बनेपा वडा नं. ७, पिता नरेन्द्र प्रसाद भैल÷ माता रत्नमाया भैलको छोरा देवेन्द्रप्रसाद भैलको जन्म २०१६ साल असार २५ गते भएको हो । नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२० भाद्र १९ गते र काभ्रे जिल्ला शाखा २०२३ असोज ३० गते गठन भएको हो । रेडक्रस काभ्रे शाखाको पहिलो सभापति चेवनकाजी श्रेष्ठ हुनुभएको थियो । यस अघि उपसभापति रहेर कार्य गर्नु भएका देवेन्द्र २०८१ कार्तिक ४ गते सम्पन्न रेडक्रस काभ्रे शाखाका ४२ औँ अधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभयो । रेडक्रस काभ्रेले प्राकृतिक प्रकोपमा परेका नागरिकहरुको उद्धार र राहतका कार्यहरु के कसरी अघि बढ्यो, नागरिकहरुलाई उपलब्ध गराएका सेवा प्रवाहको सवालमा जिल्ला सभापति भैलसँग रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले प्राकृतिक प्रकोपमा परेका नागरिकहरुलाई गरेको सेवा प्रवाह गरेको बारेमा बताईदिनुस्न ?
रेडक्रस पवित्र सेवा गर्ने संस्था हो । यसमा आवद्ध रहने व्यक्तिहरु सामाजिक सेवा भावले अभिप्रेरित भइ लाग्नु पर्ने हुन्छ । गत असोज १० गते देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण काभ्रेका १३ वटै पालिका क्षेत्रमा सडक सञ्जाल, भौतिक पूर्वाधार क्षेत्रको क्षति भएको छ । नागरिकहरुको जीवन कष्टकर वितेको छ । कतिपय ठाउँमा बस्ती नै बगेको अवस्था छ । खानेपानीका संरचना क्षतविक्षत भएका छन् । हाम्रो रेडक्रस काभ्रे शाखा टोली, ३२ वटा उपशाखा, तदर्थ समिति ५, जुनीयर रेडक्रस सर्कल ८७ र युवा रेडक्रस सर्कल ५ वटा सबै एकताबद्ध भइ प्राकृतिक प्रकोपले क्षति पु¥याएको क्षेत्रमा गई अनुगमन गरेर उद्धार र राहत सामाग्री उपलब्ध गराउने कार्य गरेका छौँ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा क्षति पुगेका खानिपानी संरचनाहरु मर्मत संहार गर्न पाईप, नागरिकहरुलाई ट्याङ्कीहरु खरिद गरी करिब ६२ लाख बराबरको सामाग्री उपलब्ध गरायौँ । त्यस्तैगरी ७ सय ५० थान राहतन सामाग्री र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युनएफपिय), रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसी आरसीको सहयोगमा ७ हजार ५ सय ४२ थान डिजिनटी) किट, पनौती नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकाका वाढी पहिरो प्रभावित, गर्भवती महिला तथा किशोरीहरुलाई वितरण गरियो । प्राकृतिक प्रकोपको बखत रेडक्रस संस्था वाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत सामाग्री उपलब्ध गराउन लागि पर्छनै । गत असोजमा भएको वाढी पहिरोले सडक सञ्जादल भत्तकाएर आवत जावत गर्नै निक्कै समस्या गरेको थियो । यस्तो अवस्थामा सबै नागरिकहरुको सहयोग सदभावबाट र राज्यका सम्बन्धित निकायबाट समेत गर्नु पर्ने अवस्था थियो । उद्धार टोली (म्म्च्त्) उद्धार पूर्व तयारी गर्नु पर्ने तालिम लिएर उद्धारमा खटीनु पर्छ । वाढी पहिरोमा परेका नागरिकहरुको उद्धार गरी अस्पताल कसरी तत्काल पु¥याउने, प्राथमिक उपचार कसरी गर्ने भन्ने तालिम हो । यो खालको तालिम रेडक्रस उपशाखाका ५ देखि १० जनालाई तालिम आवश्यक छ दिनुपर्छ । दिएको पनि छ । तालिम लिएका कति पय नागरिक विदेश जाने कति सम्पर्कमा नहुँदा केहि समस्या भएको छ । यस्ता समस्यालाई समाधान गरी उद्धार पूूर्व तयारीको तालिम दिएर उद्धार जनशक्ति निर्माण, उद्धारका लागि आवश्यक पर्ने औजार समेत जोह गर्न लागि पर्ने छौँ ।
रेडक्रस जिल्ला शाखा काभ्रेको आयश्रोत र कार्यालय सञ्चालन सन्दर्भमा बताइदिनुस न ?
