– प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
चौँरीदेउराली गाउँपालिका वडा नं .५ पिता शिवप्रसाद ढकाल माता रुमुमाया ढकालका छोरा रत्न ढकालको जन्म २०३६ साल माघ ६ गते भएको हो । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेतको जिम्मेवारी समाल्नु भएका ढकाल २०७४ को आम निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ (१) को प्रदेश सांसदमा निर्वाचित हुनुभयो । २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनको साझा उम्मेदवार भई २०,७२० मत ल्याई दोश्रो पटक प्रदेश सांसदमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी दिलवहादुर तमाङले ११, २७८ मत प्राप्त गर्नुभयो । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री हुनुभएका रत्न ढकालसँग खेलकुद क्षेत्रको विकासको साथ साथै प्रदेशको विकास समृद्धिलाई कसरी जोड्न सकिन्छ भन्ने सवालमा र काभ्रेको समग्र विकास गर्ने नयाँ योजना के छन् सोको सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
लोकतान्त्रिक बाम गठबन्धन गर्दा पनि संघ र प्रदेश दुबैमा बहुमत ल्याउन सकेन नि ?
दुई भन्दा दुई बढी दल बिच बनेको चुनावी गठबन्धनले बहुमत नसकेको सत्य हो । सत्ता गठबन्धन कांग्रेसले ८९ सिट जितेको छ भने सत्ता घटक मध्येका माओवादी केन्द्रले ३२ सिट र नेकपा एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट मात्रै ल्याउन सकेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा) ले प्रत्यक्षमा ४ निर्वाचित र जनमोर्चा चित्रबहादुर केसीबाट १ सिट मात्र जितेको छ । अब देशको विकास गठवन्धन कै मध्येको आलोपालो नेतृत्वमा सरकार गठन हुँदा राम्रो हो । तर कांग्रेसका सभापति एवं प्रमशेर वहादुर देउवाले दम्भ देखाएर माओवादी पार्टीलाई हेपेमा समिकरण परिवर्तन गरेर एमालेसँग गठवन्धन गरेर पुस्पकामल दाहाललार्य प्रधानमन्त्री बन्ने अवस्था छ र प्रदेश पनि प्याकेजमा सहमति गरेर अघि बढ्छ । जनताहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्ने देखि देशको शिक्षा, स्वास्थ्य पूर्वाधारको स्तरीय विकास गर्ने शान्ति र सुशासन कायम गरी समग्र विकास गर्ने हो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संविधानको रक्षा र प्राप्त उपलब्धीको रक्षा गर्न नै गठवन्धन गरेको हो । चुनावमा एकखालको सहमति हो । अब एमाले सँग सहकार्य हुन्छ ।
मन्त्री, मुख्य मन्त्री र प्रदेश प्रमुख को भन्ने हानाथापले राजनीतिक अन्यौलताले सरकार गठन नै सकस हुने भयो नि ?
जनताको जनमत नै मिलेर देश सञ्चालन गर भनेको छ त्यहि अनुसार राजनीतिक दलका शिर्ष नेतृत्वले बुझ्नु पर्छ । विगतका जस्ता कमीकमजोरी गरेर अघि बढ्ने अबस्था छैन । संघ,प्रदेश दुबैमा प्याकेजमै सहमती गरेर देशको विकास र समृद्धिको लागि अघि बढ्नु पर्छ । राजनीतिक स्थायित्वले मात्र देश बन्न सक्छ । संविधानको कार्यान्वयन गरी देशलाई निकास दिनुपर्छ । को प्रधानमन्त्री मन्त्री बन्ने भन्दा पनि जनआदेश अनुसार त्यसको कदर गर्दै निर्वाचनका बखत जनताका विचमा गरेका प्रतिवद्धताहरु पुरा गरी देश निर्माण गर्ने अवसर हो । कुर्सीको लागि मात्र झगडा नगर, बेथिति विकृति विसंगतिको अन्त्य गरी सबै खालका सामाजिक विभेदको अन्त्य गर्नुपर्छ । सहमति र सहकार्यबाट अघि बढ्न सत्ता गठवन्धनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई जनताले अभिमत दिएका छन् । तर त्यसको अवमुल्यन गरे देशमा थप समस्या आउँछ । अरु विकल्पमा सहमती गरेर जानुुपर्छ ।
तपाई युवा तथा खेलकुद मन्त्री भएपछि खेलकुद विकास क्षेत्रको विकास नयाँ के गर्नुभयो ?
बागमती क्षेत्रको विकास १३ वटा जिल्लाका स्थानीय पालिकामा खेलकुद मैदानको पूर्वाधार विकास, काभ्रे जिल्लाका १३ वटा पालिका खेलकुद पूर्वधार विकास, पनौतीको रङ्गशाला निर्माणमा सहजीकरण गर्ने देखि खेलकुदके विकास गरी बागमती प्रदेशको गरिमा राख्ने अभियानमा हामी लागेका छौँ ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ (१) को प्रदेश सांसदमा दोश्रोपटक निर्वाचित हुनुभयो । अब जनताले यहाँसँग आशा र भरोसा गर्ने ?
