IMG-LOGO

निकट भविष्य मै फुड टेक्नोलोजी र विएस्सी एग्रीकल्चर सञ्चालन गर्ने छौं

 मंगल, जेठ ९, २०८०  दिपक भट्ट प्रिन्सिपल, बनेपा निस्ट कलेज

 

        सुदुर पश्चिम कन्चनपुर जिल्ला महेन्द्रनगर भिमदत्त नगरपालिकामा जन्मनुभएका दिपक भट्ट २०४९ साल देखि शिक्षण पेशामा लाग्नुभयो । त्रिभुवन विश्व विद्यालयबाट एमएस्सी ९ः।क्ऋ० पुरा गर्नुभएका भट्ट बनस्पति विज्ञानमा पिएचडी गर्दे हुनुहुन्छ । एक वर्ष अघि बनेपा निस्ट कलेजको जिम्मेवारी सम्हाल्नुभएका दिपक भट्ट शिक्षा ग्रहण गर्नु भनेको ज्ञान लिनु मात्र नभइ दैनिक जिवनयापन सहज ढङ्गबाट सञ्चालन हुनुपर्ने तर्क गर्नुहुन्छ । विद्यार्थीहरुको सर्वाङ्गीण विकास , सिप सहितको व्यवहारीक शिक्षाले शैक्षिक गन्तव्य पुरा हुने हँुदा सोहि कार्य गर्न बनेपा निस्ट कलेज लागि परेको प्रिन्सिपल भट्टको भनाइ छ । पाठ्य पुस्तकको मात्र नभइ अतिरिक्ति क्रियाकलाप, श्रृजनात्मक शिक्षा प्रदान गर्न, दक्ष, अनुभवी शिक्षकबाट अध्यापन यस कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने सकेको बताउनुहुन्छ प्रिन्सिपल भट्ट । निस्ट कलेजको शैक्षिक अवस्था र भावी कार्य योजनाको बारेमा रेडियो एविसीमा प्रिन्सिपल भट्टसँग गरेको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।

        बनेपा निस्टले स्कुल र कलेज दुवै कक्षा सञ्चालन गर्दै आएको छ । शैक्षिक स्तरीयताको सवालमा कसरी नियाल्न सकिन्छ ?

बनेपा निस्ट स्कुल÷कलेजको मुख्य उदेश्य भनेकै जीवन उपयोगी शिक्षा प्रदान गर्नु हो । विद्यार्थी केन्द्रित शिक्षा, कितावी ज्ञान मात्र नभई मानव जिवन जिउनका लागी हुनुपर्ने भएकाले नेतृत्व र व्यक्तित्व विकास सहित श्रृजनात्मक शिक्षा प्रदान गर्न सकेका छौं  । प्रविधिको उच्चमत प्रयोगबाट विद्यार्थीहरु लाभाम्वीत हुने गरी दक्ष अनुभवी शिक्षकहरुबाट अध्यापन गराएकै कारण निस्ट फाउन्डेशनबाट सञ्चालित निस्ट स्कुल कलेज देशकै  उत्कृष्ट शैक्षिक संस्था बन्न सकेको हो । कक्षा ११ र १२ मा त्यस्तै गरी व्याचलर लेवलमा समेत विद्यार्थीहरुले ३ दशमलब ९६ न्एब् ल्याएर उत्कृष्ट नतिजा ल्याउन सकेका छन । स्तरीयता सहित जीवन उपयोगी शिक्षा प्रदान गरेको दराविलो उदाहरण हो भनेर बुभ्mन सकिन्छ ।

        वर्तमान शैक्षिक प्रणालीले शिक्षा विकासको गन्तव्यलाई पुरा गर्न सकेन । निजी स्तरमा सञ्चालित होस की सरकारी दुवैले वेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा चित्रण गरिन्छनी ? वास्तवीकता के हो ?

हाम्रो शिक्षा नीति नै सिद्दान्तमा बढी केन्द्रित व्यवहारीक तर्फ कम ध्यान केन्द्रित गरी पाठ्यक्रम निर्धारण गरेको छ । अहिले केहि परिमार्जन त छ । सूचना प्रविधीको विकास र व्यवहारीक शिक्षा प्रदान गर्ने मार्ग प्रस्तुत गरेको छ । देशकोमाटो सुहाउँदो कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यकता पर्छ सो को अध्ययन अनुशन्धान  गरेर गर्नु पर्ने त्यसो नगर्दा शिक्षा प्रमाण पत्र मुखी भएको छ । सरकारले योजनबद्द शैक्षिक योजना निर्माण गरेर आफ्ने देशको लागि शिक्षा, स्वास्थ्य, कृषि, र प्राविधीक जनशक्ति कहाँ कति आवश्यक पर्छ सोहि अनुसार कार्य गर्नु पर्छ ।  शिक्षालमई उत्पादन र उद्योगसँग जोड्न पर्छ । विद्यार्थीहरुले पढ्दै कार्य गर्दै गर्ने अवसर हुनुपर्छ । हाम्रा राम्रा युवा जनशक्तिलाई अमेरीका, अष्टे«लीया, जापानजस्ता देशले उपयोग गरिरहेको छ । हाम्रो देश नेपालमा जेष्ठ नागरिक र बालबालिका मात्रै बस्ने अवस्थाको श्रृजना भएको छ । यस विषयमा सरकारले दुरदृष्टी भिजन तयार गरी तत्काल कार्यावान्वयन चरणमा प्रवेश गर्नुपर्छ ।

        निष्ट कलेजको शैक्षिक आकर्षण, विद्यार्थीहरुको रोजाई हुनुपर्ने कारण के छ ?

