IMG-LOGO

के हो RIRS ?

 मंगल, भदौ १९, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

           मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधी हो –RIRS  । यस प्रविधीमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनली मार्पmत् पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधीबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिन्छ । यस प्रविधीमा प्रयोग हुने दूरबिन (इण्डोस्कोप) लचिलो खालको भएकोले मुत्र प्रणाली भित्रका बाङ्गाटिङ्गा नलीमा छिराउन सजिलो हुन्छ । यो इण्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पु¥याउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु पर्दैन । मिर्गौलाको पत्थरी व्यवस्थापन मिर्गौलामा पत्थरीको समस्या हुँदा विभिन्न तरिकाले व्यवस्थापन गरिँदै आएको छ । तीहुन् ः १. नेफ्रोलिथोटोमी – यस परम्परागत एवं पुरानो तरिकामा पेटको साईडमा ठूलो घाउ पारेर मिर्गौलाको पत्थरी निकालिन्छ । यस क्रममा मिर्गौला पनि चिर्नुपर्ने भएकोले यो उच्च जोखिम हुनुका साथै संक्रमण (घाउ र पिसाबको) हुनसक्ने, अस्पताल बसाई लामो हुने, पीडा पनि निकै हुने हुन्छ । करीब २०, ३० वर्ष अघि सम्म यसको खासै विकल्प पनि थिएन । २. पाइलोलिथोटोमी – यो शल्यक्रिया माथिको जस्तै तर यसमा मिर्गौलाको सट्टा मिर्गौलामा मुत्रनली (युरेटर) जोडिएको भागमा घाउ पारेर मिर्गौलामा रहेको पत्थरी निकालिन्छ । शल्यचिकित्सकहरुको लागि नेफ्रोलिथोटोमी भन्दा सहज हुने भएपनि माथि उल्लेखित जटिलताहरुका साथै यस्तो खालको शल्यक्रिया पछि मुत्रनली साँगुरिने, फेरि फेरि पत्थरी बन्ने, मिर्गाैला फुल्ने, बिस्तारै मिर्गौलाले कामगर्न छोड्ने (फेलखाने) जस्ता थप जटिलता उब्जिन सक्छ । ३. ल्यापारोस्कोपी – यसमा ठूलो घाउको सट्टा सानो प्वालमार्पmत् ल्यापारोस्कोप (दूरबिन) छिराई मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा संक्रमण जोखिमकम, अस्पताल बसाई छोटो भएपनि मुत्रनली साँगुरिने जोखिम कायम नै हुन्छ । ४. एक्स्ट्रा कर्पोरियल शकवेभ (भ्क्ध्ी – भ्हतचब ऋयचउयचभब िक्जयअप ध्बखभ ीष्तजयतचष्उकथ) – यसमा शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मिर्गौलाको पत्थरी फुटाईन्छ, जुन पिसाब फेरेसँगै बाहिरिन्छ । तर यो प्रविधी सबैखाले पत्थरीलाई काम लाग्दैन भने गर्भवती महिला, उच्च रक्तचाप, रगतपातलो हुने औषधि लिई रहेका विरामीको लागि उपयुक्त हुँदैन । नरम खालका एवं १५ मिलिटिर भन्दा साना पत्थरीलाई मात्र उपयुक्त हुन्छ । यस उपचारको क्रममा मिर्गौलामा रगत जम्ने, पेटमा निलडाम बस्ने र सबै पत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरै पटक दोहो¥याउनु पर्ने, फुटाइएको पत्थरीको टुक्रा मुत्रनलीतिर सरेर पीडा हुने, पिसाब रगताम्यहुने, रक्तश्राव हुने, पिसाबको बहावमा अवरोध खडा हुने (त्यसैका लागि फेरि मुत्रमार्गबाट दूरबिन छिराई पत्थरीको टुक्राहरु झिक्नुपर्ने) हुन्छ भने ठूलो खाले पत्थरीको लागि उपयुक्त छैन । ५. च्क्ष्च्क् ९च्भतचयनचबमभ क्ष्लतचब च्भलब िक्गचनभचथ० यस प्रविधीमा विरामीलाई पूरै बेहोश बनाई वा शरीरको आधाभाग मात्र बेहोश बनाई पिसाब नलीको प्वालबाट दूरबिन छिराई पिसाब थैली, मुत्र नली हुँदै भित्रभित्रै मिर्गौला सम्म पुगि त्यहाँ रहेको पत्थरीको अवस्थिती पत्ता लगाएर लेजर प्रविधीले निकै स–साना टुक्रा पारिन्छ । त्यसरी टुक्राएका पत्थरीहरु बास्केट (धोक्रो) मा जम्मा पारी बाहिर ल्याईन्छ । सबै पत्थरी निख्रियो, निख्रिएन भनेर विशेष खालको एक्सरे (फ्लुओरोस्कोप) र दूरबिनबाट चेक जाँच गरिन्छ । प्रक्रिया सकिए पछि मुत्र नलीमा विशेष खालको पाईप (डिजे स्टेण्ट भनिने) २, ३ हप्ता राखिन्छ । विरामीलाई ४, ५ घण्टापछि खान दिइन्छ । अर्को दिन अस्पतालबाट डिस्चार्ज गरिन्छ । फाईदा – घाउ बनाउनु पर्दैन, चाँडै तङग्रिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मिर्गौला बिग्रिने वाचोट पुग्ने जोखिम कम, दुवै मिर्गौलामा एकै सेटिङमा गर्न सकिन्छ । बेफाईदा – अलि महँगो प्रविधी हो । समय बढी लाग्यो भने पिसाब नलीको संक्रमण हुने, २ सेमीभन्दा ठूलो पत्थरी वा अदुवा जस्तो बाङ्गोटिङ्गो खालको पत्थरीलाई काम लाग्दैन । कस्तो विरामीलाई काम लाग्छ – पत्थरी २ सेमीभन्दा सानो, पटक पटक पत्थरी भैसकेकोमा ,मुत्रनलीको पत्थरी, गुजुल्टिएको मुत्र नली भएका, पुट्ठाको जोर्नीमा समस्या भएर खुट्टा खुम्च्याउन नसक्ने खालको पत्थरीको विरामीमा, रगतपातलो हुने औषधि लिइ रहेकालाई उपयुक्त हुन्छ । सारांशमा तुलनात्मक रुपमा यो च्क्ष्च्क् प्रविधी महँगो भएपनि घाउ वा पिसाबको संक्रमण, अस्पताल बसाई, काममा फिर्ती, झण्झट, पीडा, तनावको हिसाबले समग्रमा यो प्रविधी नै किफायती हुन जान्छ । (युरोसर्जन डा. सुजन माकजूको सहयोगमा ।)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्