IMG-LOGO

इन्टरनेशल अवार्ड-२०२३ बाट समानित भएको हो

 मंगल, असार १२, २०८०  डा. केशब बहादुर खुलाल क्षेत्री समाज सेवी

      केशब बहादुर खुलालको जन्म बिक्रम संबत २०१४ साल असार १५ गते बुबा टिकाबहादुर खुलाल र आमा रमाकुमारी खुलालको साइलो सन्तानका रुपमा काभ्रेको साबिक च्यासिङखर्क गाउँ बिकास समिति (हाल बेथानचोक-४ भङगाला)मा भएको हो । बेथानचोकमा जन्मे पनि धुलिखेललाई कर्मथलो बनाउँदै आएका उनी १२ बर्षको उमेरमा जन्म थलो छोडेर जीवन संघर्ष र सेवामा समर्पित हुँदै आएका छन् । सामाजिक सेवाका अग्रणीको रुपमा परिचय बनाएका उनका छोराहरु राजू खुलाल के.सी. नेपाली सेनामा कार्यरत  छन भने रोबिन खुलाल के.सी. नेपाल एयरलायन्समा कार्यरत छन् । उनको एक मात्र छोरी छिन् । उनी बिबाह पश्चात हाल अमेरीकामा बस्दै आएकी छिन् । काभ्रेको ढखुंर्कको महांकाल प्रा.बिमा कक्षा ५ सम्म ,काभ्रेकै पनौती स्थीत इन्द्रेश्वर मा.बिमा कक्षा ७ सम्म र काठमाण्डौंको नन्दीरात्री मा.बि नक्सालबाट प्रबेशिका परीक्षा उत्तिणर् गरेका खुलाल बास्केटबल र भलिबलका राम्रा खेलाडी समेत हुन । नेपाली सेनामा २०३२ सालमा जवानका रुपमा प्रबेश गरेका उनले जमदारबाट सेवा निबृत भएपछि उनले पुरा समय नै सामाजिक कार्यमा ब्यतित गरिरहेका छन् । उनै निष्ठा, चरित्र, इमान्दारीतालाई आत्मसात गरिरहने बरिष्ठ समाजसेवी खुलाल केही समय अघि भारतस्थीत स्वक्रेटस् सोशियल रिसर्च युनिभर्सिटीबाट मानार्थ डा. उपाधिबाट सम्मानित हुनु भएको थियो । उनै केशब खुलालसँग काभ्रे टाइम्सका प्रतिनीधिले गरेको कुराकानीको सार संक्षेप ः

      तपाई कसको प्रेरणाले सामाजिक कार्यमा संलग्न हुनु भयो ?

मेरो सामाजिक सेवाको मुख्य जग भनेको मेरा माता पिता र माइला दाजु बरिष्ठ अधिबक्ता डा.श्यामबहादुर खुलाल के.सींको प्रेरणा नै हो । सायद मलाई मेरो पारीवारिक बाताबरणले पनि सेवाको कार्यमा अग्रसर गराएको हुनसक्छ । समय क्रम सँगै जब म ब्रह्म कुमारी राज योग स््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््ेवा केन्द्रमा जोडिन पुगें तब सेवा भावलाई सार्थकता प्रदान गर्न बल पुग्यो । यतिले मात्र मेरो सेवाभावप्रतिको लगनशिलतालाई रोकिएन । यो अभियानलाई  पतञ्जली योग पीठ मार्फत योग गुरु रामदेब , आचार्य बालकृष्ण र पतञ्जली योग पीठका ट्रष्टी शालिकरामसिंहको सानिध्य र वहाँहरुको आर्शिबचनले मलाई सेवामा क्रियाशिल हुन थप उद्धेलित बनायो । तसर्थ आजपर्यन्त म यही कर्ममा लागिरहेको छु ।

      हाल तपाई कुन -कुन संघ संस्थामा आबद्ध हुनुहुन्छ ?

म दर्जभन्दा बढी संघसंस्थामा आबद्ध रहेको छु । मलाई संघ संस्थाहरु सहयोगी साथीहरु झै लाग्छ । त्यसैले २०५१ सालमा धुलिखेल नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत ४ बर्ष धुलिखेलको श्रीखण्डपुरमा स्वास्थ्यकर्मीका रुपमा सेवामुलक काम गरे । त्यही सेवा सम्झेर आज पनि त्यहाँको मानिसहरुले मलाई डाक्टर भन्ने सम्मान गर्ने गर्छन । जसबाट उत्साहित भएर म २०५४ सालमा बह्म कुमारी राज योग सेवा केन्द धुलिखेल, २०६४सालमा धुलिखेल पतञ्जली योग पिठ,२०५४ सालमा नेपाल रेडक्रस सोसाइटीको आजिवन सदश्य ,२०६६सालदेखि  धुलिखेल पतञ्जली योग पिठमा आबद्ध भइ आजिवन सदश्य र केन्दिय सदश्य भई धुलिखेलमा आर्युबेदिक कलेजको भोलेन्टरका रुपमा रहेको छु । यसको साथै नैमिषारण्य गुरुकुल बिद्यापीठको आजिवन सदश्य, र भुपु सैनिक संगठनको १५ बर्ष जिल्ला अध्यक्ष, केन्द्रिय सदश्य, केन्द्रिय सचिब हुँदै  उपाध्यक्षको समेत जिमबेवारी कुशलतापूर्बक सम्पन्न गरिसकेको छु । मेरो उदेश्य भनेको सामाजिक सेवामा रहेर भौतिक र आध्यात्मिक खुशी प्राप्त गर्नु हो । त्यो मैले प्राप्त गरिरहेको छु ।

