IMG-LOGO

दुःखी, असहायहरुको आसा र भरोसाको केन्द्र बन्नु नै मानव कल्याण होदुःखी,

 मंगल, असार २१, २०७९  सुमित्रा चौलागाई अध्यक्ष, मानव कल्याण समाज, काभ्रे शाखा

      मकवानपुर हेटौँडा वडा नं १४ मयुरधारमा २०४७ साल चैत्र २९ गते सुमित्रा चौलागाईको जन्म भएको हो । मानव सेवालाई नै आफ्नो कर्म ठानेर सामाजिक अभियानमा जुट्नु भएकी सुमी मानवले परिचित हुनुहुन्छ । सामाजिक व्यक्तित्व सरल शिर स्वभाव मिठास स्वरको धनि सुमी मानव मानव कल्याण समाज काभ्रे शाखाको अध्यक्षको जिम्मेवारी समाल्नु भएको छ । सडक पेटीमा कष्टकर जीवन बिताइरहेका बेवारिसेहरुको उद्धार गरी शारीरिक र मानसिक रुपले अशक्तहरुको आधारभूत आवश्यकता परिपूर्ती गर्न गाँस, बास, कपास, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गर्ने अभियानमा अहोरात्र लाग्नु भएकी सामाजिक अभियान्ता सुमित्रा चौलागाई सँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

      मानव कल्याण समाज काभ्रेको विभिन्न आरोह अवरोहको बारेमा बताई दिनुस न ?

      मानव कल्याण समाज संस्था दर्ता ऐन २०३४ अनुसार भक्तपुर जिल्लामा २०७५ सालमा दर्ता भएको विशुद्ध सामाजिक संस्था हो । संस्थाले विशेष गरी विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन विताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी र बेवारिसे मानिसहरुलाई उद्धार गरी गाँस, बास, कपास, शिक्षा र सुरक्षाको व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । २ वर्ष अघि काभ्रेमा शाखाको रुपमा सञ्चालन गरेको छ । विभिन्न कारणले सार्वजनिक स्थल, सडक पेटीमा भौतारिएर जीवन बचाउन नै भिख मागेर छटपटाइ रहेका काभ्रेका मनोरोगी, अशक्त, अपाङ्गहरु गरी १७ जनाको उद्धार गरी भक्तपुर मै लगेर मानवहरुको सेवा गर्ने कार्य गरेऔँ । काभ्रेको धुलिखेल–४, २८ किलो नजिकै ४५ हजार प्रतिमहिना घरभाडामा लिएर १ सय ५० जनालाई खाना, नाना र छानाको प्रवन्ध गर्दै अघि बढेऔँ । दैनिक रुपमै खाद्य सामाग्री, तरकारीको अभावको समस्या समाधान तिर लागि रहेछौँ । हाम्रा सेवा घरका सचिव विजयकुमार पोखरेल, त्यस्तै सहयोगी राजु श्रेष्ठ, लगाएतका ५ जना व्यक्तिहरुको सेवा घरमा रहेका आमा बुबाहरुको हेरचाहा, खानपानमा सहयोग पु¥याउनु भएको छ । विभिन्न व्यवसायी साथीहरु, समाजसेवा भाव भएका काभ्रेका व्यक्तिहरुले खाद्य सामाग्री र तरकारीहरु उपलब्ध गराउनु भएको छ । व्यक्ति व्यक्तिहरुको सहयोगले हाम्रो सेवा घर सञ्चालन भएको छ । अहिले विवहा, जन्म दिन, श्राट्ट गर्ने  दिनमा काभ्रेका सहयोगी हातहरुले खाद्य सामाग्री कोहिले आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

      यस्तो भरभराउँदो उमेरमा जेष्ठ नागरिक, असाहय, अशक्त र अपाङ्गहरुको उद्धार गर्ने अभियानमा जुट्ने कार्यमा किन अभिप्रेरित हुनुभयो ?

