२०२६ साल जेष्ठ १२ गते पनौती–८ मल्पीमा विश्वश्वर बञ्जाराको जन्म भएको हो । २०४३ सालमा अनेरा स्ववियु ५ औँ इन्द्रश्वर प्राकको सदस्य, २०६५९ नेकपा माओवादी केन्द्रको संगठित सदस्य, त्यस्तै गरी पछिल्लो चरणमा माधव नेपालले एमाले फुटाएर गएको नेकपा (एकीकृत समाजवादी) काभ्रेको सचिवालय सदस्य भएका बञ्जारा गत जेष्ठ ३० गते भएकोमा स्थानीय पालिकाको निर्वाचनमा पनौती नगरपालिका वडा नं. ८ बाट वडा अध्यक्षमा उम्मेदवारी दिनु भएका विश्वश्वर बञ्जाराले बाजी भने मार्न सक्नु भएन । एमालेका अध्यक्ष पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीको तानशाह प्रवृत्ति भयो भनेर अलग पार्टि बनाएर अघि बढे पनि माधव नेपाल पनि उहि ड्याङ्गमा परे । नीति, विचार, सिद्धान्त कंहि कतै नमिल्ने सत्ता घटक नेपाली कांग्रस पार्टी लगायत ५ दलीय गठवन्धनमा नेकपा एस पार्टीका अध्यक्ष माधव नैै गठवन्धनमा सामेल भए पछि कम्युनिष्ट पार्टी भने नीति, विचार, सिद्धान्त सबै तिलाञ्जली दिएर सत्ताको लागि जेपनि गर्ने भएपछि मैले पार्टी छोडेर काभ्रे पतिनिधि सभा क्षेत्र नं. १ ख मा प्रदेश सदस्य स्वतन्त्र उम्मेदवार दिएको तर्क गर्नु हुन्छ बञ्जारा । उहाँसँग उक्त क्षेत्रको विकास र समृद्धि गर्ने संकल्प के भन्ने सवालमा रेडियो एवीसीमा गरीएको कुराकानीको मुख्य अंश यहा प्रस्तुत गरिएको छ ।
कांग्रेस, एमाले, नेकपा, माओवादी केन्द्र, मधेशवादी दल, नेकपाएस यी सबै सत्ता र शाक्तिको लागि जे पनि गर्ने पार्टी भए । राष्ट्रिय स्वाधिनताको सवालमा देश र जनताको हितमा कार्य गर्न छोडेर कै कारण अहिले देश भरी युवा जमात देश जोगाउन देश बनाउन स्वतन्त्रको उम्मेदवारी देशै भरीका क्षेत्रमा उम्मेदवारी दिएका छन् । दलहरु कार्यकर्ताको भावनालाई कुल्चिएर, दमन गरेर, गुट उपगुटको राजनीति गर्ने चाकडी गर्ने, नजिकका टाठा बाठा, आफन्त, नाता गोतालाई माथिल्लो राजनीतिक उच्च ओहोदमा पु¥याउने जागीर खुवाउने, प्रवृति रह्यो । ०६२÷०६३ जन आन्दोलनबाट प्राप्त संघीय लोकतन्त्र स्थापना भयो । यो व्यवस्था जनताको जीवन बदल्न, गरिवी निवारण गर्न हुनु पथ्र्यो । त्यसो हुन सकेन । बहुदल देखि लोकतन्त्र आउँदा सम्म जनताको आर्थिक अवस्था फेरिएन, पूँजीवादी शक्तिलाई नै प्रशय दिएर प्रोत्साहित गरियो । ३० औँ वर्ष अघि देखि मलको अभाव अहिले पनि उहि अवस्था छ । कृषि प्रधानदेश, खेतीवाली लगाउने बेला विउविजन मल छैन । उत्पादन कसरी वृद्धि हुन्छ ।
देश आयतित अर्थतन्त्रमा निर्भर छ । जनताले मत दिएका अधिकांस सांसदहरु, जो मन्त्री बन्ने अवसर पाए उनीहरुले आफ्ना क्षेत्रमा केहि विकास गरे अन्यत्र गरेनन् । आफै धनि हुने फेरी चुनाव जित्ने प्रपञ्चमात्र रचे । सन्तुलित विकास भएन् । दलहरुमा तानशाह प्रवित्ति, पञ्चायति प्रवृति हावि भयो । विकृति बेथतिको विरुद्ध मेरो उम्मेदवारी हो । मेरो यस क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारको दिगो विकास गर्ने नीति, नियम, ऐन निर्माण गरी सुशासन कायम गर्न चुनावी प्रतिस्पर्धामा उत्रेको हो । मलाई छुट मत दिएर जीताउन जनतासँग अपिल गर्दछु ।
