विगत २५ वर्ष देखि बैंक तथा वित्तीय क्षेत्रमा अनुभव सँगाल्नु भएका बनेपाका उर्जासिल युवा मनोज श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रबन्धकको जिम्मेवारी समाल्नु भएको छ । बैंकको वित्तीय अवस्था, आर्थिक मन्दिमा ऋण प्रवाह र असुली प्रक्रिया, ग्राहकले प्राप्त गरेको सेवा सुविधाको सवालमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेपा शाखाका प्रबन्धक श्रेष्ठसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेपा शाखाको वित्तीय अवस्थाको बारेको प्रष्ट पारिदिनुस्न ?
करिव २५ बर्ष अगाडि देखि बनेपामा सेवा दिँदै आइरहेको छ । यो बैंकको ५ औँ शाखा हो । बिगतमा मेगा बैंकको बनेपा शाखा पनि यसैमा गाभिएर अझै विस्तारीत रुपमा सेवा दिँइ राखेका छौँ । शाखामा हामी १७ जनाको टिम छौँ र बैंकको शाखाको प्राङ्गगण मै २४ सै घण्टा ए.टि.एम. सञ्चालन गरेका छौँ । यसका साथै काठमाण्डौ विश्वविद्यालयमा यस बैंकको विस्तारित काउन्टर र ए.टि.एम. सेवा रहेको छ । यसै महिनाबाट हामीले धुलिखेल हस्पिटलमा पनि एटिएम मेसिन राख्ने व्यवस्था मिलाई सकेका छौँ । यो बाहेक हामीले नजिकै रहेको शिर मेमोरियल हस्पिटल, आँखा अस्पताल, क्इक् बालग्राम, अपाङ्ग अस्पताल लगाएत करिव ३०,००० भन्दा बढि ग्राहकलाई निरन्तर सेवा दिई राखेका छौँ । सम्भवत यो शाखा काभ्रे जिल्लामा नै सबैभन्दा बढि निक्षेप भएको बैंक हुनुपर्दछ र अरवौँको कर्जा विस्तार गर्ने शाखामा पर्दछ । हाम्रो शाखामा प्राय सबै लोकल कर्मचारीहरु छन् । सबै जना मिलनसार र मेहिनति छन् । हामी विश्वास गर्छाै हाम्रो ग्राहक नै हाम्रो प्रगतिका पहिलो अध्याय हुन् । यस शाखा स्तरीय अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै राष्ट्रको अर्थतन्त्रमा योगदान पु¥याउन, प्राप्त उपब्धिहरुलाई स्थायित्व दिन तथा प्रगतिको उच्च गति कायम राख्दै आफ्ना ग्राहकहरुलाई उच्चतम सेवा सुविधा दिन सदैव प्रयत्नशील रहेको छ । २७५ देशभरी शाखा, एकटेन्सन काउन्टर ६५, २६६ ब्त्ःक ऋबचम, ब्रान्चलेस बैंकिङ सेवा ६६, शेयर क्यापिटल ३४.१२८ अरब, ऋण प्रवाह ३.२७ खरब, नाफा ४.५४ अरब, नाफा कमाउन सफल भएको छ । त्यस्तै बेस रेट ६.१० रहेको छ ।
हाम्रो बैंकले ग्राहक वर्गलाई स्तरिय सेवा के के उपलव्ध गराउन सकेको छ ?
