व्यवस्थापन शंकायमा एमफिल गर्नु भएका अनिल कसपालले २०५० सालमा मोडर्न स्कुल सञ्चालनमा ल्याउनुभयो । भक्तपुर जिल्लाको शैक्षिक स्तरमा गुणात्मक विकास गरी देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा इटा थप्ने कार्यमा सघाउपुर्याउने उद्देश्यका साथ संस्थागत विद्यालय सञ्चालन गर्नुभयो । पिता बाबुकाजी कसपाल मोडर्न स्कुलको संस्थापक हुनुहुन्छ । उहाँकै प्रेरणाबाट शिक्षा क्षेत्रको उच्चतम विकासमा आफ्नो लगानी श्रम सिपको प्रयोग गरेर आफ्नै परिवार भित्रबाट नै ११ जना शिक्षा क्षेत्रमा लागेर कार्य गर्नु भएको छ । अभिभावकको चाहना र विद्यार्थीहरुको क्षमता र भावना अनुरुप चौतर्फी विकास हुने गरी शैक्षिक क्रियाकलाप गर्न सक्नु नै मोडर्न स्कुलको शैक्षिक विशेषता हो । अभिभावक वर्गको विश्वास र विद्यार्थीहरुको शैक्षिक उपलब्धी हाँसिल गर्न सक्नु नै हाम्रो मुख्य उपलब्धी ठानेको छु । कक्षा ११ र १२ मा व्यवस्थापन र कानुन शंकाय अध्यापन गरिन्छ । त्यस्तै विविएस सम्म विद्यार्थीहरुले अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् । मोडर्न स्कुलका प्रिन्सिपल अनिल कसपालसँग विद्यालयको शैक्षिक उपलब्धी समसामायिक शैक्षिक अवस्थाको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
मोर्डन स्कुल/कलेजको शैक्षिक गन्तव्यलाई कसरी नियाल्न सकिन्छ ?
२०५० सालमा मोर्डन स्कूल सञ्चालनमा ल्याइ भक्तपुर जिल्लाको शैक्षिक स्तर वृद्धि नर्ग एक इँटा थप्ने कार्य थालनी गरिएको हो । सुविधा सम्पन्न भवन, शैक्षिक उपयुक्त वातावरण भएको कक्षा कोठा, अनुभवी शिक्षक / प्राध्यापकहरुद्वारा अध्यापन गराइने यस विद्यालयमा अन्तराष्ट्रिय स्तरको शिक्षा विद्यार्थीहरुलाई प्रदान गर्न सकेका छौँ । स्कुल तर्फ मन्टेश्वरी देखि कक्षा १० सम्म अध्ययन गर्न सकिन्छ । कक्षा ११ र १२ मा विजीनेश स्टडीज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र ट्राभल र टुरिजम विषय अध्ययन गर्न सकिन्छ । इन एशोसियशन वीथ काठमाण्डौँ स्कुल अफ ल समेतको विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेर विविएस लेवलको समेत अध्यापन गराइन्छ । अनुशासित र संस्कार सहितको शिक्षा ग्रहण गर्ने शिक्षाको मन्दिर हो मोर्डन स्कुल र कलेज ।
विद्यार्थीहरुको रोजाई मोर्डन स्कुल हुनु पर्नेका कारण ?
अन्य महंगो विद्यालय भनिएका सरहको सुविधा सम्पन्न भवन न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने । हरेक वर्ष राम्रो नतिजा ल्याउन सफल विद्यार्थीहरुको चौतर्फी विकासहुन सक्ने । शिक्षा प्रदान गर्न सकेका छौँ । विगतमा तीन पटक सम्म बोर्ड टप टेनमा पर्न सफल विद्यार्थी अभिभावक दुबैको रोजाई मोर्डन स्कुल हुन सकेको छ । “विश्व बजारमा विक्ने, प्रविधिको विकसलाई समेत आत्मसात गरी कम सिद्धान्त परक बेसी व्यवहारिक शिक्षा प्रदान गर्न सकेका छौँ । अनुशासित, संस्कार सहितको शिक्षा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो । मन्टेश्वरी देखि उच्च शिक्षा सम्म अभ्ययन गर्ने अवसर मोर्डन स्कुल/कलेजमा छ । ” त्यसैले पनि सबै विद्यार्थीहरुको रोजाई हाम्रो विद्यालय हुन सकेको हो भन्ने लाग्छ ।
अधिकांस विद्यालयहरु विद्यार्थीहरुको ढाड सेक्ने गरी शुल्क लिने गरेको आरोप तपाईलाई लाग्ने गरेको छ नि ? यसमा तपाई के भन्नु हुनछ ?
