२०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पसमा कक्षा ११ देखि द्यद्यक्, द्य।भ्म् र द्यब्, ःब् सम्मको अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । त्यसैगरी उक्त क्याम्पसमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल तेजगंगा बहुमुखि क्याम्पसकी क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की विगत २४ वर्षदेखि तन,मन,वचन र कर्मको कार्य, शिक्षकहरुको जम्बो टोलीको लगनशिलतको कारण सामुदायिक क्याम्पस मध्येकै स्तरीय शिक्षा प्रदान गर्ने सवालमा परिचित छ । सामुदायिक क्याम्पसको सल्लाहाकार समेत रहनुभएकी तेजगंगाकी क्याम्पस प्रमुख कार्कीसँग शैक्षिक अवस्था, भावी योजनाका सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
तेजगंगा बहुमुखि क्याम्पसको शैक्षिक आरोह अवरोहको बारेमा बतााइदिनुहोस न ?
विगत २४ वर्ष अघि स्थापना भएको सामुदायिक क्याम्पस मध्ये कै स्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा परिचित गराउन सकिएको छ । नेपालमा शिक्षा व्यवहारिक, सिपमुलक व्यवसायिक र गरि खाने हुनु पर्नेमा त्यसो हुन सकिरहेको छैन । विश्व बजारमा बिक्ने, देशको सर्वाङ्खिण विकास हुने दक्ष जनशक्तिको देशमै उपयोग हुने अवस्थाको श्रृजना हुनुपर्नेमा उपलब्धी मुलक हुन नसक्नु आफैमा कम्जोर होकी भन्ने हुन्छ । सरकार र निजी क्षेत्रको साझेदारी लगानीबाट शैक्षिक प्रभावकारीता ल्याउन सकिन्छ राज्यले त्यो खालको शैक्षिक निति अवलम्बन गर्न सक्नुपर्छ । निजी क्षेत्रले आफ्नो लगानीमा धेरै खालका चुनौतीको सामना गरेर निरन्तर रुपमा गुणस्तर शिक्षा प्रदान गर्न लागेको छ । त्रिभुवन विश्व विद्यालयले शैक्षिक संस्थालाई सम्बन्धन त दिन्छ शैक्षिक सुधारलाई ध्यान केन्द्रित गर्ने सवालमा कुनै चासो दिएको छैन तैपनि सामुदायिक क्याम्पसले आफ्नो ल्यागत र तागतले टिाउन सकेका छन् । हाम्रो तेजगंगा बहुमुखि क्याम्पसमा कक्षा ११ देखि उच्च शिक्षा अध्ययन गर्ने अवसर छ । अन्तराष्ट्रिय मापदण्डको त्तब्ब् गुणस्तरीय सुनिच्चितता कायम सहितको शिक्षा प्रदान गर्न थालनी गरिसकेको छ ।
कक्षा ११ को भर्ना अभियान अन्तिम चरणमा पुगेको छ ,तेजगंगा क्याम्पसमा विद्यार्थीहरुको नजर कतिको पुग्न सक्यो ?
विद्यार्थी र अभिभावक दुवैको रोजाई आफ्नो घर पायक पर्ने उपयूक्त शैक्षिक वातावरण भएको विद्यालयमा अध्यापन गराउनुपर्ने तिर ध्यान केन्द्रीत भएको पाँइदैन शुल्क बढी लिने, बढी हाइफाइ भएका स्कुल कलेज तिर जानेक्रम बढेको छ । पनौती क्षेत्रका विद्यार्थीहरु बनेपा, भक्तपुर र काठमाडौं तिर जाने क्रम बढेको छ । यसो हुनु ठिक हैन । पब्लीक क्याम्पसहरुले संस्थागत विद्यालय कलेजहरुले दिने सेवा सुविधा प्रदान गरेर, नैतिक, संस्कार सहितको प्रविधि मैत्री शिक्षण सिकाइ रोज्न थालेका छन्् । नजिकको स्कुल कलेजमा विद्यार्थीहरुले अध्ययन गरेको खण्डमा समयको बचत, पढाइमा ध्यान केन्द्रित गर्न सक्ने अवस्था हुन्छ । यस्ता कुरन अभिभावक र विद्यार्थीहरु दुबैले बुझेर अघि बढ्नु पर्ने हुन्छ । हाम्रो विद्यालयमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । कक्षा ११ मा भर्ना हुने क्रमको संख्यात्मक वृद्धि भएको छ ।
कक्षा ११ का विद्यार्थीहरुलाई कस्तो विषय छनोट गर्ने सुझाव दिनुहुन्छ ?
