IMG-LOGO

डा. वशंवदाम्बा कौडिण्यायनी

 मंगल, मंसिर २७, २०७९  कार्यालय प्रमुख, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा काभ्रे

      २०६४ सालमा चिकित्सा शास्त्र अध्ययन संंस्थानबाट पिएचडी गर्नुभएको वशंवदाम्बा कौडिण्यायनीले गाइघाट उदयपुर स्वास्थ्य केन्द्रबाट पहिलो रोजगारी शुरु गर्नु भयो । २०७९ असोजबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भयो । ठिक समयमा आहार विहार गर्ने, विहान एकै समयमा उठ्ने र बेलुका एकै समयमा सुत्ने वानीको विकास गर्नु, नियमित व्यायमको साथ साथै ध्यान गरी सकारात्मक सोचको विकास, इन्द्रीयहरुलाई नियन्त्रणमा राख्ने, मानव सेवालाई शिरमा  राखेर कार्य गरेको खण्डमा व्यक्तिगत र समाजिक उन्नती हुनुको साथै समाज र राष्ट्रको समेत उन्नती हुने तर्क गर्नु हुन्छ । कार्यालय प्रमुख वशंवदाम्बा कौैडिण्यायनी सँग रेडियो एविसीमा आयुर्वेद स्वास्थ्यको उपयोगीताको बारेमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

      आयुर्वेद चिकित्सा प्रणाली के हो ? काभ्रे जिल्लामा कसरी सञ्चालन भएको छ ?

      आयु भनेको जीवन+बेद (शास्त्र) जीवनको शास्त्र हो । हित अहित, सुख र दुःखको मापदण्ड बनाई वर्णन गर्नु नै आयुर्वेद भनिन्छ । आयुर्वेदको दुई लक्ष्य हुन्छ । व्यक्तिको स्वास्थ्यको रक्षा  गर्नु र रोगीको रोगको उपचार गर्नु आयुर्वेद चिकित्सा प्रणाली हो । नेपालमा आयुर्वेदको उपचार ढुङ्गे युगबाट नै शुरुभएको हो । यसको संस्थागत विकास ३ सय ६० वर्ष पहिले प्रताप मल्लको पालामा भएको हो । देशमा ३ सय ८२ वटा आयुर्वेद सेवामुलक संस्थाहरु सञ्चालनमा छन् । ५० आयुर्वेद औषधालय स्थानीय सरकार अन्तरगत, २ प्रदेशमा आयुर्वेद औषधालय, ११ जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र, पालिका अन्तरगत गरी जम्मा ६३ वटा आयुर्वेद स्वस्थ्य संस्थाहरु बागमती प्रदेशमा सेवा दिई रहेका छन् । काभ्रे जिल्लामा पनि २३ प्रकारका आयुर्वेदीक औषधी निःशुल्क प्रदान गरी सेवा लिन आउने नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ । दैनिक ओपीडी सेवा समेत उपलब्ध छ ।

      व्यक्तिको स्वास्थ्य रक्षा कसरी गर्न सकिन्छ ?

      दिनाचार्य, ऋतुचार्य, आहार–विहार, आचार, ऋतु हरितकीमाध्यमबाट विद्यालय आयुर्वेद शिक्षा, जडिबुटी, परिचात्मक कार्यक्रम, मातृ शिशु परिचात्मक कार्यक्रम, पञ्चकर्म सेवा रसायन सेवन, आश्वागन्धा, आमलकी र रोगीको रोगको उपचार गरी व्यक्तिको स्वास्थ्य रक्षा गर्ने कार्य गरिएको छ ।

      जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य सेवाहरु के के छन् ?

      २३ प्रकारका औषधिहरु निःशुल्क वितरण गरिन्छ । काभ्रे जिल्लाका ९ पालिकाहरुमा स्वास्थ्य सेवा, नागरिक आरोग्य केन्द्र, स्वास्थ्य संस्था सञ्चालन गरी सेवा प्रवाह गरेको छ । बाँकी ४ पालिकामा पनि निकट भविष्यमा सेवा विस्तार गरिने छ । निःशुल्क उपचार अन्तरगत ज्वरो, श्वासनविकार, अम्लपित्त, अतिसार, ग्रहणी उदररोग प्रमेह, मधुमेह, कामला, पाण्डु, रक्तचाप, रक्तविकार, मुत्रविकासर, प्रसुति, बालामृत मृग मदासव र दसमुलतेल निःशुल्क औषधी वितरण गरिने छ ।

      नागरिकहरुले सहज रुपले बुझ्ने गरी आयुर्वेदका संदेशहरु बारेमा थप प्रष्ट पारी दिनुसन् ?

      “सात्विक खाना (शुद्ध शाकाहारी सजिलै पच्ने खाना खाएमा शरिरलाई स्वास्थ्य राख्दछ । मुटु, मृगौला, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहुनबाट जोगाउँछ । दिनको खानामा दहि, राति सुत्ने बेलामा दुध विहानी खाली पेटमा पानी खानु स्वास्थ्यको लागि हितकर हुन्छ । खाली पेटमा पानी अमृत सरह हुन्छ । खाना खाए लगत्तै पानी पिउनु विष समान हुन्छ ।” 

       निकोटीन युक्त मादक तथा संज्ञानाश जन चिजको अनावश्यक सेवा गर्दा रोग लाग्छ । मन, बचन कर्मले सहि आचरण गर्ने व्यक्ति पूर्ण स्वस्थ रहन्छ । स्वस्थ जीवनका चार आधार आचार , विचार, आहार र विहार हो । मनको क्रियाकलापलाई नियन्त्रण गर्ने कला यो हो । यसले शारिरिक, सामाजिक,मानसिक स्वस्थता रहन्छ ।

      आयुर्वेदीक औषधीको प्रयोग गर्नु पर्छ भन्ने चेतना फैलउन नसक्नु त राज्यको कमजोरी होनी ?

      हरेक विषय बस्तुको उपयोगीताको बारेमा नागरिकले सूसूचित हुन पाउनुपर्छ । यसमा राज्यका समन्धीत  निकायको ध्यान जानुपर्छ । राज्यले नागरिकका आवाजलाई गुनासालाई सुनेर सम्बोधन गर्नुपर्छ । केहि कमी कमजोरी भएका छन् त्यसलाई सुधार गर्र्दै जानुपर्छ । चेतनामूलक सन्देश फैलाउन हामी लागि पर्छौ  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्