नेपाल रेडक्रस काभ्रे शाखाको आम्दानी स्रोत आजीवन सदस्य शुल्क, भवनको भाडा मासिक ८८ हजार आउँछ । देशमा संघीय गणतन्त्र प्राप्त भएपछि स्थानीय सरकारलाई स्रोत साधनबाट बलियो बनाउने भनेर प्रत्यायोजन गरियो । केन्द्र, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गरी ऐन, नियम कानुन बनाउने, बजेट बनाउने कार्य भएको छ । स्थानीय सरकार आर्थिक स्रोतबाट आत्मनिर्भर हुन नसकेको अवस्था, प्रदेश र केन्द्र सरकारले विनियोजित बजेट ५० प्रतिशत पनि खर्च गर्न नसक्ने, उठेको राजश्वबाट कर्मचारीतन्त्रलाई तलब खुवाउन धौधौ हुनु, अन्तराष्ट्रिय दात्री संस्थाबाट सहयोग आउन नसक्नुको कारण रेडक्रस अन्य सामाजिक संघ संस्थाले निर्माण गरेको परियोजनामा पहिला सिधै सहयोग आउने हुन्थ्यो । अहिले सामाजिक विकास र गृहमन्त्रालयबाट स्वीकृत लिएर मात्र सहयोग लिन सकिन्छ । दान, द्रब्य सदस्यता शुल्क, घर भाडाबाट सञ्चालन भएको छ । कार्यालय सञ्चालन, कर्मचारी पाल्न कठीन छ । आधा नै नोक्सानमा छ ।
भावी कार्ययोजना के छ ?
“काभ्रे जिल्लाका १३ पालिका नागरिकहरुलाई आवश्यक पर्ने रगत निःशुःल्क रगत उपलब्ध गराउने अभियान जारी छ । बनेपा नगरपालिकाका १४ वटै वडाका नागरिकहरुलाई निःशुल्क रगत दिन रेडक्रस काभ्रे र बनेपा नगरपालिका बीच सम्झौता भएको छ । रेडक्रसको उपशाखा गठन हुन नसकेका डाडापारी क्षेत्रको महाभारत गाउँपालिका, कोशीपारी क्षेत्रको भुम्लु र चौरी देउराली गाउँपालिकामा पनि रेडक्रसको उपशाखा पु¥याउने लक्ष्य लिइएको छ । गठन भएका उपशाखाहरुमा प्राकृतिक प्रकोपमा उद्धार पूर्व तयारीमा गर्नुपर्ने रेडक्रसको तालिम दिन स्थनीय सरकार र केन्द्रीय रेडक्रससँग समन्वय गर्ने, ब्लड बैँकलाई व्यवस्थित गर्ने, काभ्रे शाखाको भवनलाई पूर्णता दिन काभ्रेका स्थानीय सरकारसँग बजेट उपलब्ध गराउन मेरो प्रयास जारी राखेको छु । रेडक्रस जिल्ला शाखा काभ्रेलाई देशकै नमुना बनाउने र दिगो रुपमा सञ्चालन गर्ने दृढ अठोट गरेको छु ।”
स्थानीय पालिकाका नागरिकहरुले रेडक्रसको उपशाखा गठन गर्न चाहेमा कसरी सम्भव हुन्छ ?
स्थानीय पालिकामा स्थानीय नागरिकहरुले त्यहाँको अवश्यकता र औचित्यको आधारमा ५२ जना हस्ताक्षर सहित आजीवन सदस्य बनेको खण्डमा तिदर्थ समिति गठन गर्न सक्ने मापदण्ड रहेको छ ।
रेडक्रस जस्तो पवित्र संस्थामा राजनीतिक भाग शान्ति जय नेपाल गरी सञ्चालन गर्ने, सुशासन र सम्झौता प्रश्न उठ्ने गरेको छ नी किन ?
रेडक्रस पवित्र संस्था हो, मानव सेवामा समर्पित हुने हो । राजनीतिक दल पनि समाज रुपान्तरण गर्ने, समाजमा विकास गर्ने, सबैलाई समान्ता कायम गरी सम्मुन्त समाज निर्माण मुल लक्ष्य बेकेको हुँदा सबैमिलेर मानव जातिलाई दुःख पर्दा समस्यामा पर्दा सहयोग गर्ने हो । भाग शान्ति जय नेपाल गर्ने कुरै आउँदैन् । गैर सरकारी संस्था, रेडक्रस जुनसुकै संस्थामा थिति बसालेर सुशासन र परदर्शीता कायम गर्नुपर्छ । अधिकार, दायित्व र कर्तव्य सबैलाई ख्याल गरी कार्य गर्नुपर्छ ।
अन्त्यता केही भन्नु छ की ?
कभ्रे जिल्लाका १३ वटै पालिकाका नागरिकहरुलाई रगत आवश्यकता पर्दा रेडक्रस काभ्रेमा लिन आउँदा निःशुल्क रगत दिने अभियान रुवरुप रेडक्रस काभ्रे र स्थानीय पालिका बिच सम्झौता गर्ने कार्य बनेपा नगरपालिकाबाट गरि सकियो । अरु पालिकामा निरन्तर जारी रहेको छ । जिल्लामा करीव ८६ हजार ३ सय आजीवन सदस्य हुनुहुन्छ । विगतका नेतृत्व कर्ता , वर्तमान कार्य समितिको सबैको सहकार्य र एकताबाट संस्था बलियो हुन्छ सबैको योगदानबाट यहाँसम्म आइपुगेको हो । अब भवनलाई पूर्णता दिनु छ । स्थानीय सरकारले सहयोग गर्नेमा हामीले अपेक्षा लिएका छौँ । आर्थिक सहयोगको अपिल पनि गर्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
