भक्तपुर जिल्ला सुर्य विनायक नगरपालिका वडा नं. ८ आदर्श सिपाडोल निवासी डा. रबिन्द्र कायस्थले सन् २००० देखि काठमाण्डौ विश्व विद्यालयमा अध्यापन सेवा सुरु गर्नु भएको हो । यस विश्व विद्यालयमा करिब दुईसय विषयहरुमा विद्यार्थीहरुको रुचि अनुसारको विषय छनौट गरी व्यक्तित्व र नेतृत्व विकास सहितको गुणस्तरीय शिक्षा ग्रहरण गर्ने अवसर विद्याथीहरुले प्राप्त गर्न सक्छन् । काठमाण्डौ विश्व विद्यालयले शैक्षिक क्षेत्रको विकासमा योगदान गर्न सकेको उपलब्धी भनेको यहाँ अध्यन सफलता हाँसिल गरेका विद्यार्थीहरु बेरोजगार बस्न नपरेकोबाट प्रस्ट हुने कुरन गणित विभाग प्रमुख कायस्थ बताउनुहुन्छ । कुनैपनि व्यक्तिले ग्रहण गर्ने शिक्षको सवालमा गणित बिनाको शिक्षा अपुरो अधुरो हुन्छ । प्रविधिको विकासको प्रयोगमा कम्प्युटर साइन्स, गणित शिक्षा बिना शैक्षिक गन्तव्य पुरा हुन नसक्ने तर्क गर्नुहुन्छ डा. कायस्थ । काठमाण्डौ विश्व विद्यालयमा आगामी फागुन महिनादेखि काठमाण्डौ विश्वविद्यालय डिपार्टमेन्ट अफ म्याथ म्याटिक्स स्कुल अफ साइन्स अन्तरगतका कक्षाहरु शुरु हुन लागेको छ । त्यस्तै गरी विएस्सी इन कम्यूटेशनल म्याथम्याटिक्स (द्यभिलमष्लन या ःबतजझबतष्अक बलम ऋयmउगतभच क्अष्भलअभ ीभबमष्लन तय ष्त) अध्ययन गर्न सकिन्छ । शैक्षिक उपयोगिताको सवालमा गणित विभाग प्रमुख कायस्थसँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
काठमाण्डौ विश्व विद्यालयले शुरु गर्न लागेको नयाँ शैक्षिक योजनाका बारेमा बताइदिनुस् न ?
काठमाण्डौ विश्व विद्यालय यस्तो स्वयत्त शैक्षिक निकाय हो जसले गुणस्तरीयता सिपमुलक सहितको शिक्षा प्रदान गर्ने नेतृत्व कर्ता हो । यो विश्वविद्यालय २०४८ साल सन् १९९१ मा स्थापना भएको हो । यस विश्व विद्यालयमा आगामी फागुनबाट डिपार्टमेन्ट अफ म्याथम्याटिक्स स्कुल अफ साइन्स अन्र्तगतका कक्षा सञ्चालन हुने छन् । १० प्लस टु अन्तरगत लेभलमा, न्युनतम २ जिपीए अर्थात म्याथम्याटिक्स कम्प्युटर साइन्स र फिजिक्समा ५० प्रतिशत प्राप्तांक ल्याउन सक्नुपर्छ ।
सफलता हाँसिल गरेका विद्यार्थीहरुले कस्तो अवसर प्राप्त गर्न सक्छन् ?
सफलता हाँसिल गरेका व्यक्तिहरुले उद्योगधन्दामा आइटी र सफ्टवेयर क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्छन् । एकेडेमीक इन्स्टीच्युट र रिसर्च सेन्टर, वित्तिय क्षेत्र, डाटा साइन्टीस्ट, उच्च माध्यमिक विद्यालयहरुमा म्याथम्याटिक्स र आइटी क्षेत्रमा रोजगारीका लागि स्वर्ण अवसर प्राप्त गर्न सक्छन् ।
विद्याथीहरुले प्राप्त गर्ने सेवा सुविधाहरु ?
एकेडेमीक काउन्सिलिड. र प्रोजेक्ट सुपरभिजनको प्रबन्ध गरिएको छ । प्रस्थाप्त मात्रमा सुविधा सम्पन्न लाइब्रेरीको प्रबन्ध। सुरक्षित एडभान्स कम्प्युटर ल्याबको प्रबन्ध, आवश्यकता अनुसार होस्टेल मै बसेर अध्ययन गर्न सकिन्छ । २४ सै घण्टा इन्टरनेटको सुविधा उपलब्ध छ । विशिष्टता हाँसिल गरेका प्राध्यापकहरुबाट अध्यापन गरिन्छ । एम फिल, एण्ड पि एच.डी इन म्याथ म्याटिक्स, स्टास्टिक्स ९कतबतष्कतष्अक० अध्यन गर्ने अवसर छ । त्यस्तै गरी एमएस्सी इन कम्प्युटेश्नल म्याथम्याटिक्स समेतको अध्यन गर्ने अवसर विद्याथीहरुले प्राप्त गर्न सक्ने छन् ।
दैनिक जसो अध्ययनका लागि करिब ६ सयको हाराहारीमा विद्यार्थीहरु अध्यनका लागि विदेश जाने गरेका छन् , के देशमा गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेर हो त यहाँलाई के लाग्छ ?
१० प्लस टु र ब्याचलर अध्ययन सकेका विद्याथीहरु विदेश पलायन बढि भएका छन् । देशमा शैक्षिक संस्थाहरुले स्तरीय शिक्षा दिन नसकेर नभइ स्वदेशमा रोजगारीको अवसर नभएर चाँहि विदेश गएका हुन् । विदेशमा काम गर्दै अध्ययन गर्ने अवसर छ । अध्ययन पुरा गरेपछि रोजगारीको ग्यारेन्टी छ । त्यसो भएर हो । गुणस्तरीय सिप सहितको शिक्षा नेपालमा छ । रोजगारी छैन । नेपाल सरकारले शैक्षिक जनशक्ति मानवीय स्रोतलाई देशमै उपयोग गर्ने निति लिएर अघि बढ्नुपर्छ ।
अन्य केहि भन्नु छ की ?
विज्ञान कम्प्युटर साइन्स र गणित शिक्षा आजको आवश्यकता हो । यी विषयहरुमा राम्रो दख्खल हाँसिल गर्न जरुरी छ । नत्र शैक्षिक गन्तव्य पुरा हँुदैन । डिपार्टमेन्ट अफ म्याथम्याटिक्स स्कुल अफ साइन्समा कोर्ष स्टकचर निर्धारण गरेको छ । फण्डामेन्टलमा १२ प्रतिशत, म्याथम्याटिक्समा ४० प्रतिशत, कम्प्युटरमा २५ प्रतिशत, इन्जीनियरिड.मा ११ प्रतिशत, प्रोजेक्ट वोर्कमा १० प्रतिशत र इलेक्टिभ्समा ९भ्भिअतष्खभक० २ प्रतिशत गरी १०० प्रतिशतमा विभाजन गरीएको छ । सिप सहितको शिक्षा दिन सकेकै कारण आज काठमाण्डौ विश्व विद्यालयको उच्च गरिमा छ । डिपार्टमेन्ट अफ म्याथम्याटिक्समा ६० जना, एमफिल ग्रयाजुडेट र १४ जना पिएचडी डिग्री हाँसिल गर्न सकेका छन् ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
