IMG-LOGO

समृद्ध गाउँपालिका निर्माण गर्ने दृढ संकल्प गरेका छौँ

 मंगल, जेठ १०, २०७९  इन्द्र बहादुर तामाङ (छिन्ताङ) अध्यक्ष, खानीखोला गाउँपालिका

      खानाीखोला गाउँपालिका वडा नं २ मा २०३२ सालमा इन्द्र बहादुर तामाङ (छिन्ताङ) को जन्म भएको हो । २०४८ साल देखि सक्रिय राजनीतिमा लागेका जुझारु युवा समाजमा देखिएका विकृति विसंगति र बेथितिका विरुद्ध २०५२ सालमा माओवादी सशस्त्र युद्ध कालको बेलामा काभ्रे जिल्लामा अग्रस्थानमै रहेर आफूलाई उभ्याउनु भयो । खरो स्वभावका छिन्ताङ २०७९ बैशाख ३० गते सम्पन्न खानीखोला गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शेखर लामालाई १ हजार ३ सय २९ मतले पछिपार्दै इन्द्र बहादुर तामाङले ४ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी हाँसिल गर्नुभयो । उहाँसँग गाउँपालिकाको समग्र विकास गरेर खानीखोला गाउँपालिकाका नागरिकहरुको जीवनमा आर्थिक समृद्धि गर्ने दृढ संकल्प सहितको योजना के छन् भन्ने सन्दर्भमा रेडियो एवीसी ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

      गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो कस्तो अनुभूति गर्नुभयो ?

      समाज परिवर्तन गर्ने यात्रामा लागेको नेकपा माओवादी केन्द्रको एक सिपाही हुँ म । खानीखोला गउँपालिकाको जनताहरुले विश्वास र भरोशा गरी अभिमत दिनु भएको छ । जिम्मेवारीको भारी बोक्ने अवसर प्राप्त भएको  छ । यसलाई मैले चुनौती र अवसर दुबै ठानेको छु । चुनौतीलाई अवसरमा बदलेर जनताहरुको सर्वोत्तम  हितमा लागि पर्नेछु । गाउँपालिकाको समग्र विकास गर्ने अभिभारा हाम्रो काँधमा आएको हुँदा पक्ष प्रतिपक्ष सबैको साथले मात्र विकास सम्भव छ । सबैलाई साथ साथमा लिएर कार्य गर्ने छु । जन विश्वासलाई कदर गर्दै जिम्मेवारी पुरा गर्ने छु । जनताहरुले माओवादी केन्द्रलाई भरोशा गरेकोमा म निक्कै हर्षित छु ।

      क्रान्तिकारी विचार बोकेर जनताका जनजीविकाका सवाललाई सम्बोधन गरी देशलाई समृद्ध बनाउने अभियानमा लागेको नेकपा माओवादी केन्द्र कांग्रेस पार्टीको बैशाखी टेकेर चुनाव लड्नु पर्ने अवस्था किन आयो ?

      प्रश्न बैशाखीको हैन् । झण्डै दुई तीहाइको नजिकको कम्युनिष्टको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले र्२÷२ पटक प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रीक गणतन्त्र घरापमा पार्ने कार्य गरेकाले प्रतिगमनको विरुद्धमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत ५ दलिय गठबन्धन गरी संघीय लोकतान्त्रीक गणतन्त्र बचाउन र संविधानको रक्षाको लागि एकताबद्ध भएका हौँ । राष्ट्रिय आवश्यकता र औचित्यको आधारमा निश्चित राजनीतिक मुद्धामा एक भएका हौँ । विचार र सिद्धान्तमा हौइन् । केपी ओलीको घमण्ड, दम्भ, अहंकारलाई तोड्न सबै एक हुनुपर्ने अवस्था आयो ।

      खानीखोला गाउँपालिकाका जनताले तपाई सँग के अपेक्षा गर्ने ?

      काभ्रे जिल्लाकै अति विकट डाडाँपारी क्षेत्रको खानीखोला गाउँपालिकाका जनताहरुको जीवन निक्कै कष्टकर छ  । मोटर बाटो व्यवस्थित नहुँदा यातायातका साधानहरु निर्वाध रुपमा बाह्रै महिना चल्न सक्ने अवस्था छैन् । कुनै व्यक्ति विरामी पर्दा हेलिकप्टरबाट उपचार गर्न शहरमा ल्याउनु पर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न जनताका दैनिक जीवनलाई सहजता ल्याउन म लाग्ने छु । यहाँको लागि विकास भनेकै सडक ग्राबेलिङ, ढल निकास र सडक कालोपत्रे भन्ने छ । खानेपानी अभाव छ, शिक्षामा गुणस्तरीयता, सामुदायिक विद्यालयहरुको शिक्षक दरवन्दी मिलान, पूर्वाधार विकास सहित समग्र विकास गर्न हाम्रो गठबन्धनका जनप्रतिनिधिहरु एकजुट भएर लग्छौ ।

      खानीखोला गाउँपालिकाको विकास र समृद्धिलाई अघि बढाउने तपाईको दृढ संकल्प के छ ?

