IMG-LOGO

डाक्टर र नर्स उत्पादन त भए तर राज्यले उपयोग गर्न सकेन

 मंगल, फागुन ३०, २०७९  सुबासना श्रेष्ठ निर्देशक, धुलिखेल अस्पताल नर्सिङ विभाग

       साविक धुलिखेल वडा नं. २ मा पिता गयानाथ माकजु । माता उत्तरा देवी माकजुको छोरी सुबासना श्रेष्ठको जन्म भएको हो । हेल्थ एजुकेशनमा ःभ्म , ओमेन्स हेल्थ एण्ड डेभलपमेन्टमा ःल् शैक्षिक योग्यता हाँसिल गर्नुभएकी सुबासना श्रेष्ठ, अस्पतालले सञ्चालन गरेको नर्सीङ क्याम्पसमा उप प्रध्यापक र अस्पतालको नर्सिङ ल्किनिक भिभागको निर्देशक पदमा रहि जिम्मेवारी सम्माल्नु भएको छ । नर्सिङ पेशा मानव सेवाको पवित्र कार्य भएकोले सबैले एकता बद्ध भइ सेवा गर्नुपर्ने धारणा राख्नु हुन्छ नर्सिङ विभाग प्रमुख श्रेष्ठ । उहाँसँग अस्पताले प्रदान गरेको स्वास्थ्य सेवा प्रवाहको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

       धुलिखेल अस्पतालले नागरिक हरुलाई उपलब्ध गराएको स्वास्थ्य सेवा प्रवाहको बारेमा बताइदिनुसन ?

२६ वर्ष अधि संचालन भएको धुलिखेल अस्पतालको मुख्य उद्देश्य निम्न वर्गीय व्यक्तिहरुलाई सर्व सुलभ ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने गरी सेवा प्रारम्भ गरेको हो । डाक्टर रामकण्ठ माकजुको परिकल्पना र तात्कालीन धुलिखेल नगरपालिकाका नगर प्रमुख बेलप्रसाद श्रेष्ठ, त्यस्तै गरी काठमाण्डौं विश्व विद्यालयको संस्थापक उपकुलपति डा. शुरेशराज शर्मा र धुलिखेल बासी कै सक्रिय लगनशिलताले यो अस्पताल निर्माण भएको हो । काभ्रे, सिन्धुपाल्चोक, दोलाखा रामेछापमा समेत गरी २१ वटा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । ४ सय ७५ वटा वेडको क्षमता भएको अस्पतालमा , मुटुरोग, मातृशिशु सेवा, न्यूरोलोजी, साइकेटीक, मनोपरामर्श, आँखा, नाक, कान, घाँटी, पथ्थरीको अत्याधुनिक प्रविधिबाट सल्यक्रिया सेवा, हाडजोर्नी, फिजियो थेरापी लगायतका सेवाहरु प्रदान गरेका छौं । स्टाफ नर्स, मेडिकल तर्पm पिएचडी सम्मका कक्षाहरु सञ्चालन हुन्छन् । अस्पतालले ग्रामीण बस्ती देखि शहरी क्षेत्रका निम्न वर्गीय र मध्यम वर्गीय दुवैलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । पूर्वीय पहाडी जिल्ला देखि नेपालको राजधानीको उपत्यको जिल्लाका नागरिकहरु समेत धुलिखेल अस्पतालमा सेवा लिन आउने गर्नु भएको छ । अस्पतालले मानवीय जनशक्तिको उचित प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छ । कैलाली र मुगु जिल्ला सम्मका विरामीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।

       धुलिखेल अस्पतालमा कस्ता खालका विरामीहरुको स्वास्थ्य लाभ लिन आउने गरेका छन् ?

दुर्गम देखि सुगम क्षेत्रका निम्न आय भएका र मध्यम वर्गका नागरिकहरु स्वास्थ्य सेवा लिन आउनु हुन्छ । हार्ड जोर्नी, मातृ शिशु सेवा, मुटु रोगी, मनोरोगी, आँखा सम्बन्धी जाँच, दाँत सम्बन्धी नाक कान घाँटी सबै खालका सेवा लिन आउने गरेका छन् ।

       नर्सिङ सेवा मुस्कान सहित विरामीहरुलाई मलम पट्टी लगाउने पवित्र पेशा हो तर सेवाग्राहीहरुलाई डाक्टर र नर्स दुवैबाट विभेद पूर्वक व्यवहार गरियो भन्ने गुनासो आएको छ नी ?

