IMG-LOGO

बाढीपहिरोबाट पूर्ण क्षति भएका घरहरु सरकारले निर्माण गरिदिनु पर्छ

 मंगल, पौष ९, २०८१  महेश खरेल नगर प्रमुख, पाँचखाल नगरपालिका

               चालु आर्थिक बर्ष प्रारम्भ भएको ५ महिना वित्यो  पाँचखाल नगरपालीका के गर्दै छ नागरिकले प्राप्त गर्नेसेव प्रवाह विकास निर्माणका कार्य किन सुस्त गतिमा छ नी ?

                 नयाँ आर्थीक साल प्रारम्भसँगै नगरले अघि सारेको नीति, कार्य्रक्रम र बजेट कार्यान्वयनचरण सशक्त ढङ्गबाट अघि बढ्नु पर्ने २०८१ असोज १० देखी १२ गते सम्म परेको अविरल बर्षाको कारण साढे सात बर्ष सम्म गरेका बिकास निमार्णका संरचनाहरु ध्वस्त भएका छन् । पूर्वाधार विकासमा धेरै क्षेति भएको छ । कृषकहरुको खेत बारीमा सिंचाइकालागि लग्ने कुलोवाँध, सडक सञ्जाल बाढी पहिरोबाट अवरुद्ध हुन पुग्दा नागरिकहरुको जीवन निर्वाह कष्टकर बन्यो, खानेपानी मुहान, खानेपानी आयोजना, कतिपय खानेपानी ट्याङ्की समेत क्षेतविक्षत भएकोअवस्था छ । नागरिकहरुको जीवनमा सहजताल्याउन नगरका सवै वडाहरुमा बाढी महिरेबाट अवरोध भएको सडक पन्छाउन हरेक वडामा ८ देखि १० लाख बजेट खर्च गरी अवरोध हटाउने कार्य गरियो । नागरिकहरुले उपभोग गर्ने खानेपानी बाढीपहिरोले क्षेति पु¥याएको हुँदा पाइपको प्रवन्ध, मुहान निर्माण गरी ट्याङ्कीमा पानी पु¥याएर केहि दिनमै नागरिकहरुले उपभोग गर्ने पानी घरघरमा पु¥याउने अवस्थाको सृजना गर्ने अभियान जारी छ । यसैको कारण विकास निर्माणको कार्यमा ढिला सुस्ति भएको हो । नागरिकहरले प्राप्त गर्ने सेवा प्रवाहमा कमी आउन नदिन जनप्रतिनिधि र कर्मचारी वर्ग सचेत हुनुहुन्छ । नागरिकहरुलाई सेवा प्रदान गरिएको छ ।

               गत असोज दोस्रो साता आएको वर्षतका कारण भएको वाढी पहिरोको क्षतिको यकिन ३ महिना सम्म पनि गर्न नसक्नु स्थानीय सरकारको ठूलो कमजोरी भयो नी ?

               गत असोज १० गते देखि १२ गते सम्म परेको अविरल वर्षातको कारण भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जालमा निक्कै नै क्षति पु¥यायो । विकास निर्माणमा १ दशक नै पछि धकेलेको छ । स्थानीय सरकारले प्रारम्भीक चरणको क्षतिको विवरण दुई हप्ता भित्र नै जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराएको हो । यकिन गत साता मात्रै विवरण पाँचखाल नगरपालिकाले विपद् व्यवस्थापन समितिमा बुझाएको छ ।

               पाँचखाल नगरको क्षतिको अवस्थाको बारेमा बताईदिनुस् न ?

               भौतिक पूर्वाधार तर्फ १ अर्व वाढीको क्षति पु¥याएको छ । पहिलेकै अवस्थामा फर्काउन प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारलाई विगत वर्ष भन्दा दोब्बर बजेट उपलब्ध गराउने काम भएको छ की छैन त्यसको अनुगमन गर्ने गर्नुपर्छ । नागरिकहरुको ७० वटा घर पूर्ण क्षति भएको छ । ३० वटा घरहरु क्षति भएका छन् ।

               कठाङ्गीदो जाडो मौसम छ । वाढी पहिरोबाट प्रभावित पूर्ण घर क्षतिभएका नागरिकहरुको बास खुल्ला आकासमा छ । स्थानीय सरकार पाँचखाल के गरिरहेको छ ?