नगरपालिकालाई सुशासन, पारदर्शीता र जवाफदेहिता बनाउने प्रमुख विषय हो। नागरिकहरुलाई प्रदान गर्ने सेवा प्रवाह द्रुत गतिमा गर्ने, विगतमा जस्तो सेवा लिन आउने सेवाग्रहिहरुले कर्मचारी खोज्ने परम्पराको अन्त्य गर्ने, बनेपा, धुलिखेल, पनौती र काठमाण्डौका नागरिकहरुको विकासका चाहनाहरु  फरक भए जस्तै भौगोलिक अवस्थाका आधारमा विकासका आवश्यकता फरक हुन्छन । त्यस्तैगरी काभ्रे जिल्लाको अति विकट क्षेत्र खानीखोला गाउँपालिकाका जनताहरुको दैनिकी जीवनमा आइपर्ने सबै खालका समस्याहरुको समाधान गर्ने ती प्रमुख समस्या भनेको कोही विरामी भयो भने अस्पताल सम्म पु¥याउन व्यवस्थित मोटर बाटोको खाँचो छ। यहाका अधिकांस जनताहरु अभावै अभावमा बाँचेका छन् । गरीव विपन्न परिवारलाई धनि बनाउने कार्यक्रम अधि सारेका छौ। नागरिकहरु विरामी हुँदा धेरै समस्या भएको हुदाँ जनताको आँगन सम्म एम्बुलेन्स सेवा पु¥याउने । यहाँ कुनै ठूला खालको औद्योगिकीकरण गरी रोजगारी दिने अवस्था छैन । कृषि क्षेत्रमा आधुनिकिकरण, पशुपालन व्यवसायमा व्यवसायीकरण, सबैलाई उद्यमी व्यवसायी बनाउने उत्पादन नभएको कृषि उपजको बजारिकरणको लागि गाउँपालिकाले अनुदान सहयोग पु¥याउने किसानले उत्पादन गरेका वस्तुहरु बिचौलियाले प्रयोग हुनबाट रोक्ने , मल बिउविजनमा अनुदान उपलब्ध गराउने, जेष्ठ नागरिक, अपाङ्ग, असाहय हरूलाई स्वास्थ्य सेवा घर घरमा प्रदान गर्न सामुदायिक विद्यालयहरूको भौतिक संरचना निर्माण, पालिका भित्रका सडक सञ्जालहरु ट्रयाक खन्ने कार्य भएका छन् । ती मोटर बाटोहरु ग्राबेलिङ ढल निकासको प्रबन्ध, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरीयतामा वृद्धि, विद्यालयहरुको शिक्षक दरबन्दी मिलान गर्ने, २०६२÷०६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना भएको छ। महिला, जनजाती, अल्पसंख्यक, पिछडियका वर्ग सबैको हल अधिकार सुनिश्चित गर्ने पार्टी नेकपा माओवादी केन्द्र हो । यसले जनताका जनजीवीकाको सवाललाई ध्यान दिन्छ जनताको मतलाई निराशामा बदलिने अवस्था श्रृजना हुने छैन ।

      पार्टीहरुले जनताहरुलाई ठूला ÷ ठूला सपना बाड्ने घोषणा पत्र जारी गर्ने २५ प्रतिशत नि कार्य नगर्ने गरेको छ नि ?

विकास सबै नागरिकहरुको साझा अधिकार हो । यो निरन्तर चलिरहन्छ। सबै मिलेर विकास गर्नुपर्छ । कुनै पनि बहानाबाजीमा विरोधको लागि विरोध गरिनु हुन्न्। हामीले घोषणा पत्रमा गर्न सकिने मात्र विषय समेटेका छौ ÷ किसानहरुलार्ई उद्यमी, व्यवसायी बनाउने, विपन्नहरुलाई निशुल्क विमा । (गाउँपालिकामा कफी खेति धेरै फस्टाएको छ । त्यसलाई व्यवसायिक रूपमा कफी खेति गरी त्यसको वजारीकरण राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउने प्रवन्ध गाउँपालिकाले गर्नेछ । आम जनसमुदायलाई विवाद, बेमेल, असहयोग जस्ता कार्यहरुलाई रोकेर सहजता प्रदान गर्न चेतनाको स्तरको विकास गर्ने तिर ध्यान केन्द्रीत गर्ने, स्वरोजगारको श्रृजना उद्यमी व्यवसायी बनाएर समृद्ध गाउँपालिका निर्माण गरी गाउँबासीलाई खुसी र सुखी राख्ने योजनाका साथ हामी अघि बढेका छौ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्