२०५३ साल देखि शिक्षण पेशामा लाग्नु भएका विकास श्रेष्ठ २०६६ साल देखि काभे्र मा. वि. का सहायक प्रिन्सिपलको जिम्मेवारी समाल्नु भयो । संस्थागत विद्यालय मध्येको देशकै नमुना विद्यालयको रुपमा परीचित काभे्र माविले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिक गुठी गैर नाफामुलक शैक्षिक संस्थाको रुपमा २०४९ सालमा स्थापना भएको हो । प्लेग्रुप देखि माध्यमिक तह सम्म अध्यापन हुने यस विद्यालयमा करिब २ हजार विद्यार्थीले एसइइ परीक्षा उत्तिर्ण गरिसकेका छन । +२ अध्यन सफलता हँसिल गर्ने विद्यार्थी १ हजार २ सय पुगेका छन् । नैतिक, सँस्कार सहितको अनुशासित सृजनशिलता सहितको शिक्षण सिकाइ प्रदान गरी विद्यार्थीहरुको चौतर्फी विकास हुने सिप सहितको शिक्षा ग्रहण गर्ने उपयुक्त शैक्षिक वातावरण भएकै कारण आजसम्म काभे्र मा.वि सबैकोे रोजाई बन्न सकेको तर्क गर्नुहुन्छ +२ संयोजक विकास श्रेष्ठ । २०६१ सालको एस.एल.सी. परिक्षामा समिर श्रेष्ठ बोर्डफष्ट र नारायण अधिकारी बोर्ड थर्ड हुन सफल भएका थिए । २०६३ सालको एस.एल.सी. मा काभे्र जिल्ला प्रथम हुन सफल भयो । कक्षा ११ को भर्ना अभियान विद्यालयको शैक्षिक अवस्थाको बारेमा रेडियो एवीसी एफ.एम ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आजकल के कार्यमा व्यस्त हुनुहुन्छ ?
शिक्षण सेवामा लागेको व्यक्ति विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन शिक्षकहरुको टिम वर्किङमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा लागि परेको छ । एसइइ परीक्षाको नतिजा सँगै कक्षा ११ ा भर्ना अभियान तिव्र रुपमा अघि बढेको छ सोहि कार्यमा व्यस्त छु ।
एसइइ परीक्षाको नतिजा प्रकाशनसँगै कक्षा ११ मा भर्ना अभियान संचालन भएको छ काभे्र माविमा अध्यापन गर्न आउनेको क्रम कस्तो चलिरहेको छ ?
स्वभाविक रुपले एइई परीक्षको नतिजा सार्वजानिक सँगै विद्यार्थीहरुले विषय छनौटगरी माध्यमिक तहको अध्यनको लागि विद्यालय भ्रमणको क्रममा तिव्रता दिएका छन् । प्रविधिमैत्री , विद्यार्थी केन्द्रित, गुणस्तरीय शिक्षा प्रदान गरी देशमै वेग्लै पहिचान बनाउन सफल भएको काभे्र मा.विमा भर्ना गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । मेनेज्मेन्ट, कम्प्युटर साइन्स, विजीनेस स्टडीज विषयहरु छनौट गरी अध्ययन गर्ने सुवर्ण अवसर छ । दक्ष अनुभवी शिक्षकहरुबाट विद्यार्थीहरुको भावनालाई उच्च कदर गर्दे न्यूनतम शुल्कमा स्तरीय व्यवहारीक शिक्षा हामीले प्रदान गरेका छौं ।
व्यवस्थापन संकायमा अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीले कस्तो खालको अवसर प्राप्त गर्न सक्छन् ?
विज्ञान संकाय पछिको दोश्रो राम्रो हो व्यवस्थापन संकाय जुन प्राविधिक विषयहरु पाठ्यक्रममा समावेश गरिएको हुन्छ । विश्व बजारमा बिक्ने शिक्षा सिप सहितको शिक्षा आजको आवश्यकता हो । प्रविधिको विकासलाई आत्मसात गर्दै हाम्रो विद्यालयले शिक्षा प्रदान गरेको छ । व्यवस्थापन संकायमा विशेषज्ञताच हँसिल गरेका व्यक्तिहरुलाई रोजगारी प्राप्त गर्ने सवालमा कुनै समस्या हुँदैन । उद्योग धन्दा, व्यवसाय संघ संस्था , बैंक तथा वित्तीय सहकारी संस्थाको उपल्लो दर्जाको रोजगारी प्राप्त गर्ने अवसर छ । व्यवस्थापन संकाय अध्ययन गरेको व्यक्ति बेरोजगार हुनुपर्दैन ।
काभे्र मावि बनेपाको शैक्षिक आर्कषण बारे बताइदिनुस न ?
