सिन्धुली जिल्ला सान्तेश्वरी–२ मा जन्मनुभएका छत्रबहादुर मैनाली डेढ दशकदेखि दक्षिण अमेरिकाको कोलम्बीयामा कर्मभूमिको रुपमा कार्य गर्दै आउनु भएको छ । उहाँसँग अवैधानिकबाटोबाट अमेरिका जानेबारेको कथा विदेशको अवस्था के छ ? अनुभव र अनुभूतिका सवालका बारेमा स्मोकिङ इलेक्ट्रोनिक सिग्रेटका सञ्चालक एवं मानव तस्करी विरुद्धका अभियान्ता मैनालीसँग रडियो एविसीमा गरिएको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाई सिन्धुली सान्तेश्वरी–२ मा जन्मनुभएको व्यक्ति कसरी दक्षिण अमेरिकाको कोलम्विया देश पुग्नुभयो ?
हाम्रो देशमा स्वतन्त्ररुपमा कर्म गरेर जीवनको यात्रालाई सहजढङ्गबाट गन्तव्यमा पु¥याउन कठिन छ । आप्mनो परिवारको जीवनलाई सार्थक बनाउन, अवसर र रोजगारीको सृजनाका लागि विदेश जाने भावना जाग्रीत भयो । सन २०१० डिसेम्बरमा सगरमाथा रेस्टुरेन्ट सञ्चालन गरेपनि व्यवसाय राम्रो सँग फष्टाउन सकेन । सन २०१२ कोलम्वियामा रेस्टुरेन्ट सञ्चालन गर्ने कार्य गरियो । रेस्टुरेन्टबाट स्तरीय लोकल खाना खाने प्रबन्ध गरियो । उक्त व्यवसाय राम्रो सँग सञ्चालन हुन सकेन । व्यवसायिक यात्रा संघर्ष र चुनौती पूर्ण रह्यो ।
दक्षिण अमेरिकाको कोलम्बिया पुगेर के के गर्नुभयो ?
सन २०१० डिसेम्बरमा रेस्टुरेन्ट सञ्चालन गरियो, त्यसै गरी २०१२ मा सगरमाथा रेस्टुरेन्ट राम्रोसँग सञ्चालन नभएपछि स्मोकिङ इलेक्ट्रोनिक सिग्रेट व्यवसाय सञ्चालन गरेर कर्मगरी रहेको छु । यो व्यवसायबाट जीवनयापन सहजढङ्गबाट चलेको छ ।
तपाईले अमेरिका छिर्ने बाटोमा रहेको कोलम्बिया देशबाट त्यहाँको इमेग्रेशन अध्यागमनको लागि भोलन्टर सेवा पनि गर्नुभयो होइन ?
विश्वकै सर्वशक्तिमान राष्ट्र, जुन आर्थिक र राजनीतिक रुपमा मात्र नभइ विकासको दृष्टिले नै एक नम्बर नै हो त्यहाँ जान कुनैपनि व्यक्तिको सपना हुनु स्वभाविक हो । कोलम्बियामा ४ जना मात्र बसोबास गुर्नहुन्छ । डेढ दशक पहिले अवैधानिकरुपमा अमेरिका जाने लर्को नै थियो । सन २०११ देखि २०१८ सम्म दैनिक ६ देखि ७ सयको हाराहारीमा जानेको संख्यात्मक दैनिक बृद्धि भएको थियो नै । विश्वका कुनैपनि देश अवैधानिकरुपमा नजाउँ वैधानिकरुपमा जाउँ । अरुको देशमा अवैधानिकरुपमा जाँदा निक्कै कष्टकर जीवन विताउन पर्ने हुन्छ । स्वतन्त्ररुपमा जुनसुकै क्षेत्रमा कार्य गर्ने अवसर हँुदैन । राज्यको प्रशासनले भेट्ना साथ उक्त नागरिकलाई पनि देशबाट निकाला गर्दछन् । गम्भीर खालको जोखिम मोलेर अवैधानिकरुपमा विदेश नजाउँ । अवैधानिकरुपमा अमेरिका गएका समस्यामा परेका नागरिकहरुलाई निःशुल्क सेवा अभियानकोरुपमा सेवा प्रदान गरेको छु ।
मानव तस्करहरुको जालमा परेर कसरी नेपाली र अरु देशका नागरिक अमेरिका जाँदा रहेछन ?
