धुलिखेल नगरपालिका वडा नं. ४ श्रीखण्डपुरमा २०३६ सालमा जन्मनु भएका मनोज पण्डितले कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको व्यक्ति हुनुहुन्छ । ग्रेटर नेपाल, दासढुङ्गा फ्लिमको निर्देशन समेत गर्नु भएका बौद्धिक व्यक्तिमा गनिनु हुने पण्डित आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नु भएको छ । गतिशिल गन्तव्यका तीन आधारभूत तत्वको आधारमा राजनीतिक समस्या हल गर्ने तर्क गर्नु हुन्छ स्वतन्त्र उम्मेदवार मनोज मण्डित । उहाँसँग काभ्रे जिल्लाको विकास र समृद्धिलाई जोड्ने दृढ संकल्प के छन् भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र पार्टीलाई जनताले देशको बागडोर समाल्न मतदान गरे त्यसको दुरुपयोग गरेर जनताहरुको विकास र समृद्धिको चाहनालाई कुठाराघात गरेर देशलाई अधोगतिमा धकेले जसका कारण जनताहरु आक्रोशित छन् । सबैको लागि शिक्षा भनिएको छ गुणस्तरीयता छैन् । समाजमा उच्च र निच्च वर्ग विचको चरम असमान्ता छ । राजनीतिमा नीति प्रधान हुनुपर्ने नेता प्रधान भयो । देशमा शान्ति, सुव्यवस्था, अमनचयन, सुशासन कायम हुन सकेको छैन् । सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने सत्ता जोगाउन राष्ट्रपति सम्झौता गर्ने पछिल्लो उदाहरण अमेरिकी परियोजना मेलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र एसपीपी जस्ता राष्ट्रघाति कार्य गर्न पछि परेनन् । भारतले हाम्रो भूमि मिचिदाँ समेत चुक्क नबोल्ने उतै लम्पसार पर्ने यो ५ दलिय गठवन्धनको सरकार शेरवहादुर देउवाले नेतृत्व गरेका छन् । देश र जनताको लागि केहि गर्न नसक्ने जनताहरुलाई महंगीको उपहार दिने, भ्रष्टाचार चरम चुलीमा पु¥याउने कार्य भएको छ । देशमा भएको विकृति विसँगति, अव्यवस्थाको विरुद्ध मेरो उम्मेदवारी हो । काभ्रे जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकास, भौतिक पूर्वाधारको दिगो विकास, विकासमा नयाँ संरचना आवश्यक छ । नीति बदल्नु छ नेताको नियति बदल्छु । बजेट ल्याउने कार्यकर्ता मोटाउने कार्य भएको छ । यसको अन्त्य गर्नु छ । राजनीतिक दलको दशत्व स्वीकार गरेर कार्यकर्ताहरु नेताले भ्रष्टाचार गर्दा चुक्क नबोल्ने काँधमा बोक्ने गर्दा देशमा यो खालको बेथिति भएको हो । यहाँ सानालाई ऐन ठूलालाई चैन भयो । दण्डहिनता मौलायो । कार्यकर्ताहरु दल र नेताको दाशी बने । देशमा पार्टी विना कुनै जनता बाँच्न सक्दैनन् भन्ने प्रविति हावि भयो । काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ मा उम्मेदवार बन्नु भएका एमालेका नेता गोकुल बाँस्कोटा ७० करोडका टेप रेकर्डवाला हुन भने शिव हुमागाई पनि झुटको खेति गर्दै ५ दलिय गठवन्धनको हवला दिदैँ मत माग्न गएका छन् । यिनीहरुले नैतिकता गुमाई सकेका छन् । लोकतन्त्रमा पार्टी सिष्टममा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने हो । त्यसो किन गर्न सकेनन् । देशमा सुशासन कायम गर्न, जनताको विकासको चाहनालाई पुरा गर्न नेताहरुको गलत प्रवृतिलाई बदल्न, भ्रष्टाचारी नेताहरुलाई जेल हाल्न नसकिन्जेल देश बन्दैन । त्यसैले काभ्रे जिल्लाकै मुहार फेर्न सन्तुलित विकास गर्न देशका नव युवा जमात, जेष्ठ सबैको ज्ञान सिपको सहि सदुपयोग गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ । ग्रामीण अर्थतन्त्र बलियो बनाउन कृषि उपजमा उत्पादन बढाउन, उद्योगधन्दाको सम्भावना भएको क्षेत्रमा उद्योगधन्दा खोलि रोजगारी श्रृजना गर्न मेरो उम्मेदवारी हो । त्यसैले काभ्रे क्षेत्र नं. २ का मतदाताहरुले डोजर चिन्हमा मतदान गर्न हार्दिक आह्वान गर्न चाहन्छु । स्वतन्त्रलाई जिताएर नियत, नीति र नियति बदल्नु छ ।
