IMG-LOGO

शेयर सदस्यहरुलाई उद्यमी व्यवसायी बनाएका छौं ।

 मंगल, पौष ५, २०७९  झलेन्द्र प्रसाद दाहाल प्रमुख कार्यकारी अधिकृत, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि., बनेपा

 

– प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

          गौरादह नगरपालिका वडा नं.२, झापामा जन्मनु भएका झलेन्द्र प्रसाद दाहालले वाणिज्य शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ । इटहरी जिल्लाको किसान कल्याण साकोसबाट रोजगारी शुरु गर्नु भएको हो । २०७८ फागुन १ गते देखि चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेर कार्य अघि बढाउनु भएको छ । सहकारीहरिु नाफामुखि नभई सेवामुखि  भई शेयर सदस्यहरुको बृहत्तर आर्थिक हित, सामाजिक  र सांस्कृतिक आवश्यकतालाई पुरा गर्न लाग्नु पर्छ भन्ने ठान्नु हुन्छ । संस्थाका प्रमुख कार्यकारी अधिकृती दाहालसँग चण्डेश्वरी साकोसको वित्तीय अवस्थाको बारेमा रेडियो एविसीको व्यवसायिक वहसमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

          चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको आरोह अवरोहको बारेमा बताइदिनुसन् ?

          २०४७ असार २ गते बनेपाका १३ जना युवाले प्रतिव्यक्ति रु १०० का दरले १ हजार ३ सय संकलन गरी चण्डेश्वरी फोरमको नामबाट संस्था गठन भएको हो । २०५० साल अश्विन ६ गते तत्कालीन सहकारी प्रशिक्षण कार्यालय धुलिखेलमा विधिवत रुपमा दर्ता भएको हो । संस्थापक अध्यक्ष ज्योति प्रकाश सैैँजु हुनु हुन्थ्यो । उहाँको निधन २०७० श्रावण ५ गते भएको हो । सहकारी सञ्चालनमा उहाँको देन छ ।

          बनेपामा मात्रै २ सय २० सहकारी संस्थाहरु सञ्चालनमा छन् । चण्डेश्वरी साकोसले अरु भन्दा फरक सेवा दिदै शेयर सदस्यहरुको जीवन वदल्न सकेको उदाहरण छ त  ?

            बचत तथा ऋण सहकारी संस्थाले गर्ने भनेको शेयर  सदस्यबाट बचत संकलन गर्ने संकलित रकम सुरक्षित ढङ्गले सदस्यहरुको आर्थिक उपार्जनमा केन्द्रीत रहेर लगानी गर्ने हो । शेयर सदस्यहरुलाई ऋण लगानी आर्थिक बोझ नभइ आर्थिक अवस्था सुधार हुनुका साथै, सिपमुलक तालिम उपलब्ध, उद्यमी र व्यवसायी बनाउन चण्डेश्वरी साकोस लागेको छ ।

          सहकारी संस्थाहरु प्रति जनविश्वास खस्कदो अवस्थामा छ किन यस्तो भयो ?

          २०४७ सालको राजनीतिक परीवर्तन पछि दिन दिनै अनगिन्ती सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा आए । सहकारी संस्थाहरु ऐन, नियम, सिद्धान्त भन्दा बाहिर गएर मनोमानी ढङ्गबाट विना धितो लगानी गर्ने, सदस्यहरुको आर्थिक हितलाई भन्दा बेसी अधिकांंश संस्थाहरुका सञ्चालकहरु स्वार्थ सिद्धमा लाग्नु, राज्यका अनुगमन गर्ने निकायहरु त्यसमा बेखवर हुनु जस्ता कारणले गर्दा सहकारी प्रति नागरिकले गरेको जुन खालको जनविश्वास हो, त्यो विस्तारै खस्कँदै गएको छ । वास्तवमा सहकारी संस्थहरु सेल्फ गभरनेसमा चल्ने संस्था होे । सहकारीहरु सुशासन र पारदर्शीतामा चल्नु पर्छ । हाम्रो चण्डेश्वरी साकोसका सञ्चालक टिम, शेयर सदस्यहरुको आर्थिक हित, शेयर सदस्यहरुलाई उद्यमी व्यवसायी बनाउने अभियानमा जुट्नु भएको छ । काभ्रेमा अरु थुप्रै सहकारीहरु छन् समुदायमा आधारित रहेर सञ्चालनमा छन् । केहिमा समस्या आएका छन् तीनीहरुलाई राज्यले कानूनि दायरामा ल्याएर शेयर सदस्यहरुको रकम सुरक्षित गर्ने कार्य गर्नुपर्छ ।

          सहकारी संस्थाहरुको स्थायित्व र विकास कसरी सम्भव देख्नु हुन्छ ?