काभ्रे क्षेत्र नं. १ को १ प्रदेश क्षेत्र काभ्रेको अति नै विकट क्षेत्र हो । विगत १० वर्ष अघि जनताका जीवन निक्कै कष्टकर ढङ्गबाट वितेको यथार्थ हामी सामु छ । अहिले समय परिस्थिति फरक छ । नयाँ संविधान जारी सँगै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछि विकासको गतिमा परिवर्तन भई कार्यहरु भएका छन् । काभ्रेको भूगोलमा अति विकट क्षेत्र रोशी, कोशीपारी, डाडापारी क्षेत्र छन् । २०७४ सालमा हिडेर मात्र दैनिक जीवीका गर्नुपर्ने अवस्था थियो । अहिले उक्त क्षेत्रमा एक पालिका देििख अर्को पालिका जोड्ने सडक सञ्जाल विस्तार भएका छन् । सडक स्तर उन्न्ती हुँदै गएका छन् । महाभारत गाउँपालिकामा ८ किमी सडक कालोपत्रे कार्य शुरु भई कार्य अघि बढेको छ । कोशीपारी क्षेत्रमा सडक कालोपत्रे भएको छ । गाउँपालिका, नगरपालिका र राजमार्ग जोडिने सडकहरु स्तर उन्नती सहित कालोपत्रे गर्नुपर्ने छ । योजनावद्ध विकास निर्माणका खाका कोरेर त्यहि अनुसार नीति निर्माण गरी अघि बढ्नुको विकल्प छैन । शिक्षा, स्वास्थ्य पर्यटन कृषि क्षेत्रको विकासमा फट्को मार्ने गरी कार्य गर्नुछ । मानव सूचांकमा उल्लेखनीय प्रगति ल्याउनु छ । जनताका जनजीवीकामा आमुल परिवर्तन ल्याउनु पर्छ । गरीवीका रेखामुनी रहेका जनताको जीवनमा हाँसो र खुसि ल्याउनु छ । जनताको शिर नझुक्ने गरी कार्य गर्नुपर्छ ।
विकासे मोडल ठिक नभएकै कारण बेथिति बढेको छ । असारे प्रवित्ति हावि छ । कुनै पनि परियोजनाको ठेक्का बर्षौ सम्म पुरा नहुने कारवाही पनि नहुने स्थिति छ । त्यसमा सुधार गर्नुपर्छ भन्ने लाग्दैन् ?
विकासको पुरातनवादी परम्परावादी सोच परिवर्तन बदल्नुपर्छ । खरिद ऐन संसोधन गर्नु आवश्यक छ । विकासका मोडलहरु विज्ञहरुको सुझाव राय अनुसार गर्नुपर्छ । त्यस्तैगरी विकासका परियोजनाले दिगो विकास लक्ष्य हाँसिल हुनुपर्छ । नीति त्यहि अनुसार बन्नुपर्छ अनि कार्यान्वयन हुनुपर्छ नगरे हदैसम्मको कारवाही हुनुपर्छ ।
उत्पादनमा आत्मनिर्भर नभई देश समृद्ध हुन सक्दैन भन्ने अनि ८० प्रतिशत भन्दा बेसी समाग्री विदेशबाट आयात गर्ने कृषकले खेति लगाउने बेला मल प्राप्त गर्न नसक्ने यो कस्तो विडम्बना जुनसुकै सरकार आए पनि कानै चिरेको भएको छ ?
ग्रामिण अर्थतन्त्र बलियो बनाउनमा कृषि क्षेत्रको व्यवसायिकरण, पशुपालन व्यवसाय व्यवसायिकरण गर्ने, पर्यटन क्षेत्रको व्यवसायिक विकास, उत्पादनलाई उद्योगसँग जोड्ने रोजगारीको श्रृजना गर्ने कार्य गर्ने नीति कार्यक्रम बजेट ल्याउनु आवश्यक छ । बागमती प्रदेश सरकार प्रदेशलाई आत्मनिर्भर बनाउने अभियानमा छ । किसानलाई समयमा नै मल उपलब्ध गराउन काठमाण्डौ विश्व विद्यालय र बागमती प्रदेश सरकार मिलेर अनुशन्धान प्रक्रिया अघि सारेको छ । गरिवको लागि कृषकको हितको लागि काम गर्नुपर्छ । जनताका जीवनमा साँच्चै आर्थिक उन्नती प्रगति गराउने समग्र देशको विकास गर्नुपर्छ । यो सरकारले गर्नै पर्छ नगर्न छुट छैन ।
