IMG-LOGO

अन्तराष्ट्रिय गणित सम्मेलनले गणित विषयको प्रभावकारीता प्रष्टयाउँछ

 मंगल, चैत ११, २०८१  डा. के.वि. मानन्धर सम्मेलन संयोजक, अन्तराष्ट्रिय गणित सम्मेलन २०२५

     विगत तीनदशक देखि शिक्षण सेवामा लाग्नु भएका शिक्षा सेवी डाक्टर के.वि. मानन्धर काठमाण्डौं विश्व विद्यालयमा विगत डेढ दशक देखि अध्यापन गराउँदै आउनुभएको छ । गणित विषयमा दक्षता हाँसिल गर्नुभएको के.वि. मानन्धर आगामी २०८२ बैशाख २५ गते देखि २७ गते सम्म सञ्चालन हुने अन्तराष्ट्रिय गणित सम्मेलन २०२५ को संयोजकको जिम्मेवारी समाल्नु भएको छ । बनेपामा सञ्चालनमा रहेको इनोभेटिभ एकेडेमीको अध्यक्ष समेत रहनु भएको डा. के.वि. मानन्धर सालिन स्वभावको भद्र शिक्षा सेवीको रुपमा परिचित हुनुहुन्छ । काठमाण्डौं विश्व विद्यालय आयोजक रहेको अन्तराष्ट्रिय गणित सम्मेलनको उद्देश्य महत्व र उपलब्धीको बारेमा संयोजक डा. के.वि. मानन्धरसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     अन्तराष्ट्रिय गणित सम्मेलन २०२५ गर्दै हुनुहुन्छ तयारी कुनरुपमा अघि बढेको छ ?

काठमाण्डौं विश्व विद्यालयको आयोजनामा, विश्व विद्यालय अनुदान आयोग नेपाल टुरिजम बोर्ड, संस्कृत विश्व विद्यालय, नास्ट, नेपाल गणित समाज, नेपाल सरकार शिक्षा मन्त्रालय लगायतको सहयोगमा २०८२ बैशाख २५ देखि २७ गते अर्थात ःबथ ड(ज्ञण्, द्दण्द्दछ मा अन्तराष्ट्रिय गणित सम्मेलन भब्य र सब्य रुपमा सञ्चालन योजना अग्रज, अनुसन्धानकर्ताहरुको सम्लग्नतामा उपसमिति गठन, प्रचार प्रसारकार्यलाई तिब्रता दिइएको छ । विभिन्न देशबाट २ सय भन्दा बेसी सहभागीतामा सम्मेलन हुने छ । गणित विषयका विज्ञहरुको संलग्नतामा, गणितमा रिसर्च गर्दै गर्नुभएका एमफिल अध्ययन गर्दै गणितमा पिएचडीको तयारीमा रहनुभएका सबैले आ–आप्mना अनुभव प्रतिभाहरु आधुनिक प्रविधिको प्रयोगबाट प्रस्तुतीकरण गर्न सक्नुहुने छ ।

     अन्तराष्ट्रिय गणित सम्मेलनको मुख्य उद्देश्य बारेमा प्रस्ट पारिदिनुस्न ?

विश्व परिवेशमा गणितमा के कतिको प्रगति भइरहेको छ । त्यसको आवश्यकता कुन किसिमको छ । प्रविधिको विकासको गतिसँग सँगै गणित विषयलाई कसरी सँग सँगै लान सकिन्छ । गणित विषयहरु अध्ययन गर्ने व्यक्तिहरुको रुचि घट्दै गएको तथ्याङ्क बाहिर आएको छ ः यसियन, युरोपीयन कन्ट्री, होस या युएसए समेतमा यो अवस्था छ ? यो अवस्था आउन नदिन अनुशन्धान कर्ताहरुले गरेका प्रयास, गणित विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरु, गणित विषयका अुनशन्धानकर्ता, लेखकहरु सबैको सम्लग्नतामा हुने सम्मेलन ऐतिहासिक हुनेछ । काठमाण्डौं विश्व विद्यालयमा यस्तो अन्तराष्ट्रिय स्तरको सम्मेलन दोश्रो पटक हुँदै छ । त्यस अघि यस्ता सम्मेलन इण्डीयाको विश्वविद्यालयमा हुने गर्दथ्यो । यो ठूलो अवसरमा गणित विषयका अनुशन्धनकर्ता, एमफिल गर्दै गरेका, पिएचडी गर्दै गरेकाहरुको प्रतिभालाई उजगार गर्ने थलोको हो गणित सम्मेलन ।

     विश्वमा नै गणित विषयको अध्ययन गर्नेहरुको संस्थात्मक संख्या घट्दै गएको सवाल प्रस्टयाउनुभयो काठमाण्डौं विश्वविद्यालयमा चाहि के अवस्था छ ?

