नमोबुद्ध नगरपालिका वडा नं. ६, पिता गोपिकृष्ण न्यौपाने र माता शुबद्रा न्यौपानेको छोरा केदारप्रसाद न्यौपानेको जन्म २०३६ साल कार्तिक २३ गते भएको हो । काठमाण्डौं रक्तदाता समाजको संस्थापक अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको आजीवन सदस्य स्वंसेवी रक्तदाता समाज न्यूरोड समिति काठमाण्डौंको अध्यक्ष भई समाज सेवामा लाग्नु भएको छ । २०६० साल देखि रक्तदान जीवनदान अभियानमा लागेर ७९ पटक रक्तदान गर्नुभएका न्यौपाने नोभेम्बर जीन्सको सञ्चालक भई व्यापार व्यवसायमा रही कार्य गर्दै आउनुभएको छ । २०५८ सालदेखि नै व्यापार व्यवसायमा लागिपरी व्यवसायमा समेत आप्mनो उच्च छवि बनाउने उर्जासिल युवाको रुपमा उभ्याउन सफल हुनुहुन्छ । लायन्स इन्टरनेश्नलमा समेत आवद्ध भई सामाजिक क्रियाकलापमा सक्रिय न्यौपाने नेपाल राष्ट्रिय व्यवसायी महासंघको सचिव, राष्ट्रिय व्यापार संघ महासचिव हुनुहुन्छ । स्वंसेवी रक्तदाता समाज न्यूरोड समितिले रक्तदान गर्ने अभियानका क्रियाकलाप के के कार्य भए भन्ने सन्दर्भमा रेडियो एविसीमा समाजका अध्यक्ष न्यौपाने सँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?
सामाजिक र व्यवसायिक कार्य सँग सँगै लाग्नुपर्छ, समाजमा केही गरौं आफू स्वरोजगारी बन्ने अरुलाई रोजगारी दिने भन्ने हेतुले व्यापार व्यवसायलाई कर्म क्षेत्र बनाई २०५८ सालदेखि निरन्तर लागिरहेको छु । २०६० सालदेखि रक्तदाता समाजमा लागि समाज सेवामा लागी परें । नेपाल रेडक्रस सोसाइटी भक्तपुर साखाको आजीवन सदस्य भएपछि रक्तदान गर्न झन उत्सुक भएँ । काठमाण्डौं रक्तदाता समुहको संस्थापक अध्यक्ष भई रगत अभावमा जीवन गुमाउन नपरोस भनेर व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुलाई संगठीत गरी देश भरका विभिन्न जिल्लाका अस्पतालमा उपचारको क्रममा रगत अभाव हुन नदिने अभियानमा आफू सहित संगठित व्यवसायी, स्वयम् सेवी रक्तदाता समाजका सिंगो टीम नै संक्रिय रहने वातावरणमा लागि परेका छौं । सबैको साथ सहयोगले कार्य गर्न प्रेरणा मिलेको छ । नोभेम्बर जिन्सको सञ्चालक रहेको हुँदा व्यपार व्यसायलाई समेत ध्यान केन्द्रीत गरी कर्म नै मुल मर्म भनेर लागि परेको छु । यस्तै कर्य गरी जीवनको दैनिकी चलेको छ ।
रगत दान दिनु भनेको जीवन दान सरह हो । आफैले पनि ७९ पटक रगतदान गर्नुभयो । यो महान कार्यमा लाग्न कसरी प्रेरणा मिल्यो ?
रक्तदान गर्न म डराउँथे एकजना साथी दुर्घटनामा परी उपचारको लागि अस्पताल भर्ना भयो राती ११ बजे उसलाई रगत आवश्यक पर्यो । तत्काल उसलाई आवश्यक पर्ने ए पोजेटीभ रगत कतै नपाएपछि रक्तसंचार केन्द्र भृकुटी मण्डपबाट फोन आयो । म रक्तसञ्चार केन्द्रमा गइ रगतको समयमा गई ए पोजेटीभ रगत दान गरे । उसको जीवन बच्यो जो दुर्घटनामा परी गम्भीर घाइते भएको तराइको एक जवान केटोले पुनरजीवन प्राप्त गर्दा म पनि हर्षित भएँ भने जो बाँच्न सफल भयो । रगतदान गर्ने उमेर सम्म आफू रक्तदान गर्ने अभियानमा जुट्ने प्रतिवद्धता व्यक्त गर्दा म झन हौसिएँ । देशका विभिन्न जिल्लाका रक्तसंचार केन्द्र अस्पतालहरुमा रगतको अभावमा परेका व्यक्तिहरुलाई रगत आवश्यक पर्दा रगत उपलब्ध गराउने अभियानमा जुटेको छु । १ पटक रगतदान गर्दा ३ जनाको ज्यान बाँच्न सक्छ ३ महिनामा एक पटक रगत दान गरौं जीवनलाई निरोगी बनाउँ भन्न चाहन्छु ।
स्वयम् सेवी रक्तदाता समाज न्यूरोड समितिको नेतृत्वमा भएदेखि के के गर्नुभयो ?