      तपाई सामाजिक सेवामा कृयाशिल भएपछि कुन- कुन सम्मानबाट सम्मानित हुनुभयो ?

 नेपाली सेनामा प्रबेश गरेको छोटो समयमा नै इमानदार ,कर्तब्यपरायण र आफनो जिम्वेबारी उत्कृष्ट ढंगले सम्पादन गरेको मूल्यांकन गर्दै सम्मानित भएको थिए। त्यसपछि मैले राज्याभिषेक पदक दैबीप्रकोप,दुर्गम सेवा र स्वदेश र बिदेशमा थुप्रै बिधामा  प्राप्त गर्ने अवसर पाएको छु ।  सरकारी सेवाबाट निबृत भएपछि पनि तात्कालिन युवराजधिराज दिपेन्द्र बिर बिक्रम शाहदेबको २५ औं रजत बर्षको अवसरमा तात्कालिन धुलिखेल नगरपालिकाका नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र म सँगै सम्मानित भएका थियौ ।

      तपाई केही समय अघि डा. उपाधिबाट सम्मानित भएको खबर सुनियो ।खासमा यो कस्तो सम्मान हो ? र कुन संस्थाले गरेको हो ?

मलाई भारतको क्यअचबतभक कयअष्ब िचभकभबचअज गलष्खभचकष्तथ  ले डा. उपाधी गरेको कुरा सत्य हो । यो कार्यक्रममा म लगायत नेपालका केही लब्ध प्रतिष्ठितहरु पनि सम्मानित हुनु भएको थियोे । मुलतः सामाजिक क्षेत्रमा लामो समय कार्य गरेकाहरु मध्येबाट मलाई छनौट गरेर उपाधीबाट सम्मान गरिएको रहेछ । यो सम्मान न मेरो कल्पना थियो , न आशा नै । जे होस वहाँहरुले सम्मान गर्नुभयो । धन्यबाद भन्न चाहन्छु ।

      डा. उपाधिबाट सम्मानित हुने कुराको जानाकारी कहिले पाउनु भएको थियो त ?

खासमा मलाई सम्मान गर्ने कुरा थाहै थिएन । मैले समाजमा पुर्‍याएको योगदानको सूचि भित्री रुपमा बिश्वबिद्यालयका साथीहरुले संकलन गर्नुभएको रहेछ । त्यही आधारमा त्यस युनिभर्र्सीटीले मसँग केही जानाकारी माग्यो । मैले म आबद्ध संस्थाहरुसँग बिबरण लिन भने । वहाँहरुले नै मेरो सम्पूणर् कुराहरुको प्रमाणहरु जम्मा गर्नुभयो । त्यही कार्यसूचि बमोजिम कार्यक्रममा बोलाईयो र मैले छोरालाई खबर गरें । म अन्य कार्यक्रममा जस्तै त्यहाँ उपस्थित भए । मैले सोचेको थिए अन्य कार्यक्रम जस्तै एउटा खादा , माला र प्रमाण -पत्र दिन्छन होलान् भन्ने ठाने । तर मैले सोचेको जस्तो कार्यक्रम होइन रहेछ ।त्यस दिन त मलाई डा. उपाधीबाट सम्मान गर्न लागिएको रहेछ । म अचम्मित भए , खुशी पनि भए । त्यसपछि कार्यक्रम शुरु भयो । अरु बिद्धानहरुको लाइनमा म पनि उभिए । केही संकोच, केही खुशी र केही डरका बीचमा म सामान्य गाउँले मानिस डा. को उपाधीबाट सम्मानित भए । सम्मानित भएपछि मलाई लाग्यो यो खुशी मेरो परिवारको सदश्य, साथीभाई र आफन्तसँग साट्न पाएको भए हुन्थ्यो भन्ने ठानें । त्यतिबेला सम्म कार्यक्रम सकिसकेको थियो ।

      तपाइसँगै नेपालका क-कसले उपाधि पाएका थिए ?

यो उपाधि प्रदान गर्ने कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा हुनुहुन्थ्यो भने यस कार्यक्रममा म केशब बहादुर खुलाल, नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपति पूणर्चन्द्र उपाध्याय ढुंगेल ,योगी यात्री बिष्णु खड्का नेपाल सरकारका पूर्ब सचिब भीम उपाध्याय लगायतका बिद्धानहरु हुनुहुन्थ्यो ।

      खासमा यो कस्तो उपाधी हो ? यसको महत्व के पाउनुभयो ?

