स्थानीय सरकारको निर्वाचन भएको २०८० बैशाख ३० गते १ वर्ष पुग्यो । बनेपा नगरपालिकाको समग्र विकासको अवस्थ, दिगो लक्ष्य प्राप्ती योजनाका सवाल, शिक्षा, स्वास्थ्य ,पर्यटन, क्षेत्रको विकास प्राथमिकताका योजनहरु के के छन भन्ने सवालमा नगर प्रमुख शान्ति रत्न शाक्यसँग रेडियो एविसीमा गरिएको कुराकनीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को करिब अन्त्य अवस्था आईसक्यो । २ महिना बाँकि छ । यो अवधि भत्रि भए गरेको विकासको अवस्थाको बारेमा बतार्यदिनुस न ?
२०७९ वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन सम्पन्न भएको हो । हामीले जेष्ठ ६ गते सपथ लिएको हौं निर्वाचनको बखत घोषित प्रतिवद्दता पत्र अनुरुप नगरवासिको आवश्यकताको आधारमा सिमित स्रोत साधनको अधिकतम उपयोग गरी शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, भौतिक पूर्वाधारको विकास चरणवद्दरुपमा गरेका छौं । चुनावको बेला बोलेका कुरा मध्ये काभे्र उपत्यका एकिकृत खानेपानी ३ महिनाभित्र ल्याउने बचन थियो । नागरिक जन, प्रतिनिधी , कर्मचारी सबैको साथ सहयोगले बनेपाको धनेश्वर, शसिपानी ट्याङ्कीमा पानी ल्याएर वितरण गर्ने कार्य भएको छ । वर्षातको समयमा पुण्यमाता खोलामा आएको बाडिले बजार क्षेत्र जलमग्न भईरहेको अवस्था थियो । खोला सरसफाइ गरेर विगतको जस्तो डुवान नहुने भएको छ । फुटपाथ पैदल मार्गमा अव्यवस्थित रुपले व्यवसाय गरिरहेको थियो । उक्त काम गर्न रोक लगाई व्यवस्थित गरिएको छ । राजमार्ग क्षेत्रमा सडक दाँया बाँया विरुवा रोपेर हरियाली बनाउने अभियानलाई तिव्रता दिइएको छ । बनेपाको चोक चोक गल्ली गल्लीमा फोहोरका डङ्खुरहरु थुप्रने गर्दथियो त्यसको अन्त्य गरी दैनिक रुपमा फोहोरको उचित व्यवस्थापन गरिएको छ । फोहोर वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोर छुट्याएर मिल्नेलाई कम्पोष्ट मल बनाएर कौसी तरकारी खेती गर्ने कार्य भएको छ । १४ वटै वडाबाट स्वास्थ्य संस्था सञ्चालन गरी नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा नागरीकहरुलाई पु¥याउने कार्य भएको छ । रेयूकाइ एइको मासुनागा आँखा अस्पताल सँग सम्झौता गरेर जेष्ठ नागरीकहरको नियमित आँखा जाँच , सल्लेक्रिया नि ःशुलक , निःशुल्क ओषधी उपचारको प्रबन्ध गरिएको छ । शिर मेमोरियल अस्पतालमा मातृशिशु स्यहारमा कार्यक्रममा सहयोग पु¥याएको छ । नगर अस्पताल निर्माणको लागि म्एच् तयार भएको छ । भौतिक पूर्वाधार निर्माणमा सडक सञ्जाल विस्तार स्तर उन्नती , सडक कालो पत्रे गर्ने कार्य निरन्तर अघि बढेको छ ।
५ वर्षे कार्यकालमा १ वर्ष वित्यो दिगो लक्ष्य प्राप्तिका योजना वद्द विकासका खाका बनाउनुभएको छ त ?
