IMG-LOGO

समुदायमा आधारित, सदस्य केन्द्रीत सहकारी समस्यामा छैनन्

 मंगल, चैत २८, २०७९  रामकृष्ण राय प्रमुख कार्यकारी अधिकृत, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बनेपा

      धुलिखेल नगरपालिका वडा नं. ४ मा जन्मनु भएका रामकृष्ण राय विगत  १६ वर्ष देखि सहकारी क्षेत्रमा रहेर कार्य गर्नुभयो । २०७९ श्रावण १ गते देखि बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था. लि को प्रमुख कार्यकारी अधिकृतरुपमा जिम्मेवारी सम्हाल्नु भएको छ । हँसिलो चेहरा, मिलनसार, समन्वयकारी भूमिका निर्वाह गर्ने क्षमता राख्नुहुन्छ । देशमा आर्थिक संकटको कारण केहि सहकारीहरु बन्द भएका छन् । काभे्र जिल्लाका केहि सहकारीहरु समस्या ग्रस्त भएका छन । समुदायमा आधारित सहकारी, जुन सहकारी संस्थाका सञ्चालकहरुले सदस्य हित केन्द्रित योजना निमार्ण गरी आर्थिक सुसासन, निति, विधी र प्रविधिमा रहेर कार्य गरेका संस्थाहरु अहिले पनि सम्स्या ग्रस्त छैनन् । बुडोल सामुदायिक बचत तथा ऋण ुसहकारी संस्थाले अहिले पनि सदस्यहरुको लागी उत्पादन मुलक क्षेत्रको व्यवसायिक परियोजनाको लागी र शैक्षिक कर्जा प्रदान गरेको तर्क प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले गर्नुभयो । बुडोल साकोसले २५ प्रतिशत तरलता कायम राखी संस्था संचालन गरेको बताउनु हुन्छ । बुडोल सामुदायिक साकोसका शेयर सदस्यहरुले अटुट विश्वास र सदभावले शेयर सदस्य र संस्थाको नङ र मासुको सम्बन्ध रहेको संस्थाको साख उच्च छ ।  संस्थाको प्रमुख प्रशासकीय अधिकृत राय सँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

      बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था. लि को वित्तीय अवस्थाको बारेमा प्रस्ट पारिदिनुस न ?

     २०७९ चैत्र २३ गते सम्ममा महिला सदस्य ९ हजार ५ सय २३, पुरुष सदस्य ७ हजार ८ सय ८५ , संस्थागत सदस्य १५ गरी १७ हजार ४ सय २३ शेयर सदस्य छन । कोपीला बाल बचत कर्ता ७ हजार १ सय ५८ छन् । १५ करोड ६२ लाख ८२ हजार ७ सय सेयर पूँजी , बचत हिसाब  १ अर्ब ३६ करोड ४५ लाख , ऋण लगानी १ अर्ब ३३ करोड ९ लाख लगानी गरेर १८ करोड १९ लाख कुल आम्दानी गर्न सकेको छ । ऋण सुरक्षा कोष ५ करोड २५ लाख , र संस्थागत पूँजी ११ करोड ७६ लाख छ । संस्थाका शेयर सदस्यहरुलाई आवश्यकताका आधारमा व्यवसायीक परियोजना उत्पादित क्षेत्रमा र शैक्षिक कर्जा प्रदान गरिएको छ । २५ प्रशित तरलता कायम गरेको छ ।

      बुडोल सामुदायिक साकोसले शेयर सदस्यहरुको जीवन बदल्न गरेका कार्यहरु के के छन ?

बचत तथा ऋणको कारोबार गर्ने संस्था भएकाले सदस्यहरुलाई फजुल खर्च नगरी बचतको बानी बसाल्ने, सदस्यहस्को खर खाँचोमा ऋण प्रवाह गर्ने नै हो । व्यवसायमा उत्पादनशील क्षेत्रमा, कृषि, पशुपालन, कुखुरा पालन, व्यवसाय त्यस्तै गरी शैक्षिक कर्जा समेत दिने गरेको छ । व्यापार व्यवसाय, कृषि व्यवसाय सञ्चालन गरी शेयर सदस्यहरुले आय आर्जन गरी जीवनलाई सुखमय बनाउने कार्यमा सहकारी संस्थाले सहयोग गरेको छ । संस्थाका मुख्य उदेश्य भनेकै शेयरसदस्यहरुलाई उद्यमी व्यवसायी बनाई, रोजगारीको श्रृजना  गर्ने र धनि बनाउने हो ।

      शेयर सदस्यहरुलाई प्रदान गरेको आर्थिक सुरक्षाका कार्यक्रमको योजना सहित प्रस्ट पारी दिनुस न ?

आबद्द शेयर सदस्यहरुलाई निः शुल्क १ लाख बराबर को दिर्घकालिन बिमा, ३० हजार सम्मको मृत्यु राहत, बाल सदस्यको हकमा ५ हजार मृत्यु राहत, सदस्य हितको अन्तरगत जटील प्रकारका रोगहरुको उपचारका उपचार खर्च २० हजार, बाल सदस्यको हकमा ५ हजार उपचार खर्च, प्रदान गर्दै आएको छ । दुर्घटना वा भावितव्यमा परी वा रोग लागी स्थायी अपाङता भइ उपचार गर्नु परेमा २० हजार आर्थिक राहत आगोलागी, पहिरो चट्याङ जस्ता दैवीक विपत्तीमा  घर पूर्ण क्षति भई बासको लागी वैकल्पिक व्यवस्था नभएको अवस्थामा २० हजार, मातृत्व सुरक्षा बचत खाता खोली न्यूनतम १२ हजार , बचत पूरा भएमा सल्यक्रिया गर्नु परेमा ५ हजार सुत्केरी उपचार खर्च  १ हजार सुत्केरी भत्ता र नवजात शिशुलाई निसुल्क सदस्य सहित खुत्रुके उपहार, नवदुलहिलाई १ हजारको शेयर उपहार सहित सदस्यता प्रदान । विप्रेशन मनि ट्रा्रन्फर सुविधा  र जेष्ठ नागरिकहरु लाई सम्मान कार्यक्रम गरिएको छ । बनेपा हेल्थ केयर बनेपा, रेयुकाइ आँखा अस्पताल, बुडोल बिएमको ड्राइभिङ सेन्टरमा र अच्युतम फार्मेसी धुलिखेलमा खछुटको प्रवन्ध गरेको छ ।