यो उपाधिको आफनै महत्व र गरिमा छ । सोक्राटस् सोसियल अनुसन्धान बिश्वबिद्यालयले निर्धारण गरेको डा उपाधिको बर्गिाकरण मुलतः तीन प्रकारको रहेछ । जसमा पहिलो एम.बि.बि. एस , दोश्रो पिएचडी र तेश्रो २०/३० बर्षसम्म निरन्तर रुपमा समाजमा कुनै बिधामा निशुःल्क सेवा गर्नेहरुलाई डा उपाधिबाट सम्मान गर्ने प्रचलन रहेछ । त्यही प्रकृया अन्र्तगतको यो उपाधि हो ।

तर मेरो बिचारमा यो उपाधी सत्कर्म र सेवा भाबमा लाग्नेहरुका लागी प्रेरणा हो भन्ने लाग्छ ।

      डा. उपाधि के कति कारणले दिएको रहेछ ? केही थाहा पाउनु भयो की?

मेरो मुख्य उदेश्य भनेको आफू असजिलो खपेर भएपनि अरुको हितमा काम गर्न सकियोस भन्ने कुराले मलाई प्रेरित गरिहन्थ्यो । म त्यही अन्र्तमनको आदेश बोकेर समाज सेवामा कृयाशिल भइरहन्थे । हेर्नुस् कोही कसैले नदेखे भगवानले देख्छन् भनेझैं चाहे त्यो भुकम्पको बेला होस ,चाहे कोभिडको बेलाहोस् म कर्तब्यबाट कहिल्यै बिचलित भइन । कोभिडको समयमा पनि म आफनो ज्यान जोखिममा राखेर सेवामा जुटें । कोभिडमा मेरो अनुभबमा मानिसहरु रोगले होइन डरले धेरै मरेका थिए । सायद त्यो अभियानमा निडर भएर लागेको भएर पनि सम्मान गरेको होला ?

      तपाई समाजसेवाका अतिरिक्त योग गुरुका रुपमा पनि चिनिनुहुन्छ ? यो पनि उपाधिको कारण त होइन ?

मेरो उदेश्य भनेको स्वस्थ्य शरीरमा स्वस्च्छ मानसिकता भएको ब्यक्तिले म मात्र सेवा र सहयोग गर्न सक्छ भन्ने हो । त्यसैले मैले करिब ६ बर्ष निरन्तर योगाभ्यास गरे । शिक्षक भएर पनि सिकाए ।जतिखेर योगका बारेमा जानकारी र सिप भएका मानिसहरु एकदमै कम थिए । त्यस समयमा क्रियाशिल थिएँ ।  तर आज भोलि म योग शिक्षकका रुपमा भन्दा पनि आमन्त्रण गरिएका सामाजिक संघ संस्था, सुधार केन्द, कारागार , गुरुकुल बिद्यापीठ आदीमा निशुःल्क योग सेवा दिंदै आएको छु । यसको अतिरिक्त घर , टोल र समाजमा यसको महत्वका बारेमा सचेतना जगाउने काम पनि गरिरहेको छु । उपाधिका लागी सायद यसले पनि योगदान गरेको हुन सक्छ ।

      आजभोली समाज सेवालाई बोझ र अपजसिलो कामका रुपमा लिने गरेका छन् ।तर तपाईको संलग्नता झनै शसक्त हो किन ?

हेर्नुस् सबै कामको राम्रो र नरामो पक्षमा कुरा गर्नेहरु हुन्छन नै । मुख्य कुरा आफनो समर्पण, लगाब र कर्तब्यबाट बिमुख हुनु हुँदैन भन्ने हो  । समाज सेवा बिना लाभका लागी गर्नुपर्छ याने आशा रहित खुशी केन्द्रित हुनुपर्छ ।त्यसरी सेवा गर्दा कुनै संकोच मान्नु पर्दैन । तर सेवालाई गलत प्रयोगका रुपमा लिनु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसो भयो भने त्यो अपराध हुन जान्छ । अबरोध र टिकाटिप्पणीलाई भने मैले सल्लाह सुझाब र प्रेरणाका रुपमा लिने गरेको छु ।

      अन्त्यमा तपाईको अनुभबका आधारमा समाजलाई केही सन्देश छन् की ?

समाज हाम्रो जननी हो । यसलाई सुधार्नु ,संस्कारयुक्त बनाउनु र यसको सेवा गर्नु हाम्रो मुख्य धर्म र कर्म हो । केबल ब्यक्तिगत सुख सुबिधाका लागी मात्र हामी अलमलिनु आखिरमा ठूलो भुल हुनेछ । यो बिष्यलाई हामी सबैले गम्भिर भएर मनन गरौं भन्न चाहन्छु । अन्त्यमा म भागवत गीताको अनुयायी भएकाले पनि सर्बेभवन्तु सुखिन सर्बेसन्तु निरामया ः भन्ने बाणीबाट प्रेरित रहन सबैमा अनुरोध गर्दछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्