IMG-LOGO

प्रसवोत्तर हेरचाह

 मंगल, बैशाख १८, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

            गर्भ आएदेखि गर्भावस्थामा पु¥याएको हेरचाह प्रसवोत्तर समयसम्म पनि जारी राख्नुपर्ने हुन्छ । किनकि प्रसवोत्तरको समयमा पनि कतिपय अकल्पनिय समस्या आउन सक्छ । जस्तो सुत्केरी महिलामा ज्वरो, अधिक रक्तश्राव वा विभिन्न खाले संक्रमणको गुनासो लिई अस्पतालमा फर्किने गरेको पाइन्छ । त्यसैले सुत्केरी भएको ६ हप्तासम्म सुत्केरी महिला र नवजात शिशुको अधिकतम हेरचाह गर्नु पर्दछ । यदि कम तौल भएका वा महिना नपुग्दै बच्चा जन्मेका, लामो व्यथा वा कष्टपूर्ण व्यथापछि मात्र सुत्केरी भएका, सिजेरियन अपरेशन गरि बच्चा पाएका तथा सुत्केरी पश्चात् कुनै समस्याहरु उत्पन्न भएका महिलाहरुलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।           गर्भावस्थामा गर्भवती महिलाको यौनाङ्ग (जननेन्द्रिय) का साथै विभिन्न शारीरिक प्रंणाली (पाठेघरको आकार, रक्त संचार प्रणाली, रगतको मात्रा) मा आएका परिवर्तनहरु प्रसवोत्तर समयमै क्रमशः पूर्वावस्थामा फर्किन्छ । अतः सुत्केरी आमाले करिब ६ हप्ता सम्म यथेष्ट आराम गर्नु पर्दछ । प्रसवको बेला योनीद्वारमा बनाइएको वा भएको घाउ सफा एवं ओभानो राख्नु पर्दछ । सुत्केरी भएको करिब ३ महिना सम्म यौन सम्पर्क राख्नु हुँदैन ।           नवजात शिशुलाई करिब ६ महिना सम्म स्तनपान बाहेक अन्य कुनै झोल वा खाद्य पदार्थ दिन नहुने हुनाले सुत्केरी महिलाले तागतिलो एवं झोलिलो खानेकुरा बढि खानु पर्दछ । ज्वानोको झोल, मासु एवं सागपात, फलफुल खानाले सुत्केरी महिलामा दुध उत्पादनमा बढोत्तरी हुन्छ । नवजात शिशुको शारीरिक तथा मानसिक विकासको लागि आमाकै स्तनपानमा बढावा दिनुपर्दछ । किनकि आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याट् िएसिड हुन्छ ।           सुत्केरी भएसँगै शुरुवाती दिनमा आउने बिगौती दूध शिशुको लागि पोषिलो हुन्छ । आमाको दुधले प्रतिरोधात्मक शक्ति दिने हुनाले नवजात शिशुमा लाग्ने विभिन्न संक्रमणहरुबाट बचाउँछ । अतः शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराएको खण्डमा अकालमा हुने नवजात शिशुको मृत्युलाई घटाउन सकिन्छ । आमाको दुध सफा, सधैं पुूर्ण तयारी अवस्थामा, प्राय ः निर्मलीकृत र उचित तापक्रममा हुन्छ । आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइड लगायतका लवण पदार्थहरु सहि मात्रामा हुने हुनाले नवजात शिशुको मृर्गौलाको लागि हानीकारक हुँदैन । आमाको दूध शिशुले सजिलै पचाउन सकिने र पेट नढाडिने प्रकारले बनेको हुन्छ । स्तनपान गराउनाले शिशुको दिसा गिलो बनाउने, चाक दुख्ने वा पाक्ने गरि खटिरा आउने, झाडा पखाला लाग्ने र एलर्जीको समस्या पनि कमै मात्र हुन्छ ।           स्तनपान सम्बन्धी जनचेतना बढाउन विश्व स्वास्थ्य संगठनले वर्सेनी अगष्ट महिनामा स्तनपान सप्ताह मनाउने गरिएको छ । त्यसैगरी शिशीको दूध भन्दा आमाको दूधलाई प्राथमिकता दिनका लागि बाल मैत्री (बेबी फ्रेण्ड्ली) अस्पतालको अवधारणा ल्याइएको छ । स्तनपानले आमा र बच्चा बीचको आत्मियता बढाउँदछ र सुत्केरी पश्चात् पाठेघर खुम्चिन मद्धत गर्दछ । त्यसैले सुत्केरी महिलाका लागि पनि स्तनपान गराउने कार्य उत्तिकै महत्वको छ । स्तनपानले प्राकृतिक परिवार नियोजनको काम गर्दछ । तर शिशुलाई अन्य ठोस खानेकुरा ख्वाउन थालेपछि, बच्चालाई राम्ररी स्तनपान मात्र नगराए वा सुत्केरी