२०३६ साल भाद्र २३ गते भिमखोरी गाविस हाल रोशी गाउँपालिका वडा नं. ११ पिता सूर्यमान तामाङ माता पुष्पा तामाङको छोरा दिलिप तामाङको जन्म भएको हो । शालिन स्वभावका दिलिप तामाङ, नेकपा एमाले काभ्रेका कर्मठ, कुशल संगठनको रुपमा परिचित हुनुहुन्छ । २०४४ सालमा अनेराश्ववियु ललितकला क्याम्पसबाट राजनीतिक यात्रामा गँसिनु भएका तामाङ, २०४८ सालमा पार्टी सदस्य, गाउँकमिटी सचिव, २०५४ मा इलाका कमिटी सचिव, ५ औँ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य हुँदै पालिका कमिटी संयोजक हुनुभयो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को क प्रदेश सदस्य उम्मेदवार बन्नु भएका दिलिप तामाङ सँग उक्त क्षेत्रको दिगो विकास गरी समृद्ध काभ्रे बनाउने योजना के छन् भन्ने सवालमा रेडियो एवीसीमा गरिएको कुरा कानीको अशं यहाँ प्रस्तुत गरिएको छ ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र १ क का प्रदेश सभा सदस्य उम्मेदवार दिलिप तामाङलाई जनताले किन मत दिने ?
नेकपा एमाले पार्टीसँग नीति कर्यक्रम योजना स्पष्ट भिजन छ । जनताको बहुदलिय जनवादलाई अंगिकार गरी जनताहरुको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने पार्टी हो । शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, गरिवी निवारण, सुकुम्बासी समस्याको समाधान, महिला तथा युवा वर्गको नेतृत्व विकास आर्थिक र सामाजिक रुपान्तरणको लागि हिजो केपी ओलीको नेतृत्वमा होस या मोनमोहन अधिकारीको ९ महिने शासनमा गरेको जन पक्षिय कार्य यि सबै कारण छन् । नेकपा एमालेका काभ्रेका सबै उम्मेदवारलाई जिताउनुपर्छ । समृद्ध काभ्रे जिल्ला बनाउने अठोटमा जनताले साथ दिनु हुने छ । विकासको सम्बाहक नेकपा एमाले पार्टी हो । अरु पार्टी होइन । अरु गफ र हल्लाले खानेहरु हुन् । सुशासन र दिगो विकासका लागि मेरो उम्मेदवारी हो ।
तपाँई जित्ने आधार के छ सत्ताघटक नेपाली कांग्रेस सहित ५ दलीय गठवन्धन छ । चुनाव कसरी जित्नु हुन्छ । चुनौती सामना गर्ने सामर्थय छ ?
कांग्रेस सहितको ५ दलिय गठवन्धन अल्छी, जनताहरुलाई ऋण बोकाउने, महंगीको उपहार दिने, बेथिति बढाउने अनि कमाउनेहरुको झुण्ड हो । जनताहरुले यिनीहरुको सरकार बनेपछि देशमा चरम आर्थिक संकट, किसानलाई मल विउविजन उपलब्ध गराउन नसक्ने नालायक सरकार भनेर जनताहरुले भनि रहेका छन् । त्यसैले पनि एमालेले जित्ने जन लहर बढ्दै गएको छ । एमालेको बलियो संगठन छ । इमान्दार कार्यकर्ता छन् । म आफै विगत ३० वर्ष देखि जनताको शुख,दुःखमा सधै साथ दिइ रहेको इमान्दार पार्टीको सिपाही हँु । राष्ट र राष्ट्रियता प्रति अडिक रहेको पार्टी नेकपा एमाले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छँदाको बखत भारतबाट अतिक्रमित भूमि कालापानी, लिपुलेक,लिपिंयाधुरा सहितको चुच्चे नक्सा निर्माण गरी भूमि फिर्ता गराउन प्रतिनिधि सभाबाट सर्वसम्बत पास गर्ने कार्य भयो । सत्ताघटक कांग्रेस, माओवादी केन्द्र र यसपार्टी सहितको सरकारले छलछाम, ढाँट र तर्साउने राजनीति गरिराखेको छ । अब जनताहरु भूल भूलैयामा लाग्ने छैनन् । देश बनाउने आँट साहस र तागत नेकपा एमालेमा मात्र छ । मेरो क्षेत्रमा पटक पटक अवसर पाएका कांग्रेस र माओवादी केन्द्रका साझा गठवन्धनका उम्मेदवारहरुले कुनै पनि खालको जनमुखी कार्य गर्न नसकेकै कारण मलाई जनताले विश्वास गर्छन । म सहित काभ्रे प्रतिनिधि सभा क्षेत्रका १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रेशम लामा ख का उम्मेदवार चन्द्र लामा सहित विजयी हुन्छौँ ।
जनताले विश्वास गरेर झण्डै दुई तिहाई दिएको सरकार टिकाउन सकेन भन्ने आवाज उठी रहेको छ के भन्नु हुन्छ ?
हो हामीलाई जनताले विश्वास गरेर जनमत दिएका हुन् । नेकपा नेतृत्वको सरकारको नेतृत्वु केपी ओलीले गर्नु भएको थियो । सुखि नेपाली समृद्ध नेपाल बनाउने परिकल्पनालाई साकार पार्ने नदिने षडेन्त्रकारीहरु आफ्नो स्वार्थ पूर्ति नाता गोतालाई मात्र पदमाग्ने ओली सरकारलाई विलखबन्धनमा पार्ने कार्य भयो । ४२ महिना सरकार चलाउँदा शिक्षा, स्वास्थ्यमा गुणात्मक सुधारब, भूकम्पबाट क्षति भएका सबै घर निर्माण, सडक कालो पत्रे, सडक व्यवस्थित गर्ने जस्ता कार्य गर्दै सुशासन शान्ति अमन चयनमा क्रमागत सुधार भएको थियो । अब फेरी एमालेलाई मत दिएमा समृद्ध नेपाल बनाउने अभिलाशा पुरा हुन्छ ।
मधुमेह दिवसमा स्वास्थ्य परीक्षण
विश्व मधुमेह दिवसको अवसरमा हिजो रोजरी क्लब अफ पनौतीले निःशुल्क डाइवेटिज परीक्षण सम्पन्न गरेको छ । क्लवका अध्यक्ष मधु सुधन गुरागाइको सभापतित्व सम्पन्न कार्यक्रममा ९५ मधुमेह परीक्षण गरिएको थियो । डाक्टर द्वय पवन केसी, प्रमीला भण्डारी र स्वास्थ्यकर्मी श्रृष्टी श्रेष्ठले स्वास्थ्य परीक्षण गर्नु भएको कुरा स्थानीय विकुनारायण ताम्राकारले काभ्रे टाइम्सलाई बताउनु भयो । रोट्रयाक्टका अध्यक्ष प्रशान्ना स्याउला, इन्टरपाक्टका अध्यक्ष रितिक मगराती लगायतको उपस्थिति रहेको थियो । इन्टरयाक्ट क्लब सिद्धार्थ वनस्थलिले समेत सहयोग पुर्याएको थियो ।