पाठ्यक्रमको आधार मात्र शिक्षा प्रदान गर्ने नभई विद्यार्थीहरको चौतर्फी विकास गर्ने शिक्षा हाम्रो कलेजले प्रदान गरेका छौं । व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गरिने यस कलेजमा द्यक्ष्ः, द्यऋब्, द्यक्ऋ, ऋक्क्ष्त् का कक्षाहरु सञ्चालन गरिएको छ । प्रविधीसहितको कम्युनिकेशन शिक्षा, नेतृत्व, व्यक्तित्व विकास, व्यवहारीक ज्ञान, श्रृजनात्मक शिक्षा प्रदान गर्ने थलोको रुपमा परिचित हाम्रो शैक्षिक संस्था अभिभावक र विद्यार्थी दुवैको रोजाइ हुन सकेको छ । अझ कारण यो पनि छकी, विज्ञान र व्यवस्थापन दुवै संकायमा अध्ययन  गर्ने विद्यार्थीहरुको लागि कक्षागत रुपमै  युवा विद्यार्थीका ७ सदस्यीय ७ वटा क्लव गठन गरेर नेतृत्व, व्यक्तित्व, श्रृजनात्मक, व्यवसायमुलक, शिक्षासँग सम्बधीत जीवनमा सामाजिक क्षेत्र, व्यवहारीक रुपमा  के के आवश्यकता पर्छ सोको विषयमा केन्द्रित रहेर संयोजक सहित समिती निर्माण गरेर शैक्षिक स्तर विकास  गर्न लागि परेको छ । 

        निस्ट कलेजका भावी योजना के छन ?

व्यवस्थापन र विज्ञान संकायका कक्षाहरु सञ्चालन भएका छन । अविभावक र विद्यार्थीहरुको रोजाइ अनुसारको गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थी केन्द्रित शिक्षा दिंदै आएको निस्ट कलेजले निकट भविष्यमै व्याचलर लेवलको फुड टेक्नोलोजी र विएस्सी एग्रीकल्चर ९द्य।क्अ।ब्न० अध्यापन गराउने सोच बनाई सम्बन्धीत नियमन निकायमा पहल कदमी प्रक्रिया गतरुपले थालनी गरेका छौं ।

        निजी कलेजमा बारम्बार अध्यापन गराउने शिक्षक फेरिरहदा विद्यार्थीहरुको पढाइमा नकारात्मब असर गरेको अभिभावकहरुको गुनासोप्रति कतिको ध्यान केन्द्रित गर्नुभएको छ ?

लोक सेवा आयोगले सरकारी जागीर खोलेपछि अवसरको लागि केहि शिक्षक त्यतातिर जाने गरेको चाँहि हो । राम्रो अवसर आँउदा रोक्न सकिंदैन । हामीले सरकारी सेवा सुविधा अनुसार नै शिक्षकहरुलाई नागरिक लगानी कोषमा रकम जम्मा गर्ने गरेका छौं । नियमित २ वर्ष कार्य गर्नुहुने शिक्षकहरुलाई तलव सेवा दिएका छौं । स्थायी गर्ने गरेका छौं । विद्यार्थीहरुको प्रभावकारी शिक्षण सिकाईमा हाम्रो ध्यान केन्द्रित हुन्छ । विद्यार्थीहरुको चौतर्फि विकास हुने शिक्षा प्रदान गर्ने मुख्य उदेश्य सहित कलेज स्थापना भएकाले नकारत्मक असर हुन दिने छैनौं ।

        निजी कलेजहरुले हरेक वर्ष शुल्क वृद्दि गर्ने, गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागी १० प्रतिशत छात्रवृति दिनुपर्ने नदिने गरेको चर्चा छ नि ?

विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई  त्रिभुवन विश्व विद्यालयले मापदण्ड तय गरेको भन्दा वेसी २० प्रतिशत सम्म छात्रवृति प्रदान गरेका छौं । निम्न वर्गीय जो सँग आर्थिक अभाव छ हाम्रो कलेजमा त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गर्छौं । विद्यार्थीहरुलाई व्यवहारिक सिप सहितको शिक्षा प्रदान गर्न निरन्तर प्रतिवद्द छौं । अभिभावक र विद्यार्थीहरुलाई विद्यालय भ्रमण गर्न आग्रह गर्न चाहान्छु । उपयुक्त शैक्षिक वातावरण छ कि छैन त्यसको मुल्याङकन गरेर विद्यार्थीहरुलाई अध्यापन गराउन सक्नु हुन्छ । कस्तो खालको शिक्षा प्रदान गर्ने सपना बोक्नुभएको छ । काठमाण्डौका कलेज सरहको सेवा सुविधा, भौतिक पूर्वाधारले सम्पन्नता छ । विज्ञानप्रयोशाला, उपयुक्त लाइवेरी, यातायातको सुविधा छ । आफ्ना सन्ततीको भविश्यप्रति तपाइँहरु चिन्तनशिल हुनुहुन्छ हामी त्यो सपना पुरा गर्छौं भन्न चाहान्छु । 

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्