IMG-LOGO

सहकारी संस्थालाई व्यवष्थित र मर्यादित बनाउन हामी प्रतिवद्ध छौं

 मंगल, बैशाख १९, २०८०  उदयराम कायस्ठ अध्यक्ष, जिल्ला वचत संघ लि., काभ्रे

          विगत दुई दशक देखि निरन्तर सहकारी अभियानमा लागी सहकारी क्षेत्रको वृद्दि, विकास, सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक आवश्यकतालाई परिपूर्ति गर्न लाग्नुभएका सरल स्वभावका व्यक्ति हुनुहुन्छ उदयराम कायस्ठ । सामुदायिक बचत पनौतीका सल्लाहकार, गोदामचोक टोलशुधार समिती बनेपा ७ का अध्यक्ष, पुरानो तरकारी बजार बनेपाका अध्यक्ष, प्रोडेन्सियल इन्स्योरेन्सका बनेपा शाखा प्रमुख समेत रहनुभएका उदयराम २०८० वैशाख १६ गते सम्पन्न जिल्ला बचत संघ नेतृत्व समालेको काभ्रेको विशेष साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो । वचत संघलाई गतिसिल ढङ्गबाट अघि बढाउने योजना, आर्थिक मन्दी सहकारी क्षेत्रमा उत्पन्न समस्या, संकट मोचनको उपाय के छन भन्ने सवालमा जिल्ला बचत संघ अध्यक्ष कायसथसँग रेडियो एबीसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।

          जिल्ला बचत संघ काभे्रको विशेष सधारण सभाबाट अध्यक्षमा सर्वसम्मत निवार्चित हुनुभयो कस्तो अनुभुति गर्नुभएको छ ?

विगत १५ वर्ष देखि जिल्ला बचत संघमा आवद्द भइ सहकारी अभियानलाई सकारात्मक ढङ्गबाट अघि बढाउन लागी परें । विगत २ वर्ष अघि नै दुई कार्यकाल सचिव भइ कार्य गरेको छु । जिल्लाका सहकारी संस्थाहरुको अवस्था सुधार गर्ने स्थायित्व र विकासको सवालमा अग्रज सहकारीकर्मी प्रारम्भिक सहकारी संस्थाका संचालक टिम सबै एकै ठाउँमा उभिएर कार्य गर्नुपर्ने अवस्था छ । म पनि विशेष परिस्थितमिा नेतृत्व समालेको काभ्रेको विश्व आर्थिक मन्दिको चपेटामा परेको बखत नेपालका सहकारी क्षेत्रमा समेतनिकै अप्ठ्यारा चुनौतीका चाङ देखा परेका छन । काभे्रमा पनि अधिकांश सहकारीहरुमा समस्या छन । विषयगत संघ, स्थानीय सरकार, अग्रज सहकारीकर्मी सबैको साथ साथमा अघि बढ्नु पर्छ । प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधीहरुको सहयोग, म प्रतिको सत विश्वास कायम रहेको मैले बुझेको छु । जिम्मेवारी दिनुभएको छ, गौरव महसुस गरेको छु । विस्वासलाई गुम्न दिने छैन । सहकारी क्षेत्रमा देखिएका समस्यालाई समामधान गर्नेतिर मेरो ध्यान केन्द्रित हुने छ ।

          सहकारी क्षेत्र समस्या ग्रस्त अवस्थामा छ, काभे्र जिल्लामा पनि कतिपय सहकारीहरुले, के किसान के व्यवसायी आफ्नो गाँस काटेर जम्मा गरेको बचत फिर्ता पाउन सकेका छैनन् सहकारीमा संकट पैदा भएको छ संकट मोचन गर्ने उपाय के देख्नु हुन्छ ?