हाम्रो नगद काउन्टर बिहान ९ः३० बजेदेखि बेलुकाको ५ बजे (शुक्रबार ९ः३० बजेदेखि दिनको २ बजे) सम्म निरन्तर संचालन हुन्छ भने सार्वजनीक बिदाको दिन समेत बिहान १० बजेदेखि दिनको १ बजे सम्म सेवा प्रदान गर्दै आएका छौँ । शनिबार मात्र काउन्टर बन्द रहने गर्दछ । २४ सै घण्टा हाम्रा ए.टि.एम. सेवा संचालनमा रहन्छन् । धेरै कर्मचारी भएको हुँदा ग्राहकलाई खासै लाइनमा बस्नुपर्ने अवस्था छैन । चेक नलिई आउने ग्राहकले क्युआर स्क्यान गरेर समेत काउन्टरबाट नगद निकाल्न सक्दछन् भने कार्ड बोकेर आउने ग्राहकले पनि एइक् मेसिनको प्रयोग गरी काउन्टरबाट नगद झिक्न सक्ने व्यवस्था मिलाइएको छ, । बैंकले नेपालमै पहिलो पटक एबथधभबच नामको मिनि अबचम बाट कारोवार गर्ने व्यवस्था गरेको छ । एउटा “क” वर्गको वाणिज्य बैंकले दिने सम्पुर्ण किसिमका सेवा सुविधा यस बैंकको बनेपा शाखाले दिँदै आएको छ । शाखाले आफ्ना ग्राहकहरु समक्ष खुद्रा स्तरको निक्षेप संकलन, सहज विप्रेषण सेवा, कर्पाेरेट, साना तथा मझौला उद्योगको लागि कर्जा तथा सुविधाहरु रिटेल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आउको छ । त्यस्तै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने इन्टरनेट बैकिङ्ग र मोवाइल बैकिङ्ग सेवा समेत संचालनमा ल्याएको छ ।
हाल बैंको ऋण लगानी र असुलीको अवस्था कस्तो रहेको छ ?
यस शाखाले साना, मझौला र ठुला गरी अरवौँ कर्जा लगानी गरेको छ र अझै पनि साना तथा मझौला ग्राहकलाई निरन्तर कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ । बनेपा शाखाले साना तथा मझौला कर्जाहरुमा वढि लगानि गरेको छं । यस बाहेक हामीले घर कर्जा (घर किन्ने, बनाउने, मर्मत गर्ने), गाडि (सार्वजनिक र निजी), ठूला उपकरण, प्रतित पत्र र बैंक जमानतहरुमा लगानि गरेका छौं । यस बैंकको हालको आधार दर (बेस रेट) ६.१०% मात्र छ, त्यसैले ग्राहक वर्गले सस्तो व्याजदरमा कर्जा पाइराख्नु भएको छ । असुलीमा खासै समस्या छैन । हालको आर्थिक मन्दीले असुली प्रक्रिया केही सुस्त बनाएको छ तर कर्जा डुबिहाल्ने स्थिती भने छैन ।
बैंकले ऋणको व्याज अस्वभाविक रुपमा बढाउने, १ बर्ष भित्र नै आफुले लगेको ऋणको व्याज तिर्यो तर सावाँ तिर्न सकेन भने पनि धितो लिलाम गरि रकम असुल गर्ने गरेकोले उद्यमी व्यवसायी ससन्कित भएको भनिन्छ नि ?
बैंकले निक्षेपकर्ताको दुःख र पसिनाले कमाएको रकमलाई धितो र परियोजना हेरी निश्चीत व्याजदरमा ऋण प्रवाह गर्छ । बैंकले आधार दर (बेस रेट) मा केही प्रिमियम जोडेर ऋण दिएको हुन्छ । बैंकको व्याज खर्च एवं लागत बढ्दा बेस रेट बढ्ने र लागत घट्दा बेस रेट घट्ने हुन्छ । त्यसैले ऋणीको व्याजदर पनि घट्ने र बढ्ने हुन्छ । एक पटक ऋणी र बैंकबिच प्रिमियममा सम्झौता भएपछि त्यो प्रिमियम रेट बढाउन मिल्दैन । बैंकमा ऋण लिएपछि समय समयमा व्याज तथा किस्ता तिनुपर्ने हुन्छ । कुनै कर्जाको मासिक किस्ता (व्याज र सावाँ) तिनुपर्ने हुन्छ भने कुनै ऋणको व्याज मात्र तिरी बार्षिक रुपमा सावाँ नविकरण गनुपर्ने हुन्छ । जुन समय तोकिएको छ सोही समयमा व्याज तथा किस्ता तिर्नुपर्ने हुन्छ, अन्यथा बैंकले नियमानुसार असुली प्रक्रिया गनुपर्ने हुन्छ । धितो लिलाम प्रक्रिया सुरु गर्नुअघि बैंकले कम्तिमा छ महिनाको समय ग्राहकलाई दिई सकेको हुन्छ । उद्यमी व्यवसायीहरु कर्जा लिएर आप्mनो व्यवसाय विस्तार गरेको हुन्छ । समयमा कर्जा भुक्तानी गर्ने र नियमानुसार हिसाव राख्नेले ससन्कित हुनु पर्दैन ।
बाणिज्य बैंकले निम्न वर्गीयलाई कुल पुँजीको १० प्रतिशत ऋण प्रवाह नै गर्दैन बरु राष्ट्र बैंकलाई शुल्क तिर्छ भनिन्छ नी वास्तबिकता त्यही हो ?