      विभिन्न कारणले सडक पेटी, सार्वजनिक स्थलमा मनोरोगी एक महिला गर्भवती भएको अवस्थामा छटपटाई रहकेो अवस्थामा मैले देखें । जीवन मरनको दोसाँधमा रहेको देख्दा आँखामा आएका आँसु थाम्न सकिन् । मानवको सेवा गर्नु पर्छ, समाजमा जागरुकता ल्याउनु पर्छ, हुनेबाट सहयोग नहुनेलाई उपयोग गराउने अभियानमा जुट्नु पर्छ भन्ने अठोटका साथ लागि परे । स्वास्थ्य उपचारको समस्या, खाना, नाना र छानाको लागि भौतारिएका अपाङ्ग, असाहयहरु चहराएको घाउमा मलम पट्टी लगाउन म आफैँ भित्रको हृदयबाट जागरित भयो ।

      जीवन यात्राको क्रममा दिन दुःखीहरुको सेवामा लागि हिड्नु भयो । वास्तवमा समाज सेवालाई कसरी बुझ्नु पर्दो रहेछ भन्ने लाग्छ ?

      समाज सेवालाई धेरै किसीमबाट व्याख्या र विश्लेषण गरिन्छ । राजनीतिमा लागेका राजनीतिक पार्टीका नेताहरु समाज रुपान्तरणका लागि, समाजमा भएका विकृति विसँगति र बेथितिको विरुद्धमा लागि सबै खालका सामाजिक विभेदको अन्त्य, समाजमा सामाजिक न्याय स्थापना गर्न लाग्नु नै मान्छन् । अर्को थरी “दिन दुःखीहरु, असाहय, अपाङ्ग जो जीवन जीउन कठीनाइ भोगी रहेका छन् । जसले दैनिक जीवनमा आधारभूत आवश्यकता खाना,नाना र छानाको लागि जीवन संघर्षमा उत्रनु परेको छ । उनीहरुको सर्वोत्तम हितको लागि कार्य गर्छन र उनीहरुको जीवनमा हाँसो र खुसी ल्याउन सक्छ त्यही व्यक्ति समाजसेवी हो भन्ने म ठान्द छु । बाँढेर खानेको पेट कहिल्यै खाली हुँदैन अनि खोसेर खानेको पेट कहिल्यै भरिदैन । हुनेबाट सहयोग नहुनेलाई उपयोग हुने गरी सहयोगी हातहरु अघि बढाऔँ । जय कल्याण हुने छ । ” केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले मानवीय जीवनमा भोक, रोग र शोकले मर्ने अवस्था आउनु भएन जोकोही मानवको अभिभावकत्व सरकार हो भनेर अनुभूति गर्ने अवस्थाको श्रृजना हुनु प¥यो ।

      समाज सेवामा लाग्दको बखत विगत र वर्तमानलाई यहाँले कसरी नियाल्नु भएको छ । यहाँले बेहोर्नु भएको चुनौती र संघर्षको यात्राको बारेमा बताउनुसन् ?

