चुम्बनकै मामिलामा परेवाको चुम्बन जो कोहीले याद गरेको हुनुपर्दछ । परेवाले चुम्बन सहितको पाकक्रीडा गरेर मात्र सधैंभरि यौनसम्बन्ध राख्न दृश्यबाट पाठ सिक्नु पर्दछ । चुम्बनले सम्बन्ध प्रगाढ बनाउन मद्धत गर्दछ । चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध र चुम्बन गरिने अङ्ग, त्यस समाजमा प्रचलित संस्कार एवं चुम्बन गरिने परिप्रेक्ष्यको आधारमा वात्सल्य, श्रद्धा, आदर, सद्भाव, प्रेम, काम वासना प्रकट गर्न चुम्बनकै सहयोग लिइन्छ । चुम्बनका क्रममा वा चुम्बनका लागि सर्वप्रिय अङ्ग ओंठ नै हो तर पनि चुम्बन गाला, निधार, हात, कपाल, स्तन लगायतका यौन संवेदनशील अङ्गमा पनि गरिन्छ । चुम्बनको शुरुवात एकथरिले स्वतःस्पूmर्त विकसित कार्य मान्ने गरेको पाईन्छ भने कतिपयले आमाले आफ्नो बच्चालाई खाना चपाएर ख्वाउने कार्यबाट शुरु भएको विश्वास गरिन्छ । सद्भाव व्यक्त गर्ने भौतिक प्रस्तुतीका क्रममा दुई व्यक्तिबीच स्पर्श, गन्ध, स्वादको सहभागिता हुन्छ । स्पर्शजन्य यौनको सर्वाधिक प्रचलित माध्यम हो – चुम्बन । यस क्रममा एकजनाको ओंठले अर्को व्यक्तिको ओंठ वा अन्य भागमा हल्का स्पर्श वा अलि डाबेर गरिन्छ । यौन अपिल गर्न प्राचीन कामशास्त्रमा चुम्बनलाई १५ किसिममा वर्गीकरण गरेको पाईन्छ । आधुनिक समयमा विविध खालका चुम्बन प्रख्यात छन् । फ्रेन्च किस, बटरफ्लाई किस, आइस किस, फ्रुटी किस, एअर किस, फ्लाईब किसको आफ्नै महत्व छ । त्यसो त फ्रेन्च किसमा ओंठ चुस्छन् अनि जिब्रो मुखभित्र घुसारी मज्जाले चलाउँछन् । अभिवादन वा बिदाईको क्रममा ओंठमा ओंठ (बन्द गरि) वा गालामा छोटो र छिटो चुम्बन गरिन्छ । कतिपयले एकपटक वा दुव गालामा पालैपालो वा आलोपालो दुवै गालामा ३, ४ पटक चुम्बन गर्ने चलन छ । चुम्बनका माध्यमबाट यौन कार्य अगाडि बढाउन सकिन्छ तर सधैंभरि यसको जरुरत नपर्न सक्छ । अर्थात समयाभाव तथा वातावरण प्रतिकूल हुँदा केवल ओंठ चुम्बनकै माध्यमबाट यौन सम्पर्क कार्य टार्न सकिन्छ । त्यसैले पनि सप्ताहान्त तथा बिदाका दिन नेपालकै शहरी क्षेत्रका कतिपय लभिब स्पटमा जोडी जोडी बनाई प्रेमालापसँगै अधरपानका दृश्यहरु सामान्य बन्न थालेको छ । तर पनि विश्वभर नै पाकक्रीडाको क्रममा ओंठ, गाला, मुख, घाँटी, गर्धन, निधार, स्तन, नाइटो, तिघ्रा, योनि, लिङ्ग, हात खुट्टाका औंला लगायतका संवेदनशील स्थानमा चुम्बन गर्ने गरिन्छ । कुकुर, बिरालो, पंक्षी, किरा, भालु लगायत जनावर, पंक्षी, कीट पतङ्गमा पनि व्याप्त चुम्बन पश्चिमा समाजमा पनि यसको इतिहास त्यति लामो भन होइन । चलचित्रको व्यापार वृद्धि गर्न विशेषतः हलिउडमा चुम्बनलाई रोमान्टिक फर्मुलाको रुपमा प्रयोग गर्ने गरिएको छ । ३० तथा ४० दशकलाई स्वर्ण युग मानिन्छ । त्यसबेलाका ९५ प्रतिशतसम्म चलचित्रहरुमा चुम्बन दृश्य राखिन्थ्यो । भारतमा सार्वजनिक स्थलमा चुम्बन वर्जित भएपनि बलिउडमा पनि आजकल मसालाका रुपमा घनीभूत रुपमा यसको प्रयोग हुन थालेका छ । चुम्बनकै विषयमा गिनिज बुकमा थरिथरिका रेकर्ड स्थापित छन् । परापूर्वकालमा नेपालमै पनि चुम्बन गरिन्थ्यो, गरिन्थेन त्यति प्रष्ट रुपमा थाहा छैन तर केबुल टिभी, विदेशी चलचित्र, इन्टरनेटको व्यापक प्रयोगले पाश्चात्य शैली पछ्याएका हौं कि शायद ? चुम्बनलाई पाश्चात्य जगत्मा व्यापक बनाउने काम फ्रान्सबाट भएको मानिन्छ । पन्ध्रौं शताब्दीमा युद्धमा जान लागेका र युद्धबाट सकुशल फर्केका सैनिकलाई युवती ( प्रेमिका) वा पार्टनरले चुम्बन गरेर बिदाई वा स्वागत गरिन्थ्यो । तर एक ताका इटालीमै पनि चुम्बनलाई यौन सम्पर्क मानेर कुन जोडीबीच चुम्बन गरेको थाहा पाएपछि विवाह गर्न बाध्य