गोर्खा जिल्ला पालुङटारमा जन्मनु भएका कर्मठ जुझारु युवा अशोक पाण्डे सेमरक निस्ट स्कुल बनेपाको निर्देशक÷ प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँले अंग्रेजी विषयमा लिटेचर एण्ड फिलोसफी (साहित्य दर्शन) शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ । निस्ट फाउन्डेशनद्घारा सञ्चालित निस्ट प्रिस्कुल २०७२ सालमा स्थापना भएको हो । अन्तराष्ट्रिय मापदण्डको शैक्षिक वातावरण बालमैत्री शिक्षण सिकाइ हुने स्कुलको शैक्षिक अवस्था भावि शैक्षिक योजना के हुन ? भन्ने सवालमा सेमरक निस्ट स्कुल बनेपाको निर्देशक प्रिन्सिपल अशोक पाण्डे सँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।
सेमरक निस्ट स्कुल बनेपाको शैक्षिक आरोह अवरोहको बारेमा बताइदिनुस न ?
२०६८ सालमा डा. माधव प्रसाद बरालको नेतृत्वमा निस्ट फाउन्डेशनद्वारा निस्ट कलेज सञ्चालनमा ल्याइएको हो । देशभरी १३ वटा कलेज र २ वटा प्रि लेवलको स्कुल सञ्चालनमा छन् । सेमरक निस्ट भक्तपुर र सेमरक निस्ट बनेपामा रहेको छ । दक्ष तालिम प्राप्त बालमैत्री सिकाइ गर्ने शिक्षकहरुको टिमबाट बालबालिकाहरुलाई शिक्षा प्रदान गरेको छ । काभे्र जिल्लाको पहिलो अन्तराष्ट्रिय स्तरको मन्टेश्वरी विधिबाट शिक्षण सिकाई गर्ने शैक्षिक संस्था हो । बालबालिका आ आफ्नो रुचि अनुसार यहाँ अध्ययन गर्न सक्छन । साउथ एसियाकै ६ सय ५० सेम्रक प्रिस्कुल मध्यकै एक हो सिमरक निस्ट स्कुल बनेपा । बालबालिकाहरुको प्रतिभा र रुचि अनुसार नाचेर, खेलेर पढेर, छोएर सबै किसिमबाट सिक्ने अवसर प्राप्त गर्ने शैक्षिक थलो हो सेमरक निस्ट स्कुल ।
मन्टेश्वरी सिकाइको प्रमुख विधी चाँहि के हो त ?
बालबालिकाहरुको क्षमता पहिचान गर्ने , उनिहरुको मनोभावना बुझेर शिक्षकहरुले अध्यापन गराउनुहुन्छ । बालबालिकाहरुको सर्वाङ्गीण विकास हुने गरी शिक्षण सिकाइ गरिन्छ । नृत्य, गायन खेलकुद शारिरीक व्यायाम शिक्षण सिकाइमा पर्छ । कार्ययोजना निर्माण सहित व्यवहारीक ज्ञान दिने विधी नै मन्टेश्वरी शिक्षण विधी हो र हाम्रोमा मन्टेश्वरी शिक्षण सिकाइ ल्याव पनि छ ।
जिल्लामै किड्स क्यास्टल युरो किड्स र मन्टेश्वरीकै उपमा दिएर विद्यालय सञ्चालनमा आएका छन नि ? भिन्नता चाँहि के हो त ?
बालबालिकाहरुको पहिलो सुरक्षा हुनुपर्यो । उपयुक्त शैक्षिक वातावरण, हाइजेनिक खाना , खाजा र स्वच्छ हावा आवतजावत गर्ने कक्षा कोठा सामूहिक रुपमा बालबालिकाहरुले शिक्षण सिकाइ गर्न सक्ने अवस्थाको श्रृजना हुनुपर्यो । विद्यार्थीहरुको रुचि अनुसार अध्ययन गर्ने अवस्था श्रृजना हुनुपर्यो । नाम जे सुकै राखेपनि बालबालिकाहरुले गुणस्तिरीय शिक्षा नेतृत्व, व्यक्तित्व विकास संस्कार सहितको श्रृजनात्मक शिक्षा प्रदान गर्न सक्नुपर्छ ।
शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने शैक्षिक योजना ?
