२०५७ सालदेखि निरन्तर शिक्षण सेवामा लागि पर्नुभएका एमबियस ९ःद्यक्० शैक्षिक योग्यता हँसिल गर्नुृभएका रजीव श्रेष्ठ संकल्प कलेज, बनेपाको सहायक प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नुभएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको संकल्प कलेजमा शिक्षण सेवामा लामो अनुभव बटुलेका चेतना विष्टको नेतृत्वमा ७ जनाको सशक्त टिमले व्यवस्थित ढङ्खबाट गुणस्तिरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन भएको संकल्प कलेमा ब्याच्लर इन होटल म्यानेजमेन्ट (द्यज्ः) र ब्याच्लर इन इन्फरमेशन म्यानेजमेन्ट (द्यक्ष्ः) विद्यार्थीहरुले अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् । राजधानी काठमाण्डौबाट २६ किमी नजिकै रहेको मध्यपहाडी जिल्लाकै व्यापारीक नगरी बनेपामा नीजी क्षेत्रबाट सञ्चालित कलेज र पब्लीक कलेजहरु गरी आधा दर्जन बेसी छन् तर पनि यहाँहरुले ४ वर्षे व्याच्लर लेवलको कलेज सञ्चालन गर्नुभयो मिसन, भिजन, नयाँ शैक्षिक योजना के छन भन्ने सन्दर्भमा कलेजका सहायक प्रिन्सिपल रजीव श्रेष्ठसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
बनेपामा एक दर्जन बेसी कलेजहरु सञ्चालनमा छन तर तपाइँहरुले संकल्प कलेज खोल्नुभयो ब्यवस्थापन संकाय अन्तरगत चार वर्षे कोर्ष द्यज्ः र द्यक्ष्ः मा नयाँपन के दिन खोज्नुभएको छ ?
रोजगार मुलक प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था काभे्रको बनेपामा निक्कै कम छ । प्राविधिक क्षेत्रमा गुणस्तिरीय शिक्षा अध्ययन गर्न राजधानी सम्म पुग्न नपरोस, कम शुल्कमा प्राविधिक सिप सहितको शिक्षा बनेपामै प्रदान गर्ने उद्देश्यका साथ हामीले बनेपाको जनागालमा संकल्प कलेज खोलेका हौँ । विद्यार्थीहरुले शैद्धान्तीक ज्ञानले मात्र जीवन जिउने शिक्षा हँुदैन । विद्यार्थीहरुलाई सृजनात्मक , स्वदेश तथा विदेशमा रोजगारी प्राप्त गर्न सक्ने प्राविधिक शिक्षा प्रदान गर्ने हेतुले हामीले शैक्षिक क्षेत्रमा अनुभव सँगाल्नु भएको टिमले कलेज सञ्चालन गरेका हौं ।
संकल्प कलेजको गुणस्तिरीय शिक्षा पदान गर्ने ढृढ संकल्प चाँहि के के छन् ?
दुई दशक भन्दा लामो समय शिक्षा क्षेत्रमै लाग्नु भएका र शिक्षण सेवा गर्नुभएका अनुभवी ७ जनको लगानी, टिम र शिक्षण पेशामा खारिएका दिग्ज शिक्षकहरुको टिम वर्किङबाट सृजनात्मक विश्व बजारमा बिक्ने प्राविधिक शिक्षा प्रदान गर्ने ढृढ संकल्प हाम्रो छ । प्राविधिक ज्ञान, सिप प्रदान गरेर विद्यार्थिहरुलाई रुपान्तरण गर्ने मुल ध्येय हाम्रो हो । होटल म्यानेजमेन्ट (द्यज्ः) र ब्याच्लर इन इन्फरमेशन म्यानेजमेन्ट (द्यक्ष्ः) ४ वर्षे कोर्ष सञ्चालन गरेर विद्यार्थीहरुलाई उद्यमी व्यवसायी र रोजगार मुलक गुणस्तरीय शिक्षा प्रदान गर्छौं ।
शैक्षिक गन्तव्य पुरा हुन नसकेको वर्तमान अवस्थामा कलेजको शैक्षिक भौतिक पूर्वाधार र विद्यार्थीहरुको चाहना पुरा गर्ने सेवा सुविधा सन्दर्भमा बताइदिनुस न ?
