पनौती नगरपालिका वडा नं ८ मा २०२५ सालमा जन्मनु भएका राजेन्द्र केसी हँसिलो चेहरा, मिलनसार, हक्की स्वभावका हुनुहुन्छ । २०१४ सालमा स्थापना भएको भालेश्वर माध्यमिक विध्यालयमा विगत १५ वर्ष देखि व्यवस्थापन समितीको अध्यक्ष भइ कार्य गर्नुभएको छ । सामुदायिक विद्यालय मध्यकै काभे्र जिल्लाको नमुना विध्यालयको रुपमा परिचित भालेश्वर माविमा हाल पनि ९ सय विध्यार्थी अध्यनरत छन । स्थानीय समुदायको सकारात्मक चासो चिन्तन, विद्यालय व्यवस्थापन समितीको त्रृmयासिलता, शिक्षक वर्गहरुको लगनसिलतामा व्यवस्थापन समितीको समन्वयले विद्यालयको शैक्षिक स्थर सुधार हुन्छ । विद्यालयको शैक्षिक अवस्था बारेमा रेडियो एबीसिमा विद्यालयका अध्यक्ष केसी सँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
भालेश्वर माध्यमिक विद्यालयको शैक्षिक आरोह अवरोहको बारेमा बताउनुसन ?
२०१४ सालमा प्राथमिक तहमा स्थापित भएको विद्यालय अहिले भालेश्वर माध्यमिक विद्यालय भएको छ । स्थानीय समुदयको सक्रिय सहयोगबाट विद्यालयको शैक्षिक सुधार भएको हो । स्थापनाकाल देखि २० औं वर्ष सम्म निक्कै संकटमा विद्यालय संचालन भएको थियो । २०६४ साल देखि स्थानीय जनसमुदाय, व्यवस्थापन समिति र शिक्षक वर्गहरुको निरन्तर लगनशिलताले आजको अवस्थामा आउन सकेको छ । स्थानीय बुद्धिजीवी, शिक्षण पेशामा लागेका व्यक्तित्वहरु सबैको साथ सहयोग छ । विद्यालयमा रामचन्द्र थापाले प्रधानाध्यापकको जिम्मेवारी लिएपछि सिंङ्गो शिक्षक टिमले नै प्रविधिमैत्री शिक्षा प्रदान गर्न लाग्नु भएको छ । विद्यार्थीहरुको मनोभावना अनुरुप शिक्षण सिकाइमा सुधार भइ काभ्रे जिल्लाकै नमुना विद्यालय भालेश्वर बन्न सकेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो अवस्था छ तर पनि भालेश्वर मा.वि.मा भने संस्थागत विद्यालयका विद्यार्थी समेत अध्यन गर्न आउने अवस्था कसरी श्रृजना भयो ?
व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, शिक्षक वर्ग सबैको एकतावद्ध भइ सक्रिय लागेको र व्यवस्थापन समितिले समन्वय गरि दिएर रेफ्रिको कार्य गरेको छ । दक्ष तालिम प्राप्त अनुभवि शिक्षकहरुको प्रभावकारी शिक्षण सिकाइले जिल्लाकै नमुना विद्यालय बन्न सकेको हो । तीन दशक अधि चाहि हाम्रो विद्यालयमा पनि अन्य सामुदायिक विद्यालय जस्तै शिक्षकहरु जागीर खानलाई मात्रै जस्तो थियो । उक्त अवस्थालाई रुपान्तरण गर्दै समुदायको इच्छा अनुसार सबैको मेहनतले भालेश्वर माविको शैक्षिक गुणस्तर वृद्धि गर्न सकेको हो । २०६४ साल देखि नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यममा शिक्षण सिकाइ गरिन्छ । समुदायको सकारात्मक चासो, सहयोग र शिक्षक वर्गहरुको अथक प्रयासबाट नै संस्थागत विद्यालयका विद्यार्थीहरुको समेत भालेश्वर स्कूलमा अध्यन गर्ने आकर्षण बढेको छ ।
सामुदायिक विद्यालयमा कक्षा १० सम्मै अंग्रेजी माध्यमबाट अध्यापन गराउन कसरी सम्भव भयो ?