          “हरेक व्यवसायमा दुई पक्ष हुन्छन् । एउटा मालिक अर्को ग्राहक पक्ष, दुवै पक्षको आ–आफ्नो स्वार्थ हुन्छन् । फरक अस्थित्वमा रहन्छन् । सहकारी संस्था यस्तो व्यवसाय हो जहाँ आफै मालिक र आफै ग्राहक हुने व्यवसाय छ भने त्यो सहकारी मात्र हो । संस्थाका सदस्य कारोवार गर्दा ग्राहक हुँ भनेर सोच्नु पर्छ, निर्णय प्रणालिमा म मालिक हुँ भनेर सोच्नुपर्छ । ” हरेक सहकारीका सदस्यहरुले संस्थाको मालिकको रुपमा भूमिका खेल्नु पर्छ । राज्यको तर्फबाट गर्ने काम नियमन, अनुगमन र सुपरीवेक्षण हो । यसो गरेको खण्डमा सहकारीको स्थायित्व र विकास सम्भव छ ।

          सहकारीहरुले उद्यमशिलताको  विकास र उत्पादन क्षेत्रमा लगानी बढाउन सकेन नी ?

           सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई बढि भन्दा बढी सेवा सुविधा प्रदान गर्ने आर्थिक उन्नतिका आधार तयार गरिदिने पूँजी जुटाइदिने, उत्पादन मुलक क्षेत्रमा लगानी बढाएर उत्पादन भएका बस्तुको बजारीकरण गर्ने प्रवन्ध गर्नुपर्छ । घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गर्ने कार्य गरिनु पर्छ । हाम्रो सहकारीले हरेक वर्ष ३५ देखि ४० जनालाई सिपमुलक तालिम प्रदान गरी उद्यमी व्यवसायी बनाउन लागि  परेको छ । अहिले यसै वर्ष मात्र संस्थामा नविनभक्त बादेको नेतृत्वमा नयाँ सञ्चालक समिति आएको छ । सबै सञ्चालक टिम सहकारीको दिगो विकास सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग पु¥याउन लागि पर्नु भएको छ । त्यस्तै गरी सबै कर्मचारी  टिमको सक्रियताले संस्था यो अवस्थामा आउन सकेको छ । शेयर सदस्यहरुको साथ सहयोग विश्वासले हामीलाई काम गर्ने उत्साह थपिदिएको छ ।

          अन्त्यमा केहि भन्नु छ की ?

          शेयर सदस्यहरुले सहकारीमा कारोवार गर्नु भन्दा अगाडि सहकारी मुल्य मान्यता अनुसार चलेको छ की छैन् सोको विचार गरेर कारोबर गर्न अनुरोध गर्दछु । हाम्रो चण्डेश्वरी साकोस शेयर सदस्यहरुको सत विश्वास, आर्थिक कारोवारमा सक्रिय सहभागीता , वित्तीय अनुशासन रहेर कार्य गर्न सघाउनुको कारणले गर्दा गत वर्ष बागमती प्रदेशकै नमुना उत्कृष्ट सहकारीको रुपमा सम्मान पाएको छ । त्यस्तै गरी सहकारी आर्थिक सुशासन, पारदर्शीता कायम गरी  शेयर सदस्यहरुको जीवन बदल्न भूमिका खेलेकोले र सुरक्षण र दिगो साकोसको रुपमा रहेको भन्दै एशियाली ऋण महासंघले नेपाल मै उत्कृष्ट कारोबार गरेको रुपमा एक्सेस ब्राण्ड प्रदान गर्ने घोषणा गरेको छ । २०७९ मंििसर मसान्त सम्ममा ८ हजार ६ सय ४४ शेयर सदस्यबाट १० करोड ९६ लाख ४७ हजार ६ सय शेयर पूँजी संकलन,  ९३ करोड ४० लाख ऋण लगानी गरेकोे छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्