कम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेको छ । अनुभवी शिक्षकहरुद्धारा स्तरीय अध्यापन गरिएको छ । प्रविधिको उच्यम प्रयोग गरेर शिक्षण सिकाई प्रदान गरिएको छ । अतिरिक्त क्रियाकलाप, चित्रकला प्रतियोगिता , कराते , मासिल आर्ट, भाषण कला, नृत्य सिक्ने, प्रविधिको प्रयोगबाट श्रव्य दृष्यबाट विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारी बनाउन निरन्तर लागि परेको छ । वार्षिकरुपमा ४ पटक परीक्षा लिएर विद्यार्थीहरुको क्षमता अभिवृद्धिगरी सृजनात्मक शिक्षण सिकाइलाई सुढृढ गरी अघि बढाएको छ । गैर नाफामुखी शैक्षिक गुठीबाट सञ्चालित काभे्र माविले शिक्षक टिमहरुको सामूहिक प्रतिद्धता सहित शैक्षिक योजना अनुरुप क्ीऋ मा कार्य अघि बढाइएको छ । २०६१ सालको क्ीऋ परीक्षामा समिर श्रेष्ठ बोर्डफष्ट र बोर्ड थर्डमा नारायण अधिकारी २०६१ क्ीऋ परिक्षामा राम्रो नतिजा ल्याउन सफल भए । त्यसैगरी २०६३को क्ीऋ परीक्षामा सुदिप केसी जिल्ला प्रथम भएका थिए । हाम्रो विद्यालय निरन्तर सतप्रतिसत नतिजा ल्याउन सफल छ ।
भावी शैक्षिक योजना के छन् ?
२०६६ सालमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ सञ्चालन गरियो । दश वर्ष सम्म विज्ञान संकाय संचालन गरियो त्यसपछि विद्यार्थीहरुको चाहानामा धेरै परिवर्तन आइ अन्यत्र जानेहरुको क्रम बढ्दो भयो । विद्यार्थी संख्या कम हँुदा व्यवस्थापन गर्न कठीन भएकाले विज्ञान संकाय सञ्चालन गर्न सकिएको छैन । आगामी वर्षदेखि पुन विज्ञान संकाय संचालन गर्ने सोचमा हाम्रो विद्यालय व्यवस्थापन समिति छलफलमा नै छ । व्यवस्थापन संकायमा स्तरीय शिक्षा प्रदान गरेका छौं । यसलाई थप व्यवस्थित गर्ने विद्यार्थी र अभिभावको अभिलासालाई पुरा गर्ने उद्धेश्यका साथ अघि बढेका छौं । धेरै विषयहरुको अध्यापन गराउने भन्दापनि अहिले सञ्चालित विषयलाई थप व्यवस्थित गरी प्रविधिमैत्री अझ बढी व्यवहारिक शिक्षा प्रदान गर्ने हाम्रो मुल ध्येय छ । व्यवस्थापन संकाय पनि प्राविधिक विधामा नै हो । यसले सम्पूर्णको उचित व्यवस्थापनमा केन्द्रित गरी रोजगारीको सृजना गरी उद्यमशिल बनाउँछ ।
अधिकांश संस्थागत विद्यालयहरुले अधिक शुल्क लिने, शैक्षिक सुधारमा कम खर्च गर्ने , शिक्षकहरुके श्रम शोषण गर्ने गरेको भनेर आरोप लाग्ने गर्छ । तपाँइ यसमा के भन्नुहुन्छ ?
बेला बेलामा अधिकांश संस्थागत विद्यालयहरुले विद्यार्थीहरुसँग अधिक शुल्क लियो , शैक्षिक सुधारमा ध्यान केन्द्रित गरेन, सञ्चालकहरु मात्र धनि भए भन्ने चर्चा सुनेको हो । तर जुन किसिमबाट बाहिर हल्ला गरेजस्तो होइन । सामुदायिक विद्यालयहरुको शिक्षण सिकाई, शिक्षकहरुले प्राप्त गरेको सेवा सुविधा सन्दर्भलाई जोडेर हर्ने गरिन्छ । सामुदायिक विद्यालयले भन्दा गुणस्तिरीय शिक्षा प्रदान गर्ने सवालमा एक कदम अघि छ । अझ हाम्रो काभे्र मावि त गुठीद्धारा सञ्चालित भएको हुँदा न्यून शुल्क, गुणस्तरीय शिक्षा प्रदान गरेको छ । २५ औं वर्षसम्म कार्य गरेका अनुभवि शिक्षकहरु हुनुहुन्छ । । ५ वर्ष कार्य गरेका शिक्षकहरुलाई सरकारी सेवा सुविधा प्रदान गरेका छौं । प्रि प्राइमरी र आधारभूत तहक शिक्षकहरुmाई पनि सरकारी सेवा सुविधा सरह प्रदान गर्ने तयारीमा छ । कार्य विधि अनुसार शिक्षकहरुको स्थायि हुने मापदण्ड छ ।
अहिले वर्तामान अवस्थामा प्रदान गरेको शिक्षा गन्तव्यहिन भयो । बेरोजगार उत्पादन गर्ने उद्योग भयो भनिन्छ नि किन ?
विश्व बजारमा बिक्ने, देशको सर्वाङ्खीण विकास गर्ने जनशक्ति उत्पादनका लागि राज्यले त्यहि खालको शिक्षा नीति अवलम्बन गरेर पाठ्यक्रमको विकास गर्न जरुरी छ । रोजगारीको श्रृजना हुन राज्यले उद्योग धन्दा गर्नु पर्यो । कृषि पर्यटन व्यवसायिक क्षेत्रमा सम्भावनाको ढोका खोल्नु पर्यो । सबै भार राज्यले निजी क्षेत्रलाई मात्र सुम्पेर भएन । निजी लगानीकर्ताहरुले आफ्नो लगानी सिपको अधिक प्रयोग गरेका छन् । राज्यले त्यसको सम्मान गर्न सकेको छैन । शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउने पाठ्यक्रमको विकास पनि त्यहि अनुसार गर्ने रोजगारी को श्रृजना गरी युवा जनशक्तिलाई स्वदेशमै श्रम र सिपको प्रयोग गर्ने वातावरण तयार गरेर शैक्ष्कि गन्तव्य पूरा गर्नुपदर्छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
