IMG-LOGO

व्यक्तित्व, नेतृत्व र भातृत्व विकासको लागि जेसिज

 मंगल, पौष १९, २०७९  विकास मानन्धर अध्यक्ष, नेपाल जेसिज वर्ष २०२३

 

      बनेपा–७, २०३९ फागुण ७ गते विकास मानन्धरको जन्म भएको हो । २००९ देखि जेसिजमा लागेर सामाजिक कार्यमा निरन्तर लागि पर्नु भएको मानन्धर सन् २०१५ मा काभ्रे जेसिजको अध्यक्षमा निर्वाचित हुनुभयो । नेतृत्व, भातृत्वको विकासको साथ साथै व्यक्तित्वमा सकारात्मक  परिवर्तन र क्षमता अभिवृद्धिको लागि जेसिजमा आवद्ध हुनु युवा पिँढिको लागि हितकर हुने तर्क  गर्नु हुन्छ । सामाजिक जागरण, चारित्रिक निर्माण र व्यक्तिगत क्षमतामा निखारता ल्याउने खालका तालिम गोष्ठी जेसिजले गर्छ । करिव ६ हजार युवाहरु जेसिजमा आवद्ध छन् । राजनीतिक, सामाजिक र व्यवसायिक क्षेत्रको नेतृत्वदायी भूमिका श्रृजना भएको तथ्य गत कारणले युवाहरुको यसमा आकर्षण बढेको हो । जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरसँग रेडियो एविसीमा जेसिजले गर्ने क्रियाकलापका सन्दर्भमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

      काभ्रेमा जेसिज स्थापना भएको ४६ वर्ष पछि यहाँले देशकै नेतृत्व गर्ने अवसर पाउनु भयो कस्तो अनुभूति गर्नुभएको छ ?

      काभ्रे जेसिजको स्थापना सन १९७७ मा भएको हो । जिल्लाको अध्यक्ष, नेपाल जेसिजको कार्यकारीणी उपाध्यक्ष, महासचिव समेत भई कार्य गरेँ । काभ्रेका जेसिजमा लागेका अग्रज व्यक्तित्व हालका युवा पिढींका जमातको सक्रिय सहयोग, देशै भरीका जेसिजमा आवद्ध रहेका १८ वर्ष उमेरदेखि ४० वर्ष उमेरका युवा वर्गले मलाई विश्वास गरेर नेतृत्व वगर्ने अवसर प्रदान गर्नुभयो । यसमा म निक्कै हर्षित भएको छु । गौरम्वित भएको छु । ४६ वर्षे इतिहासमा एक काभ्रेली युवाले नेतृत्व लिने अवसर जुटेको छ । यसको सहि सदुपयोग गरेर व्यक्तित्व, नेतृत्व र भातृत्व विकासमा निखारता ल्याई समाज रुपान्तरणमा  सहयोग पुग्ने अवस्थाको श्रृजना गर्दछु ।

      युवा वर्गले जेसिजमा लागेर के गर्न सक्छन ?

      जेसिज अन्तराष्ट्रिय स्तरको संस्था हो । विश्वको १०० वटा देशमा शाखा छ । नेपालमा १ सय  ७४ वटा शाखामा १८ वर्ष उमेर देखि ४० वर्ष उमेर समुहका ६ हजार युवा यसमा आवद्ध छन् । जेसिजले ४ वटा क्षेत्रमा कार्य गर्छ व्यवसायिक, अन्तराष्ट्रिय, व्यक्तिगत र सामाजिक क्षेत्रमा कार्य गर्छ । व्यवसायिक क्षेत्रको स्थायित्व र विकास, अन्तराष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार, व्यक्तिगत रुपमा तालिमको माध्यमबाट नेतृत्व विकास समाज र देशको नायक बन्न  सहयोग गर्छ ।  त्यस्तै गरी सामाजिक क्षेत्रमा वातावरण संरक्षण र सामाजिक जागरण ल्याउन युवा वर्गलाई अभिप्रेरित गर्छ । व्यक्तित्व नेतृत्व र भातृत्वको विकासको लागि जेसिजले भूमिका खेल्छ ।

      जेसिजमा कांग्रेस पार्टीका कार्यकर्ताहरुको बर्चस्व छ । नेतृत्वमा पनि उनीहरु मात्रै हुन्छ भनिन्छ नी ?