विद्यार्थीहरुले आ आफ्नो अध्ययन गर्ने क्षमता आफैले नियाल्न सक्नुपर्छ । अर्कोकुरा आफुलाई यच्छा लागेको विषय छनोट गरेर अध्ययन गर्नुपर्छ । अभिभावकलाई मन परेको विषय छोराछोरीलाई जवरजस्ती पढ्न लगाउनु हुँदैन । ब्ं,ब्, द्य, द्यं ल्याउन सफल छात्रछात्रा सबैले विषय छनौट गर्दा भविश्यमा आफुले के बन्ने लक्ष्य लिएको छ सोहि अनुसार कार्य गर्नुपर्दछ । साथसाथै आफ्नो आर्थिक हैसियत के छ सोको आधारमा विज्ञान, व्यवस्थापन मानविकी र शिक्षा संकाय जुन सुकैमा पनि विशेषज्ञता हाँसिल गरेको खण्डमा बेरोजगार हूनुपर्ने अवस्था आउँदैन । लगनशिल मिहेनत गरेर अध्ययन गर्नुपर्छ । पढाइमा सफलता हाँसिल गर्न सकिन्छ ।
सामुदाकि क्याम्पसका मुख्य चुनौती के छन् ?
मिसन, भिजन र गोल निश्चित हुनुपर्छ । सामुदाकि क्याम्पसका मुख्य उदेश्य भनेको सामुदायिक विश्वविद्यालय निर्माण हो र हुनुपर्छ । लक्ष्य अनुरुप गन्तव्यमा पुग्न निकै कठीन छ । समुदाय ,शिक्षक , विद्यार्थी सबैको एकताबाट मात्र सम्भव छ । भौतिक प्रविधिको विकास व्यवस्थित हुनुप¥यो । अधिकांश सामुदायिक क्याम्पसमा व्यवस्थित भवन संरचना नहुनु, उचित लाईबे्ररी, इलाईबे्ररी समय सापेक्ष प्रविधिको विकासको ज्ञान हाँसिल गर्न सक्ने व्यवस्था श्रृजना गर्न सक्नुपर्छ । त्यो गर्ने पक्षमा हामी लागी परेका छौं त्रिभुवन विश्व विद्यालयले आफू मताहतमा रहेका सामुदायिक क्याम्पसहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने गरी विद्यार्थी संख्याको आधरमा शिक्षकहरुको दरबन्दी व्यवस्था गर्ने स्थायित्व र विकासको लागि आर्थिक रकम उपलब्ध गराउने योजना अघि सारेर शैक्षिक विकास गर्ने लक्ष्य लिन सक्नुपर्छ ।
तेजगंगा बहुमुखी क्याम्पसका शैक्षिक विष्ोशता के के छन् ?
विद्यार्थीहरुलाई उत्पे्ररणा सहित पढाइमा बढी ध्यान केन्द्रित गर्ने गरिएको छ । नैतिक आचरण, चरित्र निर्माण, अनुसासन पालना, त्यस्तै गरेर विद्यार्थीहरुको शिक्षण सिकाई क्षमता बुझेर शिक्षकहरुले शिक्षण सिकाई गर्ने अनुसन्धान सहितको शिक्षा ग्रहण गर्ने वातावरण उद्याशिलता, विद्यार्थीहरुको जिवीकोपार्जन गर्ने अवस्थाको श्रृजना गर्ने, वर्षमा तीन पटक सम्म आन्तरिक परीक्षा लिएर विद्यार्थीहरको क्षमतालाई तिखार्ने कार्य गरिरहेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुको चौतर्फी विकास सहितको श्रृजनात्मक शिक्षण सिकाइ हाम्रो शैक्षिक विशेषता हो ।
भावी शैक्षिक योजना केके छ ?
प्रविधि मैत्री, प्राविधिक शिक्षा प्रदान गर्ने प्रमुख लक्ष्य हो । आगामी वर्षमा कानुन विषय को समेत अध्यापन गराउने हाम्रो लक्ष्य छ । त्यस्तै अहिले हामीले कलेजबाट शिक्षण सिकाईलाई थप प्रभावकारी बढाउन लगाई शिक्षकहरुको स्थायित्व र विकासमा सहयोग पुग्ने वातावरण तय गरेका र्छौं । विद्यार्थीहरुको नेतृत्व विकस गरी सक्षम जनशक्ति उत्पादन गर्ने हम्रो मुल लक्ष्य हो ।
शिक्षकहरुमाथि सामुदयिक क्याम्पसहरुले श्रमशोषण गरिएको छ भनिन्छ नी ?
तेजगंगा बहुमुखी क्याम्पसले शिक्षकहरुलाई उपलब्ध गराएका सेवा सुविधाहरु क्याम्पसको आय श्रोतको आधारमा छ र विकसित मुलुकमा शिक्षकहरुको सम्मान र संस्कार स्तरीय हुन्छ । अध्यापन गराउने प्रोफेशरहरुको न्यूनतम तलब नै एक लाख हुन्छ । हाम्रो देश नेपालमा शिक्षकहरुलाई दैनिक आधारभूत आवश्यकता परिपूर्ति गर्ने तलब सेवा सुविधा दिन सकिरहेको अवस्था छैन । शिक्षकरुको दक्षता, क्षमता लगनशिलताको आधारमा स्थायि गर्ने तलब सेवा सुविधा त्यहि अनुसार शिक्षकहरलाई उपलब्ध गराउनु पर्छ । हामीले पनि शिक्षकहरुलाई समय सापेक्ष कलेजको आर्थिक संकलनको अवस्थालाई मजवुद बनाई शिक्षकहरुलार्य सन्तुष्टि बनाउने अभियान जारी छ भन्न चाहान्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
