अनेरास्ववियु काभ्रेका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटि सदस्य हुनुहुन्छ मिलन गौतम । विद्यार्थी हकहितको लागि निरन्तर लाग्नु भएको छ विद्यार्थी नेता गौतम । धुलिखेल नगरपालिका वडा नं. ८ (साविक काभ्रे गाविस वडा नं. ६) बडालगाउँमा पिता यादव प्रसाद गौतम र माता गीता गौतमको कोखबाट जन्मनु भएका मिलन कुमार गौतम हाल काभ्रे बहुमुखी क्याम्पसमा स्नातकोत्तर (ःब्) प्रथम सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । विद्यार्थी राजनीति यात्रा, शैक्षिक संस्थाहरूमा हुने अनियमितता, प्रशासनिक ढिलासुस्ती, र विद्यार्थी अधिकार हनन्को विरुद्ध विभिन्न आन्दोलन, पैरवी, तथा कानूनी प्रक्रिया अवलम्बन गरेका छन् । नेपाल सरकार र स्थानीय सरकारसमक्ष कक्षा १२ सम्मको निःशुल्क शिक्षाको संवैधानिक हक कार्यान्वयनका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गरी शैक्षिक एवम् सवैधानिक अधिकारको पक्षमा कानूनी लडाइँ लड्ने देखि लिएर काभ्रे बहुमुखी क्याम्पसले आफ्नो भवनलाई अन्य विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजलाई भाडामा दिइएको विषयमा सार्वजनिक जानकारी माग गर्दै सूचना आयोगमा पुनरावेदन दर्ता गर्ने काममा नेतृत्वदायी भूमिका खेल्नु भयो । गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रणाली विकास गर्न, विद्यार्थीहरूको हकहित सुरक्षित गर्न, र पारदर्शी एवं उत्तरदायी स्ववियु निर्माण गर्नुपर्छ भन्ने तर्क गर्नुहुन्छ गौतम । अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारीको संयुक्त प्यानलबाट काभ्रे बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा उम्मेदवार गौतम सँग तपाईको उम्मेदवारी किन ? तपाईले जित्ने आधार, विजयी हाँसिलपछि शैक्षिक सुधार गर्ने दृढ संकल्प के छ भन्ने सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
स्ववियु निर्वाचन २०८१ मा काभ्रे बहुमुखी क्याम्पसमा यहाँको उम्मेदवारी किन ?
अनुरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त विद्यार्थी प्यालनको घोषणा सहित प्रतिवद्धता जाहेर गरेका छौं । संयुक्त विद्यार्थी प्यानल विद्यार्थीहरूको शिक्षा, सुविधा, अधिकार र भविष्य सुनिश्चित गर्ने दृढ संकल्पसहित यस निर्वाचनमा सहभागिता जनाउँदैछ । हाम्रो लक्ष्य शिक्षालाई गुणस्तरीय, रोजगारमुखी, समावेशी र प्रविधिमैत्री बनाउनु हो । विद्यार्थीहरूको आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै, कलेजको प्रशासनिक प्रणाली सुधार्दै र विद्यार्थीहरूका समस्याहरू समाधान गर्दै, विद्यार्थी मैत्री वातावरण निर्माण गर्न हामी प्रतिबद्ध छौं ।
हामी विद्यार्थी जीवनलाई सहज, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यसहित निम्न प्रमुख प्रतिबद्धताहरू प्रस्तुत गरिएको छ ।
१. छात्रवृत्ति प्रणाली पारदर्शी बनाउने
– छात्रवृत्ति वितरणमा भइरहेको पक्षपातपूर्ण प्रवृत्तिलाई अन्त्य गर्दै, निम्न सुधारात्मक कदमहरू लागू गरिनेछ :
– छात्रवृत्तिको स्पष्ट मापदण्ड निर्धारण गरी पारदर्शी वितरण प्रणाली लागू गरिने ।
– दलित, जनजाति, अपाङ्गता भएका, द्वन्द्व पीडित र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति व्यवस्था गरिने ।
– आवेदन प्रणाली डिजिटलाइज गरी सबै विद्यार्थीहरूलाई समान अवसर प्रदान गरिने ।
– प्राप्त छात्रवृत्तिको सार्वजनिक विवरण उपलब्ध गराइने ।
२. शिक्षकहरूको उत्तरदायित्व र शिक्षाको गुणस्तर सुधार
