बनेपा नगरपालिका वडा नं. ५ मा जन्मनु भएकी सजिना श्रेष्ठ कलाकारीता (नृत्य) क्षेत्रमा लगनशिल भइ राम्रो छवि बनाउन सफल हुनुहुन्छ । २०५३ साल देखि नै नृत्य क्षेत्रलाई पेशा व्यवसाय गरी कर्ममा रमाउनु भयो । मिलनसार हसिलो चेहेराकी सजिना विद्यालयमा बालबाललिका र ग्रृहेणीहरुको समेत प्यारी बन्न सक्नु भएको छ । २०७० सालमा युनाइटेड फिटनेश एण्ड डान्स सेन्टर बनेपानमा संचालन गर्नुभएकी सजिनाले काभ्रेका संस्थागत विद्यालयका बालबालिकाहरुलाई नृत्य सिकाउनु हुन्छ । आपूm सँग भएको प्रतिभा अनुसार कार्य गर्न सके जीवन सुखमय बन्न सक्ने तर्क गर्नु हुन्छ डान्स सेन्टरकी संचालक श्रेष्ठ । उहाँ सँग व्यवसायिक अवस्था र भावियोजनाका बारेमा रेडियो एविसीमा गरिएाको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
फिटनेश एण्ड डान्स सेन्टर संचालन गर्ने सोच कसरी आयो ?
२०७० साल अघि देखि नै भाइले जिम क्लव संचालन गरेको थियो । सानै उमेर देखि नृत्य तथा गायन क्षेत्रमा मेरो रुचि थियो । हरेक दिन शारिरीक व्याम गर्नु स्वास्थ्यको लागि हित हुन्छ । दैनिक विहान पख साँझ पख १/१ घण्टा हिड्नु, त्यस्तै गरी त्यो नसाके जिम क्लव गएर जीम गर्नु मानव शरिरको लागि उपयुक्त हुन्छ । दैनिक कम्तिमा एक घण्टा शारिरीक व्याम गर्नु नै पर्छ अनि मात्र शरिर स्वस्थ्य हुन्छ । काम गर्न जाँगर चल्छ । मानव जीवनमा सकारात्मक सोचको विकास भइ सेवा गर्ने भावना समेत जागृत हुन्छ । आप्mनो रुचि प्रतिभा जे छ सोहि बमोमिम कार्य गर्दा सफलताको गन्तव्यमा पुग्न सकिन्छ । आप्mनो सिकाइलाई प्रयोग गरेर अरुलाई उक्त सिप बाँडेर रमाउनुको मज्जा नै वेग्लै हुन्छ । त्यहि भएर महिले यूवा, युवती र बालबालिकाहरुलाई मेशिनको प्रयोगबाट शारीरिक व्याम, नृत्यको माध्यम, सेरामिक डान्स मनोरञ्जन र शारिरीक व्यायम दुवै हुने हुदाँ यसमा लगनशिल भइ कार्य गर्छु भन्ने ढृद अठोटका साथ लागें बालबालिका र गृहनीहरुको सारथी बन्न सकेको छु भन्ने अनुभुति हुन्छ ।
नृत्य, गायन होस या फिलिमी कलाकारीता क्षेत्रमा लागेर जीवन धान्न मुस्किल छ भनिन्छ नि वास्विकता त्यस्तो हो ?
पैसा कमाउनु मात्रै सबथोक होइन इज्जत र नाम कमाउनु पनि सम्पती हो । धेरै कमाउन नसकिए पनि सेवा प्रदान गरेर आपूm र छोरीहरुको जीवन सुखमय बनाउन सकेको छु । मासिक ५०/६० हजार कमाइ हुुन्छ । ५ वर्ष देखि ८ वर्षका बालबालिका, ९ देखि ६५ वर्ष सम्मका व्यक्तिहरुलाई डान्स सेन्टरमा सेवा दिन सकेको छु ।
व्यवसाय र रोजगारी दुवैमा समय कसरी व्यवस्थापन गर्नु भएको छ । दाम त मन्ग्य कमाउनु भएको छ नी ?
विहान ५ वजे देखि ८ बजे सम्म डान्स सेन्टरमा नृत्य सिकाउँछु । १० बजे देखि ४ बजे सम्म विद्यालयका बालबालिकाहरुलाई नृत्य सिकाउँछु । त्यस्तै गरी हालसम्म एक हजार भन्दा बेसीलाई नृत्य सेन्टरबाट नै सिकाउन सकें । मन्ग्य भनेको त त्यस्तै हो मासिक ५०/६० हजार कमाइ गर्न सकिन्छ ।
युनाइटेड फिटनेशमा नृत्य सिक्न कति शुल्क तिर्नुपर्छ ?
शुरुको समयमा त मासिक ५ सयमा सिकाउने गरेको थिएँ । समय पस्थिति मंहगी बढेका कारण अहिले प्रति व्यक्ति १ हजार ५ सय शुल्क लिने गरेको छु । न्यूनतम शुल्कमा मनोरञ्जन सहित शारिरीक व्यायम गर्न सकिन्छ ।
व्यवसाय प्रवद्र्धन गर्ने नयाँ योजना केहि छन् की ?
व्यवसायलाई थप उचाईमा पुर्याउने लक्ष्य त छ नै विस्तार गर्ने सोच भन्दा पनि शारीरिक सुसंगठन निर्माण, शरिर स्वस्थ्य बनाउन, आपूm सँग भएको प्रतिभालाई निखारता ल्याउन पेशा व्यवसायमा लाग्ने अवसर श्रृजना गर्ने कार्य गरेको छु अरुलाई सिकाएर काभ्रेका स्थानीय पालिकाहरुमा सेवा विस्तार गर्ने माग आएको छ तर आपूmले समय व्यवस्थापन गर्न सकेको छैन । सिक्न आउनेहरुलाई पोत्साहित गरी संचालन गर्न सुझाएकी छु ।
नयाँ आउने पिढींलाई के सुझाव दिन चाहनु हुन्छ ?
एकाग्रता, धर्यता, काममा लगनसिलता आवश्यक छ । कुनै पनि कार्य गर्दा त्यसको बस्तु स्थिति बुभ्mने आप्mनो रुचि अनुसारको कार्य गर्ने, आपूm सँग भएको सिप अरुलाई सिकाएर बाँड्ने गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, व्यवसाय, कलाकारीता क्षेत्र किन नहोस सबैमा काम गर्न चुनौतीका चाङ छन् । ती चुनौतीका चाङलाई चिर्ने सामर्थय हामी सँग हुनुपर्छ । रोजगारीको श्रृजना आपैm गरेर आप्mनै देशमा रमाइ रमाइ बाँच्न सकिन्छ विदेश दौडनु पर्दैन काममा लगनसिलता, इमान्दारीता, सकारात्मक सोच सहित कर्ममा लाग्नुपर्यो गन्तव्यमा पुग्न सकिन्छ । युनाइटेड फिटनेश एण्ड डान्स सेन्टर संचालन गर्न ५ लाख देखि १० लाख लागतमा कार्य गर्न सकिन्छ । आप्mनै लगानीमा स्वरोजगार हुन सकिन्छ । कर्ममा निरन्तर लाग्नु पर्छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
