दुई दशक देखि निरन्तर सहकारी अभियानमा लाग्नु भएका दिलिप शर्मा जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष हुनुहुन्छ । सहकारी संस्थाहरु नीति, विधि, प्रबन्धिमा जोड दिदै स्वनियमनमा रहनु, सुशासन, पादर्शीता, उत्तरदायी, जवाफ देहिता हुनै पर्छ तब मात्र सहकारी संस्थाहरुले स्थायित्व प्राप्त गर्न सक्ने धारणा राख्नुहुन्छ । जिल्ला संघका अध्यक्ष शर्मा वर्तमान अवस्थामा सहकारी क्षेत्रको चुनौती, संकट व्यवस्थापनको उपाय, समग्र सहकारी क्षेत्रको विकासको अवस्था त्यस्तै गरी जिल्ला सहकारी संघ काभ्रैको साढे ५ दशक यात्रा पछि नवनिर्मित भवन निर्माणको आर्थिक स्रोतको जोह सन्दर्भमा रेडियो एबिसी एफएममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
जिल्ला सहकारी संघ काभ्रेको आरोह अवरोहको बारेमा प्रष्ट पारिदिनुसन ?
५५ वर्ष अघि स्थापना भएको संघलाई यहाँसम्म ल्याई पुर्याउन योगदान गर्ने अग्रज सहकारीकर्मीहरु प्रति कृतज्ञन छु । जिल्ला सहकारी संघमा सचिव हँुदै अहिले नेतृत्वमा रहेर कार्य गर्ने अवसर सहकारीकर्मीहरुको साथ सहयोगबाट प्राप्त भएको छ । विभिन्न प्रकृतिका सहकारीहरुलाई नीति विधिमा हिडाउन आन्तरिक व्यवस्थापनलाई मजबुद बनाउने अभियानमा हामी लागेका छौं ।
साँढे ५ दशक पछि जिल्ला सहकारी संघ काभे्रको भवन निर्माणका लागि आर्थिक स्रोत कहाँबाट जुटाउनुभयो ?
बागमती प्रदेशका १३ जिल्ला मध्ये ६ वटा जिल्लामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी बजार विकास कार्यक्रम संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा संघले जिल्ला तरकारी बजार सञ्चालन गर्न सहकारी संघले ३० प्रतिशत र सहकारी बजार विकास कार्यक्रमको तर्फबाट ७० प्रतिशत लागत सहभागितामा आवश्यक ढुवानी साधनको काभ्रेका ३ पालिकामा धुलिखेल, पाँचखाल र मण्डनदेउपुरका सहकारी संस्थाहरुलाई तरकारी ढुवानी गर्न सवारी साधनको प्रबन्ध गर्दै अघि बढियो । २०७७ कार्तिक २५ गते ६ करोड ६६ लाख ६२हजार २ सय १६ को कुल लागतमा ठेक्का सम्झौता ४ करोड १९ लाख ७६ हजार ९ सय ३५, त्यस्तै गरी हाल सम्म कम्पनीलाई ३ करोड २३ लाख ६७ हजार ८ सय ७१ भुक्तानी सहकारी विकास कार्यक्रमबाट प्राप्त हुन बाँकी रकम ३६ लाख १ हजार १ सय रहेको छ । दोश्रो ठेक्का बापतको रकम १ करोड ६८ लाख ६८ हजार ९ सय ५९ संघबाट दोश्रो ठेक्काको हालसम्म १ करोड १० लाख भुक्तानी दिइसकेको छ । करिब करिब भवन निर्माण सम्पन्नको चरणमा पुगेको छ । भित्र फिनिसिङको कार्य बाँकी छ । अबको केहि महिनामै निर्माण सम्पन्न हुने छ । उक्त भवन निर्माण पछि संघको स्थायित्व विकासमा सहयोग पुग्ने छ । जिल्ला भरीका सहकारीहरुको वृद्धि विकास, दिगो विकास, क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्याउन भुमिका खेल्नेछ । सहकारी संस्थामा आवद्ध भएका शेयर सदस्यहरुले उत्पादन गरेका कृषिजन्य उपज तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । बिना विचौलीमा उक्त कृषि उपज उपभोक्ताले उपयोग गर्न पाउने अवस्थाको श्रृजना सहकारी बजार विकास कार्यक्रम लागु भएका पालिकाहरुबाट कृषि उपजलाई जिल्ला सहकारी संघको तरकारी, कृषि उपजको संकलन गर्ने र विक्रि वितरण गर्ने, त्यस्तै गरी केन्द्र सम्म पुर्याउने प्रबन्ध गर्ने, उपभोक्ताले गुणस्तरीय कृषि उपज सुपथ मुल्यमा प्राप्त गर्न सक्ने अवस्था श्रृजना हुन्छ । शेयर सदस्यहरु उद्यमी, व्यवसायी हुनेछन् । आर्थिक समृद्धिको मात्रामा अघि बढ्ने छ । सदस्यहरुको जिवनमा हाँसो र खुशि ल्याउने छ ।
देश भरी कै अधिकांश संस्थाहरुमा देखापरेको विकृति कारण भाग्ने त्र्रmम तिव्र रुपमा अघि बढेको छ, नियमन निकाय, सहकारीको छाता संघ शुसासन नीति, विधि जवाफ देहितामा हेल्चेत्र्रmेयाँमा हुँदा झन् समस्या आएको हो भनिन्छ, काभ्रे जिल्ला पनि अछुतो रहेननी ? यो सन्दर्भमा तपाई के भन्नु हुन्छ ?