               “स्थानीय सरकार घर दैलोको सरकार हो । नागरिकहरुको अभिभावक हो स्थानीय सरकार । पाँचखालन गर नागरिकहरुको समस्या, दुःख कष्टमा साथ दिइ रहेको छ । कोभिड–१९ मा नागरिकहरुको पुनः निर्माणमा सहजीकरण होस् जहिले पनि नागरिकहरुको साथ साथमै छ । वाढी पहिरोबाट प्रभावितहरुलाई साद्यन्न, न्यानो कपडा वितरण, ७० घर पुर्ण क्षति भएका छन् । तिनीहरुको पुनः निर्माण गर्न शान्ति जन आदर्श युवा क्लव, विभिन्न संघ संस्थाको सहयोगमा प्रतिघर ७ लाख ५० हजारको लागतमा घर निर्माण कार्यको प्रारम्भ गरिएको छ । ३० घरहरु आंंक्षिक क्षति भएका छन् । बस्न अयोग्य घरको पुनः निर्माण प्रदेश र संघ सरकारले गरिदिनुपर्छ । तर अहिले सम्म प्रदेश सरकारबाट १० लाख र संघ सरकारबाट  ५० लाख मात्र सहयोग प्राप्त भएको छ । यसरी नागरिक प्रति गैर जिम्मेवार बन्न मिल्दैन भन्न चाहन्छु ।”

               आर्थिक वर्ष प्रारम्भ भई आधा समय बेतित भई सक्यो ? विकास निर्माणका कार्यले गति लिन सकेको छैन । दिगो विकासको अपेक्षा कसरी गर्न सकिन्छ ?

               वाढी पहिरो गएपछि विशेष कार्यपालिकाको बैठक वसी प्रभावित क्षेत्रका नागरिकहरुको सहजीकरण गर्न सडक सञ्जालमा भएको अवरोध हटाउने कार्य तत्काल प्रारम्भ गरियो । खोज, उद्धारकार्य गरी नागरिकहरुको जीवनमा सहजता ल्याउने कार्य, सबै वडाको खानेपानीको समस्या समाधान गर्न पाइपको प्रवन्ध, खानेपानी मर्मत कार्य भइरहेको छ । वडास्तर र नगरस्तरीय योजनाहरुको बजेट कटौती गर्नुपर्ने अवस्था छ । सोहिलाई मध्य नजर गरी विशेष बैठकबाट विशम परिस्थितिको अवस्थालाई नियालेर आगामी पुषमा बस्ने नगर सभामा बजेट कटौती गरेर विकास निर्माण कार्यलाई निरन्तर अघि बढाउने सर्वसम्वत निर्णय भएको छ । नागरिकहरुको ६ हजार रोपनी खेत बगरमा परिणत भएको छ । पलाञ्चोक भगवती जाने सडक दाया बाँया, कोशीदेखा सम्म बेला हुँदै रानीपानी जाने सडकमा क्षति पु¥याएको छ । केन्द्र र प्रदेश सरकारले नागरिकहरुको जीवनमा हाँसो र खुसी ल्याउन भ्रष्टाचारमा नियन्त्रण गरी सुशासन कायम गरी राजश्व संकलनमा वृद्धि ल्याउने स्थानीय सरकारलाई विगतमा दिदै आएको बजेटमा तेब्बर वृद्धि गरी क्षति भएका सबै घरहरु पुनः निर्माण गरिदिनुपर्छ ।

               यहाँलाई जनताले दुई पटक निर्वाचित गरेर नगरप्रमुख बनाए नागरिकहरुले महशुस गर्ने गरी गरेका ५ कार्यका बारेमा बताईदिनुस न ?

