IMG-LOGO

रोग लाग्नै नदिने सरल जीवनशैली अपनाऔं

 मंगल, माघ १, २०८१  रागीश्री कक्षपती श्रेष्ठ कार्यालय प्रमुख, जन स्वास्थ्य कार्यालय, काभ्रे धुलिखेल

    ग्रामीण दुर दराजका नागरिकहरुको राज्यबाट सञ्चालित आधारभूत स्वास्थ्य सेवा सम्बन्धित स्वस्थ्य स्वास्थ्य संस्थाबाट निःशुल्क उपल्वध गराउने उद्देश्य अनुरुप नै सबैले उपभोग गर्न पाउनु पर्ने धारणा राख्नु हुन्छ जनस्वास्थ्य कार्यालय काभ्रेको कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, संधीय लोकतान्त्रीक गणतन्त्र प्राप्तीपछि गठन भएको स्थानीय सरकारमातहतका स्वस्थ्य संस्था र अस्पतालहरुका स्वास्थ्यकर्मीहरुले बालबालीका र जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच आधारभूत स्वास्थ्य सेवा घरघरमै पु¥याउन जरुरी भएको उल्लेख गर्नु हुन्छ रागीश्री । रोग लागेपछि नियन्त्रण गर्ने नभई निरोगी हुनु स्वस्थ्यकर आहार विहार योग ध्यान गराउन अभिप्रेरित गर्नु पर्ने बताउनु हुन्छ । विगत १५ वर्षदेखि नागरिकहरुको स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गबाट सञ्चालनमा कर्मठ योद्घाकोरुपमा खटेर कार्य गर्नु भएकी रागीश्री कक्षपती श्रेष्ठले माष्टर इन पप्लीक हेल्थ (ःएज्), पोष्ट ग्राजुएट डिप्लोमा इन हेल्थ, प्रमोशन इजुकेशन (एन्,म्ज्एभ्) शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सेवा प्रवाह काभ्रेको १३ वटै पालिकाको स्वास्थ्य स्थितीको सन्दर्भ, एच.पि.भी खोप सेवा लक्षित संख्या खोप सामाग्रीको सन्दर्भमा कार्यालय प्रमुख कक्षपती श्रेष्ठसँग रेडियो एविसीमा गरिएको कु्राकानी मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

    जनस्वास्थ्य कार्यालय काभ्रे, धुलिखेलले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेको सेवाको वारेमा बताइदिनुसन ?

काभ्रे जिल्लाका, १३ वटा पालिका स्वास्थ्य संस्थाका जनशक्तिलाई आवश्यक पर्ने क्षमता अभिवृद्घि तालिमको प्रवन्ध, खोप अभियान सञ्चालनको लागि पूर्व तयारी, खोप सामग्री वितरण योजना तजुर्मा, सर्ने र नसर्ने रोगको बारेमा चेतनामुलक सन्देश फैलाउने कार्य, उपचारात्मक र प्रवर्धनात्मक कार्यलाई निरन्तरता दिइएको छ ।

    एच. पि.भी. खोप सेवाको लक्षित संख्या र खोप सामाग्रीको सवालमा प्रष्ट पारीदिनुहोसन् ?

एच. पि.भी. खोप कार्याक्रम राष्ट्रिय खोप  कार्यक्रम हो । माघ २२ गते देखि फागुन ६ गते सम्म उक्त खोप अभियानको रुपमा सञ्चालन गरिएको छ । एच.पि.भी. खोप विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको लागि हो । “१० वर्ष देखि १४ वर्ष अमेर समुहका छात्राहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नकालागि उक्त खोप दिन लागिएको हो । काभ्रे जिल्लाको हकमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई काभ्रे जिल्लाका १३ वटा पालिकाका १ सय ७० वटा स्वास्थ्य संस्थाबाट १५ हजार ९ सय ५७, विद्यालय बाहिरका ४ सय ४८ जनालई पाठेघरको मुखमा हुने क्यान्सरको विरुद्घमा दिइने एच. पि.भी. खोप, खोप केन्द्र, विद्यालय हाता भित्र, ३ सय ५ खोप केन्द्रबाट ३ सय २३ स्वास्थ्यकर्मी र ६ सय २८ स्वास्थ्यकर्मी परिचालन गरी माघ २२ गते देखि फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । खोप सुरक्षित हुन्छ खोपले जिवन रक्षा गर्छ ।”

    आधारभूत स्वास्थ्य सेवा अन्तरगत १ सय ३५ थरीका औषधी निःशुल्क प्राप्त गरिन्छ भनेर र अधिकांश नागरिकलाई जानकारी छैन भन्ने गुनासो सुनिन्छ किन ? यसमा स्वास्थ्य संस्थले ध्यानकेन्द्रीत किन नगरेको ?

