IMG-LOGO

बालबालिकामा नौलो रोग – अटिज्म समस्या

 मंगल, चैत १८, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

          भोली अंग्रेजी महिना अप्रिल २ तारिखको दिन विश्वभर अटिज्म जनचेतना दिवस मनाईंदैछ । मस्तिष्क भित्रको स्नायु विकासको गडबडीको उपज हो – अटिज्म समस्या । जसले गर्दा सामाजिक तवरले घुलमिल हुन, अन्तत्र्रिmया गर्न, कुराकानी गर्न गाह्रो हुनुका साथै प्रभावित व्यक्तिको रुची पनि सीमित खालको हुने र एकै किसिमको कामहरु दोहो¥याई राख्ने हुन्छ । मस्तिष्कमा स्नायुकोषको संरचना तथा तिनीहरुको संजाल एवं व्यवस्थापनमा असर पु¥याई शरीरका विभिन्न भागबाट मस्तिष्कसम्म आईसकेको सूचनालाई उचित तवरले परिष्कृत गर्न नसकेर यो अवस्था सिर्जना हुन्छ । मस्तिष्कमा किन त्यस्तो किसिमको खराबी उत्पन्न हुन्छ पत्ता लागेको छैन ।           सन् १९१० मा नै स्विस मनोरोग विशेषज्ञ युजेन ब्ल्युलरले यो समस्याको नामाकरण गरेपनि त्यसको तीन दशकपछि जोन हप्किन्स अस्पतालका लियो केनरले बाल्यावस्थामा देखापर्ने अटिज्म समस्या भएका कतिपय बच्चाहरुको अध्ययन गरी यो समस्याका पृथक लक्षण चिन्हहरु प्रचारमा ल्याएका थिए । यसरी सन् १९४३ मा अटिज्म समस्या पहिचान भैसकेपनि नेपालमा भने यस क्षेत्रमा अभैm निकै धेरै काम गर्न बाँकी छ । केही समय अगाडि मात्र स्थापित यससँग सम्बन्धित संस्थामा १२० परिवार आवद्ध भैसकेका छन् ।           सन् असीको दशकपछि अटिज्म समस्या पहिचान गर्ने तौरतरिका तथा यस सम्बन्धी मानिसहरुको सजगताले यसबाट ग्रसित व्यक्तिहरुको संख्या नाटकिय रुपमा ह्वात्तै बढेको देखिन्छ । संसारभर प्रति हजार एक दुई जना बच्चाहरुमा यो समस्या देखिएको हिसाबले नेपालमा पनि करीब २ लाख ७५ हजार बालबालिकाहरु प्रभावित भएको अनुमान छ । तर पनि पहिचान हुन सकेको छैन । अटिज्म समस्या समयमै पहिचान हुन नसकेर बालबालिकाले अनाहकमा यातना पाउने गरेको छ भने अभिभावकहरुले तनाव झेलिराख्नुपरेको छ ।           प्रायः अभिभावकहरुले दुई वर्षको उमेर सम्ममा अटिज्म समस्याको भेउ पाउँछन् । यसरी अटिज्मका लक्षणचिन्हहरु ६ महिनाको उमेर देखि देखापर्न थालेर दुई तीन वर्षको उमेर भित्रै देखापर्दछ । कसैकसैमा वयस्कसम्म पनि सुस्त गतिमा समस्या बढिरहन सक्छ । के के कारणले र किन हुन्छ ?           अटिज्म समस्या लाग्नुको बलियो आधार वंशाणुगत भएपति विरलै मात्रामा शारीरिक विकलाङ्ग गराउने औषधिहरु, कतिपय वातावरणीय प्रभावहरु एवं बच्चालाई दिइने खोपका कारण पनि अटिज्म समस्या हुनसक्छ । गर्भावस्थाको ८ हप्तासम्म खान नहुने औषधि खाएमा, कतिपय खानेकुरा, संक्रामक रोगहरु, कीटनाशक औषधि, फेनोल, रङ्गरोगन तथा पेट्रोलियम पदार्थमा मिसाइने केमिकलहरुको प्रभाव, गर्भवती बेलामा तनाव भयो भने, बच्चा लाई लगाइने कतिपय खोप (दादुरा, हाँडे तथा रुबेल्लाको लागि दिइने एकखाले संयुक्त भ्याक्सिन) ले पनि अटिज्म हुनसक्छ । खोपको ओभरलोड तथा यसमा मिसाइने प्रिजरभेटिभका कारण अटिज्म हुने आशंका गरिएपनि यसबारे ठोस प्रमाण भेटिएको छैन । स्नायु तन्तु धेरै भएर, असामान्य तवरले जोडिएर, एक ठाउँबाट अर्कोमा सरेर, स्नायुको काम अनियन्त्रित भएर अटिज्मको समस्या उत्पन्न हुन्छ । अटिज्मका लक्षण चिन्हहरु           यो समस्या भएका बालबालिकाले कसैसँग आँखा नजुधाउने, नहाँस्ने, नमुस्कुराउने, नामै लिएर बोलाए पनि कुनै प्रतिक्रिया नजनाउने, नहेर्ने, एक्लै बस्न रुचाउने, नजिकको नातेदारसँग मात्र टाँसिएर बस्न रुचाउने हुन्छ । जन्मेको पहिलो वर्षमै कराउने तथा तिनीहरुको हाउभाउ असामान्य प्रकारको हुन्छ ।           