विश्वका एक तिहाइ देशमा नै आर्थिक मन्दिले प्रभाव पार्दै आएको अवस्था छ । नेपाल त झन उत्पादनमा आत्मनिर्भर नभएको आयतित अर्थतन्त्रमा देश चलेको हुँदा वित्तिय क्षेत्रमा समस्या आएको हो । अधिकांश सहकारीमा समस्याहरु श्रृजना हुनुमा सहकारी सञ्चालकहरु नै दोषी हो जस्ले सहकारी संस्थालाई नीति विधि पद्धतीमा नचलेर कम्पनी जसरी घर जग्गामा लगानी गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी नगर्ने परिपार्टीले समस्या आएको हो । कृषि, पशुपालनमा व्यवसायिक ढंगबाट सञ्चालन गर्न ऋण प्रवाह नसक्दा सञ्चालकहरुको स्वार्थमा सहकारी चलाउँदाको परिणाम हो यो । के शहर के ग्रामीण भेग सहकारी मापदण्ड विपरित सञ्चालित सहकारीहरुको हालत खराब छ । समुदायमा आधारित सहकारी संस्थाहरु समस्यामा छैनन् । बैंक सरहको ब्याजमा ऋण प्रवाह गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुरस्कृत सहकारी संस्थाहरु पनि काभ्रे जिल्लामा छन् । ती सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवन स्तर माथि उकास्न उद्यमी व्यवसायी बनाउन लागि परेका छन् । शेयर सदस्यहरुलाई जन्मदेखि जीवनको अन्त्य सम्ममा आवश्यक पर्ने आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकतालाई परिपूर्ति गरेको छ । सहकारीहरुलेप्रति सहकारी राज्यलाई एक लाख देखि १० करोड सम्म कर तिरेको छ । सहकारी क्षेत्रको वृद्धि विकासमा राज्यले लिने बाहेक दिने कार्य केहि गरेको छैन । मात्र दर्ता गरिदिने नियमन समेत नियमित नगर्ने गरेकाले थप समस्या आएको हो । राज्यले लिएको कर सहकारीहरुको दिगो विकास र सक्षमताको विकासका लागि खर्च गर्ने प्रबन्ध गरिनुपर्छ । राज्य गैर जिम्मेवार हुन मिल्दैन । छाता संघहरुमा पनि केहि समस्या छन् भने सुढृद गर्दै सहकारी संस्थाहरुलाई नीतिमा विधिमा प्रविधिसँग जोड्दै शुसासन पादर्शीता र जवाफदेहिता प्रदान गर्न भुमिका खेल्नु पर्छ ।
आगामी माघ २८ गते जिल्ला सहकारी संघ काभ्रेले प्रारम्भीक सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय भेला गर्न लाग्नुभएको छ । यस्को उद्देश्य चाहि के हो ?
काभ्रे जिल्लामा १ हजार ४ सय ९५ विभिन्न प्रकृतिका सहकारीहरु सञ्चालनमा रहेको अभिलेख डिभिजन सहकारी काभ्रेले १३ वटा स्थानीय तहलाई सहकारी संस्थाहरु हस्तान्तरण गरेको छ । अहिले आर्थिक क्षेत्रमा आएको संकटलाई कसरी व्यवस्थापन गर्ने, सहकारी संस्थाहरुलाई नीति विधि प्रविधिसँग जोड्न अभिप्रेरित गर्ने, सहकारी संस्थाका शेयर सदस्यहरुको जीवन बदल्न भूमिका खेल्ने अवस्थाको श्रृजना गर्ने, तरलता अभावलाई उचित प्रबन्ध कसरी गर्ने, कर्मचारीहरुको क्षमता अभिवृद्धि, सहकारी संस्थाहरुलाई सत्मार्गमा हिडाउन अनुगमन नियमन प्रभावकारी कसरी बनाउने भन्ने सवालमा विशेषज्ञबाट सहकारी क्षेत्रका विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्ने मुख्य उद्देश्य लिएर उक्त गोष्ठी गर्न लागिएको हो । मेनेजर्स क्लब काभ्रेको व्यवस्थापन, जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा हुन लागेको यस कार्यक्रममा प्रारम्भीक सहकारी संस्थाहरुको अध्यक्ष र व्यवस्थापन प्रमुखहरुले सहभागी हुन आग्रह पनि गर्न चाहन्छु ।
अन्त्यमा केहि भन्नु छ की ?
जिल्ला सहकारी संघ काभ्रेको ४ रोपनी १ आना जग्गामा ७२०० स्क्वारफुटको भवन निर्माणको अन्तिम चरणमा छ । यो काभे्रली सहकारी अभियानकर्मीहरु, प्रारम्भीक सहकारी संस्थाका शेयर सदस्यहरुको अमुल्य सम्पत्ती हो । सहकारी संस्थाहरुको दिगो विकास, सक्षमताको विकास गरी शेयर सदस्यहरुको समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याउने मुख्य उद्देश्य हो । ५ सय ४४ सदस्यबाट २ करोड २८ लाख ३८ हजार ६ सय शेयर पूंजी संकलन, ३३ करोड ३५ लाख ३४ हजार ९ सय ६१ निक्षेप संकलन, २८ करोड ९१ लाख २९ हजार ३ सय ५ ऋण लगानी गरेर ३ करोड ७८ लाख ५१ हजार ६ रुपैया आम्दानी गर्न सफल भएको छ । ५ करोड ८८ लाख २१ हजार ७ सय स्थिर सम्पत्ती रहेको छ । बागमती प्रदेश स्तरको सहकारी सूचना केन्द्र स्थापना गर्ने अभियानमा हामी जुटेका छौ । यस कार्यलाई सफल बनाउन केन्द्र प्रदेश र स्थानीय सरकारको पूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
