ग्लुमी गाइजका संस्थापक हरि कर्माचार्य विगत २५ वर्ष अघि देखि गायन क्षेत्रमा लागि राष्ट्रि कै लोकप्रिय चर्चित गायकको रुपमा परिचित हुनुहुन्छ । आफ्नै शब्द र संगीतमा २०५२ सालमा पहिलो एल्बम सार्वजनिक गरी चर्चा कमाउनु भएका हरि कर्माचार्यले हाल सम्म १२ वटा गिती एल्बम निकाली सक्नु भएको छ । मिलनसार स्वभावका कर्मठ युवा हरिले गित र संगितको माध्यमबाट काभ्रेली माटोको पहिचानलाई उच्च बनाउनु भएको छ । इण्डीया, थाइल्याण्ड, कतार, हङकङ र अमेरिकाको भ्रमण गर्नुभएको छ । देश र आफ्ूलाई माया गरी इमान्दारिताका साथ कर्ममा लाग्न सकेको खण्डमा आफूले गर्न लागेको कार्य गन्तव्यमा पुग्ने र देशको विकासमा समेत सहयोग पुग्ने तर्क गर्नुहुन्छ । गायक हरि कर्माचार्य उहाँ सँग रेडियो एविसीले गीत संगित क्षेत्र, कलाकारीता क्षेत्रको अवसर र चुनौतीको बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
ग्लुमी गाइजको संस्थापक हुनुहुन्छ हालसम्म कति एल्बम निकाल्नु भयो ? अहिले के गर्दै हुनुहुन्छ ?
२०५४ साल देखि गीत संगित क्षेत्रमा लागेको हुँ । २५ वर्ष भयो आफ्नै शब्द र संगितमा पनि एल्बम निकालेको छु । आकासैमा चिल घुम्यो फनन मेरो माया छ छैन भनन भन्ने बोलको गित दर्शक श्रोताहरुले निक्कै मन पराउनु भएको छ । १२ वटा जति एल्बम निकाली सकेको छु । केहि समयमा राष्ट्रिय भावनाले ओतप्रोत देश विकासको पथमा अघि बढाउने सन्देश सहितको गिति एल्वम आउँदै छ ।
कलाकारिता क्षेत्रको अवसर र चुनौतीको बारेमा बताइदिनुसन् ?
कलाकारिता क्षेत्र गीत संगित क्षेत्र भनेको सुन्दर फुलको बगैँचा हो । फूलको बगैँचामा धेरै सुन्दर फूलहरु फक्रेर फुल्छन् । त्यसले चमकता दिन्छ । जनुसुकै कार्य गर्दा पनि मनै देखि दत्तचित्त भएर कर्म गर्नु पर्छ । सबै देशमा अवसर र चुनौती छ नै । चुनौतीको सामना गरी अवसरमा बढल्नु पर्छ । गीत संगित क्षेत्रमा दत्तचित्तभई लागेर कर्म गरे पेट पाल्न गाह्रो छैन् । अफूसँग भएको प्रतिभालाई प्रतिस्पर्धीबाट तिखार नै निखारता ल्याउने गर्नु पर्छ । २०४६ सालको बहुदलको उदय सँगै आधुनिक गीत, पप गीत र लोकगीत सबैको उत्पादन ह्वात्तै बढ्यो । आधुनिक र पप गित स्वदेश तथा विदेशमा समेत त्यसको पं्रभाव राम्रो जम्यो । राजनीतिक रुपमा रुपान्तरण भयो । २०६४÷०६५ साल पछि गीतm फिल्मी मूभिहरु, युटुव, फेसवुकमा, टिकटकमा अल्झेको छ । चुनौतीको चाङ्गलाई चिरर्दै अवसरमा बदल्नु पर्छ ।
गीत संगीत क्षेत्र होस या फिल्मी क्षेत्र होस दुबैमा लागेका कलाकारहरुलाई राष्ट्रिय गहनाको रुपमा चिनाइन्छ तर राज्यले उक्त क्षेत्रलाई गरीमा बढाउने गरी कार्य गरेको देखिंदैन । अब कस्तो खालको सहयोग आवश्यक छ भन्ने देख्नु हुन्छ ?
कुनै देशलाई ध्वस्त गर्नु छ भने अरु केहि गर्नु पर्दैन । त्यो देशको कला, संस्कृति, परम्परा, कला संस्कृति संस्कारलाई ध्वस्त गर्न विदेशी आयतित आफ्नो भाषा, भेष भुषा, संस्कृतिलाई सम्मान गरी जगेर्ना गर्नुपर्छ । धर्मलाई प्रसय दिनु ठिक होइन् । कलाकारहरुलाई राष्ट्रिय गहना भनिनु गलत हो । कलाकारहरु देशको एक अभिन्न अंङ्ग हुन् । कलाकारिता क्षेत्रमा लाग्नेहरुको जीवनमा हाँसो र खुसी ल्याउने पेशाको व्यवसायिक विकास गरी जीवनमा आर्थिक समृद्धि ल्याउने अवस्थाको श्रृजना गर्नुपर्छ राज्यले त्यता तिर ध्यान दिनुपर्छ ।
गीत संगित क्षेत्र होस या फिल्मी क्षेत्रमा लागेकाहरुको जीवन धान्ने अवस्था किन श्रृजना हुन नसकेको भन्ने ठान्नु हुन्छ ?
