IMG-LOGO

प्रतिगमनकारीलाई पछार्दै लोकतान्त्रिक बामगठवन्धनको जित भएको छ

 मंगल, मंसिर २०, २०७९  सूर्यमान दोङ (लालध्वज) काभ्रे क्षेत्र नं. १, सांसद

–प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

                साविक मेच्छेपौवा गाविस – ९ हाल तेमाल गाउँपालिका ९ पिता इमानसिंह तामाङ ÷ माता माइली तामाङको कोखबाट २०२७ साल बैशाख १ गते सूर्यमान दोङको जन्म भएको हो। २०४४ सालबाट मोटो मसालबाट राजनीतिक यात्रा सुरु गर्नु भएका सूर्यमान तामाङ (लालध्वज) हक्की स्वभावको हुनुहुन्छ। माओवादी केन्द्र काभ्रेको इन्चार्ज र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रतिनिधि सभा  सदस्यमा निर्वाचित हुनुभयो । २०६८ सालमा उर्जा राज्य मन्त्री समेत हुनुभएका सूर्यमान दोङ, २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट लोकतान्त्रिक बामगठवन्धनको साझा उम्मेदवारको रुपमा रहनु भई सूर्यमान दोङ (लालध्वज) ले काभ्रे क्षेत्र नं. १ को सांसद पदमा ३४ हजार ५ सय १२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रेशम लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरी पराजय भोग्नुभयो । ३ हजार ९ सय ६४ मतान्तरले विजयी प्रतिनिधिसभा सांसद सूर्यमान दोङ (लालध्वज) सँग काभ्रे क्षेत्र नं. १ को विकासका नयाँ योजना के छन् । सुशासनको सवालमा यहाँको भूमिका कस्तो रहन्छ भन्ने सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

                काभ्रे क्षेत्र नं. १ का जनताले तपाई माथि विश्वास गरेर मत दिइ विजयी गराउनुभयो  अब तपाई के गर्नु हुन्छ ?

                मलाई अमूल्य मत दिई विजयी गराउनु हुने सम्पूर्ण आम मतदाता लगायत काभ्रे–१ निर्वाचन क्षेत्रका जनतालाई हार्दिक नमन गर्न चाहन्छु । अब जनताहरुलाई शिरमा राखेर यस क्षेत्रका जनताका जल्दावल्दा समस्याहरु पहिचान गरेको छु । गठवन्धन कै नेतृत्वमा सरकार बन्छ । जनताका आधारभूत आवश्यकता पुरा हुन नसकको क्षत्रेमा  नागरिकहरुको आवश्यकतालाई पुरा गर्ने छु । पूर्वाधार विकास, सडक सञ्जाल विस्तार थप व्यवस्थित गर्ने, पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने कार्य पहिलो प्राथमिकता हुनेछ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय विकासमा मेरो ध्यान केन्द्रित हुनेछ ।

                ५ दलीय गठवन्धन गरेर चुनवमा गए पनि आवश्यक पर्ने १ सय ३८ सिट सहित बहुमत त ल्याउन सकेन नि देश त झन अस्थिरता तिर जाने भो नि ?

                लोकतान्त्रिक वाम गठवन्धनको बहुमत पुग्छ । गणतन्त्रको संस्थागत विकास लोकतन्त्रको रक्षा गर्ने परिवर्तनकारी शक्तिहरुको गठ जोडले अघि सारेका नीति कार्यक्रम योजना राम्रो छ । देश निर्माण गर्ने अब हामीले हो  हामी गर्दछौँ । केपी अ‍ोलीले नेतृत्व गरेको नेकपा एमाले प्रतिगमनकारी भएकोले दोश्रोदल बन्यो । जनमतको अपमान गरेर विगतमा २÷२ पटक प्रतिनिधि सभा भङ्ग गरेकोले र संविधान प्रति नै घात गरेकोले आजको अवस्था आएको जगजाहेर छ । “गठवन्धनले सरकार बनाएर देशलाई निकास दिन्छ । एमाले पार्टीले देशलाई पश्चगमन तिर धकेल्यो । देशको समग्र विकास, शान्ति, सुशासन, अमनचयनको लागि लोकतान्त्रिक गठवन्धन भएको हो । ”