मानव तस्करहरु पैसा कमाउने होडमा र अमेरिका जाने सपना बोकेका नागरिकहरु सर्वशक्तिमान रुपमा परिचित देश अमेरिका जान पाए हुन्थ्यो भनेर सपना बोकेका युवा जमात जुनसुकै परिस्थितिमा अमेरिका जाने गरेका छन । त्यस्तो गर्नु उचित हैन । अवसर र रोजगारीको लागि जोखिम मोलेर जानु उपयूक्त हैन । कानुनी मान्यता पुरा गरेर मात्र विदेश जाने गरौं ।
दक्षिण अमेरिका कोलम्बियाका नागरिक बन्नु भएछ, त्यस देशकोबारेमा प्रस्ट पारिदिनुस न ?
समय परिस्थि अनुसार चल्नुपर्छ । विदेशमा त्यसै देशको नागरिकता लिएर बस्न संघर्ष र चुनौती सामना गरी स्थापीत हुनुपर्छ निस्चित मापदण्ड कानुन पुरा गरेर मात्र नागरिक बन्न सकिन्छ । म ल्याटीन अमेरिकामा गएर समेत २ वर्ष सम्म कार्य गरे ।
अमेरिका र क्यानडाको भ्रमण गर्नुभयो । अनुभव र अनुभूति कस्तो रह्यो ?
पृथ्वी त एकै हो । शिक्षाको गुणस्तरीयता, कानुन, अनुशासन, नैतिकता र चरित्र सबैलाई ध्यान केन्द्रित गरि कार्य गर्नुपर्छ । कर्ममा रमाउनु पर्छ । देशको विकास र समृद्धिमा तल्लीन भइ दीगो लक्ष्य योजनालाई कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउन लागिपर्ने राज्य हो अमेरिका र क्यानडा देश । त्यसैले कानुन अनुसार सबैले आ–आप्mनो क्षेत्रबाट जिम्मेवारी पुरागरी कर्मगरौं भन्न चाहन्छु ।
युवा पुस्ताको मोह विदेश छ स्वदेशमै राख्न अब के गर्नुपर्ला ?
विदेशमा गएर कार्य गरेछि रातारात धनी हुने हैन । निरन्तर लगनसिल भइ कार्य गर्नु पर्छ । जुनदेशमा गएपनि त्यहि देशको कानुनको परिधिमा रही अनुशासित ढङ्गबाट कर्म गर्नुपर्छ । विदेशमा त्यतिकै पैसाको धन वर्षा हुने छैन । हाम्रो नेपालमा युवा जनशक्तिलाई सिप र क्षमताका आधारमा रोजगारीको अवसर दिन सक्नुपर्छ अनि मात्र विदेश जनेको लर्को कम हुँदै जान्छ । विदेश जान नै नहुने भन्ने हैन । विदेशमा गएर ज्ञान र सिप हाँसिल गरेकोबाट आप्mनो देशको विकासमा समृद्धिको यात्रामा सहायता पुग्ने गरी कार्य गर्न सकिन्छ । नेपाल सरकारले युवा जनशक्तिलाई रोजगारीको सृजना, देशमै अडाउने दिगो योजना बनाई अघि बढ्नु प¥यो ।
युवा पुस्तालाई क सन्देश दिन चाहनुहुन्छ ?
विदेश जानु प¥यो भने वैधानिकरुपमा जाउँ । आप्mनो देश छोडेर बाहिर गएपनि देशको माटोलाई माया गरौं । त्यहाँको सिप र ज्ञानको प्रयोग गरी आप्mनो देश नेपालको विकासमा सहयोग पु¥याउने कार्य गरौं ।
विदेश गएका नेपालीलाई के भन्नु हुन्छ ?
संसार घुमिरे मात्र केहि हुने छैन । आप्mनो घर परिवार छोडेर विदेशका जुन सुकै कुनामा काम गरेपनि आप्mनो देशको माटोलाई नभुलौं । आप्mनो जीवनको समृद्धिको यात्रालाई पुरा गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा के योगदान गर्न सकिन्छ गरौं । विदेशमा गइ हाँसिल गरेको ज्ञान सिप क्षमतालाई नेपालमा प्रयोग गरौं । विदेशमा गइ कार्य गरेका जनशक्तिलाई स्वदेशमा काम गर्ने अवसर सृजना गरी देशलाई समृद्ध बनाउने अभियानमा सबै एक जुट हुनुपर्छ भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
