२०५४ सालमा सञ्जीवनी नमुना मा.वि मा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई द्यद्यक्, कक्षा सञ्चालन गरी शिक्षण सिकाई प्रारम्भ गरेको धुलिखेल क्याम्पसले २०५६ सालमा कक्षा ११ र १२ को समेत सम्बन्धन लिन सफल भयो । २०६८ सालदेखि धुलिखेल क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका सागर तिवारी नेपाल पब्लीक क्याम्पस बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । उहाँले ःद्यब्, ःएब् , ःब् शैक्षिक योग्यता हाँसिल गर्नु भएको छ । देशको माटो सुहाँउदो, देशको कुन कुन क्षेत्रमा कस्तो शैक्षिक जनशक्ति आवश्यक छ सोही अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न सके मात्र देशको विकास र समृद्धि सम्भव हुने तर्क गर्नु हुन्छ। धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारी सँग क्याम्पसको शैक्षिक स्तरीयताको सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
धुलिखेल क्याम्पसको शैक्षिक आरोह अवरोहको बारेमा बताउनुसन ?
धुलिखेलका शिक्षा सेवी राजनीतिज्ञ र समाज सेवीहरुको सक्रियतामा २०५४ सालमा क्याम्पस स्थापना भएको हो । शुरुमा व्यवस्थापन संकायको द्यद्यक् कक्षा मात्र सञ्चालन गरिएको भए पनि २०५६ मा कक्षा ११ र १२ को सम्बन्धन ल्याइने कार्य भयो। निम्न वर्गीय र सामान्य वर्गका छोराछोरीलाई सर्वशुलभ ढङ्गले उच्च शिक्षा प्राप्त गर्न सकोस भन्ने उद्देश्यले काभ्रे जिल्ला कै शैक्षिक विकासमा इंटा थप्न हाम्रो अभियान जारी छ । काभ्रे जिल्लामा मात्र १६ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । सबैमा फरक फरक विषयहरूको अध्यापन गरिन्छ । हाम्रा योग्य दक्ष अनुभवी शिक्षकहरूबाट विद्यार्थीहरूलाई अध्यापन गराइन्छ। विगतमा हरिसिद्धि स्कूल र सञ्जीवनी स्कूलमा विद्यार्थीहरूलाई पढाउने गरिन्थ्यो। अहिले हाम्रो आफ्नै राम्रो शैक्षिक वातावरण सहितको आधुनिक भवन निर्माण भएको छ ।
धुलिखेल क्याम्पसको शैक्षिक विशेषता के के छन् ?
कक्षा ११ र १२ त्यस्तै गरी उच्च शिक्षा द्यद्यक् अध्यन गर्ने अवसर हाम्रो धुलिखेल क्याम्पसमा छ । सामान्य भन्दा सामान्य आर्थिक हैसियत भएका र आफ्ना सन्तती पढाउनै नसक्ने कमजोर आर्थिक हैसियत भएका र मध्यम वर्ग सवैको लागि उपयुक्त शैक्षिक वातावरण भएको क्याम्पस छ । प्राकृतिक सौन्दर्यता हिमालको दृष्यावलोकन गर्न सकिन्छ । क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ अशोक व्याञ्जु अहिले पनि धुलिखेलको नगर प्रमुख हुनुहुन्छ । नगरपालिकाबाट धुलिखेल नगर भित्रका उच्च शिक्षा हाँसिल गर्ने छात्र छात्रालाई निःशुल्क अध्ययन गराउने प्रवन्ध गरिएको छ। गत वर्ष ८ लाख अनुदान दिएको थियो । गरीव, दलित र जनजातिहरूलाई ५० प्रतिशत शुल्कमा छुट गरी अध्यापन गराइएको छ। रोजगारीको लागि विदेश जाने विद्यार्थीहरूको लागि निःशुल्क परामर्श, विद्यार्थीहरूको चौतर्फी विकास हुने अतिरिक्त क्रियाकलापको प्रवन्ध गरिएको छ। जति सकिन्छ व्यवहारिक ज्ञान दिन शिक्षकहरू तल्लिन रहनु भएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्ययन गर्ने प्रवन्ध छ ।
शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन कस्तो नीति अवलम्बन गर्नु भएको छ ?
