IMG-LOGO

पेशा व्यवसायको सुरक्षा र मानव संसाधनको विकास मुख्य लक्ष्य हो

 मंगल, फागुन १६, २०७९  मदन बस्नेत अध्यक्ष, कोअपरेटिभ मेनेजर्स क्लव, काभ्रेपलाञ्चोक

 

      २०६४ साल असार १५ गतेबाट कार्यालय सहायकबाट सामुदयिक बचत पनौतीबाट नै रोजगारी शुरु गर्नुभएका मदन बस्नेत २०७२ साल भाद्र १६ गते देखि सोही संस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ । नीति विधि र पद्दतीमा रहेर सञ्चालित सहकारीहरुमा कुनै खालको समस्या नआएको बताउनु हुन्छ प्रमुख कार्यकारी अधिकृत बस्नेत । शेयर सदस्यहरुको आर्थिक समृद्धि हाँसिल गर्ने प्रमुख उद्देश्य सहित स्थापित सहकारीहरुले त्यहि अनुसार कार्य गर्न नसक्दा केहि सहकारीहरुमा संकट आएको तर्क गर्नुहुन्छ बस्नेत । २०७८ सालमा गठन भएको कोअपरेटीभ मेनेजर्स क्लव काभ्रेको अध्यक्षको समेत जिम्मेवारी समाल्नु भएका मदन बस्नेत सँग क्लब गठन गर्नुको आवश्यकता र औचित्यको बारेमा क्लबका अध्यक्ष बस्नेत सँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

      कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको अध्यक्षमा निर्वाचित हुनुभए पछि उल्लेख गर्न लायकको कार्य के के गर्नुभयो ?

कोअपरेटिभ मेनेजर्स क्लब विशुद्ध पेशा व्यवसायको सुरक्षाको लागि गठन भएको हो । “शिक्षित मानिस सक्षम नहुन सक्छन् । हरेक क्षेत्रको विषय ज्ञान, योग्यता भएका व्यक्तिहरुलाई क्षमताको विकास हुनु जरुरी छ । क्षमता अभिवृद्धि गरी सक्षम मानव संमसाधनको विकासको खाँचो छ । सहकारी क्षेत्रमा दक्ष जन शक्तिको अभाव छ । दक्ष जनशक्ति उत्पादन गरी सहकारी क्षेत्रको सकारात्मक विकास गरी नमुना सहकारी निर्माणको लागि हामी लागि परेका छौं” । म निर्वाचित भएपछि गत असार ३ र ४ गते सहकारीहरुको व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृतहरुको भेला गरी सहकारी  क्षेत्रमा देखिएको चुनौतीको चाङलाई आमुल परिवर्तनल्याई समाजवादी अर्थतन्त्रको निर्माणको लागि सहकारी क्षेत्रको सकारत्मक विकासले सम्भव छ भन्ने प्रमाणीत गर्न जरुरी छ । सोही कार्यका लागि इटाथप्न जिल्ला सहकारी संघ काभ्रे सँग समन्वय गरेर हामीले उक्त कार्य गरेका हौं । अहिले पनि अधिकांस सहकारी संस्थाहरुमा संकट छ त्यसको संकट मोचन गर्नु छ । संकट न्यूनिकरणका लागि गत माघ २८ गते सहकारी संस्थाका संचाकल अध्यक्ष एवं पदाधीकारीहरु मध्येबाट प्रतिनिधिमुलक सहभागीता र सहकारी संस्थाका व्यस्थापकहरु सम्मिलित गरी भेला गरीयो । सहकारी क्षेत्रमा देखिएका विकृति विसंगतिलाई हटाइ सहकारी सुद्धिकरण अभियानमा लाग्नुपर्छ भन्ने सन्देश सहित कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम पनि जिल्ला सहकारी संघ काभ्रे सँग समन्वय गरेर गरिएको हो ।

      मेनेजर्स क्लब भनेको चाहि सहकारी संस्थाहरुको संचालकहरु सँग आप्mना माग पुरा गर्ने बार्गेनिङ शक्तिको रुपमा गठन भएको आम बुझाइ छ वास्तविकता त्यस्तो हो ?