                काभ्रे जिल्ला कै सन्दर्भमा चुनावको नतिजालाई नियाल्दा समानुपातिकमा एमाले पहिलो, दोश्रो कांग्रेस, तेश्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी तपाईँहरुको नेकपा माओवादी केन्द्र त चौथो दल भएको छ त कांग्रेस र कम्युनिष्ट पार्टीलाई चुनौती दियो नि ?

                अन्तिम नतिजा सार्वजनिक हुँदै छ । ६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी हा हो को भरमा जनताका विचमा आएको छ  केहि सिट ल्याएको छ । त्यसमा आत्तीनु पर्ने केहि छैन् । राजनीतिक विचार सिद्धान्त केहि  छैन् । अहिले शक्तिको रुपमा देखिएपनि स्थापित हुन त्यति सजिलो छैन । नेपाली जनताले बुझ्दै जाने छन् । देश विकासको संवाहक, संविधानको रक्षा गर्ने देशको जनताको जनजीविकाको सवालमा माओवादी केन्द्रले महत्वपूर्ण भूमिका खेल्छ भन्न चाहन्छु ।

                गठवन्धनको सरकार गठन भएको २ वर्ष वित्यो किसानहरुको हितमा त केहि काम गर्न सकेन सकेन । खेतिवाली लगाउने बेला मल र विउविजन उपलब्ध गराउन सकेन जुन सरकार आए पनि उहि ताल यो के हो ?

                गठवन्धनको सरकार बन्ने वित्तीकै जादुको छु मन्तर जस्तै गरी कार्य भई हाल्ने विषय होइन । यो मलको समस्या बषौँ  देखिको समस्या हो । केपी ओलीको सरकारले केहि गर्न सकेन् । किसानको हितमा अव बन्ने गठवन्धनको सरकारले कार्य गर्छ । मल समयमै उपलब्ध गराउने मात्र हैन मल कारखाना देशमा नै खोल्ने अवस्था श्रृजना गर्छ । कृषिमा आत्म निर्भर बनाउन कृषि क्षेत्रमा व्यवसायमा व्यवसायिकरण र वैज्ञानिक खेति प्रणाली लागु गरिने छ ।

                काभ्रे क्षेत्र नं. १ को शिक्षा, स्वास्थ्यको पहुँच विस्तार गर्ने नयाँ योजना के छन् ?

                यस क्षेत्रका सबै नागरिकहरुलाईृ गुणस्तरीय शिक्षा प्रदान गर्न यहाँका सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माण, शैक्षिक पूर्वाधार विकास, खेलकुद क्षेत्रको विकास गर्न आवश्यक योजना निर्माण गरी अघि बढिने छ । त्यस्तै गरी स्वास्थ्य क्षेत्रको पहुँच विस्तार गर्दै अस्पताल निर्माण गर्ने छौँ । अकालमा कोहि मर्नु नपरोस, स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै नागरिकहरुको स्वास्थ्य विमा गर्ने नीति अङ्गीकार गर्ने छौँ ।

                समाजमा पछि परेका पारिएका वर्ग गरिवीको रेखामुनी रहेका जनताहरुको जीवन वदल्ने सवालमा यहाँको कस्तो भूमिका रहन्छ ?

                समाजमा पछि परेका वर्ग, गरीवीका रेखामुनि रहेका, शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिन्छ । नागरिकहरुको अभिभावक राज्य हो । कृषि, पर्यटन क्षेत्रको व्यवसायिक विकास औधोगिक ग्रम निर्माण गरी रोजगारीको श्रृजना गर्ने छौँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्