विश्व बजारमा विक्ने आधुनिक व्यवहारिक सिप सहितको शिक्षा प्रदान गर्ने शिक्षा नीति राज्यकै हुनु पर्ने यहि अनुसारको शैक्षिक योजना दिगो लक्ष्यको भिजन हुनु परथ्र्यो । त्यसो हुन सकेको छैन् । हाम्रो क्याम्पस व्यवस्थापनले आफ्नो वल बुताले भ्याए सम्म शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा सजक सतर्क छौँ । विद्यार्थीहरु केन्द्रीत श्रृजनात्मक विकास, संस्कार सहितको जागरण ल्याउने शिक्षा प्रदान गर्न हामी प्रतिवद्ध छौँ ।
तपाँई त पब्लीक क्याम्पस वागमती प्रदेशको अध्यक्ष समेत हुनुहुन्छ । अधिकांस पब्लीक क्याम्पसहरुले अध्यापन गराउने शिक्षकहरुलाई उचित पारीश्रमीक समयमा दिन किन सकिरहेको छैनन् । बारम्बार गुनासो आउने गरेको छ नि ?
उच्च शिक्षा अध्यापन गराउने शिक्षकहरुलाई समयमा उचित पारीश्रमिक नदिएको गुनासको बेलाबेलामा आउने गरेको छ । सामुदायिक क्याम्पस विद्यार्थीहरुको शुल्कबाट नै चल्ने हो । भौतिक पूर्वाधार निर्माणमा समेत क्याम्पस व्यवस्थापनले गर्नु पर्ने हुन्छ । कम शुल्कमा अध्यापन गराउनु पर्ने हुन्छ । सामुदायिक क्याम्पसमा धेरै चुनौतीका चाङ छन् । त्रिभुवन विश्व विद्यालयले सामुदायिक क्याम्पसलाई सञ्चालन गर्न स्वीकृत दिन्छ । आङ्गीक क्याम्पसले उच्च शिक्षा अध्यापन गराउने प्राध्यापकहरुलाई सेकेण्ड क्लास अफिसर सरहको पारीश्रमीक ४८ हजार देखि ५० हजार सम्मको मासिक तलब दिने गर्छ । तर सामुदायिक क्याम्पसमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरुले त्यो खालको सेवा सुविधा पारीश्रमीक दिन सकिने अवस्था छैन । क्याम्पसको आन्तरिक शुल्क संकलनले धान्न सक्दैन् । त्रिभुवन विश्व विद्यालयलाई उपलब्ध गराएको कुल बजेटको ९० प्रतिशत रकम त्रिविवि र आंगिक क्याम्पसले खर्च गर्छन् । सामुदायिक क्याम्पसलाई १० प्रतिशत बजेट उपलब्ध गराएको छ । नेपाल पब्लीक क्याम्पसलाई कुल बजेटको ३० प्रतिशत रकम दिनुपर्छ भनेर हामीले त्रिभुवन युनिभरसीटी प्रशासनमा लपिङ गरेका छौँ । सामुदायिक क्याम्पसमा अध्यापन गराउने शिक्षक प्राध्यापकहरुले सबैमा एकरुपता छैन् । आ-आफ्नो आर्थिक श्रोत संकलन गर्न सके अनुसार छ । प्रति पिरियड, प्रति कक्षाको ४ हजार ५०० देखि ६ हजार सम्म छ । अरु सेवा सुविधा प्रदान गर्न कठीन छ । सामुदायिक क्याम्पसमा लाग्ने कुल खर्चको ५० प्रतिशत सरकारले बेहोरेको खण्डमा सामुदायिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्छ । शैक्षिक बौद्धिक व्यक्तित्वहरुको पारीश्रमीकमा समानता कायम गर्न सकिन्छ । उत्पादनशिल क्षेत्रमा उपयोग हुने दक्ष जनशक्तिको विकासको लागि प्राविधिक तथा व्यवसायिक धारको शिक्षा प्रदान गर्ने अवसर सामुदायिक क्याम्पसलाई दिन सक्नु पर्छ । अनि मात्र शैक्षिक क्षेत्रमा सुधार हुन्छ ।