शिक्षकहरूको अनियमित उपस्थिति, शिक्षक अभाव र गुणस्तरहीन शिक्षण प्रवृत्तिलाई अन्त्य गर्न निम्न कदमहरू चालिनेछ :
– शिक्षकहरुको उपस्थिति निगरानी गर्न विशेष समिति गठन गरिने ।
– द्य।भ्म, क्अष्भलअभ, क्ष्ऋत्, द्यक्ष्ऋत्भ् जस्ता संकायहरूमा शिक्षक अभावको समस्या समाधान गरिने ।
– विद्यार्थीहरूलाई शिक्षक मूल्यांकन प्रणालीमार्फत आभना गुनासाहरू व्यक्त गर्न दिने ।
– दक्ष शिक्षकहरूको भर्ना प्रक्रिया प्रभावकारी बनाइने ।
३. परीक्षा प्रणाली सुधार र नतिजा छिटो प्रकाशन गराउने
विद्यार्थीहरूले परीक्षा प्रणालीमा भोग्नुपरेका ढिलासुस्ती तथा त्रुटिहरुलाई हटाउन निम्न सुधारात्मक नीति लागू गरिनेछ :
– परीक्षा नतिजा समयमा प्रकाशित गर्ने प्रणाली लागू गरिने ।
– पुनरावलोकन (च्भ–तयतबष्लिन) प्रक्रिया सहज बनाइने ।
– कलेजबाट सिफारिस लिनुपर्ने बाध्यता हटाइने ।
– परीक्षा फारम भर्ने, एडमिट कार्ड निकाल्ने प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिने ।
४. प्रशासनिक सेवा पूर्ण रूपमा डिजिटलाइज गर्ने
विद्यार्थीहरूले प्रशासनिक सेवाका लागि अनावश्यक झन्झट खेप्नु नपरोस् भन्ने उद्देश्यसहित :
– डिजिटल फारम प्रणाली लागू गरी आवेदनहरू अनलाइनमार्फत गर्न मिल्ने बनाइने ।
– छात्रवृत्ति, परीक्षा आवेदन, प्रमाणपत्र अनुरोध जस्ता सेवाहरू अनलाइन उपलब्ध गराइने ।
– विद्यार्थी गुनासो व्यवस्थापनका लागि इलष्लिभ न्चष्भखबलअभ क्थकतझ लागू गरिने ।
५. रोजगारमुखी शिक्षा प्रणाली लागू गर्ने
शिक्षालाई व्यावसायिक रूपमा उपयोगी बनाउन र विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्न :
– कलेज–उद्योग साझेदारी (ऋबmउगक–क्ष्लमगकतचथ ऋयििबदयचबतष्यल) कार्यक्रम लागू गरिने ।
– विद्यार्थीहरूलाई इन्टर्नशिप तथा व्यवसायिक तालिमको अवसर प्रदान गरिने ।
– क्ष्ललयखबतष्यल ज्गद स्थापना गरि नयाँ स्टार्टअपहरूलाई प्रवद्र्धन गरिने ।
६. खेलकुद, अनुसन्धान तथा सह–शैक्षिक गतिविधिको प्रवद्र्धन
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि :
वार्षिक खेलकुद प्रतियोगिताहरू आयोजना गरिने ।
– भ्–क्उयचतक, ऋयमष्लन ऋयmउभतष्तष्यलक, म्भदबतभक, क्तबचत–गउ एष्तअजष्लन ऋयmउभतष्तष्यल जस्ता कार्यक्रम सञ्चालन गरिने ।
– च्भकभबचअज ँगलम स्थापना गरि अनुसन्धान गतिविधिहरूलाई प्रवद्र्धन गरिने ।
११. क्त्तऋ –क्तगमभलत त्तगबष्तिथ ऋष्चअभि) साग समन्वय गर्दै विद्यार्थीको समस्या समाधान
विद्यार्थी समस्या समाधान गर्न :
– क्तऋ का प्रतिनिधिहरूसँग समन्वय गरि गुनासो व्यवस्थापन गरिने ।
– शिक्षक–विद्यार्थी संवाद कार्यक्रम सञ्चालन गरिने ।
१२. वातावरणीय सुधार र सरसफाइ अभियान सञ्चालन
कलेजलाई सफा र हरियाली बनाउन :
– एबिकतष्अ–ँचभभ ऋबmउगक अभियान सञ्चालन गरिने ।
– विद्यार्थीहरूमाझ वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने ।
संयुक्त विद्यार्थी प्यानल विद्यार्थीहरूको शिक्षा, सुविधा, अधिकार र भविष्य सुनिश्चित गर्न दृढ संकल्पसहित यस निर्वाचनमा अघि बढ्दैछ । हाम्रो प्रतिबद्धता शिक्षा प्रणालीलाई सुधार गर्दै, कलेजलाई पारदर्शी, प्रविधिमैत्री, रोजगारमुखी, र समावेशी बनाउनु हो । तपाईहरूको साथ र समर्थनले मात्र हामी वी कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न सक्षम हुनेछौं । विद्यार्थीको शक्ति, हाम्रो प्रतिवद्धता, सवल विद्यार्थी, सक्षम नेतृत्वकोे लागि हाम्रो विद्यार्थीको टिम शसक्त भइ लाग्ने छ ।
तपाईं र टिम निर्वाचित हुने आधार के छन् ?
