IMG-LOGO

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तरीय शिक्षा प्रदान गरेका छौ

 मंगल, माघ १०, २०७९  के.जी बैदार क्याम्पस प्रमुख, काभ्रे बहुमुखी क्याम्पस बनेपा, बुडोल

      काभ्रे जिल्लाकै जेठो क्याम्पसको रुपमा परिचित काभ्रे बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस मध्ये बाटनै शैक्षिक विकासको सवालमा राष्ट्रको लागि एक इटा थप्ने कार्य गरेको उदाहरण विश्व विद्यालय अनुदान आयोगबाट संस्थागत गुणस्तर सुनिश्चिततता प्रमाण पत्र प्राप्त गर्न सकेको प्रस्ट हुन्छ । क्याम्पसको शैक्षिक अवस्था क्युएए प्राप्त मापदण्ड र शैक्षिक विकाससँग सम्बन्धित रहि क्याम्पस प्रमुख केजी वैदार सँग रेडियो एबिसी एफएममा गरिएको कुराकानीको मुख्य अंश यहाँ  प्रस्तुत गरिएको छ ।

      काभ्रे जिल्ला कै जेठो काभ्रे बहुमुखी क्याम्पसको शैक्षिक आरोह अवरोहको बारेमा प्रष्ट पारिदिनुस न ?

त्रिभुवन विश्व विद्यालयबाट १९८० मा सम्बन्धन प्राप्त भएको काभ्रे बहुमुखी क्याम्पस काभ्रे सिन्धुपाल्चोक, सिन्धुली जिल्लाका समेत विद्याथीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । उद्यमशिलताको विकाससँग जोडेर शिक्षण सिकाई थप प्रभावकारी बनाउने अभियानमा सक्रियताका साथ नयाँ कार्यक्रम लिएर अघि बढ्ने योजनाका साथ लागेका छौँ । २०७२ बैशाख १२ र २९ को विनाशकारी भुकम्प त्यस्तै गरी कोभिड १९ प्रकोपले शैक्षिक क्षेत्रलाई नराम्ररी थिलथिलो पारेका थियो । त्यतिबेला समेत अनलाइन कक्षाबाट समेत विद्यार्थीहरुलाई शिक्षण सिकाई गरिएको थियो । अब पनि विद्यार्थीको चाहना अनुसार समय सापेक्ष अनुसारको शिक्षण सिकाइ गर्ने हाम्रो मूल लक्ष्य छ ।

      काभ्रे बहुमुखी क्याम्पसको शैक्षिक विशेषताको बारेमा बताउनुस न ?

विश्व विद्यालय अनुदान आयोगले प्रारम्भ गरेको उच्चशिक्षामा विशिष्टताको प्रवद्र्दन कार्यक्रम (लबचतगचष्लन भहअभिभििभलअभ ष्ल जष्नजभच भमगअबतष्यल उचयनचबm लभजभउ लागु गरिएको हो । त्रगबष्तिथ भलजबलअझभलत त्तभ् गुणस्तर अभिवृद्धि कार्यक्रम, डिजिटलाइजेशन अन्तर्गत (भ्mष्क) सुधार र भ्ीmक स्थापना, वातावरणीय तथा सामाजिक सुरक्षण कार्यक्रमलाई विशेष जोड दिएर विगत ३ वर्ष देखि युसीजीले मापदण्ड तय गरे अनुरुपको भौतिक पूर्वाधारको तयार भएको छ । शैक्षिक सिस्टम भित्र रहेर पढ्ने पढाउने कार्य भएको छ । देशभरका एकहजार छ सय सामुदायिक कलेज मध्ये १८ वटा कलेज भित्र हाम्रो क्याम्पस पर्न सफल भएको छ । २२ वटा क्याम्पस योग्यतामा रहेको छ । अध्यन पुरा गरेपछि सबैले जागिर प्राप्त गर्न सक्दैनन् । जागीर मात्र नभई उच्च शिक्षा हासिल पछि उद्यमी व्यवसायी बनाउनका लागि परेका छौ । यो नै हाम्रो विशेषता हो ।

      भावि शैक्षिक कार्ययोजना केके छन् ?

आगामी ५ वर्ष भित्र काभ्रे क्याम्पसलाई स्वत्त कलेजको रुपमा स्थापित गर्ने शैक्षिक क्षेत्रमका नै काभ्रेमा क्रान्ति ल्याउने हाम्रो सोच हो । शिक्षामा आमुल परिवर्तन ल्याई दक्ष मानवीय जनशक्तिको विकास गर्ने यस क्याम्पलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्र, उच्च व्यवस्थापन, सूचना प्रविधि, प्रद्योगिकसँग विषयहरु क्रमशः द्यद्यब्, ःद्यक्, ःद्यब्, ःब्, द्यऋब्, द्यक्ष्ऋभ्त्, द्यक्ष्त्, द्यभ् लगायतका विषयहरु अध्यन अध्यापन गर्ने प्रमुख केन्द्रको रुपमा विकसित गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ । त्यस्तै गरी निकट भविष्यमै  द्य।क्।ऋ।९ऋक्क्ष्त्०, द्यक्ध् लगायतका कक्षाहरु सञ्चालन गर्ने योजना बनाएका छौ ।

      दैनिक जसो ६ सय भन्दा बेसीको हाराहारीमा विद्याथीहरु अध्ययनका लागि भनेर विदेश पलायन भएका छन् नेपालमा शैक्षिक गुणस्तरको अभावकै कारण हुनकी अरु केहि छन् ?