लायन्स क्लब इन्टरनेश्नल, सामाजिक संघ संस्थाबाट रकम संकलन गरी आपत विपदमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, विद्यालयमा शैक्षिक सामाग्री वितरण, वाढीपहिरो पिडीतहरुलाई मलम पट्टी लगाउने कार्यमा समेत जुट्ने कार्य गरियो । सकारात्मक सोचका साथ सामाजिक कार्यमा युवा वर्ग लाग्नुपर्छ समाजमा देखिएका विकृति विसंगतिका विरुद्ध आवाज उठाउने जागरण ल्याउने, सकारात्मक सन्देश फैलाउन हामी सबै लाग्नुपर्छ भनेर व्यवसायिहरु संगठित भई न्यूरोड क्षेत्रमा आकस्मीक रक्तदान कार्य गर्ने, मासिक, त्रैमासिक रुपमा समेत रगत संकलन गरी उपत्यकाका जिल्ला काठमाण्डौ, भक्तपुर, ललितपुर त्यस्तै गरी बागमत िप्रदेशका १३ जिल्ला लगायत अन्य जिल्लाहरुमा समेत रगत अभाव भयो भने रेडक्रसका ब्लड बैँक सँग समेत समन्वय गरेर रगत अभाव हुन नदिन मानव जीवनको रक्षाको लागि रगत उपलब्ध गराउने अभियानमा स्वयम् सेवी रक्तदान समाज टिम नै सशक्त लागि परेको छ ।
रगत आवश्यक परेका व्यक्तिहरुको आफन्तले रगत कसरी प्राप्त गर्न सक्छन् ?
अधिकांश युवा विदेश पलायन छन् । रगत युवा पिढीबाट नै संकलन गर्ने हो । कोहि जीवन निर्वाहका लागि श्रम गर्न, राम्रो शिक्षा र रोजगारीको अवसर दुवैको लागि विदेश गएको पाईन्छ । निरोगी, दक्ष जनशक्ति, अर्धदक्ष जनशक्ति विदेश जाँदा देश रितिदंै गएको छ ।
बुढा भएका बाआमाको उपचारमा रगत अभाव हुन्छ । दुर्घटनामा परी अस्पतालमा छटपटाइरहेका विरामीलाई तुरुन्ता तुरुन्तै रगत आवश्यक पर्ने हुन्छ । जो सुकै जर्हाँ त्यहिबाट रगत अभाव परिपूर्ती गर्न, जसलाई रगत आवश्यक पर्छ उनीहरुको आफन्तले फोनबाट, सामाजिक सञ्जालबाट आह्वान गर्दा समेत हाम्रो रक्तदान समाजको तागत, ल्यागत सबै प्रयोग गरी उपलब्ध गराउने कार्य गरेका छौँ । १८ वर्ष उमेरदेखि ६५ वर्ष उमेरका व्यक्तिहरुले रक्तदान गर्नसक्छन् । रगत कृतिम वनेको छैन । प्राण घातक रोगले ग्रसित हुँदाहोस्, मुटुरोग, दीर्घरोगीहरुलाई उपचरको क्रममा सल्यक्रिया गर्नुपर्दा रगत आवश्यक पर्न सक्छ त्यसैले रक्तदान गरौ मानवजीवनको रक्षाको लागि रगत दान गर्नुपर्छ रगतदान गर्दा शरिर निरोगी हुन्छ ।
आधा दर्जन भन्दा बेसी संघ संस्था अनि व्यवसाय समेत सञ्चालन गर्दै आउनु भएको छ । समयको व्यवस्थापन कसरी गर्नुभएको छ ?
सकारात्मक सोच, कार्य गर्ने दृढ संकल्प समाजमा केहि गरौँ भन्ने भवना जागरित हुँदा सामाजिक कार्य सँगसँगै व्यापार व्यवसाय होस या जनुसुकै कार्य गर्न सकिन्छ । त्यस्तै व्यवसायी मित्रहरु सबैको साथ सहयोग हुँदा अप्ठयारोमा परेका रगत अभाव भएकाहरुलाई रगत उपलब्ध गराएका छौँ । जहाँ सम्म व्यवसाय काुरा गर्नु भयो २०५८ सालदेखि निरन्तर व्यवसाय गर्दै आएको छु । म अग्रजहरुको मार्गदर्शनले टिमको सहयोगले यो अवस्थामा आएको हुँ । परिवार पाल्न, शिक्षादीक्षा राम्रो दिन सकेको छु । नोभेम्वर जिन्स २०२४ देखि सञ्चालन गरिएको हो । यो ब्राण्डडेड सामाग्रीहरु आयत गरी देशैभरी व्यपार व्यवसाय गर्दै आएको छौँ । रक्तदान अभियानकै सवालमा कुरा गर्नुपर्दा सेना, प्रहरी, रेडक्रस, अस्पताल सामाजिक संस्थाका प्रतिनिधिहरुले रगतको आवश्यकता पर्दा हामीलाई फोन गर्नुहुन्छ । मानवको जीवन बचाउन रगत उपलब्ध गराउँदै आएका छौँ । सत्कर्म गर्दा, सामाजिक कार्य, व्यवसायसँग सँगै लान सकिन्छ । व्यवसाय पनि फस्टाउँछ । समाज विकास, मानव जीवनको रक्षा, विकासमा सबै एकता वद्धभई लागँै भन्न चाहन्छु ।
अन्यमा केहि भन्नुछकी ?
रक्तदान गरौँ निरोगी बनौँ । रगत दान गर्दा जीवन उर्जाशिल हुन्छ । १ जनाले एकपटक रक्तदान गर्दा ३ जनाको जीवन बाँच्छ पुनित कार्यमा सरिक हौँ । १८ वर्ष उमेर देखि ६५ वर्षको उमेर सम्म रगतदान गर्न हुन्छ गरौँ । ३/३ महिनाको फरकमा रगत दान गर्न मिल्छ । स्वास्थ्य वर्धक खाना खाऔँ धु्म्रपान, मध्यपान नगरौँ । मादक पदार्थ, सोडाजन्य पदार्थ खानु जीवनलाई चाँडै सक्नु हो । त्यसैले निरोगी भई जीवन जीउन रक्तदान गरौँ भन्न चाहन्छु ।