राष्ट्र बैंकले प्रत्येक बैंकको छ महिना अगाडिको कुल कर्जाको ५ प्रतिशत बरावरको रकम बिपन्न वर्गमा लगानी हुनुपर्छ भनेको छ । हाम्रो बैंकले ५.३ प्रतिशत हाराहारी कर्जा सो क्षेत्रमा लगानी गरिसकेको छ । साना व्यापारी लाई १५ लाख, महिलाको नाममा २० लाख, कृषिमा जाने कर्जा २० लाख लगानी बिपन्न वर्गमा लगानी भनेको छ ।– राष्ट्र बैंकको १७ नं. डाइरेक्टीभमा यस बारे लेखिएको छ ।
नेप्से परिसुचक फेरबदल भइराख्दा वित्तीय अवस्थामा कस्तो प्रभाव पार्दछ ?
नेप्से परिसुचकले मार्जीन लोन (शेयर धितो कर्जा) लाई बढि प्रभाव पार्छ जस्तो लाग्छ । देशको अर्थतन्त्रलाई पनि यसले ऋयलाष्मभलअभ दिन्छ कि जस्तो लाग्छ । नेप्से बढ्दा अर्थतन्त्र बढि चलायमान हुन्छ । संक्रमणकाल तथा राजनितिक अस्थिरताले बैकहरु चेपुवामा परेका छन् । केहि विकास बैक तथा फाइनान्सहरुमा समस्या पनि आए तर वित्तीय क्षेत्रलाई त्यति नराम्रो असर परेको छैन, धरासायी हुने अवस्था चाँहि छैन ।
बैंकिङ सेवा बिस्तार गर्ने नयाँ योजना बारे बताइदिनुस न ?
यस शाखाले यसै महिना भित्र धुलिखेल अस्पतालमा ए.टि.एम. मेशिन संचालन गर्दैछ । बैंकको नयाँ निक्षेप (बचत) र कर्जा योजनालाई पनि बैंकले जिल्ला भरीका ग्राहक सम्म पु¥याउने योजना छ । बैंकले नेपालमै पहिलो पटक एबथधभबच नामको मिनि अबचम बाट कारोवार गर्ने व्यवस्था गरेको छ जुन सेवा धेरै भन्दा धेरै ग्राहक सम्म बिस्तार गर्ने योजना रहेको छ । सँगै बैंकको मोवाइल बैंङ्किङ, डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, क्युआरको सेवा पनि अझै विस्तार गर्ने योजना रहेको छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम त यस्तो अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद ब्यक्त दिन चाहन्छु । यस शाखाको उत्तरोतर प्रगति तथा समृद्धि लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग, सद्भाव, अमुल्य सुझाव तथा मार्गदर्शन दिनुभई यस शाखालाई वर्तमान अवस्थासम्म आइपुग्न आ–आफ्नो क्षेत्रबाट निरन्तर सहयोग पु¥याउनुहुने सम्पूर्ण शेयरधनी महानुभावहरु, ग्राहक, कर्मचारी, केन्द्रीय कार्यलयले शाखा प्रति देखाउनुभएको अगाध विश्वासको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा यहाँहरुको सदाशयता र सहयोग कायमै रहने अपेक्षा गर्दछु । आपूm जस्तै साथीहरुले राम्रो शिक्षा हासिल गरेर बैक तथा वित्तिय क्षेत्रमा क्यारियर बनाउन सल्लाह दिन्छु । ब्यापारिहरुलाई समय अनुरुप कर्जा लिन र समय अवधि पूर्व नियमअनसार ब्याज र साँवा भुक्तानी गरिदिनुहुन सुझाव दिन्छु । साथै सबै जनसमुदायलाई वातावरण परिवर्तनलाई न्यूनिकरण गर्न सकिने उपायहरुको अवमूलयन गर्ने सल्लाह दिन्छु ।