      देशमा आर्थिक संकट छ सहकारी प्रति जनविश्वास कमी भएको अवश्थामा सहकारीको स्थायित्व र विकास कसरी सम्भव देख्नु हुन्छ ?

सहकारीका सञ्चालकहरुले सदस्यहरुको आर्थीक, सामाजिक, साँस्कृतिक र वतावरणीय क्षेत्रको संरक्षण सहितको आवश्यकतालाई मध्यनजर गरी सिद्दान्त, निती, विधी, प्रविधी र मानवीय संसाधनको अधिकतम प्रयोग गरेर संस्था सञ्चालन गर्नुपर्छ । संस्थामा आन्तरिक लेखा परीक्षण वित्तीय सुसासन कायम गर्न सञ्चालकहरु एकतावद्द भई अगाडि बढ्नुपर्छ । सदस्यहरुले संस्थाको आर्थीक सूचांकको अवस्था राम्रो सँग बुझ्ने संस्थाबाट आफूलाई आवश्यक परेको समयमा उत्पादन मुलक क्षेत्रमा व्यवसायीक ढंगले लगानी गर्ने राम्रो वातावरण संस्थाले मिलाउनु पर्छ, नियमित रुपमा बचत गर्ने, ऋणको सावा र ब्याज समयमा बुझाउने कार्य ऋणिले गर्नुपर्छ । सहकारी संस्थाहरु आफै सजक, सर्तक भई स्वनियममा बस्नुपर्छ । सदसयहरुको अटुट विश्वास, सद्भाव, माया, निरन्तर सुझाव प्रदान गर्ने गरेको खण्डमा सहकारीहरुमा समस्या आउँदैनन् । सामुहिम जमानीमा बाहेक बिना धितो ऋण प्रवाह गर्नु हुन्न । त्यसो भउ मात्र संस्थाहरुको स्थायित्व र विकार सम्भव हुन्छ । सहकारी समुदायमा आधारित सदस्य केन्द्रीत हुनुपर्छ ।

      संघ प्रदेश र स्थानीय सरकारबाट कस्तो सहयोग प्राप्त भएको छ ?

संघ प्रदेश र स्थानीय सरकारले सहकारी संस्थाहरुको नियमित अनुगमन गरेको भए सहकारी क्षेत्रहरुमा जनविश्वासमा खडेरी हुँदैन थियो । त्यसो हुन सकेन । अहिले सहकारी संस्थाहरुमा बचत रकम झिक्ने लाम लागेको छ । सहकारीहरुले सबैका रकम एकैपटक र्फिता गर्न सक्दैन । क्रमिक रुपमा फिर्ता दिनुपर्छ । जुन सहकारी आर्थिक अनुसासन हित विपरीत सञ्चालन भउका छन त्यस्ता सहकारीहरुलाई सरकारले छानविन दायरामा ल्याइ कानुन अनुसार कारवाहि गर्नुपर्छ । सबै सहकारी खराब हुँदैनन् । सरकारका सम्बन्धित निकायहरुले जनतालाई चेतनामूलक कार्य सञ्चालन गरेर सहकारी संस्थाहरुको जर्गेना गर्नुपर्छ ।

      अन्त्यमा केहि भन्नुहुन्छ की ?

साना, मझौला, ठुला व्यवसाय जुन व्यवसाय, व्यवसायिक ढंगबाट सञ्चालन गर्ने परियोजनाका साथ आउनेहरुलाई ५० लाख सम्म संस्थाले ऋण प्रदान गरेको छ । महिला शसक्तिकरण गर्ने, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने र रणनितीक योजना निमाएण गर्ने गरी संस्था अघि बढेको छ । कृषि र पशुपालन व्यवसाय संचालन गर्नेहरुलाई ब्याजदरमा ५ प्रतिशत छुट दिइएको छ । मुख्य कार्यालय बनेपा–६, बनेपा–१, टुकुचा जागरण सेवा केन्द्र बनेपा–७ चारदोबाटो र धुलिखेल सेवा केन्द्र धुलिखेल–३ बसपार्कबाट शेयर सदस्यहरुलाई आर्थिक कारोबार सहितको स्तरीय वित्तीय सेवा प्रदान गरेका छौं । एशियाली मापदण्डमा पुग्न ब्अअभकक द्यचबलमष्लन कार्यक्रममा सहभागी भई ब्राण्ड प्राप्त गर्न सफल वित्तीय अनुशान कायम गर्न एभ्ब्च्ीक् प्रणाली लागू गरिएको, भवन निर्माणका लागि १ रोपनी जग्गा खरिद गरिएको छ । आधुनिक प्रविधिको प्रयोग, बुसा मोवाइल सर्भिस उपलब्ध त्तच् सेवा र ँयलभ एबथ सेवा उपलब्ध गरिएको छ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्