IMG-LOGO

समृद्ध काभ्रे निर्माण हाम्रो अभियान

 मंगल, कार्तिक २९, २०७९  कुमार खकुरेल काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ क प्रदेश सदस्य उम्मेदवार

       साविक खरेलथोक गाविस-८, हाल पाँचखाल-११ मा २०२३ सालमा कुमार खकुरेलको जन्म भएको हो । २०३७ मा अनेरा स्ववियू प्रारम्भीक कमिटीमा संगठित हुनुभई राजनीतिक यात्रामा लाग्नु भयो । २०४३ मा ७ औँ जिल्ला अधिवेशनमा आयोजक कमिटी संयोजक र २०७० मा काठमाण्डौमा भएको ९ औँ महाधिवेशनमा पतिनिधि तथा सचिवालय उपसमिति हुँदै हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कुमार खकुरेल निष्ठावान, इमान्दार पार्टीको सिपाहीमा चर्चित हुनुहुन्छ । उहाँ आगामी मंसिर ४ गते निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेर चुनावी मैदानमा आफ्नै  पार्टीबाट चोइटिएर गएका नेकपा -एकीकृत समाजवादी) का लक्ष्मण लम्साल जो सत्ताघटक सहित ५ दलिय गठवन्धनका साझा उम्मेदवारसँग  चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रनु भएको छ । उहाँसँग आफ्नो क्षेत्रको विकास र समृद्धि गर्ने प्रतिवद्धता के छन् भन्ने सन्दर्भमा रेडियो  एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

       एकातिर सत्ताघटक सहितको ५ दलीय गठवन्धन छ यीनिहरुलाई पराष्त गरी यहाँका चुनाव जित्ने आधार के छन् ?

       गठवन्धन कुन उद्देश्य प्राप्तिका लागि के गर्न बनेको हो । त्यसमा भर पर्छ । यो अपवित्र स्वर्थको झुण्डको गठवन्धन हो । आफ्ना भाई, भारदार, आफन्तजनलाई उच्च ओहदामा पुर्‍याउन मात्रै गरिएको गठवन्धनले कसरी चुनाव जित्न सक्छु । जनताका जनजीविकाका सवालमा जनताका मुद्धामा, आर्थिक र सामाजिक परिवर्तन गर्नको लागि राष्ट्र र राष्ट्रियता प्रति अडिक रहेको जनताको लोक प्रिय पार्टी नेकपा  एमाले हो  । जसको नेतृत्व केपी ओलीले गर्नु भएको छ । जनताको आशा र भरोषाको केन्द्र जनताहरुको प्रिय पार्टी एमाले भएकाले देशै भरी एमालेको चुनावी माहोल छ । जस्तो आफै पनि शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको निष्ठावान, जनताको सधै सुख दुःखमा साथ दिएको कार्यकर्ता हुँ । म जनतासँग निरन्तर जोडिएको छु । एमालेपार्टीको विशाल संगठन छ । संंगठित सदस्य, विभिन्न भातृ संगठन जसले क्रान्तिको विगुल फुक्न सक्ने ताकत क्षमता ढृढ अठोट एमालेमा छ । त्यसैले पनि चुनाव जीत्ने आधार छ । काभ्रेमा यस अघि सूचना प्रविधि र शहरी विकास मन्त्री गोकुल बास्कोटाले काभ्रे जिल्लाको दिगो विकासका योजनाहरु कार्य प्रारम्भ भई सकेका छन् । पाँचखाल मदन भण्डारी विश्व विद्यालय, बनेपामा सुरक्षण मुद्रण प्रेस बन्दै छ । सुनकोशी विद्युत हाउस निर्माण, पाँचखाल उपत्यका एकीकृत खानेपानी, काभ्रे क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकासमा उल्लेखनीय विकासको प्रगतिले गति लिएको छ । टोलटोलमा खानेपानीको कार्य अघि बढेका छन् । त्यसैले पनि हामी चुनाव जित्छौ र आगामी ५ वर्ष जनताहरुको विकास र समृद्धिको चाहनालाई पुरा गर्न लाग्छौँ । गठवन्धन जनता झुक्याउन माहिर छ  तर जनता विवेकशिल छन् नेकपा एमालेका उम्मेदवारलाई मत दिन्छन् ।

