तीन दशक लामो समय देखि शिक्षण सेवामा निरन्तर लाग्नु भएका अग्नी ज्ञवालीको जन्म दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं ५ मा भएको हो । ५ वर्ष सम्म अएब भई स्वास्थ्य सेवामा कर्म गर्नुभएका ज्ञवालीले २०५१ मंसिर ८ गतेबाट शिक्षण पेशा अंगाल्नुभयो । २०५८ असार २६ गतेबाट तेजगंगा क्याम्पसमा अध्यापन गराउनुभयो । शालिन स्वभावका अग्नी ज्ञवाली अंग्रेजी विषयको एमफिल गरेर राम्रो दख्खल हाँसिल गर्नुभएको छ । एन प्याब्सन काभे्रका अध्यक्ष, नेल्टा काभे्रका अध्यक्ष समेत रहनुभएका ज्ञवालीले २०७१ बैशाखबाट सेन्टलम एल्बम ऐकेडेमी श्रृखण्डपुरको प्रिन्सिपलको जिम्मेवारी समाल्नु भयो । प्ले ग्रुप देखि कक्षा १० सम्म अध्यापन गराउने शैक्षिक संस्थामा आगामि शैक्षिक शत्र देखि व्यवस्थापन संकायमा कक्षा ११ मा अध्यापन शुरु गर्ने भएको छ । विद्यालयको शैक्षिक अवस्था, स्तरीयता आगामी शैक्षिक सुधारका कार्ययोजना, एसईई परीक्षाको नतिजाको सवालमा रेडियो एविसी एफ. एम ८९.८ मेगाहर्जमा विद्यालयका प्रिन्सिपल ज्ञवाली सँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
क्भ्भ् परिक्षको नतिजा सार्वजनिक भयो सेन्टलम ऐल्बम ऐकेडेमीको अवस्था कस्तो रह्यो ?
सृजनात्मक शिक्षण सिकाई, विद्यार्थीहरको चौतर्फी विकास सिप मुलक शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षामा गुणत्मकता प्रदान गरेको छ । २० जना विद्यार्थीहरुको सहभागिता रहेकोमा सबैले सफलता हाँसिल गरेर ३ दशमलव ६० प्रतिशत न्एब् ल्याउन सकेका छन् ।
विगतको क्ीऋ र अहिलेको क्भ्भ् परीक्षाको नतिजालाई कसरी तुलना गर्न सकिन्छ ?
विगतको क्ीऋ परीक्षासम्म आइपुग्ने संरचनागत अवस्थामा धेरै ल्याकिङ थिए । शैक्षिक जनशक्तिको अभाव, पाठ्य पुस्तक समयमा उपलब्ध नहुने, उपयुक्त लाइब्रेरी, भौतिक पूर्वाधार विकासमा कमी थिए । आज समय परिस्थिति सबै फरक भएको छ । विद्यार्थीहरुको शिक्षण सिकाइलाई ३ घण्टाको परीक्षाले मात्र मापन गर्न सकिन्न । विगतमा कुल भार अंकलाई नै समावेश गरी नतिजालाई मुल्याङ्कन गरिन्थ्यो । अहिले यति देखि येति अंक ल्याउने रेन्जलाई निर्धारण गरेर मुल्याङ्कन गर्ने परीपाटीको विकास गरेर ब्ं, ब् र द्यं, द्य गरी ग्रेडिङ प्रणली अवलम्बन गरिएको छ । यो राम्रो प्रणाली हो । विद्यार्थीहरु पनि इमेल इन्टरनेटको माध्यमबाट राम्रो ज्ञान हाँसिल गर्न सक्छन् । विद्यालयमा सबै किसिमका पूर्वाधारको विकासमा आफू रमाएर सिक्न सक्छन् । बिगत र अहिले अन्तर छ ।
ग्रेडिङ सिस्टमले विद्यार्थीहरुलाई अल्छीपन बनायो भनिन्छ नी ?
एक दशमलब ६ प्रतिशत अंक भार ल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने माध्यम सरकारले गरेको छ । शिक्षकहरुले विद्यार्थीहरुलाई जाँगर, उत्प्रेरणा जगाउनुपर्छ । शिक्षण सिकाईतर्फ ध्यान आकर्षण गराउने हो । विद्यार्थीहरुको रुची अनुसार अध्ययन गर्ने अवसरको श्रृजना गर्ने कार्य शिक्षक वर्गले गर्नुपर्छ । इमेल इन्टरनेटको प्रयोगलाई सहि ढंगबाट प्रयोग गराउन सिकाउनु प¥यो । गलत किसिमबाट प्रयोगमा लगाम लगाउन शिक्षक, अभिभावक दुवै मिलेर विद्यार्थीहरुको मनोभावनालाई बुझेर इमेल इन्टरनेटको गलत प्रयोगलाई घटाउने शिक्षण सिकाई तर्फको आर्कर्षण बढाउने कार्य गर्नुपर्छ ।
सेन्टलम ऐल्बम एकेडेमीमा कक्षा ११ को भर्ना अभियान यसै शैक्षिक शत्रदेखि शुरुवात गर्न लाग्नुभएको छ । विद्यार्थीहरुको रोजाइ अनुसारको शिक्षण सिकाई गर्न पाउँछन् त ?
