा डा. भुषणसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

            कृष्णप्रसाद अस्पताल प्रा. लि. को आरोह अवरोहका बारेमा बताइदिनुस न ?

विगत ४३ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको हो । २०६० सालदेखि कृष्णप्रसाद अस्पताल प्रा. लि. औपचारिकरुपमा दर्ता गरी सञ्चालन गरियो । त्यस अघि पनि क्लिनिक सञ्चालन गरेर विरामीहरुको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्दै आएको हो । बनेपामा वितगमा बनेपामा शीर मेमोरियल अस्पताल थियो । धुलिखेलमा पनि निक्कै पछि अस्पताल सञ्चालन भएको हो । बनेपामा पनि एक दुइ वटा मात्र स्वास्थ्य क्लिनिक थिए । विगतमा गरिवीको रेखामुनी रहेका धेरै थिए, हाल व्यक्तिको आयस्तर वृद्धि हुँदै गएको छ । स्वास्थ्य सेवा सुविधाको स्तरवृद्धि सरकारले गरेको छ । अहिले सरकारले १ सय ३५ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा, सुगर प्रेसरको औषधी समेत विरामीले बीमा मार्पmत प्राप्त गर्न सक्छन् । स्वास्थ्य पहूँच ग्रामीण भेगमा विस्तार हुँदै गएको छ । विगतमा अहिले जस्तो सञ्चार माध्याम, टिभी, पत्र पत्रिका, रेडियो मार्पmत सन्देश पैmलाउन सकिने अवस्था थिएन । न्यूनमात्रामा मात्रै सञ्चार माध्यम थिए । अधिकांश मानिसहरुलाई झाडापखला, जुकापर्ने आउँ परेका विरामीहरु औषधी उपचारका लागि अस्पताल र मेडिकलमा आृउने गर्द थिए । चेतनास्तरको वृद्धि, गाउँ गाउँमा आधारभूत स्वास्थ्य संस्था सञ्चालन भएर स्वास्थ्य सेवाको नागरिकले उपभोग गर्न पाएका छन् । सहरमा नगर अस्पताल सञ्चालनममा छन् । तर अभैmपनि नागरिकहरुले स्वास्थ सेवाको प्रभावकारीता ढङ्गबाट सेवा पाउन सकेका छैनन् । विगतमा अधिकांश मानिसहरुको घरमा शौचालयको निर्माण हुन सकेको थिएन, अशिक्षा गरीबीका कारण र कुपोषणका कारण मानिसहरुको मृत्युको संख्यामा वृद्धि भएको थियो । अहिले मानिसहरुको आय स्तर वृद्धि गरीवीको .न्यूनिकरणका कारण रोगव्याधिको संक्रमण घट्दो छ । ऐश आराम सुविधाको कारणले हाल मानिसहरु मोटा घाटा, सुगर, प्रेसर मुटुका रोगीहरु बढेका छन् ।

            कृष्णप्रसाद अस्पतालले उपलब्ध गराउँदै आएको सेवा सुविधाको बारेमा बताइदिनुस न ?

स्त्री रोग, हाडजोर्नी, नाक कान घाँटी, बाल रोग, मानसिक रोगको उपचार विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँच, निःशुल्क, सुगर जाँच, सस्तो भरपर्दो स्वास्थ्य सेवा, त्यस्तै गरी भिडीयो एक्स्रे, दिशा पिचाव र रगतको जाँच गरिन्छ ।

            कुन खालका रोगीहरु उपचारका लागि आउने गरेका छन् ?

ज्योरो, दम रोग, छालाको रोग, नाक, कान, घाँटी, हाडजोर्नी र बालरोगका विरामी स्वास्थ्य जाँच गर्न आउने गरेका छन् । हामीकोमा अपरेशन र प्रशुतीसेवा भने सेवा उपलब्ध गराउन सकेका छैनौं ।

            कोभिड–१९, जस्ता भयानक, सरुवा रोगहरुपनि दिन प्रति दिन बढ्दै गएका छन् नी ?

हरेक ५ वर्ष तथा १० वर्षको फरकमा माहामारी रोग आउने गरेको छ । त्यस्ता रोगहरु नयाँ भाइरसको कारण हुने गर्छन् । वैज्ञानिकहरुले त्यसको निदानको लागि नयाँ खालको भ्याक्सीन पत्ता लगाइ सकेका छन् । त्यस्ता रोगहरुको उपचारका लागि पूर्वतयारीको सन्दर्भमा हरेक अस्पतालहरुमा भौतिक पूर्वाधार, अक्सीजन प्लान्ट सबैको प्रबन्ध गर्नुपर्छ ।

            मुटुरोग, मृगौला रोग र क्यान्सर जस्ता घातक रोगहरुलाई कसरी न्यूनीकरण गर्दै लग्न सकिन्छ ?