१० रोपनी जग्गाको क्षेत्रफलमा बनेको भौतिक पूर्वाधार, व्यवस्थित, खेल मैदान, प्रविधि मैत्री, कम्पूयटर ल्याब, पुस्तकालय, विद्यार्थीहरुका लागि इन्टरनेको सुविधा, विद्यार्थी आवतजावत गर्न यातायातको प्रबन्ध, उपयूक्त व्यवस्थित शैक्षिक पूर्वाधारले सम्पन्नतता भएको अवस्था निर्माण गरेका छौं । विद्यार्थीहरुको चौतर्फी विकास गर्ने शिक्षा प्रदान गरि अरु भन्दा फरक हुँन चाहान्छौँ । खेलकुदमा बास्केटबल, भलिबल, व्याटमिन्टन, खेल्ने र त्यस्तै गरी फुटसल खेल्ने प्रबन्ध गरिएको छ ।
द्यज्ः र द्यक्ष्ः ४ वर्षे कोर्ष अध्ययनका लागि शुल्क कति लाग्छ ?
द्यज्ः र द्यक्ष्ः ४ वर्षे कोर्ष अध्ययनका लागि शुरुवाती वर्ष भएकाले न्यूनतक शुल्क निर्धारण गरेका छौं । विद्यार्थीहरुको प्रतिटिमलाई निखारता ल्याई सक्षम बनाउने हाम्रो शेक्षिक उद्देश्य हो । कम शुल्कमा गुणस्तिरीय शिक्षा प्रदान गर्ने नै हो । द्यक्ष्ः अध्ययनका लागि ७ लाखमा एक लाख छुट गरी ६ लाख, त्यस्तै गरी द्यक्ष्ः अध्ययनका लागि ६ लाखमा १ लाख छुट गरी ५ लाखमा ८ सेमेस्टर ४ वर्षमा कोर्ष पुरा हुन्छ । सो कोर्ष पुरा गरी सफलता हाँसिल गरेका विद्यार्थीहरु बेरोजगारी हुनु पर्दैन । उद्यमी, व्यवसायी, बन्न पनि सक्छन ।
द्यज्ः र द्यक्ष्ः अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीहरुले कस्तो अवसर हाँसिल गर्न सक्छन ?
(द्यज्ः) होटल म्यानेजमेन्ट अध्ययन सफलता हाँसिल गरेकाहरुले होटलमा कुक वेटर त्यस्तै गरी व्यवसायीक र आफ्नै लगानीमा होटको मालिक बन्न सक्छन् । त्यस्तै गरी द्यक्ष्ः इन्फरमेशन म्यानेजमेन्ट अध्ययन सफलता हाँसिल गरेकाहरुले बैँक तथा वित्तिय संस्थामा आइटी अफिसर बन्न सक्छन् । उद्योग धन्दामा रोजगारी प्राप्त गर्न सक्छन् । सफ्टवेर मेनेजर सम्म बन्न सक्छन । टुरीजम सेक्टरमा, शैक्षिक संस्थामा, रोजगारीका अवसर प्राप्त गर्न सक्छन् ।
अन्त्यमा केहि भन्नु हुन्छ की ?
विद्यार्थीहरुको उज्वल भविश्य निर्माणका लागि बनेपाको जनागालमा संकल्प कलेज सञ्चालन गरेका छौं । प्राविधिक सिप सहितको शिक्षा प्रदान गर्न हाम्रो टिम शसक्त लागी पर्छ । एकपटक अभिभावक विद्यार्थीहरु भ्रमण गर्न आउनु हुन अनुरोध गर्दछौं । द्यज्ः, द्यक्ष्ः र ऋ(ःब्त् प्रवेश परीक्षा तयारी निःशुल्क कक्षा तयारी भइरहेको छ । आगामी भाद्र ३१ गते सम्म विद्यार्थीहरुले प्रवेश परिक्षा फारम भर्नु पर्नेछ । त्रिविले आगामी असोज १३ गते लिएको परीक्षमा उत्तीर्ण भएका विद्यार्थीहरु भर्ना हुन पाउँनेछन् ।अध्यापन गराउन स्वीकृती प्राप्त भएको छ । प्राविधिक सिपयूक्त शिक्षा ग्रहण गर्ने अवसर छ भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