सहकारी क्षेत्रमा वगे्रल्ती समस्या छन । त्यस्ता वगे्रल्ती समस्या कुन छन त भन्दा नीति विधि प्रविधी र सिद्दान्त  भन्दा बाहिर गएर व्यक्ति प्रधान भइ विना धितो लगानी गर्ने संस्थाहरु समस्यामा छन । सहकारी संस्थाहरुले आफ्नो सेयर शेयर सदस्यहरुले जम्मा गरेको रकम फिर्ता गर्नुपर्छ । सहकारीलाई सदस्यहरले गरेको विस्वास टुट्न दिनु हुन्न । संस्थाले प्रवाह गरेको ऋण, जस्ले ऋण लिएर व्यवसाय गर्नुभएको छ । व्यवसायमा केहि शिथिलता आएको छ भने इमान्दारिताका साथ आफ्नो समस्या सहकारीमा राख्ने र व्याज र जति सकिन्छ किस्ता रकम तिर्ने गर्नुपर्छ । सहकारीमा निस्चित मापदण्ड, आर्थिक अनुसासन कायम गरी २० देखि २५ प्रतिशत तलता कायम राखेर ऋण लगानी गर्नुपर्यो । वेथिती गर्नु भएन । बचतकर्ताहरुले समस्या आयो भन्ने वित्तिकै लाइन लागेर बचत फिर्ता लिन जानुभएन । मुद्दती निक्षेपमा आफुले राखेको रकम झिक्न समय भएपछि मात्र लिन जाउँ भन्न चाहान्छु । जिल्ला बचत संघ अभिभावक भएको नाताले साच्चै समस्या परेका सहकारीहरुको पहिचान गरि नीती, विधीमा चलेर पनि समस्या भएकाहरुलाई सहयोग गर्न हामी तत्पर छौं । सहकारी क्षेत्रमा आएको समस्या, संघ, प्रदेश र स्थानीय सरकार विषयगत संघ सबैको सतप्रयासबाट अनुगमनको दायरा फराकिलो पारेर अघि बढ्नु पर्छ । साच्चै बदमास गर्नेहरुलाइ कारबाही प्रक्रिया अघि बढाएर सहकारीलाई जोगाउनुपर्छ ।

          जिल्ला बचत संघलाई गतिशिल ढङ्गबाट अघि बढाउन वर्तामान अवस्थामा उत्पन्न चुनौतीको सामना गर्ने तपाइको प्रतिवद्दता  र नयाँ योजना के छन ?

पहिला त हाम्रो जिल्ला बचत संघको टिम जिल्लाका प्रारम्भीक सहकारी संस्थाहरुको बस्तु स्थिती बुझ्छौं । नीती, विधी र सिद्दान्तमा सञ्चालन भएका छन् कि छैनन्, अति समस्या, समस्या र सामान्य प्राथमिकीकरणका आधारमा वर्गीकरण गर्छौं । तत्काल हामीले सहयोग गरेर सहकारी बच्न सक्छ भने बचाउनेतिर हाम्रो ध्यान केन्द्रित हुनेछ । वेथितीलाई थितीमा राख्न, व्यवस्थित गर्न, प्राविधिक सहयोग, कर्मचारीलाई उचित समय सापेक्ष तालिमको आवश्यकता पर्छ त्यो सहयोग उपलबध गराउछौं । त्यस्तै गरी सहकारी आन्दोलनलाई न्युनिकरण गर्न, सहकारी क्षेत्रको तिव्र विकासले आम नागरीकको जीवन बदल्न सकेको भूमिका जिवीत छ केहिमा सम्स्या आयो भनेर सबैलाई दोष दिएर सरकार उम्कन मिल्दैन । सञ्चालकहरुले सहकारी ऐन नियम विधी विधान लत्याएर मनोमानी ढङबाट ऋण प्रवाह गरेको छ । आफ्नै नातागोताको हितमा कार्य गरेको छ की के छ त्यसको तथ्याकं सकंलन गर्ने विधीमा हिडाउन अनुगमनको दायरा फराकिलो पार्ने कार्य संघ, प्रदेश र स्थानीय सरकारका संवन्धित निकाय छन । हामी हाम्रा कमीकम्जोरी सच्याउन तयार हुनुपर्छ । सहकारी संस्थाहरुलाई सुशासन पारदर्शीता कायम गर्न सक्नुपर्छ ।  सहकारीले उद्यमशिलता, रोजगारी श्रृजनामा, उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यतातिर हाम्रो ध्यान केन्द्रित राख्नु पर्छ । हामी गदैछौं त्यस्तै गरी संकट मोचनका लागी जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, बागमती प्रदेश बचत संघ, राष्ट्यि सहकारी बैंक बनेपा शाखा सबै मिलेर १÷१ करोडको कोष बनाउने, ५ करोडको कोष हुन्छ । संकट व्यवस्थापन गर्न समिती, उपसमिती गठन गर्ने कार्यरित कर्मचारीको टिम बनाउने र सहकारी क्षेत्रको समस्याको पहिचान गरेर साच्चै समस्यामा परेका विधिमा हिडेकाहरुलाई जोगाउन हामी लाग्नेछौं । 