विश्व बजारमा विक्ने, विद्यार्थीहरुको चौतर्फी विकास गरि शिक्षण सिकाईमा थप प्रभावकारी बनाउन समय सापेक्ष शिक्षकहरुलाई तालिमको प्रबन्ध, २०६४ सालदेखि निरन्तर रुपमा कक्षा नर्सरी देखि १० सम्म नै अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालेयौं । कार्य गर्दै जाँदा चुनौती सामना गर्ने सामर्थय बढ्दै गयो । स्थानीय अभिभावक वर्ग, विभिन्न संघ संस्थाबाट वार्षिक रुपमा चन्दा सहयोग प्राप्त भयो । कार्य गर्ने हौसला बढ्यो । शिक्षक वर्गहरुले व्यवस्थापन समितिले अघि सारेको योजनालाई साथमा साथ हातमा हात मिलाई लगनशिलभई कार्य गरिदिनु भयो । व्यवस्थापन समिति, शिक्षक अभिभाव संघको रेफ्रिको भूमिका, शिक्षक वर्गको प्रभावकारी शिक्षण सिकाई विद्यार्थी वर्गको अनुशासन, शिक्षाप्रतिको लगाव सबैको कारण हामी जिल्लाकै नमुना विद्यालय बन्न सकेका हौं । १३ जना शिक्षकलाई निजी श्रृोतबाट तलब खुवाएर विद्यालयमा शिक्षण शिकाई गरेका छौं । भौतिक पूर्वाधार, शैक्षिक वातावरण राम्रो छ ।
विद्यालयलाई स्थानीय सरकारबाट कस्तो सहयोग प्राप्त भएको छ ?
स्थानीय सरकार जनताको घर दैलोको सरकार हो । संघीय लोकतान्त्रिक गणतन्त्रमा जनतालाई प्रभावकारी सेवा प्रवाह प्राप्त गर्नुपर्ने। सुशासन पादर्शीता र जवाफदेहिता महत्वपूणर् हुन्छ । जनप्रतिनिधि र कर्मचारी तन्त्रबाट विकास र समृद्धिको यात्रीको अभियानमा गणतन्त्रमा जनताहरुले आसा र भरोषाको केन्द्र हुनुपर्ने त्यसो हुन सकेको छैन । देशलाई समृद्धिको बाटोमा अधि बढाउने हो भने केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगानी बढाइ दक्ष जन शक्ति उत्पादन गर्ने, शिक्षालाई उद्योगसँग जोडेर रोजगारीको श्रृृजना गर्ने वातावरण तय गरी नीति बनाउनु पर्छ । पनौतीमा ३४ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालय पनौती नगरपालिकाको सम्पती हो । यि विद्यालयहरुमा शैक्षिक सुधार कार्यक्रम दिगो योजना नै निर्माण गरी अघि बढ्नुपर्छ । त्यसमा ध्यान केन्द्रीत भएको पाइएको छैन । विद्यार्थीहरुलाई छात्रवृति जस्ता सहयोग प्राप्त भएको छ । शिक्षकहरुलाई प्रविधिमैत्री तालिम र विद्यार्थी सख्या अनुसार शिक्षक दरवन्दी मिलान गर्न सक्नुपर्छ ।
विद्यालयको भावियोजना के छन् ?
कक्षा १२ मा व्यवस्थापन संकायको अध्यापन गरिन्छ । आगामी वर्ष देखि विज्ञान संकाय, व्यवसायिक प्रविधिकधारको समेत पढाइ हुने गरी हामी अघि बढ्छौं । स्थानीय समुदाय, शिक्षक वर्गको सक्रिय सहयोगको अपेक्षा गरेका छौं र स्थानीय सरकारले भरपुर सहयोग गरोस भन्ने हाम्रो अपेक्षा छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