यहाँले राख्नुभएको जिज्ञासा जुन नर्सहरुले मुस्कान सहित समान रुपले नै विरामीहरुलाई सेवा प्रवाह गर्नुपर्छ  दाइत्व र कर्तब्य पनि त्यहि हो । डाक्टर र नर्सहरुले आप्mनो ज्ञान सिप क्षमता सबै उपभोग गरेर ९९ प्रतिशत नै सेवा गर्ने भनि कसम खाएर त्यहि अनुसार नै विना भेदभाव सेवा प्रवाह गरेको हुन्छ नै कहिं कतै कामको प्रेसरले एका दुई घटना हुन सक्छन् । विरामी र विरामीका आफन्त सँग केहि भनाभन हुन सक्छ । नियत बस विरामीहरुलाई दुःख कष्ट दिने मनसाय राखेको हुँदैन । हाम्रो अस्पतालमा पनि केहि त्यस्ता घटना घटेको वेला स्टाफ मिटीङमा छलफल हुने गर्छन् सुधार गर्दै लैजानु पर्ने विषयहरुलाई सुधार गर्दै लैजानु पर्छ । समाजले पनि बुझिदिनु पर्छ डाक्टर, नर्सहरु दुवै मिलेर एकता बद्ध भइ विरामीहरुको सेवा गर्नुपर्छ ।

       नर्स र डाक्टरहरुको ड्यूटी चेञ्ज हुदाँ अर्को सिप्mट भएका नर्स डाक्टरहरुलाई राम्रो सँग विरामीहरुको रोगीको अवस्था र परीक्षणको बारेमा जानकारी नहुँदा विरामीहरुको अवस्था जटिल वनेको परिस्थितिलाई कुनरुपमा लिनुु भएको छ ?

डाक्टर र नर्सहरुको ड्यूटी चेञ्ज भएको अवस्थामा विरामीहरुको परिस्थिहरुको बारेमा राम्रोसँग बुझ बझारत गरेर नै कार्य गरिन्छ । अस्पतालमा अएका विरामीहरुको राम्रो सँग स्वास्थ्य परीक्षण गर्ने, रोगअनुसारको औषधी उपचार गर्ने, मानव जीवनको रक्षा गर्ने कार्य नै गर्ने हो त्यसमा कुनै अन्यथा सोच्ने गर्ने भन्ने हुँदैन । विरामीहरुको कुरुवा परीवर्तन हुँदा त्यस्तो केहि समस्या आएको हुन सक्छ ।

       नेपालमा अध्यन सफलता हाँसिल गरेका डाक्टर र नर्सहरुको किन विदेश आकर्षण बढ्दो अवस्था छ ?

विगतको अवस्था भन्दा अहिले हाम्रो देश नेपालमा फरक अवस्था छ । देशको आर्थिक अवस्था गिरर्दो रहनु, विदेशमा धेरै राम्रो अवसर हुनु, तलब अकर्षण रहनुले केहि आकर्षण बढ्दो अवस्था छ । देशमा अहिले अवसर श्रृजना भएको छ । सामुदायिक विद्यालयका एक नर्स अनिवार्य मापदण्ड, त्यस्तैगरी उद्योग धन्दामा, स्थानीय सरकारबाट निर्माण भएका स्वास्थ्य संस्थामा कार्य गर्ने अवसर छ । विदेश पलायन नै हुनुपर्ने अवस्था छैन । आप्mनो क्षमता, सिप विवेक प्रयोग गरेर देशको सेवा गर्नु जस्तो सन्तुस्टी अन्त मिल्दैन । नसिङ क्याम्पस, स्कुल कलेजमा समेत अवसर छ । तर डाक्टर र नर्सहरु जति उत्पादन भए त्यसको उपयोग राज्यले गर्न सकेन ।

       सरकारले ल्याएको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालले जुन खालको सहयोग गर्नुपर्ने त्यसो नगर्नेमा धुलिखेल अस्पतालको नाम पनि पर्छ । नागरिकहरुको गुनासो बेसी आयो नि ?

सरकारले ल्याएको बीमा नीतिलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्छ नै सेवा लिन आउने सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी प्रतिवद्ध छौं । विभेद पूर्वक व्यवहार गर्ने हाम्रो कुनै नीति छैन । वीगतमा ५०० देखि ८०० को हाराहारीमा बिरामीहरु स्वास्थ्य लाभ लिन आउने गरेकोमा हाल १५०० देखि १७०० सम्म सेवा ग्राही स्वास्थ्य लाभ लिन आएको हुँदा विरामीको चाप बढ्यो व्यवस्थापनमा केहि समस्या आए पनि हामीहरुले कर्मचारी, स्वास्थ्यकर्मीहरुको उचित व्यवस्थापन गरिसकेका छौं ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्