       कृषि प्रधान देशमा मल विउविजनको जहिले आभाव अहिले त ५ दलिय गठवन्धनको सरकार हुँदा समेत एकघर परिवारले ५/१० केजी मल प्राप्त गर्छन् । कसरी ग्रामीण अर्थतन्त्र बलियो बन्छ यस कुरामा ध्यान केन्द्रित गर्नु पर्छ भन्ने लाग्दैन् । जुन सरकार आए पनि किसान र जनतालाई किन घात ?

       यहाँले उठाउनु भएको विषय गम्भीर छ सोचनीय छ । ‘मल विउविजन किसानलाई सर्व सुलभबाट उपलब्ध गराउनु पर्छ । सरकार निकम्बा भएर बस्न मिल्दैन । ५ दलीय परमादेशीको सरकारले जनताहरुलाई कुशासन,महंगीको उपहार दिएको छ । खाद्यान्न पेट्रोलियम पदार्थको मुल्य आकसिदो छ । देश आर्थिक संकटमा फसेको छ । विगत र वर्तमानलाई नियाले पुग्छ । विगत २ वर्ष अघिको मुल्यको अवस्थालाई दाजौँन यो सरकार कति गैर जिम्मेवार छ भनेर’  कृषिमा व्यवसायिकरण गर्न सिँचाई नभएको क्षेत्रमा सिचाँइको प्रवन्ध गर्न किसानले उत्पादन गरेका कृषि उपज बजारीकरण गर्न राज्यले आर्थिक सहयोग उपलब्ध गराउने, किसान पेन्शन नीति अविलम्ब लागु गर्नुपर्छ । हाम्रो नेकपा एमालेले त्यो गर्छ ।

       यहाँ विजयी हुनुभयो भने आफ्नो क्षेत्रको विकास समृद्धिलाई जोड्ने नविनतम परिकल्पना के छन् ?

       काभ्रे जिल्ला नै कृषि, पशुपालन, पर्यटन क्षेत्रको अपार सम्भावना भएको जिल्ला हो । कृषिलाई आधुनिकीकरण, व्यावसायिकरण गरेर उद्योगसँग जोड्ने रोजगारीको श्रृजना गर्ने एमालेले हरेक वर्ष ५ लाख युवाहरुलाई रोजगारीको श्रृजना गर्ने नीति लिएको छ । त्यसलाई पुरा गर्ने, पर्यटन क्षेत्रको पूर्वाधार विकास, मोटर बाटोलाई व्यवस्थित गनेर्, कालोपत्रे क्रमागत रुपमा गर्दै जाने शैक्षिक क्षेत्रको गुणात्मक विकासमा बजेट बढाउने केन्द्रीय सरकारलाई पहल गर्ने, प्रदेशले बनाउने शिक्षा नीति सिपमुलक, प्राविधिक, शिक्षा प्रदान गर्ने, जेष्ठ, अपाङ्गलाई निःशुल्क स्वास्थ्य सेवा, समाजमा पछाडि परेका पारिएका वर्गहरुको उत्थान, गरिवी निवालरण जस्ता कार्यहरु गर्न योजनावद्ध ढङ्गबाट अघि बढ्छु ।  समृद्ध काभ्रे सुखि काभ्रेली बनाउन नेकपा एमाले तर्फबाट उम्मेदवार भएका सबैलाई मत दिई सूर्य चिन्हमा छापलगाइ मतदान गर्न आम काभ्रेलीलाई आह्वान गर्न चाहन्छु ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्