मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका – ६ मा जन्मनु भएका लिलाधर पौडेल विगत २७ वर्ष देखि शिक्षण सेवामा लाग्नु भई कार्य गर्दै आउनु भएको छ । २०७२ साल देखि क्षितिज इङ्गलिश बोडिङ स्कुलको प्रिन्सिपलको जिम्मेवारी समाल्नु भएको हो । २०६३ सालमा स्थापना भएको क्षितिज स्कुलले शैक्षिक विकासको क्षेत्रमा इटा थप्ने कार्य गरेको सवाललाई २०७५ सालमा एसइई परीक्षामा नेपाल टप भइ उतीर्ण गर्न सफल भएकोले पनि पुष्टी गर्छ । विद्यार्थीहरुको चौतर्फि विकास, सृजनशिलता प्रविधिक शिक्षा प्रदानमा प्रर्तिवद्ध भइ विद्यार्थी केन्द्रीत शिक्षा प्रदान गरेको कारण अभिभावक र विद्यार्थीको रोजाइ क्षितिज स्कुल भएको बताउनु हुन्छ ः प्रिन्सिपल लिलाधर पौडेल । गत वर्ष पनि स्रेया सेवक श्रेष्ठले एसइईमा काभ्रे जिल्ला टप हुन सफल भएको छ । एजुकेसन प्लानिङ एण्ड म्यानेजमेण्टमा मास्टर डिग्री शैक्षिक योग्यता हासिल गर्नुभएका प्रिन्सिपल पौडेल सरल स्वभाव, समन्वयकारी भूमिका निर्वाह गर्ने शिक्षकहरुको सारथीको रुपमा परिचित हुनुहुन्छ । विद्यालयका प्रिन्सिपल पौडेलसँग नयाँ शैक्षिक शत्रको भर्ना कार्यक्रम, शैक्षिक स्तरीयता, शिक्षण सिकाई उपलब्धता र भावि कार्य योजनाको सवालमा रेडियो एविसीमा गरिएको कुराकानी मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नयाँ शैक्षिक शत्र २०८२ प्रारम्भ हुन लाग्यो क्षितिज इङ्गलिश बोडिङ स्कुल कसरी अघि बढ्दै छ ?
विद्यालयको भौतिक संरचना निर्माणको अवस्था, विगतको शिक्षण सिकाईको उपलब्धी के कस्तो छ ? शिक्षक वर्गको अथक प्रयास, अभिभावकहरु र विद्यार्थीहरुको रोजाई हुन सक्ने सकारात्मक शैक्षिक वातावरण भएकोबाट नै विद्यालयको शैक्षिक अवस्था नियाल्न सकिन्छ । २०६३ सालमा सामाजिक, राजनीतिक, वौद्धिक व्यक्तिहरुको सम्लग्नता र उचित व्यवस्थापकीय प्रबन्धमा सञ्चालित विद्यालय भएकोले प्रक्रियागत पद्धति अनुरुप कार्य भइरहेको छ । विद्यार्थी केन्द्रीत शिक्षण सिकाई, शैक्षिक गुणस्तरीयता कायम गरी प्रभावकारीता ल्याउन सकेको छ । वेग्लै शैक्षिक पहिचान हाम्रो मुख्य विशेषता हो । आगमी हप्ता देखि भर्ना अभियान तीघ्ररुपमा अघि बढ्छ । प्लेग्रुप देखि कक्षा १० सम्म ८ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । ३० प्रतिशत वृद्धि गर्ने लक्ष्यका साथ व्यवस्थापकीय टिम र शिक्षक वर्ग दत्तचित्तभइ लागेको अवस्था छ ।
२०६३ सालमा स्थापना भएको विद्यालयको शैक्षिक स्तरीयताको सूचाङ्कलाई कसरी लिन सकिन्छ ?