               “पाँचखाल नगरवासीलाई एक घर एक धारा उपलब्ध गराई शुद्ध पिउने पानी खुवाउने योजना आगामी माग भित्र सम्पन्न हुने छ । जुन साउथ एसियाको वृहत खानेपानी आयोजना हो । म आफू निर्वाचित भएपछि एक वडा एक पक्की कालोपत्रे सडक उक्त कार्य पुरा गरिएको छ । अनेकोट काटयाङ मोटर बाटो, पाँचखाल १३ नं. वडाम रोटी पिङ जाने सडक कालोपत्र गरिएको छ । अर्गानिक तरकारी खेती गर्न १ हजार २ सय कृषकलाई तालिमको प्रवन्ध, माटोको पिएच परिक्षण, जेष्ठ नागरिकहरुको मोतिया विन्दुको निःशुल्क सल्येक्रिया, निःशुल्क स्वास्थ्य औषधी वितरण, पाँचखालको वडा नं. १० र १२ मा मदनभण्डारी विश्व विद्यालय निर्माणका लागि १३ हजार रोपनी जग्गा उपलब्ध, नेपाल सरकार र पाँचखाल नगरबाट पूर्वाधार सडक निर्माणको कार्य गरिएको छ । आजाद माविका एकसय जना विद्यार्थीलाई कृषि विषयको कक्षा सञ्चालन, सामुदायिक विद्यालयहरुमा टेक्नोलोजीको विकासलाई आत्मासाथ गरी कम्प्युटर, विज्ञान, गणित विषयका विषयगत विज्ञ शिक्षकहरुबाट पठन पाठन गराइएको छ । एक हजार जनालाई रोजगारी दिने उद्देश्यका साथ महिलाहरुलाई उद्यमसँग जोड्न ५० वटा हरित उद्यम उद्योग सञ्चालन प्रक्रियाको थालनी गरिएको छ ।”

               पाँचखाल नगर कृषि शहर भनिएको छ । कृषकहरुको हितमा के के कार्य गरियो ?

               कृषि ज्ञान केन्द्र र कालीमाटी तरकारी उत्पादन केन्द्रबाट प्राविधिक टोलीबाट अर्गानिक तरकारी उत्पादनलाई प्रोत्साहित गरी उत्पादन बढाउन विक्रि गर्ने प्रबन्ध गरियो । १२ सय भन्दा बेसीलाई उपयुक्त तालिम, पशुपालन व्यवसायमा व्यवसायिकता ल्याउन आवश्यक कार्य गरिएको छ । मलमुत्रबाट औषधीको प्रयोग गर्ने विषाधी छर्न निरुत्साहित गरिएको छ । हरित महिला उद्यम उद्योग सञ्चालन प्रारम्भ, आलुको चिप्स, गोलभेडाबाट बन्ने अचारका परिकार र सश उद्योग, पशुधनबाट उत्पादीत दुध जन्य पदार्थबाट खुवा, चिजका परिकार उत्पादन उद्योगसँग जोड्ने कार्य अघि बढाइएको छ ।

               अन्तयमा केहि भन्नु छ की ?

               माक्सवाद, लेलिनवाद, माओवाद हैन हामी सबै विकासवाद भएर नेपाली नागरिकहरुको जीवनमा हाँसो र खुसी ल्याउन विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन लाग्नुपर्छ । विकास कुनै पार्टी विशेषको हैन् । निम्न वर्ग पछाडी परेका पारिएका वर्गको उथ्थानका लागि राजनीति गरौँ । स्थानीय सरकारले नागरिकहरुलाई प्रवाह गर्ने  सेवा छिटो छरितो हामीले गरेका छौँ । केन्द्र र प्रदेश सरकार ६ महिना, १ वर्षमा परिवर्तन भइराख्ने सत्ताको छिना झम्टिमा रमाउने कार्य बन्द गरौँ । स्थानीय सरकारलाई बलियो बनाउन स्रोत साधनले सम्पन्नता बनाउनलागि पर्नुुपर्छ भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्