अटिज्मबाट प्रभावित मध्ये एक तिहाई देखि आधाजसोले प्रष्ट तवरले शब्द उच्चारण गर्न नसक्ने र तिनीहरुको बोली पनि गडबड हुने हुनाले दिनानुदिनको क्रियाकलाप तथा संचारमा सहित नकारात्मक असर पुगिराखेको हुन्छ । बोलेको कुरामा सामञ्जस्यता नहुने एवं राम्रो तवरले कुराकानी गर्न नसक्ने हुनाले तिनीहरुलाई साथी बनाउन तथा मित्रता कायम राख्न गाह्रो हुन्छ ।           तिनीहरुले कुनै कुराको माग गर्दैन, पिरोल्दैन । अनुभव साट्ने, अरुको नक्कल गर्ने गर्दैन बरु त्यहि शब्द दोहो¥याई राख्छ । हामीले औंलाले देखाएर कुनै वस्तुले देखाउन चाह्यौं भने देखाइएको वस्तु तर्पm हेर्न नखोजेर औंला तर्पm हेर्छ ।           एकै किसिमले हात ओल्टाई पल्टाई राख्छ, विना अर्थका हल्ला गरी राख्छ, टाउको घुमाई राख्छ, टाउको ठोकाईराख्दछ । एउटै नियम पालना गर्छ जस्तै खेलौनाहरु क्रमबद्ध तवरले वा एउटा माथि अर्को गरी चाङ मिलाएर राख्छ । टिभी हेरेपनि सधैंभरि एकैखाले च्यानल वा कार्यक्रम मन पराउँछ । अटिज्म समस्याबाट प्रभावित कतिपय बालबालिकाले सिसाकलम वा अन्य तीखो चीजबाट आपैंmलाई वा अन्यलाई आँखामा घोच्ने, जीउमा चोट पु¥याउने, चिमोट्ने, हात टोक्ने, टाउको ठोक्ने गर्दछ ।             तर कसैकसैमा अपत्यारिलो तवरले असामान्य क्षमता वा विलक्षण प्रतिभा हुन्छ । तिनीहरु जेसुकै गर्न पनि पछि हटदैनन् । तिनीहरु आपूmलाई ठूलो र महत्वको ठान्ने हुन्छ । यिनीहरुको मांसपेशी पनि त्यति सबल हुँदैन । अटिज्म समस्याबाट प्रभावित तीन चौथाईमा असामान्य तवरको खानेबानी हुन्छ । तर खानेकुरा छनौट गर्ने समस्या हुन्छ । तिनीहरुका अभिभावकहरुमा अधिक मात्रामा तनाव चिन्ता हुन्छ । तर सहोदर दाजुभाईहरुले माया गर्ने तथा तिनीहरु बीच खासै मनमुताव हुँदैन । कसरी आशंका गर्ने ? स्क्रिनिङ विधि –           स्क्रिनिङको लागि ‘जर्नल अफ अटिज्म एण्ड डेभेलपमेन्टल डिसअर्डर्स’का अनुसार तल उल्लेखित मध्ये कुनै पनि लक्षण देखिने बित्तिकै थप जाँच गराउनु पर्दछ । – १२ महिना सम्म बोली नफुटेमा, कुनै अर्थपूर्ण हाउभाउ (औंलाले देखाउने, हात हल्लाउने, बाईबाई गर्ने जस्ता) गर्न नसकेमा – १६ महिनासम्म एक शब्द उच्चारण गर्न नसकेमा – २४ महिनासम्म अर्थपूर्ण दुई शब्द सहित भन्न नसकेमा कसैको नक्कल गरी त्यहि शब्द दोहो¥याउनुका   – बच्चाको विकासक्रममा सिकेको कुनैपनि शब्द (बोली) वा सामाजिक क्रियाकलाप कुनै समयमा बिर्सन थालेमा वा फेरि पटक्कै गर्न नजानेमा           अमेरिका तथा जापान जस्तो विकसित मुलुकहरुमा १८ देखि २४ महिना भित्र सबै बालबालिकाहरुमा अटिज्म समस्या छ, छैन अटिज्म केन्द्रित निर्देशिका प्रयोग गरी स्क्रिनिङ गरिन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्