नयाँ शैक्षिक शत्र २०८०÷८१ देखि व्यवस्थापन संकायमा टुरिजम एण्ड माउन्टेरयिङ स्टडिज्, कम्प्युटर साइन्स, इकोनोमिक्स, कोअपे्रटिभ म्यानेजमेन्ट, र विजीनेस स्टडिज् विषयको अध्ययन गर्ने अवसर विद्यार्थीहरुले प्राप्त गर्नेछन् । हामी विद्यार्थीहरुलाई सृजनात्मक शिक्षा जुन व्यवहारीक सिप सहितको ज्ञान दिने हाम्रो मुल लक्ष्य सहितको प्रतिबद्धता छ । पढ्दै, सिप सहित शिक्षा प्रप्त गर्ने छन् भने काम गर्दै आर्थिक रकम पनि आर्जन गर्नेछन् । जसले गर्दा आफूले कमाएको आर्थिक रकमले पढ्ने शुल्क पनि पु¥याउने छन् । जुन विदेशका विश्वविद्यालयमा दुई दशक अघि देखि नै कार्यन्वयन गर्दै आएका छन । त्यसैले अहिले विद्यार्थीहरु ंद्द अध्ययन सकिना साथ विदेश पढ्न जान हतारिन्छन । यसलाई रोक्न शैक्षिक संस्था सरकार दुवैले ध्यान दिई अघि बढ्नुपर्छ ।
विद्यर्थीहरुको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन कार्य चाँहि के गर्न सक्यो ?
विद्यार्थीहरुको चौतर्फी विकास, सृजनसिलता सहित सिप विकासको शिक्षा प्रदान गरेको छ । विद्यार्थीहरुको अनुशासन कायम हामिले गरेका छौं । विद्यार्थीहरुको व्यवहारीक ज्ञान प्रदान गर्न ःरोपाई कार्यक्रम, हर्स राइडर, शैक्षिक प्रर्दशनी, वार्षिक शैक्षिक क्यालिण्डर अनुसार शैक्षिक कार्ययोजना अनुरुप कार्य गरिरहेको अनुभवि तालिम प्राप्त शिक्षकहरुको सामूहिक प्रयासबाट विद्यार्थी केन्द्रित शिक्षण सिकाई, सामाजिक क्रियाकलाप कक्षागत क्लब गठन गरेर शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ । शिक्षकहरुको कार्यदक्षता अनुसारको विभाग गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
आगामी नयाँ थप शैक्षिक कार्ययोजना जसले प्राविधिक शिक्षा प्रदान गर्न सकोस त्यस्तो केहि छ ?
आगामी शैक्षिक शत्र यसै वर्ष देखि व्यवस्थापन संकायको कक्षा ११ मा नयाँ भर्ना कार्यक्रम शुरु गरिएको छ । जुन प्राविधिक नियमहरु समावेस गरिएको छ । सिप सहितको व्यवहारिक ज्ञान दिने हाम्रो प्रतिवद्धता छ । यसैलाई मजबुत बनाई गुणस्तिरीय शिक्षा प्रदान गरेकोमा विद्यार्थी वर्ग र अभिभावक सन्तुष्टी प्राप्त भएपछि नयाँ कार्यक्रम फेरी पछि शुरुवात गरौंला । अंगे्रजी र नेपाली माध्यम दुबैमा कक्षा ११ मा उपयुक्त वातावरण प्रदान गर्ने छौं । कमाउँदै पढ्ने वातावरण तयार गर्छौ ।
अधिकांस संस्थागत विद्यालयहरु विद्यार्थीहरुको ढाड सेक्ने गरी शुल्क अधिक लिने सेवा सुविधा दिन चाँहि कन्जुस्याँइ गर्ने, गरिब तथा जेहन्दार विद्यार्थीलाई प्रदान गर्नुपर्ने १० प्रतिशत छात्रवृति पनि नदिने गरेको गुनासो व्याप्त आउने गरेको छ नी ?
विद्यार्थीहरुको शुलकबाट संस्थागत विद्यालय सञ्चचालन हुन्छ । गुणस्तरीय शिक्षा प्राप्त गर्न शुल्क तिर्नुपर्छ । विद्यालयले विद्यार्थीहरुलाई शिक्षा प्रदानका लागि उपलब्ध गराएको शैक्षिक सेवा सुविधा, शिक्षण सिकाइको प्रभावकारिताको आधारमा सरकारी निकायले निर्धारण गरेको शुल्क नै संस्थागत विद्यालयले विद्यार्थीसँग लिने हो । अधिक शुल्क लिन नै मिल्दैन गरिब तथा जेहन्दार विद्यार्थीलाई हाम्रो विद्यालयले कुल विद्यार्थीको २० प्रतिशत छात्रवृती प्रदान गरेको छ । बनेपा नगरपालिका र सञ्चारकर्मीहरुलाई पत्रकार सम्मेलन गरेर अभिलेखिकरण सहित सार्वजनिक गर्ने छौं ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