          स्थानीय र प्रदेश सरकारले सहकारी संस्थाहरुबाट कर असुल्ने सेवा सुविधा चाहि केहि नदिने गरेकाले सहकारी संस्थाहरुमा सम्स्या नै समस्याले ग्रस्त भएको हो भन्ने गुनासो व्याप्त आएको छ  सहकारी संस्थाको छाता संघले पनि अभिभावकीय भूमिका निर्वाह गर्न सकेन भनिन्छ यसमा तपाई के भन्नु हुन्छ ?

स्थानीय र प्रदेश सरकारले नियमन  अनुगमनको दायरा फराकिलो गर्ने कार्य गरेको भए सहकारी क्षेत्रमा यो खालको संकट पैदा हुँदैन थियो । विषयगत संघ, जिल्ला बचत संघको सहभागितामा स्थानीय र प्रदेश सरकारको कानुनी दायरा भित्र रहेर जिल्लामा अनुगमन गर्न सहकारी रजिस्टारबाट संमयन्त्र निर्माण गर्न निर्दशन सहितको पत्र छ । काभे्र जिल्लामा पनि गठन भइसकेको छ । संबन्धित स्थानीय पालिका, संबन्धित विभाग, जिल्ला सहकारी संघ काभे्र, जिल्ला बचत संघ काभे्रको समेत सहभागीतामा अनुगमनको कार्यन्वयन प्रक्रिया अघि बढेको छ । राज्यले सहकारीबाट नाफको महानगरमा १५ प्रतिशत नगरमा १० प्रतिशत र गाँउपालिकामा ६ प्रतिशत करको दायरा तोकेको छ । कर असुल्ने मात्र हैन । सहकारीको स्थायित्व र बिकासमा सहयोग पु¥याउनु पर्छ ।

          अन्त्यमा केहि भन्नुहुन्छ कि ?

प्रारम्भिक सहकारी संस्थाहरुको सञ्चालक, कर्मचारीहरुको लागि आवश्यक पर्ने तालिम, सहकारी सम्बन्धि नयाँ आएका नियम कानुनी प्रबन्धको बारेमा सहजीकरण गर्ने कार्य जिल्ला बचत संघले गरेको छ । आर्थिक मन्दीले देशमा व्यवसायीक क्षेत्रमा आएको समस्याले सहकारी क्षेत्रमा पनि असर गरेको छ । सहकारी क्षेत्रको समस्यालाई सामाभधान गर्ने, स्वनियमन, आर्थिक अनुसासन कायम, सुशासन र पारदर्शीता हो उक्त कार्य गर्न अग्रज सहकारीकर्मी, सहकारी अभियानकर्मी र राज्यका नियमन निकाय थप जिम्मेपारी बोधका साथ सहकारी क्षेत्रको अहिलेको समस्यालाई सामाधान गर्न लाग्नुको विकल्प छैन । हामी हाम्रो तहबाट स्थानीय र प्रदेश सरकारलाई समन्वय र सहकार्य गर्ने कुरामा प्रतिवद्द भएर लाग्ने छौ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्