संस्थागत विद्यालयहरुले अधिक शुल्क लिने गर्छ भन्ने आरोप निराधार छ । बुझेर लगाएको होइन् । विद्यार्थीहरुकोलागि कति खर्च लाग्छ । सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलार्य लाग्ने खर्च भन्दा कम शुल्कमा संस्थागत विद्यालयहरुको सञ्चालकहरुले विद्यार्थीहरु अध्यापन गराएका छन् । सरकारी विद्यालयहरुले दिने भन्दा नतिजा राम्रो दिएको छ । संस्थागत विद्यालयहरु नभएका भए अहिले झन विद्यार्थीहरु अध्ययन गर्न विदेश पलायन हुने थिए । विद्यार्थीहरु विदेश पलायन हुन केहि हद सम्म रोकेको छ ।
संस्थागत विद्यालय तथा कलेजहरुले समेत उच्च शिक्षाको गुणस्तरीयता दिन नसकेकै कारण विद्यार्थीहरु अध्ययन गर्न विदेश गएका होइनन र भन्या ?
एक खालका मानिसहरुले संस्थागत विद्यालयलाई विदेश जाने जनशक्ती तयार गरेको भन्नेहरु पनि छन् । तर त्यस्तो मात्र हैन् । हाम्रो देशको भौगोलिक अवस्था,परिस्थिति, राजनीतिक अस्थीर अवस्था सबै खालले प्रभाव पार्छ । देशमा उत्पादन भएका जनशक्तिले रोजगार पाउन सक्ने अवस्था छैन । उद्योग धन्दा कल कारखाना थप सञ्चालन नहुनु, भएका पनि बन्द हुनुले रोजगारीको श्रृजना नहुँदा वाद्यय भएर विद्यार्थीहरु उच्च शिक्षा अध्यन गर्न विदेश गएको देखिन्छ । संस्थागत विद्यालय र कलेजहरुले लगानी गरी भौतिक पूर्वाधार नवनाइ दिएको भए अहिलेको अवस्था भन्दा पनि बेसी विद्यार्थीहरु विदेश जाने हुन्थ्याये । कक्षा ११ र १२ अध्ययन सकेका सबै विद्यार्थीहरुले नै नेपालमा अध्ययन गर्न सक्ने पूर्वाधारको विकास राज्यले गर्न सकेको छैन । शिक्षालाई उत्पादन र उद्योग सँग जोड्ने गरी पाठ्यक्रम निर्धारण गरी अध्यापन गराउनुपर्छ । पाठ्यक्रममा हाल केही सुधार गरी प्राविधिक र व्यवसायिक धार सञ्चालन भएको छ । विद्यार्थीहरुको क्षमता रोजाई अनुसार अध्ययन गर्न पाउनु पर्छ ।
अन्त्यमा शिक्षा सम्बन्धी केही भन्नु छ की ?
हाम्रो विद्यालय तथा कलेजले सर्व शुलभ शिक्षा प्रदान गरेको छ । सबैको विश्वास र सहयोगले विगत २९ वर्ष देखि मेरा आफ्नै परिवारका नै १० जना शैक्षिक जनशक्तिले अध्यापन गराउँदै आउनु भएको छ । दुई दशक भन्दा बेसी शैक्षिक क्षेत्रमा कार्य अनुभव भएका शिक्षकहरुले अध्यापन गराउनु हुन्छ । विदेशीले हैन स्वदेशमै धेरै अवसर छ यहि माटोमा केही गर्न पर्छ । समाज र राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने हाम्रो अभियान जारी छ । अभिभावक वर्ग हाम्रो विद्यालयमा भ्रमण गर्नु अनुरोध गर्दछु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