काठमाण्डौं विश्व विद्यालयले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ । यहाँ अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीहरु विश्वका जुनसुकै मुलकमा गएर आप्mनो जीवनको यात्रा समृद्धिको गन्तव्यमा पु¥याउन सक्छन् भन्ने दरविलो उदाहरण दिन काठमाण्डौं विश्व विद्यालय सफल भएको छ । जसमा कारण छ समयनुकुल वैज्ञानिक, अनुशन्धानले प्रमाणित गरेको, विद्यार्थीहरुको क्षमता दक्षता अनुसार अध्ययन गर्ने अवसर हाम्रो विश्व विद्यालयमा छ । उपयुक्त शैक्षिक वातावरण छ । युग सुहाउँदो शिक्षा दिन सकेको छ । विगतका केहि वर्षमा गणित विषय अध्ययन गर्नेहरुको संख्या घटेको थियो । आधुनिक वर्तमान अवस्थामा प्रविधियुक्त शिक्षा आवश्यक भएकाले कम्यूटेसनल गणित विषय अध्ययन सुरुगरेपछि ३० वटा सिट भएकोमा पुरै सिटमा अध्ययन गर्ने विद्यार्थीहरु छन् । कम्यूसटिश्नल गणित जुन प्रविधि र गणित दुवै मिक्स गरेर अध्यापन गराउन सुरु गरिएको छ । यि विषयमा दक्षता हाँसिल गरेका जनशक्तिले कम्यूटर इन्जीनियर सरहको रोजगारी प्राप्त गर्न सकेका छन् ।

     यति ठूलो सम्मेलन गर्दै हुनुहुन्छ आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ?

काठमाण्डौं विश्व विद्यालयले अन्तराष्ट्रिय स्तरको गणित सम्मेलन यो सहित दोश्रो सम्मेलन हो । सहयोगीले तिर्ने रजिष्ट्रेशन शुल्क नै प्रमुख आम्दानीको स्रोत हो । नेपालका विद्यार्थीहरु जो अध्ययन गर्दै अनुशन्धानमा समेत लागि परेका छन् उनीहरुको लागि ५ हजार, अरुको लागि प्रतिव्यक्ति ७ हजार रजिस्ट्रेशन शुल्क लाग्ने छ । व्याचलर डिग्री सकेर मास्टर डिग्री अध्ययन गर्दै एमफिल र पिएचडीको पूर्व तयारीमा जुटेकाहरुलाई भारतका सहभागी व्यक्तिलाई विद्यार्थीलाई ५ हजार आइसी, अन्यलाई आइसी ७ हजार, त्यस्तै युरोेप र अमेरिकाका लागि १ हजार डलर विद्यार्थीलाई र अन्यलाई २ हजार डलर शुल्क निर्धारण गरेको छ । त्यस्तै गरी विश्व विद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय पर्यटन विकास बोर्ड, संस्कृत विश्व विद्यालय, नास्ट लगायत विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहने छ । नपुग रकम काठमाण्डौं विद्यालयले सघाउने छ ।

     सम्मेलनको खर्च अनुमान कति गरिएको छ ?

अन्तराष्ट्रिय गणित सम्मेलनको लागि करीब २५ लाख लागत खर्च हुने अनुमान गरेका छौं । खाना, खाजाको प्रबन्ध छ । बस्नको लागि सहभागी आपैmंले गर्नुपर्ने छ । आवश्यक पर्दा सहजीकरण भने गरिने छ ।

     अन्तराष्ट्रिय गणित सम्मेलनको उपलब्धी चाहिं के हुन्छ ?

विश्व भरका गणित विषयका अनुशन्धानकर्ता विषय विज्ञता भएका, अनुभवले खरिएका, पुस्तक लेखकहरु, पुस्तकमा तस्विर मात्र देखियका सुनिएका दिग्गंज व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट, भालकुसारी उनीहरुको अनुभव आदान प्रदान हुनेछ । उहाँहरुको प्रस्तुतीकरणले गणित विषयमा रुचि राख्नेहरु जो मास्टर सकेर एमफिल र पिएचडी गर्न चाहनेहरुको लागि यो सम्मेलन फलदायी हुनेछ । सिक्ने सिकाउने आ–आप्mनो प्रतिभाको उजगार हुनेछ ।

     अन्तयमा केहि भन्नु छ की ?

अन्तराष्ट्रिय गणित सम्मेलनमा सबैको सहयोग सहकार्य अवश्यक छ । टेक्नीकल सपोर्ट केयूका प्राविधिक टोलिले गर्नेछ । काठमाण्डौं विश्व विद्यालयको आयोजनामा सबैको साथले दोश्रो पटक गर्न लागिएको सम्मेलनमा डिपार्टमेन्ट अफ म्याथ म्याटीक्स स्कुल अफ साइन्सको म आपैm भए । डिपार्ट अफ म्याथ म्याटिक्स त्रिचन्द्र मल्टी क्याम्पस त्रिभुवन युनिभरसीटीका डा. अजयकुमार चौधरी, डिपार्टम्यन्ट अफ म्यानेजमेन्ट साइन्स एण्ड इन्फरमेशन स्कुल अफ म्यानेजमेन्ट सेक्रेटरी डा. उमेश राजोपाध्याय, डिपार्टमेन्ट अफ म्याथम्याटिक्स स्कुल अफ साइन्स काठमाण्डौ युनिभरसीटीका प्रोफेसर कन्यैहा झा. अध्यक्ष, नेपाल संस्कृत बिश्व विद्यालयका प्रोफेशर दिनेश पन्थी, साइन्टीफिक चियर पार्सन प्रोफेसर डिलबहादुर गुरुङ लगाएतका व्यक्तिहरुको संलग्नतामा हुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्