IMG-LOGO

प्रा.डा. सुमनराज ताम्राकार

 बुध, भदौ २३, २०७८  स्क्रब टाइफसको सन्त्रास

       काभ्रे, सिन्धु पाल्चोक र सिन्धुलीका कतिपय ग्रामीण भेग मात्र नभई शहरी क्षेत्रमा पनि हालैका दिनमा स्क्रब टाइफस नामक सरुवा रोग पैmलिरहेको छ भने गएको तीन हप्ताको अवधिमा १४ देखि १६ वर्षका जना किशोरी वा युवतीहरुको मृत्यु भैसकेको छ । मेडिकल क्षेत्रमा यति विघ्न सफलता हासिल गरिसकेको समयमा किशोरीवयका विरामीहरुको असामयिक मृत्यु भैरहेको घटना यो अलि पाच्य भएन ।     स्क्रब टाइफसका शुरुवाती लक्षणहरु कोरोना संक्रमणका लक्षण चिन्हसँग मिल्दो जुल्दो भएका कारण वा उपचार गराउन जान ढिलाई गरेका कारण सिकिस्त भईसकेपछि मात्र अस्पताल ल्याई पु¥याउँदा प्रभावित व्यक्तिको कलेजो, मिर्गौला, मस्तिष्क लगायतका महत्वपूर्ण अंगहरुमा कडा असर पुग्न गई बचाउन सकिने अवस्था पनि भएन ।        धेरै खालका सरुवा रोगहरु मध्ये स्क्रब टाइफस पनि एक हो । मुसा, छुचुन्द्रोमा देखिने रिकेट्सिया नामको एक किटाणुले मानिसमा सार्दछ । यो सरुवा रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग गराउने माइटमा रहने जिवाणुलाई मेडिकल भाषामा ओेरेन्सिया सुसुगामुसी भनिन्छ । यस्तो खाले माइट प्रायःजसो झाडी, खेतबारी, बनजंगल, घरवरपरको झाडीमा रहन्छ । स्क्रब टाइफस समयमै उपचार नगरेको खण्डमा २ देखि ३ हप्ता रहन्छ ।  लक्षण चिन्ह        स्क्रब टाइफसले प्रभावित व्यक्तिहरुमा धेरै ज्वरो आउने (१०४ डिग्री भन्दा बढी) र कसैकसैमा काम ज्वरो आउने हुन्छ । ज्वरो आउनुका साथै टाउको दुख्ने, धेरै पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, थकाई लाग्ने, कमजोर महशुश हुने, खोकी लाग्ने, आँखा वरिपरि दुख्ने, घाँटी वरिपरिका ग्रन्थि सुन्निने हुन्छ । ती किटाणुले टोकेको ठाउँमा पाँचौं देखि सातौं दिनमा घाँटी वरिपरि रातो डाबर आउने हुन्छ । यस्तो डाबर बिस्तारै पेट, हात खुट्टा तथा अनुहार तिर पैmलिन्छ । टोकेको ठाउँमा पछि कालो दाग बस्ने हुन्छ । समयमै उपचार नभएमा कडा खालको श्वासप्रश्वास समस्या निम्तिने, दम आउने, सास फेर्न गाह्रो हुने, बिस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छोड्ने हुन्छ । निदान        स्क्रब टाइफस लागेको शंका भएका व्यक्तिलाई नजिकैको स्वास्थ्य संस्थामा लगेर जचाउनु पर्दछ । रगतमा एन्टीबडीको जाँच, एलाईजा, वा पीसीआरको माध्यमबाट स्क्रब टाइफस लागे, नलागेको पत्ता लाग्दछ । रोकथाम        यस सरुवा रोगबाट बच्न खेतबारीमा काम गर्दा, बनजंगल झाडीमा जाँदा तथा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा, पूरै बाहुला भएको लुगा लाउने गर्नुपर्दछ । सम्भवः भए खेतबारीमा काम गर्दा बुट लगाउने पनि गर्नुपर्दछ । केटाकेटीलाई आँगनमा खेल्न लगाउने क्रममा पूरै शरीर ढाक्ने लुगा लगाई दिनु पर्दछ । सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, नसुत्ने, बस्नै परे घाँसबारी वा चउरमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने, खाटमा खटियामा वा अलि अग्लो स्थानमा बस्ने गर्नुपर्दछ । घर वरिपरिको झाडी बुटा हटाउने, मुसा नियन्त्रणका उपायहरु अपनाउने गर्नुपर्दछ । जिल्ला स्वास्थ्य कार्यालय तथा संचारकर्मीलाई अपिल        हाल मुख्यतः काभ्रे, सिन्धु पाल्चोक एवं सिन्धुलीको विभिन्न भेगमा संक्रमण पैmलिरहेकोले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई यसै पत्रिका मार्पmत् यस रोगको निदान, प्रभावितको समयमै उपचार एवं रोकथामका उपायहरु आवश्यक पाईला चाल्न अनुरोध गर्न चाहन्छु । त्यसैगरी यसै भेगका पत्रपत्रिका, अनलाईन समाचार एवं एफएममा कार्यरत संचारकर्मीहरुले यसै लेख आधार मानेर भएपनि जनचेतना जगाउन, उपचार गर्न जान ढिलाई नगर्न तथा रोकथामका उपायहरु जनमानसहरु बीच पु¥याउने कार्यमा सघाउनु हुन अनुरोध गर्दछु । अन्त्यमा        फेरि एकपटक दोहो¥याउन चाहन्छु, स्क्रब टाइफसलाई कोभिड १९ नै त होला नि, सामान्य रुघाखोकी ज्वरो त हो नि, ठिक भईहाल्छ नि भनेर अल्छि गरेर बसेका कारण अस्पतालमा निकै ढिलो ल्याई पु¥याउने, सिकिस्त अवस्थामा मात्र अस्पतालमा ल्याई पु¥याउने तथा त्यसरी ढिलो ल्याई पु¥याउँदा शरीरका महत्वपूर्ण संवेदनशील अंगहरुले काम गर्न छोडिसक्ने हुँदा अकालमा मृत्यु हुने गरेको घटनालाई मध्यनजर राखी जनचेतना जगाउने कार्यमा सहभागी होऔं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्