      “नेपालको संविधान कानुन अनुसार स्थापना भएको जेसिज संस्थामा प्रजातान्त्रिक  पद्धति, नीति, विधि र पद्धती अनुसार सञ्चालन हुने हो । जात पेशा लैङ्गिकता कोहि कसैमा भेदभाव हुँदैन् । पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका जागरुक उर्जाशिल युवाहरुको संगठन हो जेसिज । यसले एकअर्का बीचमा भातृत्वको विकास गर्छ ।”

      युवाहरु जेसिजमा आवद्ध हुनुपर्ने कारण ?

      युवा पिढिँहरु देश विकासका सम्बाहक हुन । व्यक्तित्व, नेतृत्व र भातृत्वको विकास र विस्तार विना समाज रुपान्तरण असम्भव छ । सवल र सक्षम नेतृत्व विना देशको समग्र विकास हुन सक्दैन् । चाहे त्यो व्यवसायिक क्षत्रे होस या राजनीति क्षेत्र या सामाजिक सबैमा युवा वर्गको सहभागिता विना विकास सम्भव छैन । उदाहरणको लागि हाम्रै बनेपाका कञ्चनचन्द्रं वादे सांसद भई राज्य मन्त्री समेत हुनुभयो । त्यसै शान्तिरत्न शाक्य बनेपा नगरपालिकाको नगर प्रमुख हुुनुहुन्छ । उहाँहरु पनि काभ्रे जेसिजको अध्यक्ष भई कार्य गर्नु भई सकेको व्यक्ति हुनुहुन्छ ।

      यहाँको नेतृत्वमा गर्ने नयाँ योजना के छन् ?

      १ वर्षको समय अवधिमा गर्ने कार्यहरुको प्लान अफ एक्सन हुन्छन । सोहि अवधि भित्र गरिसक्नु पर्ने हुन्छ । ४ वटा क्षेत्रको नेतृत्व जन्माउने संस्था हो जेसिज । व्यक्तिगत, व्यवसायिक, सामाजिक र अन्तराष्ट्रिय क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहने अवस्थ श्रृजना गर्छ । २१ जनाको बोर्ड कमिटी हुन्छ । सबैको कार्य विभाजनले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने गर्छन् । १६ वटा कार्यक्रम हुन्छन् । क्षेत्रीय सम्मेलन, राष्ट्रिय सम्मेलन, जेसिज महिला सम्मेलन गरिन्छ । आवद्ध रहेका युवा वर्गको नेतृत्व विकास व्यक्तिगत चारित्रिक निर्माण, कार्यमा गुणत्मक वृद्धि सहितको सिप विकास गर्ने कार्य गर्छ । नेतृत्व, व्यक्तित्व र भातृत्वको विकास हो । समाजलाई सकारात्मक दिशामा बदल्ने कार्य गर्छ । अन्तराष्ट्रिय क्षेत्रमा समेत सम्बन्ध विस्तारका साथै त्यहाँ भएका नयाँ विकासका आयमहरुको समेत अवलोकन गर्ने अवसरको श्रृजना हुन्छ । जीवनको गन्तव्यलाई सफलताको यात्रामा पु¥याउन जेसिजको महत्वपूर्ण भूमिका हुन्छ । देशको ७५३ वटै स्थानीय मतहमा समन्वय  गरेर सामाजिक कार्यमा जागरण ल्याउन र नेतृत्वदायि भूमिका निर्माण गर्ने कार्यमा सफलताको यात्रा पु¥याउने योजना निर्माण गरिएको छ । नेपाल जेसिजको ४९ औँ सम्मेलनले म राष्ट्रिय अध्यक्षमा निर्वाचित भएँ आगामी बर्षको ५० औँ सम्मेलन बुटवलमा हुने छ । सबै योजनाहरु योजनावद्ध ढङ्गबाट निर्माण हुन्छन् । कार्यहरु त्यसै अनुसार अघि बढ्छन् ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्