    विगतमा ७० प्रकारका आधारभूत स्वास्थ्य सेवा अन्तरगत औषधी नागरिकहरुले प्राप्त गर्न सक्दथिए भने अहिले १ सय ३५ थरीका औषधीहरु निःशुल्क प्राप्त हुन्छन् । स्थानीय सरकार र मातहतमा रहेका स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी, स्वंसेवक, सञ्चारकर्मी मित्र, सञ्चार माध्यम, वडा सरकार सबैले प्रचार प्रसार गर्नुपर्छ । सबैको दायित्व भित्र पर्छ । नागरिहरुले प्राप्त गर्नुपर्ने सबै स्वास्थ्य सेवा सरल सहज हुनुपर्छ ।

    कोरोना जस्तै एच.एम.पि.भी भाइरसको संक्रमण चिन हुँदै भारतको बैँलोरको ८ महिनाको बालिकालाई संक्रमण भएको भेटियो । उत्तर तर्फ चिन र दक्षिण तर्फ भारत छ हाम्रो खुल्ला सिमाना छ त्यसले हाम्रोमा असर गर्छ भन्नेमा राज्य चनाखो भएको देखिदैन नी ?

    चिन र भारतको बैँङलोरमा ८ महिनाको बालिकामा कोरोना जस्तै भाइरसले संक्रमण गरेको प्रमाणीत भएको छ । खुल्ला सिमानाका कारण संक्रमण फैलन सक्छ । राज्यले त्यसमा ध्यान केन्द्रीत गरेर चनाखो हुनुपर्छ । हालसम्म जिल्ला जिल्लामा कुनै त्यस्तो कुनै किसीमको परिपत्र आएको छैन् ।

    स्वास्थ्य सेवा दुरदराजका नागरिकहरुमा पु¥याउन कुनै खालको चुनौती देख्नु भयो ?

    आधारभूत स्वास्थ्य सेवा सबै नागरिकहरुले प्राप्त गर्न पाउनुपर्छ भन्ने हेतुले हरेक स्थानीय निकायमा स्वास्थ्य संस्था सञ्चालनमा छन् त्यहाँका स्वास्थ्यकर्मीहरुले नागरिकले प्राप्त गर्नुपर्ने सेवा सहजरुपले प्राप्त गर्न पाउनुपर्छ । त्यसमा स्थानीय निकायका जनप्रतिनिधिले नागरिकहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सहजै उपभोग गर्न पाएका छनकी छैनन् त्यसको अनुगमन गर्ने कार्य गर्नुपर्छ । जिल्ला जनस्वास्थ्य कार्यालयले समन्वय गर्छ । जनशक्तिको लागि सहजीकरण गर्छ नै । भौगोलिक विकटता, आवत जावतमा समस्या छ । स्वास्थ्यकर्मीहरु पनि कोशीपारी र डाडापारी क्षेत्रमा एकवर्ष पनि बस्न इन्कार गर्ने अवस्थ छ । दुर्गम क्षेत्रमा कार्य गर्ने स्वास्थ्य कर्मीहरुलाई सरकारले विशेष सुविधा उपलब्ध गराएर बालबालिका तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा घरघरमा पु¥याउन सक्नुपर्छ । सरकारले स्वास्थ्य विमालाई प्रभावकारी कार्यान्वयन गराएर जुनसुकै स्वास्थ्य संस्थाबाट विमा रकम दिन प्रभावकारी कार्यान्वयन गराएर जुनसुकै अस्प्तालमा पनि विमाको सुविधा लिन सकिने व्यवस्था गर्नुपर्छ ।

    मानिस निरोगी बन्न कसरी सम्भव छ ?

    “सरकरात्मक सोचको विकास, योग ध्यान गर्ने नियमित व्यायम, सन्तुलीत भोजन खाने । रोगलागेपछि औषधी उपचार गर्ने हैन रोग लाग्न नै नदिने गरी खानपिन रहन सहन जीवन शैलीका ध्यान दिनुपर्छ । जीवन निरोगी बनाउन जीवनलाई सुखी र खुसी राख्न र सोचविचार सकारात्मक ढङ्गबाट अघि बढाउन सक्नुपर्छ । प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम सञ्चालन गराएको छ । हरेक सामुदायिक विद्यालयमा सञ्चालन गरिनुपर्छ । प्रदेश सरकारले मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रम हरेक स्थानीय पालिकामा सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाएर लगेको अवस्था छ ।

    अन्त्यमा केहि भन्नु छ की ?

    हरेक व्यक्तिले स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान केन्द्रीत गरेर खानपिल आहर विहार र जीवन शैलीमा ध्यान दिनुपर्छ । सर्ने रोग भन्दा पनि नसर्ने रोग झन खतरनाक हुन्छन् । स्वास्थ्यकर खाना खाऔँ, चिल्लो पिरो अमिलो कम खाऔँ । त्यसैले जीवन अमुल्य छ । जीवन जिउने कला, आफ्नो आनीबानी, जीवन शैलीमा तडक भडक नभई जीवनलाई सुखमय बनाउन योग, ध्यान र व्यायम गरौँ । जीवनमा रोग लाग्नै नदिन सजग हुनुपर्छ, निरोगी जीवन जिउनुपर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्