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको शसक्त विद्यार्थीहरुको हाम्रो िटम छ । शैक्षिक सुधारका लागि हाम्रो स्पष्ट हाम्रो मिसन र भिजन छ । बिपन्न र असाहयको लागि निःशुल्क शिक्षा प्रदान गर्न र समग्र विद्यार्थीहरुको शैक्षिक हित शिक्षा प्रतिको दाइत्वलाई आत्म साथमा गराउनु नै हाम्रो जित्ने आधार हो ।
नेतृत्वमा हुनुभयो भने के के गर्ने दृढ संकल्प छ ?
यदि म स्ववियु सभापति निर्वाचित भएँ भने, मेरो प्राथमिकता शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूको हकहितको सुनिश्चितता गर्ने हुनेछ । वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक, अनुसन्धानमुखी, प्रविधिमैत्री, र रोजगारीमुखी बनाउनका लागि आवश्यक नीति निर्माणमा प्रभावकारी पहल गर्नेछु। शिक्षामा समान पहुँचको सुनिश्चितताका लागि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति तथा अन्य वित्तीय सहायता कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गराउने मेरो प्रतिबद्धता छ ।
क्याम्पस प्रशासनलाई पारदर्शी, उत्तरदायी, र प्रभावकारी बनाउँदै शुल्क व्यवस्थापन, परीक्षा प्रणाली, आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन, पुनरावेदन प्रक्रियामा सुधार ल्याउन विशेष ध्यान दिनेछु। शिक्षण प्रक्रियामा सुधार ल्याउन अनुभवी तथा दक्ष शिक्षकहरूको सुनिश्चितता गर्न, कक्षा समयमा सञ्चालन गर्न, र पाठ्यक्रमलाई वैज्ञानिक तथा आधुनिक बनाउने कार्यमा नेतृत्व लिनेछु ।
भौतिक पूर्वाधार सुधारका लागि पुस्तकालयलाई डिजिटलाइज गर्दै पर्याप्त अध्ययन सामग्री सुनिश्चित गर्ने, क्याम्पसमा निःशुल्क वाइफाइ उपलब्ध गराउने, अत्याधुनिक प्रयोगशालाको व्यवस्था गर्ने, तथा शौचालय, खानेपानी, स्वच्छता, सुरक्षालगायत आधारभूत आवश्यकताहरू पूरा गर्न पहल गर्नेछु। विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्दै हेल्थ डेस्क, परामर्श सेवा, र खेलकुद कार्यक्रमहरूलाई प्रवद्र्धन गर्नेछु ।
विद्यार्थीहरूको निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै नियमित स्टुडेन्ट मिटिङ, छलफल कार्यक्रम, र सुझाव संकलन प्रणालीलाई प्रभावकारी बनाइनेछ । क्याम्पसमा हुने कुनै पनि प्रकारको अनियमितता, ढिलासुस्ती, र भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिनेछु। प्रशासनिक कामकाजलाई डिजिटलाइज गर्दै विद्यार्थीहरूले सहज रूपमा अनलाइनमार्फत सेवा प्राप्त गर्ने व्यवस्था मिलाउनेछु ।
यसैगरी, विद्यार्थीहरूको नेतृत्व विकासका लागि विभिन्न तालिम, गोष्ठी, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछु। विद्यार्थीहरूका लागि इन्टर्नसिप तथा रोजगार सिर्जना गर्न क्याम्पसलाई स्थानीय उद्योग, कम्पनी, र सरकारी निकायहरूसँग जोड्ने काममा पहल गर्नेछु ।
स्ववियुलाई व्यक्तिगत स्वार्थ वा पदको लागि होइन, विद्यार्थीहरूको वास्तविक प्रतिनिधित्व गर्ने, उनीहरूको हकहितका लागि लड्ने सशक्त मञ्चका रूपमा स्थापित गर्ने मेरो दृढ संकल्प हो। यस अभियानमा सबै विद्यार्थी दाजुभाइ–दिदीबहिनीहरूको साथ, समर्थन, र विश्वासको अपेक्षा गर्दछु ।
अधिकांस विद्यार्थीहरु राजनीतिक पुर्बाग्रहमा उत्रिएर क्याम्पसमा ताला बन्दी गर्ने, गुरु बर्गलाई अपमान गर्नुत भएन नी ?
गुरु बर्गलाई अपमान गर्न हुँदैन, गर्न पाइदैन विद्यार्थीहरुले आफ्ना कमजोरी सुधार्नु पर्छ । वैज्ञानिक, व्यवहारिक, र उत्पादन सग जोडने शिक्षा प्रदान गर्न राज्यलाई नीति बनाउन खबर्दारी गर्न र युवा जन शक्तिको उपयोग देशमा नै गर्न युवा नेतृत्वको आवश्यक छ ।
प्रस्तुतकर्ता : रमेश प्रसाद न्यौपाने