पारिन्थ्यो । चुम्बन कार्यलाई लिएर एशियाली मुलुक पनि बिस्तारै उदार हुँदै आएपनि कतिपय मुस्लिम राष्ट्रमा तथा विशेषतः युवायुवती÷प्रेमी प्रेमिकाबीच यौन भावले सार्वजनिक स्थलमा गरिन चुम्बनलाई अभैm पनि गम्भीर एवं तुलनात्मक रुपमा प्रतिबन्धित कार्य मानिन्छ । इरानमा आफ्नो श्रीमती वा नातेदार बाहेक अन्यलाई चुम्बन वा स्पर्श दण्डनीय मानिन्छ । सबसहारा अफ्रिका, एशिया, नेटिभ अमेरिकामा चुम्बनलाई त्यति महत्व दिईंदैन । यौन आसय बिना पनि चुम्बनद्वारा अनुभूति व्यक्त गर्न सकिन्छ तर पनि हात वा जीउ सुम्सम्याएर लिइने यौनास्पश पछिको दोश्रो मुख्य भौतिक सानिध्यको उपाय चुम्बन हो । कतिपय समाजमा मुख मुख बीचको चुम्बन यौन पाकक्रीडाको लागि संचय गरिराखेको हुन्छ । फोहर तथा अन्धविश्वासका कारण विश्वमा करिब दश प्रतिशत ओंठ ओंठ बीचको चुम्बन नै गर्दैनन् । यौन स्वास्थ्यका दृष्टिले चुम्बनका सकारात्मक, नकारात्मक दुवै पक्ष छन् । चुम्बनपछिको सुखानुभूति मानिसले लामा समयसम्म सम्झिरहन्छ । डिप किसले यौन उत्तेजनाको क्रममा एड्रिनालिन हर्मोन पैदा गरि दुवैको शारीरिक ताप, रक्तचाप, मुटुका धड्कन वृद्धि गरि स्वस्थ्य राख्न मद्धत गर्दछ । चुम्बन गर्ने कार्य साधारण जस्तो लागेपनि कतिपय चुम्बनका क्रममा अनुहारका ३४ मांसपेशी प्रयोगमा आउने गर्दछ । एक अध्ययन अनुसार एक मिनेट चुम्बन गर्दा २६ क्यालोरी खर्च हुने गर्दछ । चुम्बनल रक्तसंचार एवं मांसपेशीको कसरत बढाई छाला चाउरिने घटाउने, त्वचामा चमक ल्याउने गर्दछ भने नियमित चुम्बनले रक्तचाप नियन्त्रण, पाठेघर लगायत तल्लो पेट, मुत्राशय स्वस्थ्य र तन्दुरुस्त बनाउन सघाउँछ । यस क्रममा दुवैजनालाई आनन्द एव सन्तुष्टी प्राप्त हुने, तनाव कम हुने, आत्मसन्तुष्टी बढाउने भएकोले समग्रमा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ । कतिपय अध्ययन अनुसार नियमित तथा स्वस्थ्य चुम्बनका कारण कोलेस्टरोल घटाउन मद्धत गर्ने हुनाले आयु लम्बिने गरेको पाईन्छ । चुम्बनका कारण कतिपय संक्रामक रोग सर्न सक्दछ । ईन्फेक्सियस मोनोन्यूक्लियोसिस, हर्पिस लगायत ¥यालका माध्यमबाट एचआईभी संक्रमित भाइरस पनि सर्न सक्दछ । गिजाको समस्या सर्न सक्दछ । विशेषतः यौन साथी मध्ये एकका मुखमा घाउ वा अल्सर छ भने संक्रमण सर्ने डर बढी हुन्छ । यसमा सजगता अपनाउनु पर्दछ । यदि दाँत गिजा वा घाँटीका संक्रमणको कारणले सास गन्हाउने समस्या छ भने यथोचित उपचार गर्नु गराउनु पर्दछ । यदि निलो चलचित्रमा जस्तै गरी यौनाङ्गमा, खुट्टाको औंलामा चुम्बन गर्ने गराउने मनसाय छ भने सम्बन्धित अङ्गको सरसफाईमा ध्यान पु¥याउन जरुरी छ । प्रेम तथा कामवासानाका अभिप्रायले गरिने चुम्बन जबर्जस्ती हुनु हुँदैन । र, चुम्बन बलजफ्ती गर्ने कार्य पनि होइन । त्यस्तै परे यौन दुव्र्यवहारको आरोपमा सजायँको भागीदार बन्नुपर्ने हुनसक्छ । त्यसो भएर आफ्नो पार्टनरको स्विकृतिमा मात्र चुम्बन गन बुद्धिमानी हुन्छ । पर्याप्त यौन शिक्षाको अभावमा विवाहपछिको पहिलो रात (मधुरात्रि) मा विभिन्न कौतूहलता तथा डरका बीच शारीरिक सम्पर्क नै नराखेपनि विभिन्न थरिका चुम्बन भने गर्न सकिन्छ । चुम्बनका पारखीले आफ्नो यौन साथी तथा प्रेमिकालाइ मध्य नजर गरी मुखको सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । पहिलो पटक कसैलाई चुम्बन गर्न लागेको छ भने त मुखका सफाईमा निकै ध्यान दिन जरुरी छ । यदि नियोजित तवरले अर्थात् नियमित चुम्बन गर्ने गरिन्छ भने आफ्नो पार्टनरको चाहना वा गुनासो अनुसार चुरोट पिउने, पान सुपारी खाने, पान पराग गुट्खा सूर्ती खाने, मद्यपान गर्ने बानी त्याग्नु राम्रो हुन्छ ।