कलाकारहरुलाई राज्यले प्रोत्साहन गर्न सकेन । कलाकारहरुको शाखलाई, गरिमालाई जोगाउन सक्ने लगानीको बातावरण श्रृजन गर्ने, धर्म, संस्कृतिलाई जगेर्ना गर्ने खालको नीति अवलम्बन गर्नुपर्छ । कलाकारहरुलाई राज्यले पार्टीगत दर्जा दिनुभएन् । कलाकारीता क्षेत्रमा लागेका प्राज्ञीका, बैद्धिक वर्गले समाजमा जागरण ल्याउने, समाजलाई सभ्य बनाउने भूमिका खेल्न सक्छन् । त्यसैले उनीहरुको बृद्धि विकास सक्षमता र सवल बनाउन राज्य लाग्नुपर्छ ।
गीत संगीत क्षेत्रमा लागेर यहाँले प्राप्त गर्न सक्नु भएको के हो भन्ने लाग्छ ?
हृदय देखि नै लागेर कर्म गनुपर्छ , लगनशिलता भई कर्ममा डटेर लाग्नु पर्छ । गन्तव्यमा पुग्न सकिन्छ । कलाकारिता क्षेत्रमा लागेर स्रोत दर्शकहरुको अपार माया स्नेह अजम्बरी माया भनिन्छ नी सैैहि पाएको अनुभूति मलाई भएको छ । धन, सम्पत्ति क्षणीक शुख हो । स्रोता, दर्शकहरुको माया पाउनु स्वर्गीय आनन्द हो ।
कलाकारहरु पनि राजनीतिक कित्तामा उभिएर दौडनु ठिक भएन नी ?
राजनीतिक कित्तामा उभिएर अन्ध भक्त हुनु त ठिक होइन तर कलाकारहरुको हकहित रोजीरोटीको लागि वकालत गरेर हिड्नु, पेशा प्रति बफादार हुनु, कर्म गर्नु, कलाकारिता क्षेत्रलाई व्यवसायिक मर्यादित बनाउन लाग्नु चाँहि उपयुत्त हो । राजनीतिमा लाग्नु पनि एक खालको बाद्यता हुँदो रहेछ । कलाकारिता क्षेत्रको प्राज्ञिक क्षेत्रमा सीफारिस हुनु पर्दा जुन सरकार आयो त्यहि अनुसारको पदको बाँडफाँड गरी गुट उपगुट चाकडीवाद हावि भएकाहरुलाई अवसर दिने गरिन्छ । क्षमता, दक्षता र योग्यताको कदर हुदो रहेन छ ।
आगामी दिनमा नयाँ व्यवसायिक र गुणस्तरीयता सहित विकास हुन देशको राजनीतिक स्थायित्व र स्थीरता जरुरत छ । राजनीतिक मुहान सुद्ध नभइ मुलुकको सर्वाङ्गीण विकास सम्भव छैन् । व्यवस्था परिवर्तन भए पनि हाम्रो देशमा जनताहरुको जनजीविकाको अवस्था परीवर्तन भए पनि हाम्रो देशमा जनताहरुको जनजीवीकाको अवस्था परिर्वतन हुन सकेको छैन । राजनेताहरु, राजनीतिककर्मी, देशप्रति वफादार हुनु प¥यो । त्यसपछि कर्मचारी वर्ग, त्यस्तै देशमा शान्ति अमन चयन शुसासन कायम हुनु प¥यो । युवा पुस्ता जुन चाहे त्यो सञ्चारकर्ममा लागेको होस या कलाकारिता क्षेत्र या शैक्षिक पेशामा जहाँ लागेको भए पनि उसको योग्यताको कदर हुन सक्नु प¥यो ता की मात्र देश छोडेर बाहिरनु परेन । म केहि समयको लागि अमेरिका जाँदै छु । फर्के पछि पनि गीत संगित क्षेत्रमा नै लागेर सामाजिक चेतना फैलाउने कार्यमा समाजरुपान्तरण गर्ने तिर नै मेरो ध्यान केन्द्रित गर्छु । सबै खालका सामाजिक विभेदको अन्त्य गरी सभ्य समाजको निर्माणमा सबै लाग्नु पर्छ भन्ने चाहन्छु ।
अन्तरवार्ताः
रमेशप्रसाद न्यौपाने