दैनिकी जीवन शैली, ऐशआराम सुख सयल ढङ्गबाट विताउने तीर मात्र ध्यान दिनुभएन । शारीरिक व्यायम, दैनिक योग ध्यान गर्नुप¥यो । सन्तुलित खाना, आहार विहारमा ध्यान केन्द्रीत गर्ने, कम्तीमा दैनिक १ घण्टा हिड्ने, कडा परीश्रम गर्ने, सुगर, प्रेसर भएको छ भने नियमित औषधी खाने गर्नुपर्छ । नियमितरुपमा कम्तीमा वर्षमा ३÷४ पटक स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ । अमिलो पीरो चिल्लो कम खाने गर्नुपर्छ । त्यस्तै क्यान्सर जस्ता घातक रोगबाट बच्न विषादीको प्रयोग गरेको कृषि उपज, फलफुल खानु भएन । अर्गानिक फलपूmल तरकारी खाने गर्नुपर्छ ।

            मानिसमा रोग लाग्नै नदिन निरोगी हुने उपाय कसरी सम्भव छ ?

योग, ध्यान नियमित गर्ने, सकारात्मक सोच, तनाव नलिने हाँसो खुसीमा जीवन विताउने, सत्कर्म गर्ने, कम्तीमा १ घण्टा विहान हिड्डुल गर्ने वानी बसाल्ने खानपिनमा सन्तुलन मिलाउने, पानी पुरी चटपट नखाने अमिलो पीरो नखाने, होटल तथा रेष्टुरेन्टमा खान तथा खाजा स्वच्छ सफा खाने डाइरेटहातले दिएको खाना, खाजा नखाने, चिम्टाको प्रयोग, डाडु पँन्यु चम्चाको प्रयोगबाट खाना, खाजा सेवा प्रदान गर्नुपर्ने हुन्छ । होटलमा खान आउने ग्राहकहरुलाई खाना खाजा उपलब्ध गराउँदा डाइरेट हातको प्रयोगगरी सेवा प्रवाह नगरौं चिम्टा वा डाडुको प्रयोगबाट मात्र सेवा प्रदान गरौं ।

            देशको युवा जनशक्ति विदेशीने ग्रामीण के सहर रित्तीदै जाने जेष्ठ नागरीकहरु मात्र देशमा रहने अवस्था छ । औषधी उपचारको लागि अस्पताल र स्वास्थ्य चौकी सम्म आउन नसक्ने अवस्था सृजना भएको छ । उपचारको नयाँ विधी र प्रविधिको उपयोग कसरी गर्न सकिन्छ ?

राजनीतिक अस्तिरता, युवा वर्गमा देशमा उद्योग धन्दा कल कारखाना सञ्चालनमा नहुनु उद्यम व्यवसाय नफस्टाउनु, देशैमै अवसर र भविष्यका सुनिस्चिता नहुँदा विदेशीने क्रम बढेको छ । युवा जनशक्तिलाई देशमा अटाउन सक्ने वातावरण राज्यले निर्धारण गर्नुपर्छ । तव मात्र देशमा समृद्धि सम्भव छ । त्यसैगरी अव स्थानीय र प्रदेश सरकारले शिक्षा र स्वास्थ्य सेवा प्रभावकारीतामा बजेट विनयिोजन गर्नुप¥यो । स्थानीय सरकारले आधारभूत अस्पताल, गाउँ नगर अस्पताल, स्वास्थ्य संस्थाबाट हरेक वडाका नागरिकहरु जो विरामी छन् हुन्छन्, तीनीहरुको स्वास्थ्य सेवाको लागि जेष्ठ नागरिकहरु अस्पताल स्वास्थ संस्था सम्म आइपुग्न सक्दैन । तीनीहरुको लागि डाक्टर, नर्स अथवा हेल्थ असिष्टेनको प्रबन्ध गरी नागरिकहरुको घरघरमा स्वास्थ्य सेवा पु¥याउनु पर्छ । त्यतातिर सरकारको ध्यान केन्द्रित होस भन्न चाहन्छु् ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्