      मानव सेवामा जाग्रीत भएर लागे घर परिवारबाट पनि मलाई स्वीकृती र सहयोग थिएन् । सडक पेटीमा जीवन मरणको दोसाँधमा रहेका मनोरोगी, अपाङ्ग, असाहयहरुलाई उठाएर उद्धार गर्दा उनीहरुको पालन पोषण गर्दा पनि समाजका केही व्यक्तिहरु यो महिला कस्ती रहिछ पागल जस्तो भनेर समेत छि छि दुरदुर गर्द थिए । त्यस्ता व्यक्तिहरु जो यसले हामीसँग केहिन केही माग्छे भनेर सडकमा हिड्दा समेत मुन्टो लुकाएर हिड्थे । सडक पेटीमा जीवनको भिख मागेर आधारभूत आवश्यकताको लागि भौतारीएका असाहय अपाङ्गहरुको दैनिकी जीवनमा परिवर्तन ल्याई सुधार पश्चात परिवार भेटिएका परिवारमा पुनः मिलन गराउने कार्य गर्दै समाजमा एक खालको जागरण ल्याउने कार्य गर्दै जाँदा आममानिसमा विश्वास भयो र समाजका सहयोगी हातहरुले सहयोग उपलब्ध गराउने कार्य निरन्तर अघि बढ्यो । मकवानपुर, हटौंडा, भक्तपुर, काभ्रे, दाङ्गमा सञ्चालन भएको छ । काठमाण्डौमा सञ्चालन गर्ने तयारीमा छौँ । भक्तपुरमा ३५ जना टुहुरा, सडक बालबालिकाहरुलाई खानपान, शिक्षा, दिक्षा र सुरक्षाको कार्य गरिदै आएको छ । बालबालिकाको शिक्षाको दियो बाल्ने कार्य गरिएको छ । दैनिक रुपमा आधारभूतको आवश्यकता परिपूर्ति सहित शिक्षा दिक्षाको लागि आर्थिक सहयोगी हातहरुको खाँचो छ । समाजका कमजोर वर्ग, गरिवीको रेखामुनी रहेका व्यक्तिहरु समाजमा पछाडी पारेका पारिएका व्यक्तिहरु, असाहय, अपाङ्ग, सडक पेटी, सार्वजनिक स्थलहरुमा जीवन यापनको लागि संघर्षपूर्ण यात्रा विताएका, अप्ठ्यारो, दुःखमा परेकाहरुको आशा र भरोसाको केन्द्र बन्नु नै समाज सेवाको प्रतिविम्ब हो । अफूले खुसि मनाई रहँदा सडकमा भौतारिएका व्यक्तिले एक छाक खान नसकि रहेको अवस्थालाई सम्झौँ । झरीमा भिज्दाको अवस्था, गर्मीमा खुल्ला आकाशमुनि बस्दाको अवस्थालाई निआलौँ । ३ सय ६५ दिनमा तपाईको १ दिन मानव सेवा घरमा सहयोग पु¥याऔँ भन्न चाहन्छु । म पनि मानवीय सेवामा लाग्ने क्रममा विभिन्न आरोह अवरोहको रुपमा अहिले सुमी मानव भनेर चिनिएको छ त्यसमा नै म खुसी छु ।

      अन्त्यमा केही सनदेश छ की ?

      सबै मानिस सुख, शान्ति र समृद्धिको लागि दैनिक रुपमा आ–आफ्नो क्षेत्रबाट कर्म गर्छ नै आफ्नो सन्ततिहरुलाई नैतिकता र संस्कार सिकाऔँ । कोही कुनै कारणबाट आफ्नो घरबाट सडक पेटीमा भौतारीएर कोही जानु पर्ने अवस्था नआओस भन्न चाहन्छु । सेवा घरमा हुनु भएका आमा बुबाहरुलाई खाना खुवाउन कै लागि पुजा गरेको अक्षेता, एक एक मुठीे चामल संकलन गरेको स्मरण गर्दाको क्षण सम्झदाँ निक्कै भावुक हुन्छु म  । अहिले काभ्रेका स्थानीय सरकार बनेपा, धुलिखेल, पनौती, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । विशेष त धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जु, पूर्व नगर उपप्रमुख विमला  शर्मा, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी सहितको स्वास्थ्यकर्मीहरुको सहयोग, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, बनेपाका कृष्णमणी कुइकेल, काभ्रेका युवा व्यवसायीहरु उद्योगीहरु र काभ्रेका सञ्चार माध्यामले सेवाघरलाई उपलब्ध सहयोगले मानव सेवा घरका आमा बुबाहरुको जीवनमा सहजता ल्याएको छ र सडक पेटीबाट उठाएर ल्याएका बालबालिकाहरुको शिक्षा दिक्षामा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । आगामी दिनमा निरन्तर सकारात्मक सहयोगको अपेक्षा गरेको छु । केन्द्र, प्रदेश र स्थानीय सरकारले सडक मानव मुक्त अभियानमा सामाजिक संघ संस्थाको सहयोगमा रहनु भन्दा पनि सरकार आफैले व्यवस्थापन गर्न सक्नु पर्छ । मानव सेवामा जुटेका सामाजिक संस्थाहरुलाई सहयोग गर्ने नीति अवलम्बन गर्नु आवश्यक छ । मानव कल्याण समाजमा आर्थिक सहयोग गर्न चाहनुहुने व्यक्तिले सिद्दार्थ बैंक कमलविनायक शाखाको खाता नं. ०१७१५३३३०३१ मा जम्मा गर्न सकिन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्