हाम्रो मुलुकमा सिद्धान्तमुखिबेसी, व्यवहारिक कम भएको शैक्षिक सिष्टम भित्र सञ्चालन भएकोले पनि केहि समस्या आएको हो । अहिले क्रमिक रुपले सुधार हँुदै हरेक फ्याकल्टी भित्र प्रविधिको विकास र सूचनाको प्रयोग हुनेगरी पाठ्यक्रमको विकास गरिएको छ । यति मात्र गरेर पुग्दैन उच्च शिक्षा हाँसिल गरेका जनशक्तिले आय आर्जनसँग जोडिएर उद्यमशिलताको विकास हुन सक्नुपर्छ । त्यसरुवालको शिक्षा, नीति, शिक्षालाई पनि उत्पादन र उद्योगसँग जोडेर अघि बढ्नुको विकल्प छैन । शैक्षिक बेरोजगार रोक्न देशमै स्वरोजगारको प्रबन्ध गर्नुपर्छ । उद्योगधन्दा कलकारखाना स्थापना गर्ने हाम्रै मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्छ । हामीले लगानी गरेको शैक्षिक जनशक्ति विदेशमा श्रम बेच्ने अवस्था श्रृजना गर्नुहुदैन ।

      शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन कलेजले गरेका प्रयासहरु केके छन् ?

विद्यार्थीहरुको इच्छा, आकांक्षा अनुसारको अनलाइन कक्षा सञ्चालन गरेर अध्यापन गरिएको छ । तीन पटक सम्म आन्तरिक परिक्षा सञ्चालन शिक्षामा आमुल परिवर्तन ल्याउन जोड तोडका साथ अघि बढाएका छौ । इलाइब्रेरीको प्रबन्ध विद्यार्थीहरुका लागि आवश्यक पाठ्यपुस्तक लाइब्रेरीबाट उपलब्ध गरिएको छ । विद्यार्थीहरुलाई उन्नत शिक्षा प्रदान गर्ने हाम्रो मुल ध्यय हो ।

      अधिकांश सामुदायिक क्याम्पसहरुले अध्ययन गराउने शिक्षकहरुलाई उचित पारीश्रमीक र सेवा सुविधा नदिएको कारण पनि शिक्षण सिकाइमा असर गरेको गुनासो छ नि ?

नेपालभरका सबै सामुदायिक क्याम्पसहरु एकै खालका छन् भन्न मिल्दैन । सामुदायिक कलेजहरुको आर्थिक अवस्था मजबुद बनाउन लाग्नुपर्छ । विद्यार्थीहरुलाई कम शुल्कमा अध्यापन गराउनुपर्ने अवस्था छ । राज्यले शैक्षिक विकासको लागि क्याम्पसको भौतिक पूर्वाधार विकास र शैक्षिक स्तर विकासमा आर्थिक सहयोग बढाउनुपर्छ । हाम्रो कलेजमा १० जना शिक्षकहरुलाई स्थायी गरेका छौ । अरु अस्थाइ र करामा शिक्षकहरु नियुक्त गरेका छौँ । शिक्षकहरुको शैक्षिक स्तर उन्नती क्षमता अभिवृद्धि गर्न तालिमको प्रबन्ध, आवश्यक सेवा सुविधा प्रदान गर्न हाम्रो क्याम्पस प्रतिबद्ध छ ।

      अन्त्यमा केहि भन्नु छ की ?

विश्व बजारमा बिक्ने शिक्षण सिकाई, सिप सहितको उच्च प्विधिको विकासलाई आत्सात गरेर गर्ने इन्ड्रस्ट्रीरीयल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्ने गुणस्तरीय शिक्षा प्रदान गर्ने र अनुशन्धान मुलक शिक्षा दिई अन्तराष्ट्रिय मापदण्ड अनुरुपको शिक्षण सिकाइ गरेर उपलब्धी मुलक शिक्षा हाँसिल गरी मानक विश्व विद्यालयको रुपमा विकास गर्ने नयाँ सोचका साथ सञ्चालक समिती, शिक्षक टिम र प्रशासनिक क्षेत्रका कर्मचारीहरु सबै एकताबद्ध भइ लागेका छौ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्