करिब १० प्रतिशतमा परिवारमा अर्थात् आनुवंशिक रुपमा यो क्यान्सर सर्ने गरेको पाईएको छ । यसका साथै मधुमेह, जीर्ण खालको ग्यास्ट्राईटिस, भिटामिन बी १२ को कमीमा हुने पर्निसियस खालको रक्तअल्पताका कारण पनि आमाशयको क्यान्सर हुने गर्दछ । आमाशयको क्यान्सरको निदानगर्न प्रभावितसँगको विस्तृत विवरणसँगै शारीरिक जाँच पछि कतिपय ल्याब परीक्षणहरु आवश्यक पर्दछ । इन्डोस्कोपीभनिने परीक्षण मुखबाट दुरबिन छिराई पेटको अन्तरकुन्तर हेरिसकेपछि शंकास्पद ठाउँबाट बायोप्सी लिईन्छ । बेरियम भनेर सेतो रङको केमिकलखानदिएर पृथकखालको एक्सरे लिएर पनि यो क्यान्सरको निदानगरिन्छ । आमाशयको क्यान्सरआमाशयकै भित्तामावाबाहिर कहाँसम्म पैmलियो थाहापाउन सीटी स्क्यानगरिन्छ । उपचार आमाशयको भित्री सतहमामात्र सीमित देखि नजिकका अङ्गहरु, लिम्फनोड भनिने आमाशयको लिम्फ (सेतो रगत वहने) जंक्शनवा टाढाका अङ्गहरु कहाँसम्म यो क्यान्सर पैmलिसकेको छ भन्ने आधारमा यो क्यान्सरको वर्गीकरण गरिन्छ । र, यही वर्गी करणको आधारमा उपचारका प्रक्रियाहरु निर्धारण गरिन्छ । आमाशयको क्यान्सर समयमै वा शुरुवाती अवस्थामै पत्ता लगाउन नसकिएको खण्डमा निको पार्न गाह्रो हुन्छ । शुरुवाती अवस्थापत्तालगाएर शल्यक्रियाका माध्यमबाट उपचार गर्न पाएप्रभावितलामो समय बाँच्ने सम्भावना हुन्छ । शल्यक्रियाको अलावा केमोथेरापी, रेडियोथेरापीएवं टार्गेट थेरापीबाट पनिउपचार गर्न सकिन्छ । टार्गेट थेरापीमाक्यान्सर कोष विकसित हुन र ट्युमर वृद्धि हुन आवश्यक पर्ने निश्चित अणुहरुमा विचलन ल्याई क्यान्सरको निर्मूल गरिन्छ । यस थेरापीबाट क्यान्सर कोषको वृद्धि नै रोक्दछ । कतिपय आमाशयको क्यान्सरमा ईम्युनोथेरापी पनि वैकल्पिक उपचारको रुपमादिईन्छ भने ढिलो भैसकेको अर्थात् धेरै नै पैmलिसकेको केसमा प्रभावित जेनतेन जीवनयापन सहजहोस् भनेर लाक्षणिक स्याहार (प्यालियाटिभ केयर) मात्र दिईन्छ । रोकथाम एवं पछिल्लो स्थिति सन् २०१८ मा आमाशयको क्यान्सरका दश लाख नयाँ केस थपिए भने करिब ८ लाखको यसै कारण मृत्यु भयो । सन् तीसको दशक अघि पश्चिमा मुलुकहरुमा मृत्युको मुख्य कारण रहेको यो क्यान्सर पछिल्लो समय विश्वका धेरै मुलुकहरुमा क्रमशः घट्दै गएको देखिन्छ । पहिले खानेकुरा साँचेर राख्नअमिल्याएर वा अत्याधिक नुनमा प्रशोधित गरेर राख्नुपथ्र्यो भने रेफ्रिजेरेटरको प्रादुर्भाव सँगै र धुम्रपान गर्ने मानिसहरुको संख्यामा कमी आए सँगै आमाशयको क्यान्सर घटिरहेको देखिन्छ ।माथि उल्लेख गरेभैंm हेलिको ब्याक्टर पाईलोरीको संक्रमणको समयमै उपचार गर्ने गर्नाले आमाशयको क्यान्सरको जोखिम घट्छ । सन् २०१४ मा कोरियाली जनतामा गरिएको एक अध्ययनबाट फलपूmलको सेवन, च्याउ, लसुन, भटमास तथा हरियो प्याज रहेको खानेकुरा खानाले आमाशयको क्यान्सरको जोखिम घटेको पाइयो । स्वस्थ खानाका साथै भिटामिन एवं एन्टीअक्सिेडेन्टको थपमात्राले पनि आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।