भएको करिब ६ हप्ता पछि महिनावारी शुरु नभईकन पनि गर्भ रहन सक्छ । त्यसैले परिवार नियोजनका अस्थायी साधनहरु अपनाउनु पर्दछ । प्रसवोत्तर समयमा हुनसक्ने केहि जटिल अवस्थाहरु           धेरैजसो महिलाहरुमा सुत्केरी पश्चात् राम्रो हेरचाह गरेको खण्डमा कुनै समस्या नभईकन राम्ररी तङ्ग्रिन्छ । तर कसै कसैमा गर्भावस्था तथा सुत्केरी अवस्थामा भएका जटिलताका कारण प्रसवोत्तर समयमा समस्या आउन सक्छ । शिशु जन्मिने क्रममा निश्चित मात्रामा रगत बग्दछ तर पाठेघर राम्ररी नखुम्चिएन, जननेन्द्रियको कुनै भागमा च्यातियो तथा पाठेघर भित्र सालका टुक्रा तथा अन्य झिल्ली बाँकी रह्यो भने अधिक रक्तश्राव हुन सक्छ ।           प्रसवका बेला आवश्यक सरसफाई कायम गरिएन भने पाठेघरको भित्री सतहमा वा योनीद्वारमा संक्रमण हुनसक्छ । यस क्रममा सुत्केरी महिलामा तल्लो पेट दुख्ने, ज्वरो आउने, कम्पन हुने, रगत र दुर्गन्धयुक्त योनीश्राव बग्ने हुन्छ । यदि यस्तो संक्रमण शरीरभरि फैलिएको खण्डमा जटिल परिस्थिति उत्पन्न हुन सक्दछ । कसैकसैमा पछि बाँझोपन पनि आउन सक्छ ।           अधिकांश सुत्केरी महिलामा सुत्केरीको तेश्रो दिनदेखि दुध बन्ने क्रिया हुने हुनाले स्तन गह्रँुगो हुने एवं हल्का दुख्ने हुन्छ । नवजात शिशुलाई दुवै स्तनमा आलोपालो गरि निख्रिने गरि स्तनपान गराउनु पर्दछ । तर केहि महिलामा दुध गानिई स्तन सुन्निने र सुजन हुने, स्तन पाक्ने हुन सक्छ ।           सुत्केरी महिलामा मुत्रनली, छाती वा पाठेघर भित्र संंक्रमण भयो भने, पिँडौलामा रगत जाम भयो भने, योनीद्वारका घाउ वा सिजेरियन अपरेशन बच्चा पाएको भए घाउ पाकेर धेरै ज्वरो आउँछ । त्यसैले सुत्केरी भएको २४ घण्टा पछि आउने ज्वरोलाई हल्का तरिकाले लिनु हँुदैन । ज्वरोका साथै पिसाब पोल्ने, खोकी लाग्ने, पाकेको खकार आउने, दुर्गन्धित योनीश्राव आउने, घाउबाट पिप बग्ने छ, छैन विस्तृत जाँच पड्ताल गर्नु पर्दछ ।   पूर्ण तथा स्वस्थ्य शिशु (बच्चा) कस्तो हुन्छ ?                     महिना पुगेर (गर्भावस्थाको ३८ देखि ४० हप्ता) जन्मेको बच्चाको औसत तौल २.६ देखि ३.२ किलोग्रामको हुन्छ । जन्मिनासाथ नवजात शिशुको रुवाई र क्रियाकलाप बारे जानकारी लिँदा स्वस्थ्य शिशुको क्रियाकलाप निकै सक्रिय हुन्छ भने यस्तो शिशु जन्मिने बित्तिकै स्पूmर्ति साथ रुन्छ । श्वास प्रश्वास क्रिया पनि आपैंm शुरु हुन्छ र पाठेघर बाहिरको वातावरण तुरुन्तै बाँच्न सक्षम हुन्छ । यस्तो स्वस्थ्य शिशुको लम्बाई ५० देखि ५२ से.मी. र टाउकोको गोलाई करीब ३५ से.मी. को हुन्छ ।                     नवजात शिशुको विस्तृत शारीरिक जाँच गर्दा तापक्रम ९८ देखि ९९ डिग्री फरेनहाइट, श्वास फेर्ने गति ३० देखि ६० प्रति मिनेट, नाडीको गति ७० देखि १४० धड्कन प्रति मिनेट तथा रक्तचाप माथिल्लो ४५ देखि ६० र तल्लो २५ देखि ४० मिलिमिटर मर्करी हुन्छ ।                     नवजात शिशुको छालाको रङ्ग हल्का गुलाफी रङ्गका, त्यसैगरि सास फेर्ने दर तथा मुटुको धड्कन पनि सामान्य हुनुपर्दछ । स्वस्थ्य तथा महिना पुगेको शिशुको पैतालाका रेखाहरु पूर्ण रुपमा विकसित भएको, स्तनको गिर्खाको गोलाई ५ देखि ७ मिलिमिटरको, टाउकोमा बाक्लो र रेशमी कपाल भएको, कान कडा र बटार्न मिल्ने तथा केटा शिशुको अण्डकोष तल आइसकेको र केटी शिशुको जननेन्द्रियको बाहिरी पत्रले भित्री पत्र एवं भगाङ्कुर छोपिएको हुन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्