सहकारी संस्थाहरुले न्यूनतम पारीश्रमीक निर्धारण समितिले निर्धारण गरोको पारिश्रमिक दिनुपर्छ भनेकै छ । सोहि अनुसार कर्मचारीको क्षमता दक्षाता अनुसार व्यवस्थापन पक्षले आप्mनो संस्थाको स्थायित्व र विकासमा सकारात्मक भूमिका खेल्ने गरि दिनु पर्छ नै हामीले दवाव र प्रभाव पर्नेगरी कुनै खालको कार्य गर्ने मनसायका साथ यो मेनेजर्स क्लब गठन भएको होइन काभ्रे जिल्लाका सहकारीहरुको मानव संसाधनको विकास गरी नमुना सहकारी निर्माणको लागि र पेशा व्यवसायको सुरक्षाको लागि नै गठन भएको हो । अरु कुनै निहित व्यक्तिगत स्वार्थ छैन । कुनै पनि सहकारी संस्थामा जनशक्ति आवश्यक प¥यो भने सहज ढङ्गबाट उपलब्ध हुने अवस्था छैन । कुनै पनि सहकारी संस्थामा जनशक्ति आवश्यक प¥यो भने सहज ढङ्गबाट उपलब्ध हुने अवस्था छैन । सञ्चार माध्यममा ३÷४ पटक आवश्यकता विज्ञापन प्रकाशण गर्दा समेत सहकारीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्ति प्राप्त गर्न मुस्कील छ । त्यसको परिपूर्ति गर्न योग्यता हासिल गरेका दक्षता प्राप्त गर्ननसकेका जनशक्तिलाई नीती विधि प्रविधिाको ज्ञान दिएर सक्षम मानव संसाधनको विकासको मुख्य लक्ष्य लिएर कोअपरेटिभ मेनेजर्स क्लव गठन गरिएको हो । यसमा कोहि कसैले भ्रम श्रृजन गर्नु पर्ने आवश्यकता छैन । हामी सहकारी संस्थाहरुको सकारात्मक विकासमा सहयोग पु¥याउन प्रतिपद्ध छौं ।

      कोअपरेटिभ मेनेजर्स क्लबमा आवद्ध हुने मापदण्ड चाहिँ के छ ?

सहकारी अघिकृत स्तरको कर्मचारी  र व्यवस्थापकहरु यसमा सामेल हुन सक्ने छन् । क्लवमा आवद्ध हुन व्यवस्थापक प्रमुखहरुले प्रति व्यक्ति २ हजार, अधिकृत स्तरको लागि १ हजार शुल्क तिर्न पर्छ । नविकरणको लागि व्यवस्थापकहरुलाई १ हजार २ सय र अधिकृत स्तरको लागि ६ सय रुपैयाँ तिर्नुपर्छ । हालसम्म ६४ जना सदस्य आवद्ध हुनु भएको छ ।

      तपाँई त सामुदायिक बचत पनौतीको प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ सहकारी संस्थाको वित्तीय अवस्था चाहि के छ ?

सहकारी संस्थाहरुको शेयर सदस्यहरुको सतविस्वासले मात्र सहकारीहरुको स्थायित्व र विकास सम्भव छ । सहकारीहरु सहकारी नीति, सिद्धान्त र विधि अनुसार संचालन हुन सक्नु्पर्छ हामी सोहि अनुरुप चल्न सकेका छौं । वित्तीय सूचाकहरुको मापदण्ड कायम हुनुपर्ने जुन छ सोहि अनुसार छ नै तरलता कायम १० देखि २० प्रतिशत हुनुपर्छ हाम्रो संस्थामा २० देखि २२ प्रतिशत तरलता छ नै । समुदायमा आधारित सहकारीहरुको अवस्था निक्कै राम्रो छ हामी सोहि भित्र पछौं । एक्सीस पदक र सिल्भर पदक प्राप्त गर्न सकेका छौं । शेयर सदस्यहरु जोसँग धितो छैन । सामुहिक समुह जमानीमा ३ लाख सम्म ऋण प्रदान गरेका छौं । उद्यमसिलता विकास, कृषि, पशुपालन व्यवसाय संचालन गरी मनग्य आम्दानी गरेर शेयर सदस्यहरुले आम्दानी गरेर जीवन निर्वाह गरेका छन् । यस संकटको घडिमा समेत १५ देखि २० लाख सम्म ऋण प्रवाह गरेका छौं । ५० हजार १ सय ५१ शेयर सदस्य, ४० करोड शेयर पूजी, ४ अर्ब ३२ करोडको वासलात छ । त्यस्तै गरी ३२ करोडको जगेडा कोष छ । शदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा आर्थिक सहयोग, मृत्युराहत र उच्च प्रविधिको विकासलाई आत्म साथ गरी छिटो छरितो सेवा प्रवाह गरेका छौं । सदस्यहरुको विस्वास जित्न सकेकोले संस्था यो अवस्थामा आउन सकेको हो ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्