पटक पटक नेपाल टप जिल्ला टप हुन सफल विद्यालय हो । क्षितिज स्कुल नाम अनुसारको काम गर्दै आएको छ । २०६३ सालमा सञ्चालित विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको छ भन्ने पुस्टी यहाँ अध्ययन पुरा गरी अन्यत्र उच्च शिक्षा अध्ययनमा अब्वल सावित भएका छन् । डाक्टर, इन्जिनियर प्रशासनिक क्षेत्र, वैकीङ क्षेत्रमा उच्च ओहोदामा प्ग्न सफल गएका छन् । हिमाल खनाल आशिष न्यौपाने लगायतले आइएसओमा छात्रवृति प्राप्त गर्न सफल भएका छन् । समय सापेक्षरुपमा शिक्षकहरुलाई उचित तालिम प्रदान गरी दक्षतामा वृद्धि गरिएको छ । सक्षम शिक्षकहरुको शसलभूमिकाबाट शिक्षण सिकाईमा प्रभावकारीता ल्याई सतप्रतिशत उतीर्ण गराउन सफल छ । व्यवहारीक, सृजनात्मक विद्यार्थीहरुको चौतर्फी विकास गराउने शैक्षिक क्रियाकलाप सञ्चालन गरिएको छ । यो नै क्षितिज स्कुलको आप्mनो वेग्लै पहिचान र विशेषता छ भन्न सकिन्छ ।
एसइई परिक्षामा आधा भन्दा अनुतीर्ण हुनुको मुख्य कारण चाँहि के देख्नुहुन्छ ?
सरकारले सामुदायिक विद्यालयमा गरेको शैक्षिक लगानी, भौतिक पूर्वाधारको सम्पन्नता शिक्षकहरुलाई समय सापेक्ष तालिम प्रदान गर्दा समेत अधिकांस विद्यार्थीहरुले शैक्षिक उपलब्धी हाँसिल हुन सकेको देखिदैन, यसको कम्जोरी पत्ता लगाई सामुदायिक विद्यालयमा गराउने अध्यापन स्तरीय उपलब्धी मुलक गराउने शिक्षक र विद्यालयहरुलाई पुरस्कृत गर्ने नराम्रो नतिजा ल्याउनेहरुलाई दण्डीत गर्ने नीति हुनुपर्छ तब शैक्षिक क्षेत्रमा सुधार हुन्छ । म आपैmं पनि सामुदायिक विद्यालयमा ९ वर्ष शिक्षण सेवा गर्दै आएको व्यक्ति हुँ । सामुदायिक विद्यालयमा निःशुल्क अध्ययन गर्ने अवसर छ । अभिभावक विद्यार्थी र शिक्षक बिचको निरन्तर अन्तर सम्वाद हुुनु जरुरी छ । अभिभावक वर्गले आप्mना बालबालिकाको शैक्षिक अवस्था के छ कसो छ कमजोरी के छ सुधार गर्नुपर्ने पक्ष के छ भन्ने सवालमा संस्थागत विद्यालयमा मात्र अभिभावकको चिन्तन भएको पाइन्छ । संस्थागत विद्यालयको हकमा विषयगत शिक्षकहरुले वार्षिक शैक्षिक योजना अनुरुप कुन विद्यार्थीहरुलाई कुन किसिमबाट सिकाउँदा, प्रोत्साहित गर्दा सकारात्मक नतिजा आउँछ विद्यार्थीको रुचि अनुसार व्यवहार गरेर भएपनि शिक्षण सिकाइमा परिणाम मुखी नतिजा ल्याउन तत्परता रहेको पाइन्छ ।
विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ ? अरु भन्दा पृथक के छ ? बताउनुसन ?
बालमनोविज्ञान अनुसार शिक्षण सिकाई, विषयगत शिक्षकहरुले विद्यार्थीहरुको सृजनात्मक क्षमतालाई मध्यनजर गरी सुधार गर्नुपर्ने, कमजोरी पक्षलाई सुच्छम अध्ययन गरी ३÷३ महिनामा प्रतिवेदन सहित सम्वन्धित विभागीय प्रमुख मार्पmत प्रिन्सिपललाई सोको जानकारी गराउने गरिएको छ । “मासिक आन्तरिक परीक्षा, बालबालिकाहरुको शैक्षिक कमजोरी बारेमा अभिभावक र विद्यार्थी दुवैलाई राखेर सुधार गर्न अतिरिक्त कक्षा सञ्चालन प्रबन्ध गरिएको छ । विद्यार्थीहरुको रुचिलाई ध्यान केन्द्रीत गरी प्रिप्राइमरी, प्राइमरी र माध्यामिक तहमा अध्ययन गर्ने छात्र छात्राहरुलाई खेलकुद, नृत्य, गायन, मार्सल आर्ट, निबन्ध प्रतियोगीता तहगत रुपमा शैक्षिक क्यालेण्डर अनुरुप सञ्चालन गरिएको छ । विद्यार्थीहरुको प्रतिभालाई उजगार गर्न शैक्षिक उपलब्धी हाँसिल गर्ने सवालमा सञ्चालक, व्यवस्थापक र प्रिन्सिपल र शिक्षक वर्गको सत् प्रयास निरन्तर जारी रहेकोले नेपाल टप, जिल्ला हुन सकेको हो ।”
अधिकांश संस्थागत विद्यालयहरु अभिभावकको ढाड सेक्ने गरी हरेक वर्ष शुल्क बढाउने गरिएको गुनासो आउने गरेको छनी ? यसमा के भन्नु हुन्छ ?