विगत २५ वर्ष अघि नगरपालिका पूर्ण साक्षर भएको थियो । अहिले नगर विस्तार भएर भुगोल ठुलो भएको छ । अहिले ८५ प्रतिशत साक्षर छन । बाँकी १५ प्रतिसत सबैलाई साक्षर बनाउन लागि परेका छौं । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकास, नमुना विद्यालय संचालन गर्न ४ वटा विद्यालय छनोट गरिएको छ । उक्त विद्यालयलाई १०÷१० लाख छुट्याएर कार्य अघि बढाइएको छ । शिक्षण सिकाइलाई व्यवहारिकता प्रदान गर्न, स्वरोजगारको श्रृजना गर्ने अभियान तिव्र पारिएको छ । शिक्षकहरुलाई समय सापेक्ष तालिम उपलब्ध गराउन, शैक्षिक गुणस्तर वृद्दि गर्न, काठमाण्डौ विश्व विद्यालयसँग समन्वय गरेर क्षमता विकास तालिम प्रदान गरिने छ । बनेपाको १४ वटै वडामा स्वास्थको पहँच विकास गर्न आधारभूत स्वास्थ्य सेवा प्रवाह गरेका छौं । धार्मिक मठमन्दिर मर्मत सुधार सहित धार्र्मिक पर्यटक क्षेत्रको विकास, पर्यटकीय क्षेत्रको व्यवसायीक विकास गर्न, भौतिक पूर्वाधार क्षेत्रको व्यवसायीक विकास गर्न, भौतिक पूर्वाधार क्षेत्रको दिगो विकास , कृषि पशुपालन, व्यवसायीकरण गर्न, हरेक वर्ष प्राथमिकीकरण गरी बजेट विनियोजन गरिेने छ ।
नगरको प्रमुख समस्या खानेपानी फोहोरको दिगो व्यवस्थापन हुन सकेको छैन । अघिल्लो स्थानीय सरकार निर्वाचित नगर प्रमुख लक्ष्मी नरसिंह वादेको नेतृत्वमा फोहोर व्यवस्थापन गर्ने जलाएर नष्ट गर्ने,मेसिन ल्याउँदा कांगे्रस पार्टिको चरम विरोधले हुन सकेन भन्ने आरोप थियो । अहिले नगरपालिकाले दिगो व्यवस्थापनमा के के तयारी गरेको छ ?
काभे्र उपत्यका एकिकृत खानेपानी बनेपामा ल्याउने हाम्रो बाचा थियो त्यो पुरा ग¥यौँ । धनेश्वरर शसिपानी ट्याङ्कीं मगरगाँउ कुइकेल गाँउ सबैबाट पनी वितरण कार्य भइरहेको छ । ४ वटै ट्याङ्कीबाट विगतमा योजना निर्माण अनुसारको खानेपनी सबैले उपभोग गर्न पाउनेछन ् । एक घर एक धारा निर्माण गरी सबै नगरबासीलाई गुणस्तरीय खानेपनी खुवाउँछौं । अघिल्लो सरकारले फोहारको व्यवस्थापन गर्न लाग्दा कांगे्रसले अवरोध पु¥यायो भन्नुभयो त्यस्तो हैन जुन ठाउँमा फोहोरको व्यवस्थापन गर्न भनियो नागरिकहरुको स्वास्थ्यमा समस्या आउने भएकाले मगरगाउँका बासिन्दाले नै उक्त ठाउँमा फोहोर व्यवस्थापनका लापग राखिने मेसिन राखन नदिएको हो । हामीले अवरोध गरेका होइनौं । हामी निर्वाचित भएर आइसकेपछि फोहोरको उचितव्यवस्थापन गरेर दैनिक रुपमा काठमाण्डौ पु¥याएका छोैं । दिगो व्यवस्थापनका लागि बनेपा, धुलिखेल र पनौती नगरपालिका ३ पालिका मिलेर ट्रिटमेन्ट प्लान सहित फोहोरको दिगो व्यवस्थापनका लागि धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जुले जग्गाको प्रबन्ध गर्ने जिम्मेवारी लिनुभएको छ ।
असारे प्रवृतिको अन्त्य हुन सकेन १० महिना बितिसक्दा पनि ६० प्रतिसत भौतिक प्रगति हाँसिल हँुदैन सुशासन, जवाफदेहिता र पारदर्शीताको विषय चाहिं गौंण बनेको अवस्था छ नी ?
नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्ने, सुशासन, पारदर्शीता र जवाफदेहिता विना स्थानीय तहको समग्र विकास समृद्दिको यात्राको गन्तव्य पुरा हुँदैन । २० लाख सम्मको योजना उपभोक्ता, समितिबाट, त्यस भन्दा माथिका योजना टेण्डर आव्ह्वान गरेर भौतिक पूर्वाधार बिकास गरिएको छ । भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्य गरी सुसाशन गरी विकास र समृद्दि हाँसिल गर्नु छ । हामी सोहि अनुसार अघि बढेका छौं विकास निर्माण ढिला सुस्ती असारे प्रवृति देखिएको सवालमा विगतका वर्षहरु भन्दा हाल सुधार हुँदै आएको छ । योजना सम्पन्नता नभइ अन्तिम भुक्तानि नहुने हुँदा वित्तीय र भौतिक प्रगती उपलब्धी नदेखिएको हो । सार्वजानिक खरिद ऐनको कारण केहि समस्या छ । त्यस्तो समस्यालाई सम्बोधन गर्नू सक्नुपर्छ । संघ र प्रदेश सरकारले ऐन नियम परिर्वतन गरी ठेक्का आव्ह्वान गर्ने , ३५ दिने सूचनालाई घटाएर १५ दिने सूचनामा सार्नुपर्छ । जनप्रतिनिधी कर्मचारी, नागरिक सबैको एकताबाट विकासमा तिव्रता दिन सकिन्छ ।
स्थानीय सरकारले २२ वटा आधिकारीक अधिकार प्रयोग गरेर कानुन बनाउन सक्छ । विकास निर्माणका लागी ऐन नियम वाधक छन । जनताको हितमा छैन भने परिमार्जन गर्नु प¥यो नि । समस्या समस्या भयो भनेर मात्र हुन्छ त ?
हो । यहाँले भन्नुभएको जस्तो स्थानीय शासन सञ्चालन ऐन संवैधानीक व्यवसाय अनुसार २२ वटा अधिकार प्रयोग गरी स्थानीय सरकारले ऐन नियम कानुन बनाउन सक्छ । संघीय व्यवस्थामा निती, कार्यक्रम बजेट निर्माण गरी आफ्नो क्षत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,व्यवसाय, भौतिक पूर्वाधारको औचित्य र आवश्यकताको आधारमा श्रोत साधनको उचित प्रयोग गरी समग्र क्षेत्रकमे विकास गर्ने वातावरण छ । हामीले गर्न सक्छौं हाम्रो जनप्रतिनिधी र कर्मचारी वर्ग र बनेपा नगरबासी सबैको एकताबाट अघि बढेका छौं । सबैको निरन्तर साथको अपेक्षा छ । संविधानको परिधी भित्र रहेर १७ वटा कानुन ऐन र २३ वटा कार्यविधी बनाएर अघि बढेका छौं ।
अन्त्यमा केहि भन्नुहुन्छ की ?
अन्तराष्ट्रिय सम्बन्ध सुधार, प्रविधीको विकासको प्रयोग गरी नागरीकहरुलाई गुणस्तरीय सेवा हामीले दिएका छौं । व्यापारीक, यातायातको नगरी बनेपालाई अब हमी धार्मीक र पर्यटकीय नगरीको रुपमा विकास गर्ने योजना साथ अघि बढेका छौं । युवा रोजगार, व्यापार व्यवसाय प्रवद्र्दन गर्न लागी पर्ने छौं र निकट भविष्यमै रोजगार मेला आयोजना गर्दै छौं ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