बालबालिकाहरको आ आफ्नै महत्वपूर्ण प्रतिभा हुन्छन । उक्त प्रतिभालाई प्रस्तुत गर्न सक्ने क्षमताको विकास गर्ने कार्य हाम्रो शिक्षक टिमले गर्छ । त्यसलाई थप सुधार गर्दे अभिभावकहरुको सुझावलाई उच्च प्राथमिकता दिएर सोहि अनुसार शैक्षिक कार्ययोजना निमार्ण गर्दे जान्छौँ । नेतृत्व क्षमताको विकास, सामुहिक अभ्यास गरी आफैले प्रस्तुती गर्ने क्षमताको विकास गरी बालबालिकाहरलाई थप श्रृजनशिल बनाउने, नैतिक आचरण अनुसासन मर्यादालाई कायम राखी अघि बढ्ने अवसरको श्रृजना, विद्यालय जाने भनेको पढ्ने लेख्ने मात्र हैन बालबालिकाहरुको चौतर्फी विकास सहितको शिक्षण सिकाईमा हामी निरन्तर प्रतिवद्व छौँ । नीजी रुपमा सञ्चालित अधिकाशं विद्यालयहरुले अभिभावकहरुको ढाड सेक्ने गरी अधिक शुल्क लिने गरेको गुनासो व्याप्त छनी ?
नीजी रुपमा सञ्चालित स्कुलहरु अभिभावकहरुले विद्यार्थीहरुको नाममा तिरेको शुल्कले नै शिक्षकहरुको तलब, शैक्षिक वातावरण प्रबन्ध, प्रसासनिक क्षेत्र सञ्चालन गर्नुपर्ने भएकाले शुल्क त लाग्ने नै हुन्छ । हामीले हाम्रो शैक्षिक संस्थाले शिक्षण सिकाइमा लाग्ने न्यूनतम शुल्क मात्रै लिने गरेका छौँ । उपलब्ध गराएका सेवा सुविधाका आधारमा अन्तराष्ट्रिय मापदण्ड स्थानीय सरकारको ऐन नियम भन्दा माथि गएर शुलक लिएका छैनांै । शुल्क अधिक लिएको सूचना बाहिर आएको छ । सरकारका सम्बन्धीत निकायले अनुसन्धान गरी अधिक शुल्क लिएको प्रमाणित भए कारवाही हुनु पर्छ ।
अधिकाशं संस्थागत विद्यालयमा सञ्चालकहरु आफू अधिक कमाउने शिक्षकहरु भने श्रम शोषणमा परेका छन्, सेमरक निस्टमा चाँहि बास्तविक अवस्था के छ ?
शिक्षकहरु बौद्घिक वर्ग हुन । देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षक वर्गको श्रम शोषण गरिनु ठिक हैन । शैक्षिक संस्थाको आम्दानीको आधारमा सेवा सुविधा सहित तलव दिनु पर्छ । हाम्रो शैक्षिक संस्थामा सरकारी स्कुल नजिक नजिक तलब दिएका छौँ । सेवा सुविधामा लामो समय कार्य गरेका शिक्षकहरुलाई संञ्चय कोष व्यवस्था गर्ने योजनामा छौँ । केहि समयमै उक्त कार्य गर्ने योजनामा छौँ ।
अन्त्यमा केहि भन्नुहुन्छ की ?
बालबालिका कलिला वेर्ना, बिरुवा, पालुवा हुन । विद्यालयमा पठाउँदैमा मात्र बालबालिकाले पढ्ने हैन, पहिलो पाठशाला शिक्षा ग्रहण थलो घरपरिवार माता पिता हुन । दोस्रो शैक्षिक संस्था । कलिलो बिरुवालाई विद्यालयले मलजल गरे, अभिभावक वर्गले पानी हालेर सुरक्षा दिनुपर्छ । शिक्षक वर्ग र अभिभावक दुबै मिलेर विकासको सम्बाहक बालबालिका देशका कर्णधार उत्पादन गर्न सक्नुपर्छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
