धुलिखेल ३ मा जन्मनु भएकी अनिता आचार्य सुवेदी चैतन्य वहुमुखी क्याम्पसबाट विएड शैक्षिक योग्यता हाँसिल गर्नुभएको हो । मन्टेश्वरी शिक्षण शिकाइको दक्षता हाँसिल गर्नुभएकी अनिताले २०६७ साल पुस १ गते देखि सम्मुन्नत पाठशालाको प्रिन्सिपलको जिम्मेवारी साम्हालेर शिक्षण सिकाई गरिरहनु भएको छ । शिक्षण पेशालाई नै कर्म बनाई विगत १५ वर्ष अघि लिनइन्टर नेश्नल एकेडेमीमा १५ वर्ष र बनेपा हिकारी किन्डर गाट्रेनमा समेत शिक्षकको रुपमा कार्य गर्नुभएको थियो । सम्मुन्त पाठशालामा नैतिक आचरण, उत्तरदायित्व सहितका ेश्रृजनशिल नागरिक उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन भएको विद्यालयमा प्रिन्सिपलको जिम्मेवारी समालेकी अनिता आचार्यसँग रेडियो एविसीमा शैक्षिक अवस्थाको बारेमा गरिएको कुराकानीको मुख्य अंश प्रस्तुत गरिएको छ ।
नयाँ शैक्षिक शत्र सुरु भयो भर्ना अभियान कसरी सञ्चालन हँुदै छ ?
नयाँ साल २०८० को सुरुवात सँगै हाम्रो सम्मुनत पाठशालाको भर्ना अभियान तिब्र रुपमा अघि बढेको छ । विद्यालय व्यवस्थापन समिति देवकृष्ण श्रेष्ठ सहित व्यवस्थापन टिम र शैक्षिक क्षेत्रमा राम्रो दख्खल हुनुभएका व्यक्तित्वहरुको टिमको मार्ग निर्दशन, मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरुको टिम वर्कीङको लगनशिलताले हाम्रो शैक्षिक संस्था रामो सँग स्थापित भइसकेको छ । अभिभावक वर्गको सत विश्वास हाम्रो शैक्षिक संस्थाले प्राप्त गर्न सकेको छ । हाम्रो शिक्षक वर्ग अभिभावक वर्गको घरमा बालबालिकाहरुको शिक्षण सिकाई सवालमा हाम्रा अभिभावकहरुको सुझाव लिन गएका छौं । ५ औं वार्षिककोत्सव तथा दीक्षान्त सम्पन्न गरिसकेको छ । बालबालिकाको शिक्षण सिकाइलाई प्रभावकारीता ल्याउन हामी लागि परिसकेका छौं । ३० जना बालबालिका दीक्षित भएका छन ।
सम्मुन्त पाठशालाको शैक्षिक विशेषता के के छन ?
सँगै खेलौं, सँगै पढौं, सँगै बढौं, हाम्रो पाठशालाको मुख्य नारा हो । बालबालिकाको शिक्षण सिकाइलाई थप प्रभावकारतिा बनाइ संस्कार सहितको शिक्षण सिकार्य गर्नु हाम्रो मुल ध्येय हो । त्यसमा प्रतिवद्द छौं । व्यवहारीक ज्ञान सहितको शिक्षा प्रदान गरी बालबालिकाको सिकाइलाई तिखार्ने कार्य गरिएको छ । २ वर्ष देखि ६ पर्ष सम्मका बालबालिकाहरुले अध्ययन गर्ने अवसर छ । विद्यार्थीहरुको चौतर्फि विकास , खेलकुद, नृत्य, गायन, लगाएतका क्रियाकलाप विद्यार्थीहरुले आफैँ गर्न सक्ने दक्षताको विकास गरिएको छ । त्यसै गरी बालबालिकालाई चरित्र निर्माण सहित नैतिक शिक्षा प्रदान गरेका छौं ।
बालबालिकाहरुलाई उपलब्ध गाएको सेवा सुबिधाको बारेमा प्रष्ट पारीदिनुहोस न ?
उपयुक्त शैक्षिक वातावरण, मनोरम कक्षा कोठा, बालबालिकाहरुलाई यातायातको प्रबन्ध, गुणस्तरयुक्त स्वस्थ्यवर्धक खाना खाजा उपलब्ध गरिएको छ । नियमित स्वस्थ्य जाँच, बालबालिका केन्द्रित शिक्षा अनुशासित र जिम्मेवारी वोध सहितको शिक्षण सिकाइ गरेर अभिभावक वर्गलाई सन्तुष्टि प्रदान गर्न सकेका छौं ।
भावी शैक्षिक योजना के छन ?
शैक्षिक सुधार गर्दै थप प्रभावकारी बनाउन,े यु.केजी मात्र हैन कक्षा १ देखि ५ कक्षा सम्म अध्यापन गर्ने शैक्षिक वातावरण निर्माण गर्ने सन्दर्भमा व्यवस्थापन समितिमा बृहत छलफल भएको छ । धुलिखेल ४ मा एक मात्र बालबालिका केन्द्रित शिक्षण सिकाई गर्ने सम्मुनत पाठशाला छ । कक्षा थप गरेर यहिँ पढाउन अभिभावक वर्ग उत्साहित हुनुहुन्छ । हामीलाई पनि थप हौसला मिलेको छ ।
संस्थागत विद्यालय होस या मन्टेश्वरी अध्यापन गराउने दुवै शैक्षिक संस्था दुवैमा श्रम शोषण भएको छ भनिन्छ सम्मुनत पाठशालामा चाहिँ के छ ? शिक्षकहरु सन्तुष्ट हुनुुहुन्छ त ?
शिक्षकहरुको योग्यता क्षमता अनुसार समय समपेक्ष तलब सेवा सुविधा प्रदान गरेको छ । शिक्षकहरु सन्तुष्ट हुनुहुन्छ । सरकारी स्कुल अनुसार सेवा सुविधा प्रदान गर्न नसके पनि श्रम शोषण चाँहि गरेको छैन ।
अन्त्यमा केहि भन्नुहुुन्छ की ?
स्वच्छ हावा पानी भएको क्ष्ोत्र, उपयुक्त शैक्षिक वातावरणमा अध्यापन गराउने शैक्षिक संस्था हामीले सञ्चालन गरेका छौं । हाम्रो मुल लक्ष्य नै बालबालिकाक शैक्षिक स्तर वृद्दि गर्ने, बालबालिकाले आफ्नो क्रियाकलाप आफैं गर्न सक्ने क्षमताको विकास गर्ने गरेका छौं । एकपटक भिजिट गर्नुहोस यहाँको शैक्षिक वातावरण राम्रो लागेमा बालबालिकाहरुलाई पढाउनुहोस भन्न चाहान्छु । श्रृजनसिलता ,संस्कार सहितको शिक्षा हामीले प्रदान गरेका छौं भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