संस्थागत विद्यालयहरु अभिभावक वर्गले तिरेको विद्यार्थीहरुको मासिक शुल्क नै विद्यालयको आम्दानीको मुख्य श्रोत हो । विद्यालय प्रशासन, शैक्षिकस्तर वृद्धि, शिक्षकको तलब वृद्धि विकासमा खर्च हुन्छ । हाल माध्यामिक तह सम्मको शिक्षाको सवालमा नियमन गर्ने निकाय स्थानीय सरकार हो । विद्यालयको वर्गीकरण अनुसार तोकिदीयको शुल्क मात्र लिन गरेको छ । हामीले अभिभावकहरुको आर्थिक अवस्था, उहाँहरुको सल्लाह सुझाव अनुसार शुल्क लिएका छौं, वेसी लिएका छैनौं । नेपाल सरकारले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीहरुकोलागि छात्रवृतीमा पढाउनुपर्ने भन्दा दोब्बर गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छुट सहित शिक्षा प्रदान गरेका छौं । सम्बन्धीत नियमक निकायले विद्यालयमा शुल्क कुन रुपमा लिइएको छ निरन्तर अनुगमन गर्न जरुरी छ ।
अधिकांस संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरु श्रमशोषण परेको आरोप लाग्ने गरेको छ नी हाम्रोमा शिक्षक कर्मचारीको हकमा गरिएको प्रबन्ध बारे बताइदिनुस न ?
शिक्षकहरुले शैक्षिक क्षेत्रमा गरेको योगदान, क्षमता अनुरुप तहगत रुपमा कार्य सम्पादन, योग्यताको समेत कदर गरि राज्यले निर्धारण गरेको श्रमको सम्मान अनुरुप न्यूनतम दिएकै छौं सरकारी स्केल वराबर तलब सुविधा प्रदान गरेको छ । त्यसको अलावा १० प्रतिशत सञ्चयकोष व्यवस्था गरिएको छ । हाम्रो विद्यालयमा स्थापनाकाल देखि कार्य गर्ने शिक्षक र कर्मचारी हुनुहुन्छ ।
भाबी शैक्षिक योजना के के छन् ?
आगामी शैक्षिक शत्र देखि नै कक्षा ११ र १२ सञ्चालन गर्ने छौं । सम्बन्धीत निकायबाट स्वीकृत लिइसकका छौं । अभिभावक र विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाईमा प्रभावकारीता ल्याउने गरी कार्य अघि बढाएका छौं । सबै विद्यार्थीहरुलाई व्यवहारिक, संस्कार, सिप मुलक विश्व वजारमा विक्ने शिक्षा प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रमिक योजना दुरदृष्टी सहित हाम्रो अभियान जारी छ ।
अन्त्यमा केहि भन्नु छ की ?
विद्यार्थीहरुको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने, जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको वर्तमान आधुनिक वैज्ञानिक, प्रविधि युक्त शिक्षा प्रदान गरेका छौं । अभिभावक वर्ग, शिक्षा प्रेमी, स्थानीय, लब्ध प्रतिष्ठीत व्यक्तिहरु सबैको साथ सहयोग सत्विस्वास प्राप्त भएको छ । विद्यालयको विगत र वर्तमान शैक्षिक अवस्थालाई नियालेर हाम्रो विद्यालयमा आइ सुझबुझका साथ विद्यार्थी भर्ना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
